Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
निबन्ध, संस्मरण
लाहुरे फूलहरुलाई सम्झन्दै (ईश्वर चाम्लिङ) - [2008-06-07]

सम्झनाहरुको के कुरा र ? सम्झनाले त पल भर मै

न्रि्रुक्क रुझाइ दिन सक्छ बषाको दर्के पानीले झैं वा उडाइ

लान पनि सक्दछ, चैत-बैशाखको हुरीले सुकेका पातहरु

उडाए झैं। न यसको आउने कुनै क्रम नै हुन्छ, न त

यसलाई इतिहास झैं क्रमैसँग राख्ने नै गरिन्छ। यद्यपि

सँगालिन्छन् सम्झनाहरुलाई सबैको मनभरी, मुटुभरी र

कहिलेकाही सम्झने गरिन्छ, बितेका पलहरु आखाभरी।

सायद त्यसैले सम्झना एक अलिखित इतिहास हो,

जसलाई जुनबेला र जहाँबाट पनि पढ्न सकिन्छ, देख्न

सकिन्छ वा सम्झन सकिन्छ। सम्झना मेरो बिचारमा

मूलको पानी जस्तै हुन्छ। हरेक पलहरु बित्दै जाँदा

सम्झनाहरु पनि यसै बन्दै जान्छन्। मूलको पानी उम्रन्छ

र बग्दैबग्दै सागरमा पुग्दछ। सम्झना पनि त्यसरी नै

जीवनको भोगाइहरुबाट बटुलिदै-बटुलिदै मनभित्र सँचित

हुनर्ेगर्दछन, जीवन भोगाइका भोगहरु। तिनै जीवन

भोगाइका केही बिशेष तरंगहरुलाई पछ्याउन खोज्दैछु। बिना

कुनै क्रम झण्डै झण्डै जथाभावी ......तलमाथि। लेख्न

बस्दा वा लेख्न बस्नु भन्दा केही क्षण अगाडि जे सम्झन्छ

मनले त्यही बिषय बस्तुलाई काँचो कागजमा लेखिएको

अति थोत्रो तमसुकलाई झैं वल्र्टाई पल्र्टाई पार्दै

तरङ्गदिैछु।

समय उसबेलाको जस्तो छैन। समयले धेरै नै परिवर्तनहरु

ल्याई सकेकोछ। आजभोलि समय ज्यादै नै द्रुत गतिमा

सिर्जनशील हावाको झोकाहरु बोकेर बहदैछ यो संसारमा,

यस्तै लाग्छ मलाई। यहाँ हिजोआज सिर्जनाको मूल

फुटेकोछ, यस्तै अनुभुत हुन्छ मलाई। प्रतिभाहरु एक पछि

अर्को र अर्को पछि अर्को आफ्नो पहिचान बनाउदै अगाडी

बढि राखेकाछन्। सबैले मनमा केही न केही चिन्तन साच्न

थालेका छन्। साच्चै भन्ने हो भने लाहुरघरमा यो एक

किसिमको अघोषित क्रान्ति चलेको छ र एक पृथक

आयाम चालै नपाइ भित्रदैछ। कठाङग्रिने हिउँदे बिहानीकोे

जाडो छिचोल्दै प्रभातकालिन किरण बनेर चुम्न शितको

थोपाहरुलाई। जुन आयाममा थामिनसक्नु देशप्रेम बोकेको

म महशुस गर्दछु। हाम्रो भाषा, हाम्रो कला, साहित्य,

गीत सङ्गीत र संस्कृतिको बचाऊ र बिकासका लागि

निस्वार्थ निरन्तर लागीपरिरहेको म देख्दछु। मैले सुनेकोछु,

उसबेला हाम्रा बाजे पुखाहरु घोडेरम खान्थे अरे। आफू आफू

मरणासन्न लाक्पा खेल्थे अरे। खुकुरी सिरानीमा नराखि

सुत्ने कोही पनि हुदैनथ्यो अरे। यो हाम्रो ऐतिहासिक कथाको

अर्थ तपाईहरु के के निकाल्नु हुन्छ त्यो त तपाईहरुमा नै

भर पर्दछ। तर मलाई लाग्दछ, सायद हाम्रा बाजे

पर्ुखाहरुले घोडेरम खान्थे हैन, खुवाईन्थे होला।

जबरजस्ति कोच्याएर लत बसाइन्थ्यो होला। सोझोपनको

फाइदा उठाउदै लाक्पा खेल्न र खुकुरीले काटाकाट खेल्न

लगाइन्थ्यो होला। २०० बर्षपछिको पुस्ता परे म। मलाई

यस्तै लाग्दछ आजकल ती कथाहरु सुन्दा। धेरै तथ्यहरु

लुकाएर बनावटी कहानीहरु जोडेर सुनाइएको दन्त्यकथा

जस्तो। त्यसकारणले पनि म यो आयामलाई स्वच्छ

सलाम ठोक्दछु न की यस्तै दन्ते कथाहरु हाम्रा भावी

सन्ततिहरुले सुन्न नपरोस्। हामी हाम्रो तथ्य कथाहरु

ब्यथाहरु हाम्रै कलमले लेखेर छोडिजान सकु। हामी हाम्रो

गीतहरु हामी आफैले लेखेर गाँउदै हिड्न सकु वा भावी

सन्ततिहरुलाई सुनाउन सकँू।





यसबेला म यो परिवेशको एक बिशेष प्रतिभालाई

सम्भिmराखेको छु। जुन प्रतिभा लाहुरघर भित्र भित्रिसकेको

नौलो आयामको प्रमुख पात्रहरु मध्येमा पर्दछ। यस्ता

प्रतिभावान लाहुरेहरु मलाई फूल जस्तै लाग्दछ। लाहुरे

प्रतिभाहरुले लाहुरघरको शोभा बढाइराख्दछ, जसरी आँगनी

डिलमा फूलेको फूलले घर नै उज्यालो बनाई राख्दछ।

त्यसो त लाहुरघरमा जन्मिएका यस्ता प्रतिभाहरु को भन्दा

को कम प्रिय प्रियछन् र मेरो लागि यधपि सम्पर्ूण्ा

प्रतिभावान साथीहरुलाई एकै बसाइमा सम्भिmन खोज्यो

भने त घण्टा र दिन मात्र हैन दुइचार रातहरु, चारपाँच

दिनहरु नै बस्नुपर्ने हुन्छ। एक छुट्टै सिर्जनशील आकाश

साहित्यिक, साङ्गीतिक, कलात्मक र संस्कारित सुन्दर

संसारको भ्रमण गर्नुपर्ने हुन्छ। भविष्यमा समय सान्दर्भिक

हुँदा सम्झनामा टोलाइदिने छु एक एकलाई तर यो बर्साईमा

भने म सायद धेरै नै प्रभावित भएर हुनसक्छ खालि

सम्झी रहेकोछु उही एक प्रतिभालाई, धेरै सम्भावनाहरुका

स्रस्टालाई देखिरहेकोेछ यो मनले।

आज भन्दा करिब ९ बर्ष अगाडि एकजना भाइसँग

चिनजान हुन्छ मेरो ब्रुनाईमा। कुराको थालनी उस्ले नै

गर्दछ। "दाजु म पनि चाम्लिङ नै हो।" एक मिजासिलो

ज्यादै चट्के भाइ मिलन चाम्लिङ सँग साइनो गासिन्छ

मेरो साक्य दाजुभाईको। तरहरामा जन्मेर भोजपुरमा हुर्केको

भोजपुरे ठिटो मिलन भाइ म कहाँ खोटाङको तर मलाई

आजकल मेरै भाइ साइला जस्तो लाग्दछ। उसले गरेको

प्रगति देखेर म मख्ख पर्छु म जस्तै एक सिपाही ऊ पनि

तथापि एक सिपाहीले आफ्नो भाषा, संस्कृति,

गीतसङ्गीत र नेपालीपनको खातिर गरेको योगदानको कदर

गरेको चाँहि पक्कै हँु। एक सिपाहीको सामान्य दिनचर्या

के हुन्छ र- लर्डाई चलेको छ भने लर्डाईमा बहादुर भएर

लर्डाई लड्न जाने। हुकुम मान्ने। लर्डाई नचलेको बेला

त्यही सँधैको शारीरिक अभ्यासहरु, त्यही आफू छिपेर

अरुलाई देख्ने तथा आफू बचेर अरुलाई मार्ने। ब्यानेटले

घोचिघोची मार्ने ब्याल्कं राउण्ड पड्काउदै हमला गर्ने। उहि

कुकुहाउसमा लामलागेर भात थापेर खाने। हरेक बेलुका

नाफीमा बस्ने टिभीमा फुटबल हेर्दै वियर खाने। लाईटआउट

गर्ने अफिसर भित्र छिरेपछि बिस्तारै कोठातिर लाग्ने।

यहिक्रम त दोहोरिरहन्छ र बित्छ हप्तौ, महिनौ र बर्षौ।

तर यी सिर्जनशील साथीहरुलाई मैले कहिले नाफी तिर

देखिन। उनीहरु त नाफीमा खर्च हुने समय सिर्जनाक्रममा

लगानी गर्दा रहेछन।

मिलन हरेक बेलुकी २ घण्टाको लामो रेलको

यात्रा गरेर २० मिनेटको काल्स लिन लण्डन पुथ्यो।

कहिलेकाही मध्यरात तिर दाइ चाउचाउ छ भन्दै

आइपुग्थ्यो। उस्को उत्साह, जाँगर र मेहनेतले मेरो धेरै

निदाउनु अघि गुज्रने मिठो सुस्केराहरु रङ्गएिकाछन्। ती

सुस्केराहरुमा मैले धेरै चोटी उस्लाई शिखर चुमेको देख्ने गर्थे

र भन्दिने गर्थे कहिलेकाही बिहानैको कफि गफमा सफलता

टाढा हुदैन आफ्नै पाखुरीमा हुन्छ आफ्नै मनमा हुन्छ।

यसरी बर्षौ एककिसिम तपश्या जस्तो गरेर उ एकदिन

एउटा सुन्दर र्सर्टिपिकेट देखाउदछ मलाई। मानौं ऊ मलाई

भनिराखेकोछ। अब ऊप्रान्त उ एक सक्षम क्यामेराम्यान र

भिजुअल निर्देशक अनि भिडियो सम्पादक भएको छ।

उसको सफलतामा म मख्ख पर्दै धापमारेर अरुले दिनेगरेको

भन्दा दोब्बरतेब्बर बधाई दिन्छु। त्यस पछिको दिनहरु हो

मिलन चाम्स्को चाम्स कर्म क्षेत्र करिब चार बर्षत भयो

होला। उ अहिले सफल भिडियो गीत निर्देशक तथा एकदम

भरसिलो चलचित्र निर्देशक भैसकेको छ। जव उस्ले निर्देशन

शुरु गरयो मिलनले आफ्नो चाम्लिङ्ग थरलाई चाम्स्

बनायो। किन बनायो- राम्रो गरयो की, नराम्रो गरयो-

त्यो त मलाई थाहा छैन तर चाम्स् भएर नै उ उदायो र

त्यही पृथक नामको पछिपछि दौडदै महिनै पिच्छे

कमसेकम एउटा नया म्युजिक भिडियो ल्याएर देखाउने गर्न

थाल्यो। मैले आज सम्म करिब दुइ दर्जन जस्तो ऊद्वारा

निर्देशित म्यजिक भिडीयोहरु हेरि सकेकोछु। केहि कमेन्ट

गरु भनेर कसिन्छु तै पनि कतै कमेन्ट गर्ने ठाँऊ नै

पाउदिन। यसो भन्दा बिश्वास हुन सक्छ वा आफ्नै भाइको

कुराहरु के नकारात्मक लेख्दथ्यो पनि भनिन सक्छ। तर

बिश्वास गर्नुस या नगर्नुस यो मैले लेखिराखेको कलमको

कसम मलाई ती भिडीयोहरु कुनै नराम्रा लागेको छैन। यस

अर्थमा म असजिलो नमानिकन मिलनले निर्देशन गरेका

कुनै पनि भिडियो नराम्रो छैन भनेर ठोकुवा दिन चाहान्छु।

मिलनले चर्चित गायक राजेशपायल राई देखि भिषण

मुकारुङ्, आभा मुकारुङ्, हेमन्त चेम्जोङ्, भुमिराज र्राई,

आकाश सुनुवार, मौसमी गुरुङ्ग आदिको आवाजलाई र

नेपालको ख्याती प्राप्त कलाकारहरु धिरेन शाक्य, सुरबीर

पण्डित, अमृत जंग बस्नेत, मुना कार्की, सन्जीता

गुरुङ्ग, नम्रता श्रेष्ठ, भिन्तुना जोसी, दिप्शीका गुरुङ्ग

आदि तथा धेरै लाहुरघरका र केहि लाहुरघर बाहिरका

आप्रवासी कलाहरुलाई भिडियोमा सँगालेर नेपाली

साङ्गीतिक आकाशका सजाईसकेकोछ। ति भिडियोहरु उच्च

स्तरको अनि मनोरञ्जनात्क भएकै कारण नेपालका

पेशागत रुपमा लागेका निर्देशकहरुलाई धावा बोल्दै

ग्यालेक्सि, र् इमेज तथा अन्य थुप्रै काउन्ट डाउनहरुमा

नम्बर वान भएर रोकिएका छन। मलाई यसबेला सम्झना

भएकोहरु मध्ये राजेसपायल र्राईको स्वरमा "खासत केही

छैन", मौसमी गुरुङ्गको स्वरमा "लाउन त लाइदियौ

माया" ग्यालेक्सि काउन्ट डाउनमा एक नम्बर भएर

रहेको थियो। त्यो समयमा हामी इन्टरनेटमा चेक गर्दै

घरकै टिभिमा सिडी बजाएर सबै झुम्मिएर उस्लाई बधाई

दिन्थ्यौ। परदेशिनुको लाखौ पिडाहरुमा यस्ता कुराहरु पनि

पर्दछन्। आफ्नै देशमा भएको भए ति जोसिला मनहरुले

झन कति प्रगति सोहोर्थे होलान।

केही महिना यता चाम्स्को म्युजिक भिडियो

अलि पातलियो त्यति अनौठो लागेन मलाई किनकी मलाई

थाहा थियो उनीहरु सबै मिलेर प्रभात प्रोडक्सनको ब्यानरमा

चलचित्र 'वास्तविकता' बनाउदै थिए। लाहुरघरको बिभिन्न

कथाहरुबाट कुनै एक मार्मिक कथा पस्केका रहेछन् दर्ुइ

हप्ताको क्रिस्मस छुट्टीमा उनीहरुले -वास्तबिकता युनिटले

वा प्रभात प्रोडक्सनले)। व्ाास्तबिकताको नालीबेली त

चलचित्र हेरेर नै लिनुहोला, कतै हर्ेन नभ्याउनुहुनेहरुलाई

मेरो भोलि पर्खन आग्रह गर्दछु। एक अर्को कुनै बसाइको

लागि सम्झना साँच्न चाहान्छु वास्तबिकताको। यसरी

प्रगतिशील भेलमा हेलिन्दै हिडेका मान्छेहरु कहाँ यतिकै

बस्न सक्छन र- खाली उर्ली राख्न मात्र खोज्दारहेछन।

मिलन र गीतकार दाजु जितेन्द्रले फेरि तुरुन्तै समर

सिजनमा पाउने तीन हप्ताको छुट्टीमा पनि अर्को चलचित्र

बनाउने योजना बनाएछ। टेलिफोनमा हल्का कुरा चलाएको

थियो जहिले भेट्दा पनि कथा र पटकथाको कुरा नै हाम्रो

भलाकुसारी बन्न थाल्यो। सारै भयो जानी-नजानी,

कनीकुथी प्रवास कै एउटा बिषयबस्तुमा बाधिए र नाम

राखिदिए 'पश्चाताप'। सुटिङ्ग पनि तुरुन्तै शुरु गरि हाले

यिनीहरुले र नभन्दै झन्डै समर लिभ र केही सप्तान्तहरु

र्ख्ार्च गरेर सिध्याई पनि हालेछन्। भरखरै, यो संस्मरण

सिध्याइ हालौ भनेर सान्दर्भिक फोटोहरु लिन गएको थिए।

उस्को कुरा सुनेर म त वाल्लै परे। चाक्स् फिल्म प्रोडक्सन

प्रा.लि. दर्ता भईसक्यो रे। पश्चाताप राजधानी लगायत

नेपाल अधिराज्य र बिदेशका बिभिन्न शहरहरुमा

पर््रदर्शन गर्ने रे। लाहुरघरका प्रतिभाहरुलाई स्वदेश देखि

संसार भरी ऊजागर गर्ने रे। खै के के हो के के-

शुभकामना दिएर घर फर्किए। अन्तिम हरफहरु लेख्न बाकी

छाडेर मोन्टाज डिजाईन गर्दै सोचे। चाम्स् आफै एक बहु

प्रतिभावान भाइ उस्को प्रगति सँगै कति धेरै प्रवासी नेपाली

कलाकारहरुको प्रेरणा बनेको छ ऊ, प्राय सबै नै लाहुरे

गीतकारहरुको गीतहरु को भिडियो देखि चलचित्रको निर्माण

तथा निर्देशन सम्म। प्रवासी नेपाली समाजका लागि उस्ले

गरेको योगदानहरु यो भन्दा ठुलो अरु के हुन सक्ला र-

अन्तमा लेख्न चाहान्छु, बिश्वासले जितेको छ सबैलाई

चाम्सले र मलाई पनि बिश्वास छ। ऊ निरन्तर

सिर्जनाकर्ममा लागि रहनेछ जुन सिर्जनाहरु युगौ युग सम्म

युगहरुले हेर्दै जानेछन्, देख्नेछन् र बुझ्नेछन्। लाहुरघरमा

भित्रिएको नयाँ आयामहरु मध्येको एक आयामेली भाइ

तिमी फूलीराख है तिमी फूलेर ढकमक्क भईरहनेछ लाहुरघर।





अर्को अंशमा फेरि भेटौला..........





हाल: केन्ट, बेलायत।





तपाईंको प्रतिकृया

My God! I m confused.......... May be i am unable to know the current style of literature. 100 year back? oh! very nice to read it Chamling G.

Just great!

Leipzig, Germany



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम