Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
इतिहास/संस्कृति
शेर्पा जातिको उत्पति र नामाकरण - [2008-06-17]

आरंभ हिमाल चुलीहरूको काख कन्दरमा स-साना बस्ती बसाएर युगौंदेखि बसी आएका हामी (शेर्पा) जातका मानिसहरूको आफ्नै विशेषता छ । भिन्नाभिन्नै खोला र उपत्यकामा बसेका र आवत जावतको कठिनाइले गर्दा सम्बन्ध टाढा भई भाषा र चालचलनमा सानोतिनो भिन्नता भएपनि हामी सबैको आर्थिक र सांस्कृतिक पृष्ठभूमि एउटै र भाषा व्याकरणको मूल पनि एउटै तिब्बती (हिमाली) भाषा हो । धर्म हाम्रो महायान लामा परम्पराका बुद्ध धर्म हो । उहिलेको अविकसित बाटोघाटोको असुविधा भएको र एउटै राष्ट्रिय परम्परा नभएको नेपालमा एक थरीले अर्को थरीको वास्ता गर्ने चलन थिएन । न सरकारी स्तरबाट सबैलाई नजिक ल्याउने प्रयास नै भएको थियो । त्यसैले हाम्रो सम्बन्ध तिब्बती जनता र तिब्बतको भू-भागसँग बढीरही आएको थियो । अनि बाँकी नेपालीले हामीलाई पनि तिब्बती -भोट) का भोटे भन्दा कुनै फरक दृष्टिले हर्ेदैनथे । (डोर बहादुर विष्ट, २०५५)



सन् १९६९ वर्षपहिलेदेखि शेर्पाको बारेमा चासो देखाई लेख रचना र अड्कलहरू लेख्ने,शर्ेपा इतिहासको विषयमा खोज, अनुसन्धान गर्ने काम केही हदसम्म अघि बढेको देखिन्छ । त्यस क्रममा शर्ेपाको परिचय पहिचान गर्दा कसैले तीन महानगर -कान्तिपुर, ललितपुर र भक्तपुर) को पर्ूवतिर बसेकोले शर्ेपा भनेको हो भनी कारण देखाउने गरेको, कसैले भोट -ल्हासा) को श्यार दोखाम -पर्ूव) तिरबाट भोटको मध्य प्रदेश -उचाङ) हुँदै क्रमशः बर्साईसरी विश्वका र्सवाेच्च शिखर ज्योमोलिङमा -सगरमाथा) छेउछाउमा आई बसेकोले शर्ेपा भन्ने गरेको पाइन्छ । त्यति मात्र नभई कसैले शरपा -शर्ेपा) होइन, शेरवा -शरवा) हो भन्ने, कसैले पहिले श्यरवा थियो पछि बिस्तारै बिस्तारै शर्ेपा समाज विकास भएपछि वा साक्षर भएपछि मात्र फेरी परिवर्तन भएर श्यारवाबाट शर्ेपा भएको हो भनिएको छ । यति मात्र नभई कसैले शर्ेपा भनेको एयचतभच -पोटर) हो भन्न पनि पछि परेको छेन । यस विषयमा स्पष्ट पार्न शर्ेपा समाजमा विद्वान वर्गले लेखेका लेख रचनाहरू, स्वदेशी र विदेशी पर्यटकहरूले शर्ेपाको बारेमा कलम अगाडि वढाएको रचनात्मक कृतिहरू, शर्ेपा समाजमा विराजमान श्रद्धेय लामा गुरूहरू शर्ेपा गाउँ ठाउँका बुढा बुढीहरूले निरन्तर भट्याउँदै आएको मौलिक दन्ते कथाहरू संग्रह गरेको कागजपत्रको आधारमा शर्ेपाको मौलिक भाषा, लिपि, धर्म, संस्कृति, कलाकृति, रीतिरिवाज, गतिविधि, आनिबानी, दैनिक जीवन पद्धति, रहनसहन, चालचलन, बोलीचाली, खानपान, आचार व्यवहार, शारीरिक स्वभाव, सामाजिक र आर्थिक अवस्था, प्राकृतिक भू-वनवट इत्यादिको माध्यमबाट शेपाको गौरव र विशेषताको पहिचान गर्ने प्रयत्न गरेको छु ।







शेपाको उत्पत्ति र नामकरण



प्राग इतिहास कालदेखि मानिसहरू आ-आफ्नो सुविधा अनुसार विभिन्न क्षेत्रमा स्थानन्तरण भई बन्नुपर्दा तदनुसार नामकरण भएको देखिन्छ । हाम्रो समाजका प्रमाणित तिब्बती व्याकरण नियमको आधारमा बसेर कुरा गर्द "शर" भनेको पर्ूव दिशा र "प" स्वामित्व बोधक शब्द हो, त्यसै हुनाले शरप१ -शर्ेपा) भनेको पर्ूव दिशामा बस्ने पर्ूर्वेली -शरप . शर्ेपा) भन्ने शाब्दिक अर्थ हुन्छ । यो शाब्दिक अर्थमा हामो व्याकरणको दृष्टिकोणले पनि कुनै त्रुटी नभएको देखिन्छ भने मौखिक बोली चालीको भाषामा पनि सरल र सजिलो तथा उपयुक्त भएको कुरामा यस परम्पराका व्याकरण विद्हरू एकमत भएको देखिन्छ । लामा व्याकरण अनुसार शब्द रचना गर्दा कुनै व्याकरणको नियम अनुसार निर्माण हुन्छ भने कुनै शब्दमा व्याकरणको नियम नै लागु नभए पनि बोल्न र काम गर्न सजिलोको लागि भनेर शब्दहरू प्रयोग गर्ने गरिन्छ, तर यस पंक्तिको शरप -शर्ेपा) शब्द त्यस्तो नभई उपर्युक्त दुइवटै नियमको परिधिभित्र रहेको पाइन्छ । लामा समाजका अति लोकप्रिय व्याकरणविद् याङच्यान टुब्पी दोर्जेको व्याकरण -लेगश्यद् ज्योनवाङ) को मत अनुसार:



"दागडा यरग्युर 'व' दङनी, क्षला पञीद् ज्योरवा लेग" अर्थात दागडा -स्वामित्व) बोधक शब्द बिजोर भएमा स्वामित्व बोधक शब्दको अन्तिम अक्षर "व" हुन्छ । जस्तै ः यम ं पु ं व . यम्पुवा -नेपाली) ग्य ± गर ± व Ö ग्यगरवा Ö -भारती) सो ± रूङ ±वा Ö शोरोङवा -सोलुबासी) इत्यादि । त्यसैगरी स्व्ाामित्व बोधक शब्द जोडी पर्‍यो भने स्वामित्व बोधक शब्दको अन्तिक अक्षर "प" हुन्छ भनी ठोकुवा गर्नुभएको छ । जस्तै ः भोद् ± पा Ö भोद्पा -भोटे) शर ± पा Ö शरपा -शर्ेपा Ö पर्ूवली) खम् ± प Ö खम्पा -खमबासी) डुग ± पाÖ डुगपा -भुटानी) चाङ ± पा Ö चाङपा -Öचाङ बासी) आदि प्रशस्त उदाहरणहरू प्रस्तुत गर्न सकिन्छ । यसरी हरेक दृष्टिकोणले पुष्टि गरेको गरिमामय शरप -शर्ेपा) शब्द हुँदाहुँदै कसैले खम्पको बोल्ने ताल र लवज तथा मौखिक बोलीको सरल उच्चारण हो भनी श्यारव र शर्ेव लेखेर आफ्नै पाराले व्याख्यान गर्नु मुख हुँदा हुदै नाकले पानी पिउनु जस्तै हो भन्दा अत्युक्ति नहोला । तर्सथ सत्य कुरामा जबरजस्ती गर्ने सँग त तार्किक बाद विवाद गर्नु गाई भैंसीको अगाडि शास्त्र पाठ गर्नु जस्तै हो भनी विद्वानहरूको भनाई भएको हुँदा त्यसको अनुसारणगरी धेरै वाद-विवाद गर्न चाहिदिन । त्यसैगरी कसैले यस सर्न्दर्भको विषयवस्तु र व्याकरणको नियम केही थाहा नभएर पनि अन्धाधुन्धमा शरव -शर्ेव) भनेको लखेटेको हो । त्यसरी चर्चा परिचर्चा गर्दा शर्ेपाालाई अरूले लखेटेको जस्तो हुँदा लाज हुन्छ । त्यसैले यस विषयमा म धेरै बोल्न चाहन्न । त्यसो भन्नु हुँदैन भन्छ । त्यसरी बोल्नु पर्ने यसको मूल कारण चाहिँ यस परम्पराको व्याकरणको नियम नबुझेकोले अनजानमा अनुमान लगाएर राती अँध्यारोमा ढुँगा हानेको पारा गरेको हो । ठूलो लामा नै किन नहोस् रिम्पोछे हुँ भनेर बकबकाउनेहरू पनि त्यस विधि विधानको ज्ञान नभएमा त्यसको अभ्यास नगरेको खण्डमा यस्तो बोल्नु स्वभाविक हो । त्यसमा अचम्म मान्नु पर्ने कुरा केही छैन । "दग्यिग सरडिग" नामक लामा भाषाको शब्दकोष अनुसार शरवा -शेरवा) को अर्थ उदय हुनु । जस्तै ञमिा शरवा Ö र्सर्ूय उदयको, मेतोग शरवा Ö फूल फूलेको हुन्छ । यस्तै शरवाको भनाई अनुसार लखेटेको भन्दा शोर भन्नु पर्दछ । यो शब्द रचना गर्न निम्न अक्षरहरू सन्धि गरेर शब्द रचना गर्न सकिन्छ । ग्±श±ओ±र Ö ग्शोर -खेत्ने) लखेटने वाला र्-वर्तमानकाल) ब्±श±ओ±रÖ ब्शोर -लेखेट्यो) भन्दा भविष्यकाल र भूतकालको बोधक हुन्छ । पढ्दा उच्चारण एउटै जस्तो निस्के पनि क्उभििष्लन -हिज्जे अक्षरहरू) भिन्ना भिन्नै हुन्छ । त्यसैले जुन कुरा बोल्दा र शास्त्रको व्याख्यान गर्दा यी नियमहरूको ख्यालगरी स्वयं गंभीर भएर बोल्नु पर्ने हुन्छ नत्र अन्यत्र हुन जान्छ । त्यस्तै "पहिले श्यरवा थियो, पछि विस्तारै विस्तारै शर्ेपा समाज विकास भएपछि वा साक्षर भएपछि मात्र फेरि परिवर्तन भएर श्यरवाबाछ शर्ेपा भएको हो" "भन्नु चाहिँ पहिले स्त्री थियो पछि लिंग परिवर्तन भएर स्त्रीबाट पुरुष भएको हो" भन्नु जस्तै हो अर्थात् पहिले फुल त्यसपछि क्रमशः लार्भ, प्यूपा र पुतलीको अवस्था जस्तो होइन, शर्ेपा एक विशेष मानव जातिको नाम हो, यो जहिले अवस्था जस्तो होइन, शर्ेपा एक विशेष मानव जातिको नाम हो, यो जहिले पनि शर्ेपा नै रहीरहने छ । अवस्था अनुसार परिवर्तन हुने कीरा-फटयाङ्ग्रा होइन यो । त्यसैले माथिको विवरणबाट शेरवा -क्जभचधब) र शर्ेपा -क्जभचउब) को विभेद बुझन अध्ययन अध्ययपनको आवश्यक पर्दछ । आफू त्यस विषयको ज्ञाता नभईकन अरूलााई सोधेको र अनुमानको भरमा काम गर्दा अक्सपोर्ड डिक्सनरीमा शर्ेपाको अर्थ पोटर हो भनी हास्यास्पद तरिकाले शर्ेपाको व्याख्या गरेको जस्तै हुने छ ।



विकट हिमाली दर्ुगम क्षेत्रतिर बसोबास गर्ने काम नभएको बेरोजगारी शर्ेपाहरू दार्जिलिङ बजारमा बिहान बेलुकीको छाक र्टार्ने काम गरिरहेका थिए । यो त कुनै अचम्म लाग्दो कुरा पनि होइन । त्यसबेला एकजना आगन्तुक पर्यटक गोरेले आफ्ना आसपासका यता उता गरिरहेको एकजना सज्जनसँग प्रश्न सोधेछ । भाई यो शर्ेपा भनेको के हो - उसले टे्रकिङको शर्ेपा पो हो कि भनठानी शर्ेपा भनेको पोटर -ट्रेकिङमा झोलासोला बोकेर बास बस्दा पाल लगाई बास तुल्याई दिने कुल्ली) हो आगन्तुक गोरेलाई के थाहा, उसले त्यो कुरा सत्य हो भन्ठानी टिपोट गरी पछि अब्सपोर्ड डिक्सनरीमा लेख्न समेत पछि पर्नु भएन । अनजानमा विषयवस्तुको बारेमा सोध्ने र बताउने गल्तीले गर्दा सोधकर्ताले सोधेको कुराको अनुसन्धान नगर्दा र जस्तो पायो त्यस्तै विवरण पेश गर्दा आजसम्म शर्ेपाहरूले पोटरको उपाधि पाएको छ । यो अझ कतिसम्म कायम रहने हो शर्ेपा समाज र शर्ेपा समाजका प्रबुद्ध व्यक्तिहरूबाट सही उत्तरको प्रतिक्षामा कुरी रहेको छ । उपर्युक्त तीन महानगर -काठमाडौं, ललितपुर र भक्तपुर) को पर्ूवतिर बसेको कारणले मात्र शर्ेपाको परिभाषा पूरा भएको जस्तो लाग्दैन । काठमाडौंको पर्ूवतिर बसेको त हो यति मात्रले शर्ेपा भन्छ भने त्यस दिशातिर बसिरहेको अरू जातिका मानिसहरूलाई के भनेर सम्बोधन गर्ने - त्यसैले तिनीहरूलाई पनि शर्ेपा भन्नर्ुपर्ने हुन्छ । यसको अतिरिक्त तिब्बतको रोङशरमा बसिरहेका रोङशरपा र तिब्बतको दक्षिणतिरको जिल्ला तिङक्येमा परापर्ूवकालदेखि बसोबास गरिरहेका शर्ेपाहरूलाई शर्ेपा होइन भन्नर्ुपर्ने स्थिति आउँछ । यति मात्र नभई काठमाडौं उपत्यकाको पर्ूव दिशातिर बसेकोले शर्ेपा भनेको हो भनी परिभाषा लगाउँदा शर्ेपाहरू सीमित सोलुखुम्बु जिल्लामा मात्र भएको संकेत हुन्छ । त्यसैले शर्ेपा भनेको -खामशर) बाट बर्साई सर्राई गर्ने क्रममा नेपालको उत्तर र पर्ूर्वी भेगमा आई पुगेर बसोबास भएका उक्त विशेष शर्ेपा जाति हो भन्दा अत्युक्ति नहोला ।



शर्ेपाहरू प्राग इतिहासकालमा शिश्वा साम्राज्य स्थापना गर्ने जातिहरू हुन् । यिनीहरू हुन् । यिनीहरू दोङशुल च्याङ वा मिञाग दोङ शुलवाको सन्तानबाट विस्तार भएका मानिसहरू हुन् । उत्तर मंगोलको आगमनबाट तिनीहरू मिञाग प्रान्ततिर विस्तार भए । आजकल इतिहास विद्हरू अधिकांशले यो अवधारणा ठीक भएको मानेका छन् । र अनिश्चित स्थानमा बसोबास गर्नु परेकाले शर्ेपाहरूको नाम थर पनि विभिन्न प्रकारका छन् । जस्तै मिञागपा -मिञागबसी) दोङशुलवा -दोङशुलबसी) र शर्ेपा -पर्ूवली) आदि । त्यसैगरी अनिश्चित समय र अनिश्चित स्थानको प्राकृतिक वातावरणको साधन तथा निकट छिमेकीको रहन सहनबाट उनीहरूका जीविका गर्ने तरिका, भाषा, लिपि, खाना, भेषभूषा तथा वैभव इत्यादिको पक्षमा पनि विभिन्न किसिमका परिवर्तनहरू भएका छन् ।



दशौं शताब्दिको आरम्भमा थङ वंशजका राज्यशासन पतन भएपछि त्यस दिशाको सम्पर्ूण्ा क्षेत्रमा आधा शताब्दिसम्म राजनैतिक अस्थिरताका कारणले भयंकर आन्तरिक संर्घष्ा चर्केको थियो । यो काल शासकहरूको परम्पर आ-आफ्नो शक्ति पर््रदर्शन गर्ने समय भएकाले गर्दा देशका साधारण जनताहरू त्यसका मारमा परेका थिए । त्यस समय मिञागपाहरूले पनि त्यसको सामना गर्नुपरेको थियो साथै उहाँहरूले अरूलाई दुःख दिने काम पनि बाँकी राखेन । मिञागपाहरू नेपालका सीमानामा पुगेको समय चाहिँ शिश्वाका राज्यशासन -सन् १०३८-११२७) पतन हुनुभन्दा पहिले नै भएको मानिएको छ । त्यस पछिदेखि तिनीहरू त्यो बाटोबाट आवत जावत गरिरहेका थिए । त्यसपछि फेरि योद्धराजा -गेसर ग्यलपो) को युद्धका कारणवस मिञागपाहरू भोछ नेपालका सीमातिर विस्तार भएको र पछि शिश्वाको राज्यशासन विस्थापित भएपछि तिनीहरू फेरि पहिले आएको उत्तरी बाटो भएर मिञाग प्रान्तमा फर्केका थिए । त्यसपछि १३ औं शताब्दिमा दक्षिण दिशामा जंगिर खाँले राज्य एकीकरणको अभियान चलाउँदा पुनः तिनीहरू अघिको घोरेटो बाटो लागेर नेपाल र भोटको सीमानतिर आउनु परेको छ" भनिएको छ । बाङलु २००र्०र् इ ।



नेपालका उत्तरी हिमाली सीमा क्षेत्रमा बर्साई सर्राई गर्ने क्रममा ज्योमोलाङमा अर्थात् विश्वका र्सवाेच्च शिखर सगरमाथाको पश्चिमपट्ट िअवस्थित नाङपाला नामक विकट हिमालको हिउँ काटेर पहिले पटक खुम्बुतिर र्झनेरव्यक्ति मेमे फक्षेन हुनुहुन्थ्यो । थिम्मी गोत्रको उहाँ खुम्बुमा आईपुग्दा त्यहाँ त्यस क्षेत्रमा हिउँनै हिउँले ढाकिरहेकोले मान्छे बस्न लायक थिएन । त्यसैले उहाँ नाम्चे -नाम्पोक्षे) को तल भिरमुनी बसेको थियो । उहाँको थिम्मी टशि जाङपो र दोर्जे जाङपो नाम गरेका दर्ुइ छोराहरू भएको तथा जेठोले खुम्बुक्षेत्रमा र कान्छोले सोलुतिर बस्ती बसाएको कथन छ । खुम्बु क्षेत्रमा र्सवप्रथम पदार्पण गर्ने व्यक्ति मेमे फक्षेन भएको कुरा शर्ेपा समाजका बुढापाकाहरू सबैले एकै स्वरमा बताउँछन् । त्यसपछिको हुलमा लामा साङवा दोर्जे, लामा लुङसम्पा, शर्ेपा दुङग्यल, मिञग्पा मिक्षेन टग्पा र च्हापाहरू भएको कुरा शर्ेपा समाजमा एक अर्काबाट संचार हुँदै आएको मौखिक कथा अनुसार बताउन सकिन्छ । प्रारम्भमा उनीहरू मिबु ढुङटुग -छ मानव वंशज) को एक भई दोङ गोत्रबाट छुटेर आएको र त्यहाँबाट फैलिएको पर्ूवज गेरग्याल मालिक स्वयं र नोकर सपरिवार खामपट्ट िपाल्नु भई दोखामा गङ्टुग३ -छ डाँडा) मध्येको श्हालमो गङमा बासस्थान बनाई बसेका सन्तानहरू थिए ।



त्यसैगरी उपर्युक्त पर्ूवजहरूबाट फैलिएका अधिकाशं खाम्पाहरूले पनि खामतिर नै बसोबास गरे । त्यसैले खाममा खमपाको १८ जात र एउटा निम्न जातको गरी १९ जातिहरू छन् भनिएको छ । उपर्युक्त पर्ूवज गेरग्यालको धेरैजसो सन्तानहरू मिञाग रिमाङ -श्हालमो गङको माथिल्लो डाँडा) मा बसोबास गरेको हुनाले त्यहाँको मानिसहरूलाई मिञागपा भनिएको छ । मिञागपाको गोत्रबाट फैलिएको अरू उप जातिहरू शर्ेपा, शिडगपा, दोटुब्पा आदि छन् ।



यसरी बसिरहेको अवस्थामा उत्तर मंगोल -दुरूक) थुयुटुन -मंंगोल) दुयुल आदि स्थानमा लिङ गेसर राजाले युद्ध छेडी लामो समयसम्म दुःख दिएको हुनाले उपर्युक्त मिक्षेन टाग्पा इत्यादि खामको धेरै मानिसहरू अरू ठाउँतिर बर्साई सरेर गए । जस्तैः खाम मिञाग४बाट मिक्षेन टाम्पाको सन्तान सपरिवार, खाम ल्होटाग टाङाबाट तल्लो लामा गोन्पाको आफन्तहरू, खाम कथोग र सर्ेताबाट लामा सेरपाको आफन्तहरू, खाम ञेदोङबाट च्हापाको आफन्तहरू, खाम उनीबाट थमे वा थिम्मीको आफन्तहरू जति भएको सबैले आ-आफ्ना बासस्थान छोडी भोटको राजधानी ल्हासातिर मुख ताकेर उत्तर भेकको बाटो हुँदै गएको उल्लेख छ ।



त्यसै क्रममा खाम्पाहरू ल्हासाको उत्तरतिरबाट दिङरी लाङकोर इत्यादि स्थानहरूमा आएर केही वर्षबसे । त्यहाँ बस्दा स्थानीय भोटेहरूसँग आगन्तुक खाम्पाहरूको जाति, विचार, जीविका उपार्जन गर्ने तरिका आदि अलिक भिन्न भएको कारणले तिनीहरू एकै ठाउँमा बस्न संभव भएन । तर्सथ, खाम्पाहरूले अरू बस्न लायक ठाउँको खोजी गर्न जाँदा विश्वको सर्वोच्च शिखर ज्योमोलाङमा -सगरमाथा) को पछाडि पट्ट िमान्छे नभएको खाली आवादी भएको थाहा पाए । त्यस समय खाम्पाहरूले एउटा नयाँ स्थान पत्ता लगाएको कुरा सबै दिशातिर प्रचार भए । त्यतिमाात्र नभई स्थानको नाम पनि खुम्बु भन्ने भए । लामा भाषामा खुम भनेको थाहा पाउनु र बु भनेको छोरा हो । अर्थात् प्रथम पटक खाम्पाको छोरा सन्तान बसेको स्थान -भूमि) भएको हुनाले खुम्बु भन्ने नाम रहेको हो । त्यसरी दिङरीबाट उता लागेर ठूलो कष्टगरी हिमाल -नाङपाला) काटेर मान्छे नभएको खालि आवादी अर्थात् गोप्य स्थान खुम्बु क्षेत्रमा मिक्षेन टाग्पा लगायतका मानिसहरू आएर बसोबास गरेको जातिलाई शरपा -पर्ूवेली) भनेको हो भनी शर्ेर्पी छ्योज्युङमा उल्लेख छ । पहिलले खुम्बुबाट बर्साई सरेर आई हाल तिब्बतको सीमाना खासा -दोलखाको उत्तर पश्चिम) तिर बसोबासगरी बसेका शर्ेपाहरूको बारेमा गरेको एक अनुसन्धान पत्रिका अनुसार पनि यही कुरालाई अघि बढाएको छ । उक्त पत्रिकामा धेरै वर्षपहिले दोखाममा मंगोलको लर्डाई र योद्धा राजा गेसरको युद्ध सेनाले बारम्बार दुःख दिएको हुँदा खामतिरको धेरै मानिसहरू दर्ुइ समूह बाँधी पश्चिमतिर बर्साई सरेर गएको र तिनीहरू आखिरमा भोटको विकट सीमानाको कुना काप्चामा पुगी बस्ती बसालेर बसेको, तिनीहरू भोटको शर -पर्ूव) दिशाबाट आएको हुँदा "शर्ेपा" भनेको र आफ्ना पर्ूवजहरू खाम्पा भएको कुरा उल्लेख छ । त्यसैगरी पहिले खाम कथोगको भेगमा मंगोलको सरदार जिङगिरहन -चाङगिज खाँ) को युद्ध हुँदा अन्तमा सीमानाको दर्ुगम क्षेत्रमा बर्साई सरेर आई खुम्बु क्षेत्रमा स्थायी बसोबास गरी बसेको, शर खम्पा -खुम्बु) वा शरपा -शर्ेपा) को नाम उच्चारण प्रकृयाबाट पनि शर्ेपाहरू खम्पा जातिसँग घनिष्ट सम्बन्ध भएको ज्ञात हुन्छ शर्ेपाहरूको कुरा गर्ने तरिका, बानी, व्याहोरा, धार्मिक आस्था आदिको पक्षमा जाँच्दा पनि खाम भेगका संकेतहरू पाइएको, देश विदेशको विवेकी विद्वानहरूलेव पनि शरपा -शर्ेपा) भनेको पर्ूवेली भएको कुरा स्वीकार गरेर कोट्याइएको छ । दोखम चाहिँ भोटको पर्ूवदिशातिर रहेको प्रान्त भएकोले त्सस दिशाबाट आएको प्राचीन भोटे जातिको समूहलाई "शरप" भनेको कुरा युक्तियुक्त भएको विवरण समेत प्रस्तुत गरेको छ । शर्ेपाहरू इतिहासको उत्तर चर्ढाईकालमा संर्घष्ा गर्दै जीविकाको राम्रो साधन भएको ठाउँहरू चहार्दै यहाँ आईपुगेका थिए ।



त्यसैगरी उक्त पत्रिकाले खामको प्राज्ञिक मुगे सम्तेनको जीवनीमा शर्ेपा भएको श्रोतहरू उधृत गर्दै " दगपो र शरपा -शर्ेपा) को मानिसहरू सोङचान गाम्पोको सेना भई दोखमतिर आई शर्ेपाको सेनाहरू तुकरको दिशामा बसेका छन् । ती शर्ेपाहरू अहिले तिब्बत क्षेत्र अर्न्तगत शिठोन, ङापा र कनल्हो क्षेत्रको सिमानामा "शरखोग" भन्ने ठाउँ छन् । त्यस क्षेत्रका मानिसहरूलाई पर्ूव -शर) दोखमको मानिसहरूले "शरप" भन्दछन् । त्यसरी शरप भनेको पनि बिना काममा त्यसै भनेको होइन । तिनीहरूसँग अहिलेको "शरप" -शर्ेपा) भनी चर्चित भइरहेकाहरू बीचमा ऐतिहासिक धरातलको पक्षमा सम्बन्ध भएको नभएको गहिरिएर अध्ययन अनुसन्धान गर्नुपर्ने खाँचो छ" भनिएको छ । -बोद्ज्योङ श्यिब श्युग १९८र्३र् इ.मा) त्यसमा परापर्ूवकालदेखि शर्ेपाहरू भोटको भोटे जाति मध्येको एक विशिष्ट प्राचीन जाति भएको, उहाँहरू शर -पर्ूव) दोखाम दिशाबाट सीमा क्षेत्रमा बर्साई सरेर आएको कुरा साधारण भएको छ । त्यस विषयमा विवाद गर्ने ठाउँ छैन । अहिले टुंगो नलागेको महत्वपर्ूण्ा कुरा चाहिँ शर्ेपा जातिका मानिसहरू शर -पर्ूव) दोखामबाट भोटको मध्य भाग हुँदै नेपालको सीमावर्ती क्षेत्रमा कहिले आई पुगे त्यसका बारेमा हो - भनी प्रश्न गरेको छ । जस अनुसार शर्ेपाहरू यस दिशामा कहिले र कुन सालमा आई पुगेका हुन् - त्यस विषयमा इतिहास विद्हरूमा एकमत देखिदैन । नेपालको हिमाल, पहाड र तर्राईको विभिन्न स्थानमा बसोबास गरिरहेको जातजातिको भाषा, भेषभूषा, धर्मसंस्कृति र आचार व्यवहार इत्यादिका विषयमा परिचयात्मक खोज, अनुसन्धान गर्ने नगेन्द्र शर्माको -नेपाली जन जीवन) नामक जातजाति सम्बन्धी खोज अनुसन्धानात्मक ग्रन्थमा "अघि-अघि यिनी -शर्ेपा)हरू तिब्बतबाट नेपाल पसेका भएतापनि कयौं पुस्तादेखि नेपालमा बसेकोले आफूलाई भोटे भनेको रूचाउँदैनन् र एक छुट्टै सांस्कृतिक व्यक्तित्व पेश गर्न खोज्दछन्" भनेको छ ।



त्यसैगरी "प्रचलित विश्वास अनुसार करिब ६ सय वर्षघि एक मंगोल शासक -गुश्री त्यनजीन क्षेग्याल) -सन् १५८२ -१६५४ं) ले गेलुगपा मत नमान्नेहरूलाई प्राणदण्ड समेत दिन लागेको हुँदा एकथरी मानिसहरू आफ्नो धर्मको रक्षा गर्न ठूलो संख्यामा हिमाल नाघेर नेपाल पसेर पहिले श्यार खुम्बुमा र पछि पछि सोलु तर्फफैलिएरु बसोबास गर्न लागे भनिन्छ भनि अरूको भनाइ उधृत गरी लेखेको छ । उहाँले प्रस्तुत गरेको ६ सय वर्षघि शर्ेपाहरू आएको समय र गेलुग सम्प्रदाय नमान्नेहरूलाई प्राणदण्ड समेत दिन लागेको मंगोल शासक -गुश्री त्यनजीन क्षोग्यल सन् १५८२ - १६५४) को समय एकदम फरक परेको देखिन्छ । मंगोल शासक समय भन्दा शर्ेपाहरू धेरै पहिले यता आएका थिए । त्यस घटनामा पनि ञंिमको ठूलो लामा लोछेन धर्मश्री लगायत ठूलो गुरुहरू धेरै मारेको र ञंिमको धेरै गोम्पाहरूमा आगो लगाई ध्वस्त पारेको थियो । त्यस समयमा पनि शर्ेपाहरू आएको हुन सकिन्छ । त्यसरी ञंिम सम्प्रदायको गोम्पाहरू सारा सखाप पार्न खोज्दा बुद्धिजीवि लामाहरूले मंगोलको आक्रमणबाट आफ्नो गोम्पाको सुरक्षा गर्नका लागि अबिलम्ब गोम्पाको भित्र मूलढोकाको माथि जे यबस्य सुम -गेलुक सम्प्रदायको तीन मुख्य गुरु शिष्य) को थङका -फोटो) कोरेर गेलुग सम्प्रदायको अनुसरण गरेको बहाना गरी आफ्ना गोम्पा बचाई राख्ने काम गरेका थिए । जसको परिणाम स्वरूप हिजो आज पनि शर्ेपा गाउँमा बनाइएको गोम्पाको ढोका माथि जे यवस्य सुमको थङका लेखेर राख्ने परम्परा भइरहेको पाइन्छ । "शर्ेपाहरूको संस्कार एक अध्ययन -२०५३) नामक लेखमा -शर्ेपाहरू) तिब्बतको पर्ूर्वी क्षेत्र खामको श्हलमोग्याङबाट आजभन्दा ५८६ मा नेपालको खुम्बु क्षेत्रमा आई पुगेर सन् १५५३ मा सोलुमा झरे भने तत्पश्चात क्रमिक रूपले उनीहरूको नेपाल आउने क्रम जारी नै रहृयो" भनी लेखेको छ । उक्त लेख विदेशी लेखकहरूले लेखेको "शर्ेपा" वंशावलीको इतिहाससँग सम्बन्धित काजजातको आधारमा तयार पारेको देखिन्छ ।



यस विषयका ज्ञाता विद्वान सङग्य त्यञ्जिन शर्ेपा -लामा ले पनि तिब्बती र चिनीयाँ श्रोतको आधारमा यसै समयको आसपासमा बसेर शर्ेपाहरू विभिन्न समयमा खुम्बु क्षेत्रमा झरेको बारे यसरी आफ्ना विचार प्रस्तुत गर्नु भएको छ । "यो घटना कहिले घटेको हो भनेर निश्चित रूपमा भन्न नसकिएतापनि तिब्बतको महासिद्ध थङथोङ ग्यल्पो -सन् १३६१-१४८५) तेरतोन गरु क्षेक्यी वाङक्षुग -सन् १२१२-१२७३) तेरतोन -निधिपति) रत्न ग्यलछ्यान -सन् १४०३-१४७९) र श्री सक्यापाको महागुरु ज्येचुन टाग्पा ग्यलछ्यान -११४७-१२१६) आदि गुरुहरूका समयमा उचाङ -तिब्बतको मध्यक्षेत्र) बाट ज्योमोलाङमा -सगरमाथा) पार गर्दै सोलुखुम्बुको माथिल्लो भेगमा पुगेको चाहिँ सन्देह छैन" भनी ठोकुवा गरेको छ । उहाँले यसरी ठोकुवा गर्नुपर्ने बलियो भरपर्दाे कारणहरू के हुन् त भने शर्ेपाको वंशावली भएको बुझिन्छ । प्रमाणित धार्मिक पुस्तकहरू र धर्मग्रन्थका अनुसार २५ सय वर्षपहिले अर्थात् वर्तमान शाक्यमुनि बुद्धका शासनकालमा यस लोकको मानिसहरूको आयु सय वर्षो थियो । त्यसबाट क्षिण हुँदै अहिले मानिसहरूको आयु सरदर ५० वर्षा झरेको छ । यो तथ्यालाई आजकाल भौतिकवादी वैज्ञानिकहरूले पनि नजिकबाट हेरिरहेका छन् । कान्तिपुर -यु.एन.एफ.पी.ए) ले जनाए अनुसार आजकल पुरुषको सरदर आयु ५७.६ र महिलाको ५७.१ प्रतिशत रहेको छ । गुरु पद्यसंभवको दर्ीघायु अभिषेक नामच्याग पुटी नामक धार्मिक पुस्तकमा अझ त्यसबाट पनि घटेर ङब्च्यु खराल -पचास घटेर) ४५ वर्षा पुगेको वर्ण्र्ााछ । क्रिस शेरवल -सन् १९७८) ले अल्प विकसित देश नेपालको मानिसको आयु सरदर बयालीस वर्षछ भनी वर्ण्र्ाागरेको छ । जेहोस् शर्ेपाको बारेमा चर्चा परिचर्चा गर्दा शर्ेपाहरू खुम्बु क्षेत्रमा आई पुगेर कति पुस्ता भएको त्यसको सही तथ्यमा शर्ेपा वंशावलीबाट समय पत्ता लगाउन सकिन्छ । सन् १९७० सम्म यस खुम्बु क्षेत्रमा आईपुगेको शर्ेपाका पर्ूवज थिम्मी -फक्षेन)को तलबाट विस्तार भएको सलाग र खम्पाचे थरको शर्ेपाहरू १९ पुस्ता भएको तथा सेरपा दुङग्याल -लामाका सन्तानहरू) र मिञागका तलबाट विस्तार भएको टागथो र गोलेग थरको शर्ेपाहरू १७ पुस्ता भएको हाल विद्यमान शर्ेपाको वंशावली -कागजात) बाट प्रष्ट हुन्छ । विश्वमा मानिसहरूका आयु सरदर ५७.६ वर्षा पुगेको र शर्ेपाहरूका चाहिँ त्यसबाट पनि तल झरेर ५० मा झारेको मानौं । शर्ेपाहरू पहिलो पटक खुम्बु क्षेत्रमा आईपुगेको १९ पुस्ता भएको तदनुसार गुणनगर्दा १९ ह ५० Ö ९५० वर्षबितेको त्यसैगरी दोस्रो पटक खुम्बु क्षेत्रमा आईपुगेका शर्ेपाहरू १५ पुस्ता भएको तदनुसार हिसाब गर्दा १५ ह ५० Ö ७५० वर्षभएको देखिन्छ । यसरी वस्तुगत आधारमा जाँचेर हर्ेदा उपर्युक्त विद्वानहरूले अनुमानगरी प्रस्तुत गरेका संवतहरू दोस्रो पटक यस क्षेत्रमा आईपुगेका शर्ेपाहरूको समय अनुसार गणना गरेको देखिन्छ ।



शर्ेपाहरू दशौं शताब्दीदेखि १५ औं शताब्दीसम्म जहिले आएर बसेको भए पनि इरान र इराकबाट मुसलमानहरूले लखेटेर ज्यान जोगाउन हैरन परेको नेपालका ब्राहृमण, क्षत्रीहरूको अवस्था जस्तो नभएर शर्ेपाहरू आफ्ना देशबाट आफ्नो देशका कुना काप्चा र सीमावर्ती क्षेत्रहरूमा बँर्साई सरेर बसेको देखिन्छ । जसको संकेत हाल नेपाल र भोटका सीमानाहरूमा अवस्थित शर्ेपा दाजु भाई तथा सीमावर्ती क्षेत्रबाट भोटमा तिरो भाडा गरेको पुरानो कागजले प्रमाणित गरेको छ ।



यसरी मानवहरूले अन्तर्रर्ााट्रय र राष्ट्रिय मानवसमाज, वर्ग, समूह, जातजाति, व्यक्ति र व्यक्तिगत स्वार्थ प्राप्तिका लागि बुद्धि विवेक र विभिन्न उपायगरी प्रागकालदेखिका शिलापत्र, लेख लेखौटको खोज, अनुसन्धानगरी संभव भएसम्मको प्रमाणित कागजपत्रहरू जोर जम्मा पारी स्वयं एक अर्काबाट सुरक्षित रहने प्रयास गर्नु भनेको कल्कीयुग लागेको संकेत जनाउनु अर्थात् दुष्ट मानिसहरूको बोलवाला र सीधासादाले सम्मान नपाउने समय लागेको संकेत हो । उहिले भद्रकल्प -सत्ययुग) मा न त राजा प्रजाको नाम थियो, न त मालिक र नोकरको न उच्चनीच जातिको, न जग्गा बारीको, न बस्तु-भाउको, न खान लाउनको न गरीब अमिरको न स्त्री पुरुषको न राम्रो नराम्रोको न ठूलो सानोको, न नाता कुटुम्बको, न मानव दानवको र न तेरो मेरो भन्ने पक्षपात नै थियो । त्यसैले कसैलाई कुनै कुराको समस्या थिएन तर सिर्जना -उत्पत्ति) हुनु नै विपत्तिका कारण हुने हुँदा सधैँ त्यही स्थितिमा रही रहने कुरै हुँदैन । मानिसको कर्म दुषित हुँदै जाँदा सम्पन्न प्राकृतिक साधनहरू प्हास हुँदै गयो । मानिसमा भविष्यको चिन्ता बढ्न लाग्दा कृतिम बस्तुहरू उत्पादन गर्ने काम आरम्भ भयो । तत्काल समाजका दुष्ट मानिसहरूले सीधा सादालाई ठग्न लाग्दा सबैका सुरक्षाो लागि एकजना सज्जन सुरक्षाकर्मी -गोठाला) को आवश्यकता पर्‍यो । त्यसले आफ्ना मालिकहरूबाट आफ्ना आवश्यकता अनुसार केही बाली उठाउन थाल्यो । त्यही गोठाला पछि गएर राजा भयो र राजा प्रजा भन्ने नामकरण भयो । समय वित्दै जाँदा राजाको सन्तान धेरै बढ्यो । राजकाज गर्ने काममा तँछाड मछाड भयो । सबैलाई भागवण्डा लगाउँदा तँलाई धेरै मलाई थोरै भयो तेरो साँध त्यहाँ र मेरो साँध यहाँ भन्ने भयो । यो क्रम अघि बढ्दै जाँदा विश्वमा राज खानदानका राजा रजौटाहरू धेरै विस्तार भए । विश्वका ती प्रत्येक राष्ट्र प्रमुखहरूमा यो मेरो देश हो । यो मेरो क्षेत्र, यो मेरो प्रजा, मेरो देशको क्षेत्रफल यति र मेरो देशको जनसंख्या यति छन् । म यिनीहरूका नायक हुँ । यिनीहरू मेरो अधीनमा छ भनी उनीहरूले आ-आफ्नो क्षेत्र अधिकार सुरक्षित गरेका छन् । यसले गर्दा एउटै देशभित्र पनि अंचल र जिल्लाको क्षेत्र र इलाकाको नगर गाविसको विचारले त्यस्तै यस देशको आदीवासी र जनजाति, स्थानीय रैथाने र सुकुम्बासी एउटै मानव जातिभित्र पनि उच्च जात नीच जात, छुवाछुत, ठूलो सानो, हिमाल, तर्राई, पर्ूव र पश्चिमको समूहमा विभाजित हुँदा आ-आफ्ना नैर्सर्गिक हक हितको लागि र्सतर्क भइरहने भए । देशका ठूला वडाले सबै प्रति समान व्यवहार नगर्दा देशमा जहाँनिया राण शासन, निरंकुश पञ्चायती व्यवस्था र बहुदलिय प्रजातान्त्रिक व्यवस्था जे आए पनि एउटै जात -बाहुन, क्षेत्री), एउटै भाषा -खस भाषा), एउटै धर्म -हिन्दु), एउटै भेष -दौरा सुरुवाल) र एउटै वाद बाहुनवादको थिचोमिचो, डलनमलन, हाली मुहाली, एकाधिकार शोषण, दमन र उत्पीडनले निरन्तरता पाईरहँदा अर्थात् नेपाल अधिराज्यलाई मौलिक रूपमा एक जाति, एक भाषा, एक संस्कृतिको देश भनी राजकीय मान्यता दिने प्रयास गरिएको र नागरिकले समान रूपमा पाउनु पर्ने आधारभूत अधिकारमा विभेद -पक्षपात) गरिएकाले आज हामीलाई आफ्नो देशको सुरक्षा गर्नुपर्ने देखि लिएर क्षेत्र, इलाका र गाउँ ठाउँको सीमा निर्धारण गर्नुपर्ने, हाम्रो मौलिक भाषालिपि, धर्मसंस्कृति, कलाकृति, रीतिरिवाज, बोलीचाली, चालचलन, आचार व्यवहार भेषभूषा, दैनिक जीवन पद्धति, प्राकृतिक भू-वनावट र विशेषताको सही पहिचान गरी अमुक जातिको अमुक भूभिसँग जन्म जन्मान्तरसम्म नाता रहीआएो प्रतिविम्बित गर्नुपर्ने बाध्य तुल्याउएको छ I





(हिमपात२०५७)







स्रोत: शेर्पाबल्ड








तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम