Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
अतिरिक्त जानकारी
"विश्वब्यापी रेडियो वक्तृत्वकला प्रतियोगितामा सहभागि हुने बारे सूचना - [2008-06-18]

प्रवासी स्रष्टाहरुलाई खोजौ, मातृभूमि प्रतिको दायित्व आफैले रोजौ



बी.एफ.बी.एस. गोर्खा रेडियो यूकेले चाडै नै "विश्वब्यापी रेडियो (खुल्ला) बक्तृत्वकला प्रतियोगिता" को आयोजना गर्ने भएको छ । जसको लागि विषय राखिएको छ, "देश प्रति प्रवासीहरुको दायित्व" । यर्सथ यस प्रतियोगितामा सहभागि हुन इच्छुक सबै प्रतियोगिहरुले यथासिघ्र बी.एफ.बी.एस. गोर्खा रेडियो यू. के.मा सम्पर्क गरि, फोन मार्फत अथवा स्वयं स्टुडियो मै आएर, आफ्नो बक्तृत्व (आवाज) रेकर्ड गर्न गराउन सक्नु हुनेछ।



यूके बाहिरका प्रतियोगिहरुले भने आफैले रेकर्ड गरेर इमेलबाट पठाउन सक्नु हुनेछ। अथवा फोनबाट पनि रेकर्ड गराउन सक्नु हुनेछ। यो प्रतियोगितामा जो कोहिले पनि सहभागिता जनाएर, आफ्नो विचारहरु ब्यक्त गर्न सक्नु हुनेछ।



यस प्रतियोगिताको लागि कम्तिमा पनि दुइ जना मूल्यांकनकर्ताहरु रहनु हुनेछ र विजयी तीनजना प्रतियोगिहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिनेछ । यो कार्यक्रमको मुख्य प्रायोजक फोटोग्राफि तथा फोटो फेर्मिङ सम्बन्धि काम गर्ने राबो जे. एस. कम्पनि र इन्टरनेट वेभ साइटको दर्ता तथा निर्माणको काम गर्ने www.realDomainHost.com रहेका छन् ।



सहभागिहरुले यस विषयमा रेकर्ड गराउनु हुदा ४ देखि बढिमा ५ मिनेट सम्मको हुनुपर्नेछ । यस विषयमा आफ्नो विचारहरु प्रस्तुत गर्दा कुनै ब्यक्ति विशेष र संघ संस्थाहरुलाई आँच आउने प्रकारको हुनु हुदैन । मूल्यांकन गर्दा मूलतः विषय बस्तुको बारेमा ज्ञान, स्पष्टता र प्रस्तुती गर्ने शैलीलाई विशेष जोड दिइनेछ ।



सहभागि प्रथम, द्वितीय र तृतीय हुनेलाई सौजन्य स्वरुप प्राप्त आकर्षक पुरस्कार प्रदान गरिने छ भने प्रथम हुनेलाई आफूले चाहेको डोमेन नेम र होस्टिङ प्रदान गरिने छ ।



कार्यक्रममा सहभागि हुन तथा थप जानकारीको लागि हाम्रो इमेल ठेगाना, bfbsgurkha@bfbs.com अथवा requestuk@bfbs.com र फोन नम्बरहरु, 0044 1303225779 अथवा 0044 1303264370 रहेका छन् । यहाहरुले कुनै पनि समयमा सम्पर्क गर्न सक्नु हुनेछ । विस्तृत जानकारीको लागि www.sahityaGhar.com वेभ साइटमा हेर्न सक्नुहुनेछ ।



यस प्रतियोगितामा प्रथम हुनेलाई आफूले चाहेको डोमेन नेम र होस्टिङ, साथै रावो जे. एस. कम्पनिबाट प्रायोजित आकर्षक पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै दोस्रो र तेश्रो हुनेलाई पनि रावो जे. एस. कम्पनिबाटै प्रायोजित आकर्षक पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने छ ।



नयाँ परिवेश संगै यो नयाँ प्रयोगमा तपाई सिर्जनशिल स्रष्टाको सहयोग र सहभागितालाई आस गरेका छौ ।





सहभागिताको लागि रेकर्ड भएको फाइल वा रेकर्ड अगष्ट ३१ भित्र हुनु पर्नेछ ।





आयोजक

योगराज राइ

बी.एफ.बी.एस. गोर्खा रेडियो यूके







तलको लिङ्कमा थिचेर प्रत्यक्ष रेडियो सुन्नुहोस>>>>>



 Urlhttp://www.txradica.net/tune.php?c=bfbs3&.wvx


तपाईंको प्रतिकृया

malai yo news le khusi nai garayo tara yaya nepal ma basobas gariraheko hami haru le sahavagi huna pauchh ki paudaina ?ani yasko lagi last date kati ho?

khusi lageko thiyo but record file delivery nabhaya ra teha bata receive nabhaya pachhi bhaga lina sakiyana dhukha lageko chha
dherai try gare sakina bhaga linako lagi.dherai dhukha lageko chha.

न्युज पढे खुशि लाग्यो, फोन सम्मपर्क सफल भएन, नम्बर गलत छ।ेमेल ठेगाना पनि लागेन।
००४४१३०३२६४३७०मा गलत न, भयो रे००४४१३०३२२५७७९ कसइले लिएन।

कसरी सम्पर्क गर्नेहो।केहि जानकारि लिन लाइ। जनक बानिया"

ल यो न्युज पढेर खुशी लाग्यो यस्को अन्तिम मिती कहिले सम्मा हो कुन्नी

good news, i'm also a radio journalist from nepal. i"ll forword this message, who r in my contact



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम