Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
विचार, लेख
नारायणहिटी र राजाको झण्डा (प्रेमसिंह बस्न्यात) - [2008-06-09]

श्रीपाली खलकका प्रधानसेनापति शिवराजसिंह बस्न्यातको नाहरसिंह, केहरसिंह, अभिमानसिंह र धौकलसिंह ४ जना छोरा थिए । केहरसिंह र अभिमानसिंह प्रधानसेनापति भए भने नाहरसिंह र धौकलसिंह मन्त्री तहका काजी र वीरयोद्धा थिए । केहरसिंहकोे नामबाट असन काठमाडौंको केहल टोल बनेको थियो । खास केेहर टोल हो । विसं १८३३ मा अभिमानसिंहले काठमाडौं असनमा मानमन्दिर नाम राखी "तिलगा घर" -पल्टन घर पनि भनिन्छ) बनाए । मानमन्दिरस“गै ठूलो नारायण मन्दिर पनि बनाए । जुन अहिले पनि छ“दैछ । धौकलसिंहले चाहि“ राजा रणबहादुर शाहस“ग अनुमति लिएर विसं १८५० मा हालको नाराणहिटी दरबार भएको स्थानमा 'कर्ीर्ति मन्दिर'को नामबाट दरबार बनाए । साथै उनको घर छेउमा नारायण मन्दिर बनाएका थिए । जुन मन्दिर यद्यपि रहेको छ । त्यसका साथै नारायण मन्दिरको दक्षिणतिर र्सवसाधारणका लागि एउटा धारा -नेवारी भाषामा हिटी) बनाएका थिए । यो दरबार अति सुन्दर थियो । पछि भीमसेन थापा मुख्तियार भएर शक्तिमा आएपछि उनको नजरमा धौकलसिंह देखिन नहुने व्यक्ति बने । भीमसेन थापाकै चालमा काजी धौकलसिंहलाई विसं १८५७ को असारमा कुमाउ गढवालका सैनिक कारबाहीमा पठाइयो । कुमाउको लालबन्दी किल्लामा तैनाथ फौजमा भएका भीमसेन थापा र्समर्थक टोली नेता -र्सवाेनियट अफिसर) हरूका इसारामा विसं १८५८ का वैशाखमा काजी धौकलसिंह बस्न्यातलाई केही सैनिकहरूले बन्दुकका कुन्दाले पिटेर घाइते बनाए र ६ दिनपछि उनको मृत्यु भयो । त्यसलगत्तै काठमाडौंमा भएको उनको कर्ीर्ति मन्दिर राजा रणबहादुरको आदेश भनी भीमसेन थापाले खोसी विना मोहजा प्रयोगमा लिए । यसरी कर्ीर्ति मन्दिरमाथि राजनीति भएको थियो । अनि यसको नाम नारायण्ँहिटी दरबार राखियो । भीमसेन थापाको दुःखद निधनपछि उक्त भवन पुनः राजाका भाइ खलकले कब्जा गरी चौतरिया फत्तेजंग शाह बस्न थाले । विसं १३०३ मा फत्तेजंग कोतपर्वमा मारिएपछि जंगबहादुर कु“वरलेे आफ्ना भाइ रणोद्दीपसिंह कु“वरलाई उक्त दरबार दिएका थिए । रणोद्दीपसिंहलाई उनका भतिजाहरू वीर, चन्द्र, भीम, डम्बरशमशेर मिली यसै दरबारमा गोली हानी हत्या गरी वीरशमशेेर श्री ३ महाराज भएका थिए । रणोद्दीपसिंह

-पहिलाको नाम रामबहादुर कु“वर) ले नाबालक राजा पृथ्वीवीरविक्रमलाई दरबारिया षडयन्त्रले मार्लान् भन्ने ठानी उनैको निवास नारायणहिटी लगेर राखे । अब हनुमानढोका दरबारमा राजा बस्ने क्रमको अन्त्य भयो र हालसम्म नेपालका राजा नारायणहिटीमा बस्दै आएका हुन् । धौकलसिंह बस्न्यातको कर्ीर्ति मन्दिरलाई राणा प्रधानमन्त्रीहरू तथा पछि राजा महेन्द्रले पटक-पटक विकास र विस्तार गर्दै लगेका हुन् । यो दरबारका पुरानो स्वामित्वको विषयमा श्रीपाली बस्न्यात समाजले शोधकार्य गरिरहेको छ ।



प्रधानमन्त्री जंगबहादुर कु“वर राणा कास्की र लम्जुङ दर्ुइ जिल्लाको श्री ३ महाराजा नहुन्जेल नेपालका राजाहरूले श्री ५ लेखेको पाइन्न । कतिपय दस्तावेज तथा तोपमा समेत राजाको अगाडि श्री ३ नै लेखेकोे पाइन्छ । विसं १३१३ मा जंगबहादुरले श्री ३ को टाइटल पाउनुअघि राजालाई श्री ५ महाराजाधिराज र जंगबहादुरले आफूलाई श्री ३ महाराजको व्यवस्था मिलाएका बुझिन्छ । त्यसबखतसम्म राजाहरूले पृथ्वीनारायण शाहको पालादेखि नै राष्ट्रिय झण्डा आफ्नो दरबारमा फहराउ“थे । जब जंगबहादुर नेपाली सेनाको मार्शल -हालको सुप्रिम कमाण्डर इन चिफ) भए, तब उनले आफ्नो दरबारमा झण्डा फहराउने व्यवस्थ्ाा गरे । जसअनुसार त्यसबखत बेलायत, प|mान्स लगायतका पाश्चात्य मुलुकमा सेनाको सुप्रिम कमाण्डर इन चिफले मार्शल झण्डा राख्न पाउने व्यवस्था थियो । सोही नजिर राखेेर जंगबहादुरले -केही अघिसम्म श्री ५ हरूले प्रयोग गरेको झण्डा) बाघ भएको मार्शल झण्डा बनाए । जसलाई "बाघ झण्डा" भनिन थाल्यो । उक्त झण्डा श्री ५ वा श्री ३ स“ग नभई सेनाको र्सवाेच्च कमाण्डरस“ग सम्बन्ध राख्थ्यो । अब जो-जो श्री ३ हुन्थे र जहा“-जहा“ बस्थे, मार्शल झण्डा फहराउ“थे । श्री ५ हरू भने राष्ट्रिय झण्डा त्यहीं फहराउ“दै थिए । जब राणा शासनको अन्त्य भयो र ००८ साल वैशाख १ गते श्री ५ त्रिभुवनले श्री ३ मा रहेको सेनाको सुप्रिम कमाण्डर इन चिफको पद धारण गरे, त्यस दिनदेखि उनले मार्शल झण्डा वा बाघ झण्डा श्री ५ को झण्डा बनाई राष्ट्रिय झण्डालाई प्रधानमन्त्री तथा मन्त्रीहरूले प्रयोग गर्नेे व्यवस्था हु“दै गयो । त्यसै दिनबाट श्री ३ को निवासमा रहने बिजुली गारत, पार्श्वदल र कालीबहादुर पल्टनलाई सिंहदरबारबाट नारायणहिटी दरबारमा सारियो । यर्सथ पर्ूव श्री ५ महाराजाधिराजहरूले प्रयोग गरी हालै नारायणहिटी दरबारबाट हटाइएको बाघ झण्डा -मार्शल झण्डा) राजनीतिकभन्दा सैनिक इतिहासमा महत्त्व राख्ने ठान्छु ।







लेखक, सैनिक इतिहासमा पीएचडी तथा बेलायतको क्रान्पिmल्ड युनिभर्सिटीबाट सैन्य विज्ञानमा स्नातकोत्तर हुन् ।



कान्तिपुरबाट








तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम