Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
निबन्ध, संस्मरण
गणेशमानजीसम्बन्धी केही रोचक संस्मरण (प्रो. माणिकलाल श्रेष्ठ) - [2008-06-14]

हुन त राजनीतिक आस्थाको दृष्टिले म गणेशमानजीको अनुयायी वा समर्थक होइन । उहा कम्युनिस्ट विरोधी उदारवादी प्रजातान्त्रिक राजनीतिज्ञ हुनुहुन्थ्यो भने म एक माक्र्सवादी सिद्धान्तद्वारा निर्देशित कम्युनिस्ट विचारधाराबाट प्रेरित व्यक्ति तर पनि नेपाली राजनीतिक, प्रजातान्त्रिक सङ्घर्षका महìवपूर्ण घटनाहरूको सन्दर्भमा गणेशमानजीले भन्नुभएका अविस्मरणीय कुरा इमानदारीसाथ उल्लेख गरेको छु जसबाट उहाको सामन्तवाद विरोधी अडिग विचार र अडान छर्लङ्ग हुने आशा गरेको छु ।



पहिलो संस्मरण, २००८ साल कात्तिक २० गते पुलिसको गोली प्रहारबाट विद्यार्थी चिनिया काजीको शहादत प्राप्तिपछिको घटना हो । त्यसकै घटनाक्रमको रूपमा तत्कालीन राणा-काङ्ग्रेस संयुक्त सरकारबाट काङ्ग्रेस गुटका नेता गृहमन्त्री बी.पी. कोइरालाले "मोहन शमशेर राणाको असहयोगले गर्दा सरकारले काम गर्न सकेन, तसर्थ कि त राणा गुटलाई हटाएर हाम्रो एकमना सरकार गठन गरियोस्, नभए हाम्रो काङ्ग्रेस समूहको राजीनामा स्वीकृत होस्" भनी राजासमक्ष शर्तयुक्त राजीनामा २००८ कात्तिक २४ गते पेस गर्नुभयो । त्यसको भोलिपल्ट प्रधानमन्त्री -तथा राणा गुटका नेता) मोहन शमशेर राणाको आग्रहमा कम्युनिस्ट नेता शम्भुरामजीले मोहन शमशेरलाई भेट्नुभएको थियो । भेटमा शम्भुरामजीले मोहन शमशेरसित "काङ्ग्रेस पक्षले राजीनामा गरेको स्थितिमा अब तपाईं के गर्नुहुन्छ ?" भनी सोद्धा मोहन शमशेरले जवाफ दिनुभएको कुरा

-शम्भुरामजीले हामीलाई बताउनुभए अनुसार) यस्तो थियो- "अब म प्रधानमन्त्री पदबाट राजीनामा गर्छु, जसबाट यो सरकार विघटन हुन्छ । तब यो सरकारका तीन पक्ष -राजा, राणा समूह र काङ्ग्रेस समूह) मध्ये काङ्ग्रेस र राणाको राजीनामा पछि राजा मात्र बााकी रहन्छ । अनि राजा त्रिभुवनले निर्णय गर्न 'अब के गरुा' भनी भारतीय प्रधानमन्त्री नेहरूसित निर्देशन माग्यो भने राजालाई भारतीय कठपुतली भनी 'एक्सपोज' गर्न पाइन्छ, होइन राजाले आफैाले स्वाधीन रूपले निर्णय लियो भने जे निर्णय लिए पनि नेपालमाथि भारतले निर्णय लादिरहेको परम्परा खतम हुन्छ र हाम्रो देशलाई फाइदा हुन्छ ।" नभन्दै भोलिपल्ट २०१८ कात्तिक २६ गते मोहन शमशेरले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो र त्यसको कारण स्पष्ट पार्दै "मन्त्रिपरिषद् पुनर्गठन गर्न राजालाई सजिलो होस् भनी मैले प्रधानमन्त्री पदबाट राजीनामा दिएको हुा" भन्नुभयो । त्यसपछि मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा नेपाली काङ्ग्रेसको एकलौटी सरकार राजाबाट गठन गरियो र यसरी सरकार गठन गर्ने र विघटन गर्ने हक राजाको हातमा पर्न गयो ।



केही वर्षपछि एक दिन -२०१५ सालतिर) मैले गणेशमानजीलाई 'मोहन शमशेरले शम्भुरामजीलाई भनेको कुरा' सुनाउादा गणेशमानजीले भन्नुभयो- "राणा-काङ्ग्रेस संयुक्त सरकारबाट काङ्ग्रेस हट्ने निर्णय बी.पी. कोइरालाको -र हाम्रो पनि) भयङ्कर ऐतिहासिक गल्ती थियो । काङ्ग्रेसको एकलौटी सरकार बन्ने लोभमा परेर गरेको यो निर्णयले तीनपक्ष -राजा, राणा र काङ्ग्रेस) को सहमतिबाट अन्तरिमकालको राजनीति चल्ने परम्परा

-यी तीन पक्ष जनताको 'ट्रस्टी' को रूपमा रहेको परम्परा) टुटेर सम्पूर्ण शक्ति राजाको हातमा पर्न गयो र त्यसको फलस्वरूप आज राजा महेन्द्रले संविधानसभाको निर्वाचन हुदैन, आमचुनाव संसद्को लागि हुनेछ भनी घोषणा गर्न सक्यो र संविधान बनाउने जनताको हक समाप्त भई राजाले संविधान दिने परम्परा सुरु भयो । फेरि संयुक्त सरकारमा राणा समूहले सहयोग गरेन भन्नु पनि मिल्दैन । जनविरोधबाट ढलेको हुनाले राणा प्रधानमन्त्री मोहन शमशेरले ६ महिनाको अन्तरिम शासनकालमा हाम्रो

(काङ्ग्रेसको) कुनै पनि प्रस्तावलाई विरोध गरेको थिएन ।

दोस्रो संस्मरण २०१४ सालको माघ महिनाको अन्त्यतिरको कुरा हो । राजा महेन्द्रले २०१४ माघ १९ गतेको शाही सन्देशमा "संविधानसभाको नभई संसद्को लागि निर्वाचन हुने र संविधानसभाले संविधान बनाउने नभई "राजा आफैले संविधान प्रदान गर्ने" कुराको घोषणा गरेपछि त्यसको भोलिपल्ट माघ २० गते नै नेपाली काङ्ग्रेसको महासमितिको बैठकले -जुन बैठक केही दिनअघिदेखि वीरगञ्जमा भइरहेको थियो) संविधानसभाको निर्वाचन हुनुपर्छ भन्ने पार्टीको अडान त्यागेर संसद्को निर्वाचन हुने कुरालाई स्वीकार गर्ने निर्णय गर्‍यो । त्यस निर्णयमा भनिएको थियो- "आजसम्म प्रजातन्त्रको लक्ष्यलाई कबुल गरिरहेको राजमुकुट र प्रजातन्त्रवादी तìवको बीचमा फूट पार्ने प्रतिक्रियावादी तìव" लाई बलियो हुन नदिन "शाही सन्देशमा जे जति प्रजातान्त्रिक हकहरू विद्यमान छन् समाजको चेतना र मागबमोजिम तिनको विकास गराउन" भन्ने तर्क दिई संविधानसभाको निर्वाचन हुनुपर्छ भन्ने अडान त्यागेको थियो । "संविधानसभाको निर्वाचनभन्दा संसद्को निर्वाचन तुलनात्मक रूपले प्रतिक्रियावादी" भए तापनि "२००७ सालको शाही घोषणाको आत्मा पहिले नै मरिसकेको" भन्ने तर्क दिई संविधानसभाको प्रश्नमा अडिरहन नसकिने भन्ने व्याख्या बी.पी. कोइरालाको थियो ।



यो निर्णय गरेको काङ्ग्रेस महासमितिको वीरगञ्ज बैठक समाप्त भएको लगत्तैपछि वीरगञ्जबाट र्फकनु भएका गणेशमानजीलाई आˆनो निवास नपुग्दै बाटैमा बाङ्गेमुढानिर मैले भेटेा । वीरगञ्ज बैठकमा काङ्ग्रेसले के निर्णय गर्‍यो होला भन्ने जान्न उत्सुक भई मैले गणेशमानजीसित "त्यहाा के भयो ?" भनी सोधेा । एकदम आक्रोशित मुद्रामा व्यङ्ग्यात्मक भाषामा उहााले भन्नुभयो-"बी.पी. कोइरालाले एउटा लामो डाएग्गर -तलबार) ले हानी प्रजातन्त्रको हत्या गरे, सुवर्ण शमशेर किरियामा बसे, सूर्यप्रसादले प्रजातन्त्रको मृत्युमा श्राद्ध गरी दक्षिणा लिन थाले । म त्यहाा नबसी हिाडेा" उहााले मलाई नेपाल भाषा -नेवार भाषा) मा सुनाउनु भएको कुराको अनुवाद यो हो । फेरि उहााले नै यो भनाइको व्याख्या गर्दै भन्नुभयो- "संविधानसभा भनेकै जनताले आˆनो भाग्य आफैाले निर्णय गर्ने इन्स्ट्रुमेन्ट हो, त्यसलाई त्याग्नु भनेको प्रजातन्त्रलाई त्याग्नु हो । अब संविधानसभाको निर्वाचन नभए पनि हुन्छ भन्नु त प्रजातन्त्रको हत्या हो । अनि सुवर्णजीले प्रजातन्त्रको हत्या हुादा पनि केही गर्न नसकी आासु मात्र बगाउनु त किरिया बसे सरह हो । अनि त्यसबाट पनि सूर्य बाबुले आफूले फाइदा लिन खोज्नु श्राद्ध गरी दक्षिणा लिए सरह हो ।"

गणेशमानजीसम्बन्धी एउटा अर्को -तेस्रो) संस्मरण २०१६ सालको अन्त्यतिरको घटना यहाा उल्लेख गरौा । नेपालको पहिलो आमनिर्वाचनबाट आएको निर्वाचित काङ्ग्रेस सरकारका प्रधानमन्त्री बी.पी. कोइराला तानसेनको भ्रमणमा जानु हुादा त्यसबेलाका कम्युनिस्ट नेता तथा पाल्पाबाट निर्वाचित कम्युनिस्ट सांसद कमलराज रेग्मीले एउटा विरोध प्रदर्शनको नेतृत्व गरी बी.पी.लाई कालोझण्डा देखाए । कमलराजलाई बी.पी.को आदेशमा गिरˆतार गरी 'अड्डासार' गर्दै पैदल हिाडाइ काठमाडौा ल्याइयो । त्यसबेलाको संसद्को माथिल्लो सदनका कम्युनिस्ट सांसद शम्भुराम श्रेष्ठ प्रधानमन्त्री बी.पी. कोइरालाकहाा गई कमलराजजीलाई छोडिदिन आग्रह गर्नुभयो, प्रधानमन्त्रीले मान्नु भएन । शम्भुरामजीले हामीलाई बताउनु भए अनुसार अलि चर्काचर्की बहस हुन थालेपछि प्रधानमन्त्री बी.पी.ले "उहाालाई म छोड्दिन, तपाईंहरू जे गर्नुहुन्छ गर्नोस्" भन्नु भएछ । शम्भुरामजीले पनि "कसरी नछोड्ला म हेरूाला" भनी चर्को जवाफ दिनु भएछ । बी.पी. आवेशमा आई अङ्ग्रेजीमा "आई क्यान् अरेस्ट यू टू -म तपाईलाई पनि गिरˆतार गर्न सक्छु)" भन्नुभए छ, तुरुन्तै शुम्भुरामजी, "लौ, सके गरेर हेर त" भनी चुनौती दिनुभयो ।



ठीक यस्तो समयमा गणेशमानजी आइपुग्नुभयो, उहााले के-के कुरा भएको हो सुन्न पाउनु भएको थिएन, उहााले त दुईजना देशका विशिष्ट नेताहरू चर्काचर्की स्वरमा झगडा गरिरहेको देखेपछि भन्नुभयो- "ल ल ल, यो के हो, संसद्का नेता -लिडर अफ हाउस अथवा प्रधानमन्त्री) र देशको एउटा महìवपूर्ण पार्टीका तथा संसद्का एक विशिष्ट विरोधी नेताको व्यवहार यस्तो ?" उहााले आदेश दिएझैा ठूलो स्वरले चिच्याउनुभयो रे "शेक् योर हाएन्डस्" -ल, हात मिलाउनुहोस्) अनि दुवैले -बी.पी. र शम्भुरामजीले) यान्त्रिक रूपले झटपट हात मिलाउनु भएछ, अनि गणेशमानजीले चिया ल्याउन अह्राउनुभयो र "के कुरामा झगडा भइरहेको" भनी सोध्नुभयो । शम्भुरामजीले भन्नुभयो-- "कमलराजजीलाई छोडिदिनुहोस् भनी मैले अनुरोध गरेको तर प्रधानमन्त्रीजीले मान्नु भएन ।" गणेशमानजीले भन्नुभयो- "ए, त्यति कुरामा मात्र यत्रो झगडा Û ल, शम्भुरामजी, तपाईं घर जानुहोस्- तपाईं घर पुगुन्जेल कमलराजजी छुटिसक्नु हुनेछ ।" बी.पी.ले केही बोल्नु भएन । नभन्दै शम्भुरामजी घर पुगेको आधा घण्टा जतिपछि पुलिसले कमलराजजीलाई लिएर आई शम्भुरामजीकहाा नै छोडेर गए ।



संस्मरणको यो क्रमलाई अन्त्य गर्न अर्को अर्थात् चौथो एउटा संस्मरण उल्लेख गरूा, जुन नेपालको एक निकै महìवपूर्ण घटना र नेपाली जनताको जनतान्त्रिक सङ्घर्षको इतिहासकै एक महìवपूर्ण घटनासित सम्बन्धित छ र जुन गणेशमानजीको अत्यन्त महान् योगदान झल्काउने घटना जस्तो मलाई लाग्छ । २०४६ को ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डरको हैसियतले उहााले आन्दोलनको आहृवान गर्नुभन्दा केही समय अघिको कुरा हो यो । त्यसबेला म 'पाराप्लेजिया' बाट ग्रसित भई केही महिना दुवै खुट्टा नचली -करिब-करिब ढाढमुनिको 'लिम्बस्' नचली तीन चार महिना थला परिसकेपछि स्पाइन् -मेरुदण्ड) र पाइनल कर्डको शल्यचिकित्सापछि बिस्तारै हिाडडुल गर्न सुरु गरेको बेला -सन् १९८६ को सेप्टेम्बर अक्टोबरतिर) उहााले मलाई बोलाउन एकजना दूत पठाउनुभयो । उहााकहाा म पुग्दा उहाले मलाई भन्नुभयो- "मैले छिट्टै यो पञ्चायती व्यवस्थाको अन्त्यको लागि निणर्ायक आन्दोलनको आहृवान गर्न लागेको हुा, त्यस आन्दोलन देशका सबै प्रजातान्त्रिक र कम्युनिस्ट राजनीतिक शक्तिहरूको संयुक्त सहभागिता नभई सफल हुन सक्दैन । मैले सहयोग माग्न कम्युनिस्ट नेताहरूलाई मकहाा बोलाउनु अलि 'इम्पोलाइट' हुन्छ । म आफैा उनीहरूकहाा जान भने तिमीहरूको कम्युनिस्ट पार्टी बाह्र टुक्रा भएको छ, म बाह्र ठाउा जान मेरो स्वास्थ्यले, खासगरी यो खुट्टाले दिादैन, तसर्थ उनीहरू सब एक ठाउा जम्मा हुने के उपाय होला, त्यसरी सब शीर्षस्थ कम्युनिस्ट नेताहरू जम्मा भएको ठाउामा गई मेरो आन्दोलनमा भाग लिन वा कुनै प्रकारले सहयोग गर्न मैले अनुरोध गर्नेछु ।" उहााको यो भनाइमा मैले भनेा- "अहिले कम्युनिस्ट घटकहरूको बीचमा मेल नभएको मात्र होइन, अलि सम्बन्ध खराब नै छ पनि भन्न सकिन्छ । तैपनि केही वर्ष पहिलेको झैा पानी बाराबारको स्थिति अहिले छैन । कम्युनिस्टहरूको औपचारिक संयुक्त बैठक सम्भव नभए पनि सबभन्दा जेठो कम्युनिस्ट नेता तुलसीलालजीले सबै प्रमुख कम्युनिस्ट नेताहरूलाई चियापानको भेटघाट कार्यक्रममा बोलाइदिनु भयो भने त्यस ठाउामा गएर आˆनो कुरा राख्न सकिन्छ होला । यति भनी म फर्कें, अरू मैले केही गरिन, म सक्रिय बन्न सक्ने स्थितिमा पनि थिइन । पछि गणेशमानजीले कुन्नि ककसको मार्फत तुलसीलालजी र शम्भुरामजीसित यो कुरा छलफल गरी तुलसीलाल अमात्य कामरेडलाई राजी गराउनुभयो । यो काममा महìवपूर्ण भूमिका पद्मरत्न तुलाधरजीको थियो र पद्मरत्नजीको घरमा तुलसीलाल अमात्यजीको आहृवानमा सबै कम्युनिस्ट घटकहरूको चियापान बैठक बस्यो ।



कम्युनिस्ट नेताहरू सबै जम्मा भएको त्यस ठाउामा गणेशमानजी आइपुग्नु भयो र "नेपाली काङ्ग्रेसले पञ्चायती व्यवस्थाको अन्त्यका लागि निणर्ायक आन्दोलन गर्न लागेको छ, त्यसमा कम्युनिस्टहरूले पनि साथ दिनुपर्‍यो" भनी भन्नुभयो । उहााको कुरा सुनेपछि त्यहाा उपस्थित केही कम्युनिस्ट नेताहरूले भने "पञ्चायत व्यवस्थालाई खतम पार्न त हामी पनि चाहन्छौा तर अहिले काङ्ग्रेससित मिलेर आन्दोलन गर्दा २०१९ सालमा झैा अहिले पनि काङ्ग्रेसले आन्दोलन त्यागिदियो भने वा २०४२ सालमा झैा राजासित सम्झौता गरिदियो भने के गर्ने ?" त्यस सन्देहलाई जवाफ दिादै गणेशमानजीले भन्नुभयो- "पञ्चायत व्यवस्थासित प्रजातन्त्रवादीहरूले के कुरामा सम्झौता गर्ने ? सम्झौता त अब महापञ्च बन्ने भए मात्रै ।" "त्यो हामीलाई थाहा छैन, केमा सम्झौता गर्छन्, काङ्ग्रेसलाई नै थाहा होला" भनी कम्युनिस्टहरूले भनेको कुरा सुनेर उहााले भन्नुभयो- "नेपाली काङ्ग्रेसले भनेको कुरामा प्रतिबद्धतामा तपाईंहरूलाई विश्वास

छैन ?" त्यसमा तुलसीलाल अमात्यजीले जवाफ दिनुभयो-"अहा, काङ्ग्रेसको कुरामा हामीलाई पटक्कै विश्वास छैन, पटकपटक धोखा खाएर हामी चेतिसक्यौा । नेपाली काङ्ग्रेस आफैाले व्यवहारबाट विश्वास लिन सक्ने आधार नै बााकी राखेन ।"

यस्तो स्थितिमा अरू भए वार्ता नै फेल हुन्थ्यो तर गणेशमानजीमा असाधारण धैर्य, स्थिति सम्हाल्ने खुबी र अडिग आस्था थियो । तुरुन्तै उहााले सोध्नुभयो " काङ्ग्रेसको कुरा छाडौा, गणेशमानको इमानदारी र प्रतिबद्धतामा विश्वास छ कि छैन ?" त्यसमा तुलसीलालजीले "गणेशमानले बोलेको कुरामा त सन्देह गर्दिन" भनी भन्नुभयो । अनि गणेशमानजीले भन्नुभयो- "लौ त, त्यसो भए ठीकै छ, यो काङ्ग्रेसको आहृवान होइन, गणेशमानले आहृवान गर्नेछ । गणेशमानको आहृवान र आग्रहमा पञ्चायत विरोधी निणर्ायक आन्दोलनमा सबै सरिक हुनुहोस् ।" स्थिति एकदमै अनुकूल भयो र उपस्थित सबै कम्युनिस्ट नेताहरूले पञ्चायत विरोधी आन्दोलनलाई सघाउने प्रण गरे ।



तर अझै पनि एउटा कुरामा भने कम्युनिस्ट घटकहरूकै बीच मतभिन्नता देखियो । विभिन्न कम्युनिस्ट पार्टीहरूमध्ये केहीको विचारमा "कम्युनिस्ट आन्दोलनको अहिलेको लक्ष्य जनताको जनवादी क्रान्ति भए पनि पञ्चायती व्यवस्थालाई फालेपछि तत्काल त संसदीय व्यवस्था नै आउने हुनाले पञ्चायती व्यवस्थालाई फालेर संसदीय व्यवस्था स्थापना गर्ने नेपाली काङ्ग्रेसको कार्यक्रम सहितको आन्दोलनमा सहभागी हुन सकिन्छ" भन्ने थियो भने अर्को थरीका केही कम्युनिस्ट समूहहरूको विचारमा भने- "जनताको जनवाद ल्याउन संसदीय व्यवस्थालाई फाल्नुपर्ने हुनाले आफूले पछि त्यसको विरोधमा लड्नुपर्ने व्यवस्थाको स्थापनाको लागि आफूले नै किन प्रयत्न

गर्ने ?" भन्ने थियो । त्यसैले पञ्चायतलाई फाल्ने हदसम्म गणेशमानजीको आहृवानलाई समर्थन गरी त्यसलाई सहयोग गर्ने तर संसदीय व्यवस्थाको स्थापनाको लागि साथ नदिने अडान उनीहरूको थियो । त्यही अनुसार विभिन्न कम्युनिस्टहरूको दुईवटा संयुक्त मोर्चा बनाइयो । माथि उल्लिखित पहिलो विचार मान्ने घटकहरू सम्मिलित 'संयुक्त वाममोर्चा' र अनि दोस्रो विचार लिएका घटकहरूको अर्को मोर्चा 'संयुक्त राष्ट्रिय आन्दोलन' बन्यो । पछि आन्दोलन गर्दा वाममोर्चाले काङ्ग्रेससित मिली संयुक्त कार्यक्रम र संयुक्त आन्दोलन सञ्चालन गर्‍यो भने संयुक्त राष्ट्रिय आन्दोलनले काङ्ग्रेससित संयुक्त सङ्घर्ष समितिमा नबसी अलग्गै आˆनै सङ्घर्ष समिति बनाई पञ्चायत विरोधी आन्दोलन चलाई गणेशमानजीको आहृवानलाई सहयोग गरे । जे होस्, गणेशमानजीको बुद्धिमतापूर्ण सोचाइ, योजना र सक्षम नेतृत्वकै कारण संसदीय प्रजातन्त्रवादी र जनवादी प्रजातन्त्रवादी दुवै थरीलाई सम्मिलित गरी २०४६ को विशाल जनआन्दोलन सञ्चालन गरी पञ्चायती तानाशाही व्यवस्थालाई फाल्न सकेको हो ।





प्रो. माणिकलाल श्रेष्ठ

From: Gorkhapatra





तपाईंको प्रतिकृया

Shresta sir,

i had got very great chance know about yugpurush Ganesh Man Singh & short history about Nepali politic through your eassay. its is very interesting & knowledgeble. Thank you.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम