Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
गीत
आउ नेपाली दाजुभाई (मिलन बगाले) - [2008-06-06]

आउ नेपाली दाजुभाई गरौ हातेमालो

देश माथि उठाउने अब हाम्रो पालो।



मिल्नुपर्छ सबै हामी शान्ति एउटै बाटो

पसिना र परिश्रमले सिच्नुपर्छ माटो।

एउटै साझा घर हाम्रो एउटै हाम्रो जात

देश राम्रो बनाउन जुटौं कोटी हात।



तराईमा सुन फलोस हिमालमा मोती

पहाडबाट झुल्किरहोस बिहानीको ज्योति।

फुटनु हुन्न जुट्नु पर्छ देश राम्रो बन्नुपर्छ

हाम्रो नेपाल हामी नेपाली एकै स्वरमा भन्नुपर्छ।







मिलन बगाले

तनहु

milanbagale@yahoo.com





तपाईंको प्रतिकृया

k format ma publish gareko ho yo song?
kabita geet lai article jhai kina publish gareko ho?
please publish in correct format
really nice song milanji!



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम