Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
निबन्ध, संस्मरण
मेरो प्यारो ओखलढुंगा (डा. कविताराम श्रेष्ठ) - [2008-06-20]

मेरो प्यारो ओखलढुंगा

तलुवा डाडाँलाई म चढेको जहाजले फेरो मार्न लाग्दा झ्यालबाट छर्लंग देखें - ओखलढुंगा । अनायास मेरो अन्तस्करणले उच्चारण गर् यो - ूमेरो प्यारो ओखलढुंगा । तपाईलाई अवश्यै लाग्यो होला कि यी शव्द त युगकवि सिद्धिचरणका हुन् जसलाई उनले आफ्ना अमर कृति मेरो प्यारो ओखलढुंगा नामक कवितामा कैद गरेका थिए ।

तिम्रै सुन्दर हरियालीमा

तिम्रै शीतल वक्षस्थलमा

यो कविको शैसवकाल वित्यो

हाँस्यो खेल्यो वनकुन्ज घुम्यो

मेरो प्यारो ओखलढुंगा

-सिद्धिचरण श्रेष्ठ

मलाई यतिखेर अनुभूत भयो युगकवि सिद्धिचरणले त्यो कविता कविता भनेर लेखेका थिएनन् । अर्थात् जन्मभूमीको भार तिर्नकै लागि मात्र उनले प्रशस्ति लेखेका थिएनन् । जसरी आफ्नो जन्म र शैशवकालको थलोको एकै झलकले मभित्रको शैशवकालीन आशक्ति बोल्यो त्यसरी नै उनको मानसपटलमा अंकित आफ्नो जन्म र शैशवकालको थलोको परिदृष्यले उनी भित्रको शैशवकालीन आशक्ति बोलेको थियो - मेरो प्यारो ओखलढुंगा !



कविता त बन्यो त्यो तर कविता मात्र त्याहाँ थिएन । कविताको प्रकृति भन्दा यसमा अलग भावावेग छ । मेरै हिसावमा हेर्नुहोस् न मैले यो संस्मरण लेखिरहँदा समेत यो त्यसरी नै यी अक्षरहरुमा मेरा अन्तस्करणको प्रतिविम्व भएर प्रस्फुटित भइरहेछ । अहिले म कविता रच्दैछैन र कवितामा मेरा यी शव्दहरु बुनिएका छैनन् र पनि यी त्यसरी नै प्रस्फुटित भइरहेछन् जसरी युगकविका हरेक पंतिहरुमा हुने गरेका थिए । मेरो प्यारो ओखलढुंगा !

अव बुझ्नोस् जव म पहिलोपल्ट २५ वर्षको अन्तरालमा जहाजको झ्यालबाट समग्र ओखलढुंगाको दृष्य हेर्दै थिएं भने मेरो अन्तस्करणले कसरी भावावेशमा भनिरहेको थियो होला - ूमेरो प्यारो ओखलढुंगाू । मान्नोस् यी शव्दहरु युगकविका कविताबाट मैले उधारो लिइरहेको थिइन । मेरा आफ्नै अन्तस्करणको बोली थियो त्यो । त्यो त्यतिकै मौलिक थियो जति कविज्यूको थियो । मेरो प्यारो ओखलढुंगा !

जहाजले रुम्जाटारको भूई छोयो । रुम्जाटार रमणीय रुम्जाटार ! ओखलढुंगाको लागि एक मात्र हवाई थलो रुम्जाटार !! यहाँबाट झण्डै ३ घण्टाको बाटो िहंडन पर्छ ओखलढुंगालाई । एउटा आधा घण्टा जतिको छोटो आरालो त्यसपछि सिस्ने खोला तरेर पौने घण्टा जतिको तेसो्र बाटो र रुम्टीखोला तरेपछि झण्डै एक घण्टाको ठाडो उकालो - मेरो प्यारो ओखलढुंगा !



हवाई ग्राउण्डमा उत्रेपछि हेरें प्यारो ओखलढुंगालाई । त्यो त्याहाँ नै थियो जाहाँ मैले २५ बर्ष पहिले छोडेको थिएं । सवै उस्तै । फरक यत्ति कि त्यो पहिले देख्दाको तुलनामा नजिक लाग्दै थियो । सायद उमेरको भिन्नता ले यो भिन्नता दियो । मेरो प्यारो ओखलढुंगा !

रुम्जाटारको पश्चिमी डीलमा उभिएर हेरें - उही पुराना मनोरम दृष्य - हिमाल पाखा-पर्वत खोला-नाला वारी गाउँ खेत । म भावविभोर भएं । मनैमनले एउटा परिचित धुनमा एउटा नयाँ कविता गुनगुनायो । सायद यो गीत भयो -

यो मेरो तातो धुकधुकी भन्छ

गाउँमात्र आइनं

गाउँको काख अतितमा आएँ

त्यो पत्तै पाईन

त्यो पाखा पर्वत खोला र नाला

अतितलाई बोकेर

जहाँको तहीँ बसेको रैछ

यो ज्यानलाई पर्खेर

बालख कालको त्यो मेरो क्षितिज

त्यो सानो आकाश

झलझली आयो आँखाको सामु

सजिलो आभास

जिन्दगी भर के खोजें मैले

क्यै पत्तो पाइन

आमाको काख खोजेको रैछु

त्यो कहिल्यै जानिन

यो आसक्ति अतिसयोक्ति भयो कि म केही भन्न सक्तिन्न । तर कविता भनेर रचेपछि त्यसमा सायद केही अतिसयोक्ति हुन्छ नै । अतिसयोक्ति भएन भने भावनाको कुनाको आंकन नै कहाँ पुर् याएर गर्ने सायद अतिसयोक्ति नभए यो कोरा लेख मात्र हुन्छ । जे होस् मैले यसरी गिती-कविता बनाएं । अनि डीलमै बसेर त्यसलाई कागजमा पंक्तिबद्ध गरें ।



रुम्जाटारबाट ओखलढुंगासम्म सेतो बाटोको धसो्र छर्लंग देख्न सकिन्थ्यो । त्यो खुडकिलो त्यो भिरालोपना त्यो बाटोको नामको कुलो - ठ्याक्कै त्यस्तै थियो जस्तो मैले िसंगो ओखलढुंगगालाई छोडेको वेलामा थियो । मैले सुनेथें ओखलढुंगा बजारमा विकासका धेरै पूर्वाधारहरु खडा भइसकेका छन् । तर त्यसैको हवाईथलोसम्म पुग्ने बाटोको हालत किन अझै त्यही ठूलै प्रश्न सोधें आफैलाई ।

अन्तिम उकालोको अन्तिम भाग - याहाँबाटै मेरो घरको पछिल्लो भाग प्रष्टै देख्न सकिन्छ त्यो ओखलढुंगे डाडाँमा । सास जतिसुकै फुलेपनि म दौडें । त्यो घर त्यसरी नै उभिएर रहेको थियो जसरी मैले छोड्दा रहेको थियो । त्यो झ्याल जहाँबाट मेरो वालहृदय पूर्वी भूगोल र आकाशमा वालसूलभ काल्पनिक उडानहरु भथ्र्यो ठ्याक्कै त्यस्तै गरी त्याहाँ नै रहेको थियो ।



एकै छिन उभिएं । एकैछिन गमें । एकै छिन आँकें । एउटा वालक भएर मैले पूर्वको रुम्जाटार चिसंखु डाडाँ नेचा डाडाँ माम्खा डाडाँलाई त्यही झ्यालबाट देखिने दृष्यलाई सम्झें । ती दृष्यहरु मेरो मानसपटलबाट धुमील थियो । आफू स्पष्ट हुन त्यही ठाउँबाट पूर्वतिर फर्केर हेरें । डाडाँमाथि अवस्थित घरको झ्यालबाट देखिने त्यो दृष्य यति तल्लो भूभागबाट देख्न कसरी सकिन्थ्यो देखिएन । देखिएन मात्र होइन बरपरका रुखहरुले मेरो अघि ड्याम्मै छेकेको थियो । मैले त्यो आसक्तिलाई त्यागें । बरु त्याहाँनिरै एउटा आरुको रुख थियो । त्यस रुखमा कोमल हरिगोविन्द रबिहरुको साथमा यही ठाउँबाट काँचो आरु झार्न ढुंगा हान्ने गर्दथें । तर त्यो रुख अव त मासिइ सकेछ ।



उता तलतिर धेरै नयाँ घरहरु बनेछन् । नयाँ बाटो पनि कोरिएछन् । संगै िहंडने साथीले मोटरको बाटो पनि देखाइदियो । केही दिन भित्रै मोटर याहाँ आइपुग्छ भनेर गमक्क परेर उनले मलाई सुनायो । यही तलैबाट विजुलीका लाइनहरु पनि देखियो । विजुली मात्र होइन अव घरघरै टेलीभिजन छ रे धक्कूकै स्वरमा मेरो मित्रले थप्यो । यी सवै नयाँ हुन् मेरो लागि । विजुली कलधारा मोटर बाटो र धेरै अरु विकासका पूर्वाधारहरु - मैले नसुनेको होइन । सुनेको पनि हुँ तर प्रत्यक्ष दर्शनको आनन्द अर्कै हुने रहेछ । म चकित भएं । नसोचेको पाराले चकित । मलाई त्याहाँ माथि बजारमै पुगेर यी सवलाई अनुभूत गर्ने लोभ जाग्यो । म माथितिर वेतोडले लम्कें ।

राम बजार चोक बजार भैरवटोल गणेशटोल । बजार त्यही हुन् । ज्यादाजसो घरहरु त्यही देखिन्छन् । तर फरकहरु छन् । बजार सिनिक्क सफा ! घरहरु टिलक्क चम्किला ! मान्छेहरु पनि सफा ! विजुलीका खम्बा ढलको सुविधा घरघरै पानी घरघरै टेलीफोन घरघरै चर्पी स्कूले युनिफर्ममा वालवालिका पश्चिमी आधुनिक वेशभूषाको चमक पश्चिमी संगीत तथा आधुनिक नेपाली संगीतको गुन्जन् टिभी डिस्क एन्टेना ! गुणात्मक परिवर्तनको आभास स्पष्ट थियो । सामाजिक सांस्कृतिक आर्थिक परिवर्तनको आभास ! ओखलढुंगालाई आधुनिकताले राम्ररी च्यापेको वोध भयो । यो बजार त्यही हो र पनि त्यही बजार नरहेको आभास भयो । यो निश्चय नै फरक थियो मेरो लागि । त्यो पुरानो त्यो झण्डै पुरातन ओखलढुंगा मेरो अघाडि थिएन । एउटा आधुनिक शहरको रुपरंगमा थियो यो - मेरो प्यारो ओखलढुंगा !



सेलरोटी चिया र आलु-तरकारीका पसलहरु मात्र भएको त्यस बजारमा अव भातका होटल मोमो थुक्पा चाउमी मासुका थरीथरीका परिकार मिठाई वियर रम ह्वीस्की आदिका रेष्टुरेन्ट वार र पसलहरुको प्रावधान पनि भइसकेछ । परदेशीहरुको लागि पाटी या स्वजनको घरमा बास हुने यस बजारमा अव होटल र लजहरु खुलेछन् । रेडियो घडी क्यालकुलेटर टिभी औषधी पसल रेडिमेड गार्मेन्ट फोटो स्टुडियो फोटोकपि कम्युनिकेशन सेन्टर भिडियो र अडियो क्यासेटका पसलहरु त्यसवेला कल्पनासम्ममा थिएनन् । अहिले त यी सव आधुनिक ओखलढुंगाका गहना बनिसकेका रहेछन् । एउटा नगरोन्मूख गाउँको स्वरुप यसले लिइसकेछ - मेरो प्यारो ओखलढुंगा !



मुख धुन नुहाउन र सूची गर्न पाखापाखा दगुर्न नपर्ने भएसकेछ । घरैमा बाथरुमको चलन आइसकेछ । घरैमा बसेर नेपाल त के संसारको कुनैपनि कुनामा सम्पर्क राख्न सकिने भएछ । फ्याक्स पठाउन सकिने भएछ । इमेल पठाउन सकिने भएछ । कलेज खुलेछन् । प्राइभेट स्कूलहरु खुलेछन् । वैकहरु खुलेछन् । पत्रपत्रिकाका पसल खुलेछन् । गैह्रसरकारी सामाजिक संस्थाहरु खुलेछन् । वकिलका अफिसहरु खुलेछन् । डाक्टरका क्लिनिकहरु खुलेछन् । मोटरको बाटो गाउँको सीमामै आइपुगेछ । नयाँ बन्ने भवनहरुको वास्तुकलाले पनि काँचुली फेरेछन् । बजारले एउटा शहरको रुप निश्चित रुपमा लिन थालीसकेछ । साँच्चै नै वजारबासीले नाम दिए झै यो नगरोन्मूख भइसकेछ - मेरो प्यारो ओखलढुंगा !



मैले देखेका बुढाबुढीहरु अव त धेरै नै स्वर्गे भएछन् । म भन्दा अधिल्ला िपंढीका अग्रजहरुले त्यो ठाउँ लिएछन् । भोटो र दौरा सुरुवाल वा बेसीमा कमेजसम्म लगाउने उ वेलाका पाकाहरुका ठाउँमा कमेज पेन्ट वा लवेदा सुरुवाल लाउनेहरु देखिन्छन् । थाप्लोमा पानीको गाग्री वा दाउराको भारी बोक्ने बजारिया महिलाहरुको ठाउँमा किताव वा ह्याण्डव्याग झुन्ड्याएर अफिस जाने महिलाहरु देखिन्छन् । मान्छेको जीवनशैलीले काँचुली फेरेछ । जीवनस्तरले काँचुली फेरेछ म दंग भएं - मेरो प्यारो ओखलढुंगा !

वारी हेरें पारी हेरें त्यो रुखासुखा डाडाँ गायव थियो । हरियालीले छाएछ । झपक्कै बनले ढाकेछ । लता लतिका पंछिहरुको सुमधुर गान धारा र खोलीको कलकल ध्वनी ! अव चािहं सिद्धिचरणले कवितामा कुँदेको हरियाली र शीतलताले परिपूर्ण ओखलढुंगाले पूनर्जन्म पाएछ । उ वेला बागले बाख्रा खायो भनेको सुन्दा सुन्दै स्यालसम्म बस्न नहुने गरी मासिएर गएको बन अहिले फेरि बागै बस्न आउने गरी विकसित भएछ । हामी केटाकेटीहरुले साँझसम्म खेलमा रमाउने गरेको त्यो धाराको पाखा त्यो ताराहान्ने पाखा अव त दिउँसै एक्लै जान डरलाग्ने गरी रुख र घारीहरुले छोपिएछन् । लाग्यो स्थानीय ओखलढुंगेहरुले अव आफ्नै मनमा बन रोपेछन् आफ्नै मस्तिष्कमा बन हुर्काएछन् । अझ यसरी भनौं - स्थानीय ओखलढुंगेहरु माझ सामुहिकताको भावना बेस्सरी झांगिएछ । भावविभोर भएर चिच्याई चिच्याई भन्न मनलाग्यो - बन होइन समुदायिक बनको नाममा स्थानीय ओखलढुंगेहरुले पारस्परिक सहयोग र सहभोगको भावना वेस्सरी हुर्काएछन् - मेरो प्यारो ओखलढुंगा !



यो परिवर्तनको आभास मलाई याहाँ आइपुग्न अघि थिएन । याहाँ आएर यसको परिवर्तनको अवलोकन पछि मात्र अनुभूत भयो । याहाँ धेरै पूर्वाधारहरु विकसित भएको बारेमा वर्षौसम्म सुन्दा पनि कसरी यो परिवर्तनको सोच ममा रहेन कसरी म त्यही पुरानै ओखलढुंगाको स्वरुपमा हराईं रहें यो ठ्याक्कै त्यस्तै भयो जस्तो तपाईले आफ्ना कोही स्वजनलाई वालखैकालमा छोडेर गएपछि उनको यौवनावस्थामा एकैपल्ट देख्दा हुन जान्छ । व्यक्ति त त्यही हो तर उनमा भएको परिवर्तनको आंकन हुन नसकेको हुँदा प्रथम दर्शनमा आश्चर्यको सीमा रहेको हुँदैन । परिपवर्तन व्यक्ति वा वस्तु वा सामाजिक परिघटनाहरुमा हरकहींँ अपरिहार्य छ । तर तपाईँको अनुपस्थितिमा भएको विकास वा परिवर्तनहरुको सही प्राक्कल्पना हुन नसक्ने हुँदा तपाईको आंकन वास्तविकता भन्दा धेरै निर्वल हुन जान्छ र वास्तविकतासंग जम्काभेट हुँदा तपाईका सोचले अवश्यै धक्का खान्छ । त्यही भयो मलाई ।

जे होस् । ओखलढुंगाको यो विकसित सामाजिक रंग - यो विकसित सामाजिक रुपले मलाई उन्माद दियो । म खुशीले गम्कें । म गौरवान्वित भएं । म रमाएं । बारबार एउटै शव्द दोहोरियो मेरो मानसमा - मेरो प्यारो ओखलढुंगा !



हेर्नुहोस् त म यहाँ भवनामा डुविरहेछु । तर युगकवि सिद्धिचरण झैं कविताको भावसागरमा डुवेको छुईन । कविताको भावसागरमा नडुव्दा नडुव्दै पनि भावनामा बिगंदो रहेछ । स्मृतिपटलमा आएको दृष्य वस्तु वा परिघटनाले मात्र होइन ती कुराको वस्तुगत अवलोकनले पनि मान्छेमा उन्माद िदंदो रहेछ । भावनामा डुवाउँदो रहेछ । त्यस्तो उन्मादी सुखले भावविभोर बनाउंदो रहेछ । कविता याहाँ पनि बन्ला । बनाउन सकिएला । तर यहाँ म कविता रचि रहेको छुइनं । कविता नरच्दा नरच्दै पनि बारम्वार मेरो अन्तस्करणमा आइरहेछ - मेरो प्यारो ओखलढुंगा ! एकपल्ट होइन बारम्बार ! मान्नुहोस् मैले युगकविज्यूबाट यी शव्दहरु उधारो लिएको छैन । यी मेरा मैलिक अभिव्यक्ति हुन् - मेरो प्यारो ओखलढुंगा !



अस्तुं !







डा. कविताराम श्रेष्ठ





तपाईंको प्रतिकृया

it is a very very very very very good story .bastabikta chha yanha .Ma pani okhaldhuga kai bhayekale ,malai ta okhaldhunga ko yaad aayo.thank you

Love and Relationship » Love Stories » एउटा अद् भुत प्रेम कथा







एउटा अद् भुत प्रेम कथा
तिनीहरुको पहिलो भेट एउटा पार्टीमा भएको थियो । उनी अरुभन्दा अलग थिइन् । सबै केटाहरु उनको पछी लागिरहेका थिए । तर उ भने एउटा सामान्य खाले केटा थियो., कसैले उसको वास्ता गर्दैन थियो । पार्टी सकिए पछि उसले तिनलाई सँगै बसेर कफी पिउन आग्रह गर्छ । उनि अचम्ममा परिन् तर उनको नम्र स्वभावका कारण उनले उसको आग्रहलाई नकार्न सकिनन् ।

तिनीहरु एउटा राम्रो कफी-शपमा गए । ऊ आत्तिएको हुनाले उसले केहि पनि बोल्न सकेन । उनलाई पनि साह्रै अप्ठ्यारो लागिरहेको थियो । अकस्मात् उसले वेटरलाई भन्छ, "अलिकति नून दिनुस् न, मेरो कफीमा हाल्नको लागि"। सबैजना छक्क परेर उसलाई हेर्न थाले । उ लाजले रातो पिरो भयो । तर पनि उसले आफ्नो कफीमा नून मिसायो र पिउन थाल्यो । आफ्नो जिज्ञासा मेटाउन उनले उसलाई यसको कारण सोध्छे । जवाबमा उसले भन्छ," मेरो बाल्यकाल समुद्र किनारमा बितेको थियो । म समुद्रमा खेल्न मनपराउथे । मलाई अझै समुद्रको नुनिलो पानी याद आँउछ । त्यहि याद ताजा गर्न म सधै नून भएको कफी खान्छु । त्यसपछि मलाई मेरो आमाबाबुको याद आँउछ जो अझै त्यहिँ समुद्रितटमा बस्छन । मलाई उहाँहरुको माया साह्रै खट्किन्छ ।" यति भन्दै उसको आँखा आँसुले भरिन्छ ।

उसको कुराले उनको पनि मन छुन्छ । उनले पनि आफ्नो बाल्यकालको कुराहरु सुनाउन थाल्छिन् । त्यहाँबाट उनीहरुको प्रेम कथाको राम्रो शुरुवात हुन्छ । उनीहरु सधैं भेट्न थाल्छन् र एक अर्कालाई मन पराउँछन् । उनीहरु बिहे गर्छन् र रमाईलो गरि जीवन बिताउन थाल्छ्न् ।

उनी हरेक दिन उसकोलागि कफी बनाउथिन् र त्यसमा नून हाल्थिन् किनभने उनी सोच्थिन् कि यसरी बनाएको कफी उसलाई मनपर्छ ।

उनीहरुको पहिलो भेट भएको पनि ४० वर्ष बितीसक्छ । उ मरिसकेको हुन्छ । उ मर्दा उसले एउटा चिठि उनको नाममा छोडेको हुन्छ जसमा उ लेख्छ, "प्रिय मलाई माफ गरिदेउ । मैले ४० वर्ष अगाडि तिमीसँग एउट झुठ बोलेको थिएँ । पहिलो पटक भेट्दा म साह्रै आत्तिएको थिएँ । त्यसैले मैले त्यो दिन चिनीको ठाउँमा नून माँगे । मलाई थाहा थिएन हाम्रो कथाको सुरुवात त्यहि नून भएको कफीबाट हुन्छ भनेर । मैल तिमीलाई धेरै पल्ट साँचो कुरा सुनाउन खोजे तर तिमीलाई गुमाउने डरले केहि पनि भन्न सकिन । तर म अहिले मर्न लागेको छु त्यसैले मलाई केहि पनि डर छैन । म तिमीलाई सबै कुरा भनेर मर्न चाहन्छु । मलाई नून भएको कफी पटक्कै मन पर्दैन । त्यसको सारै नमिठो स्वाद हुन्छ । तरपनि मैले जीन्दगीभर नूनिलो कफी खाँए । त्यहि कारणले मैले जीन्दगीभर तिम्रो साथ पाएँ । मलाई त्यहि कुराको खुसि लाग्छ । अर्को जन्ममा पनि म तिमीसँगै हुन चाहन्छु चाहे मलाई जिन्दगीभर फेरि नूनिलो कफी किन खान नपरोस् ।" यस्तो कुरा पढेर उनको आँसुले चिठी नै भिज्छ ।

कुनैदिन कसैले उनलाई सोध्छ , " नून भएको कफीको स्वाद कस्तो हुन्छ?" उनी जवाब दिन्छिन्, " साह्रै मिठो हुन्छ ।"







Readers Comments


wow amazing n extra nice story i love to read read ,,,,,, well thankx so much whoever wrote it..

- pooja




My heart melted when I read this story."WONDERFUL"

- B.raj




very unique.i liked it.....thnks for whoever wrote it.........

- suresh


















© 2007 eMajja.com All Rights Reserved Disclaimer | ToU | Privacy Policy









Emajja Jokes
Fashion and Style
Love and Relationship
Between Us

Celebrity Lovelife

Expert Advice

Love Messages

Love Quotes

Love Stories

Sex and Romance
Sports Round Up
Health and Beauty
Out of Ordinary
Whats Hot
Wedding Planning
Home and Kitchen
TechnoZone
Happenings
Choice Of The Month
Legal
Miscellaneous






Love and Relationship » Love Stories » एउटा अद् भुत प्रेम कथा







एउटा अद् भुत प्रेम कथा
तिनीहरुको पहिलो भेट एउटा पार्टीमा भएको थियो । उनी अरुभन्दा अलग थिइन् । सबै केटाहरु उनको पछी लागिरहेका थिए । तर उ भने एउटा सामान्य खाले केटा थियो., कसैले उसको वास्ता गर्दैन थियो । पार्टी सकिए पछि उसले तिनलाई सँगै बसेर कफी पिउन आग्रह गर्छ । उनि अचम्ममा परिन् तर उनको नम्र स्वभावका कारण उनले उसको आग्रहलाई नकार्न सकिनन् ।

तिनीहरु एउटा राम्रो कफी-शपमा गए । ऊ आत्तिएको हुनाले उसले केहि पनि बोल्न सकेन । उनलाई पनि साह्रै अप्ठ्यारो लागिरहेको थियो । अकस्मात् उसले वेटरलाई भन्छ, "अलिकति नून दिनुस् न, मेरो कफीमा हाल्नको लागि"। सबैजना छक्क परेर उसलाई हेर्न थाले । उ लाजले रातो पिरो भयो । तर पनि उसले आफ्नो कफीमा नून मिसायो र पिउन थाल्यो । आफ्नो जिज्ञासा मेटाउन उनले उसलाई यसको कारण सोध्छे । जवाबमा उसले भन्छ," मेरो बाल्यकाल समुद्र किनारमा बितेको थियो । म समुद्रमा खेल्न मनपराउथे । मलाई अझै समुद्रको नुनिलो पानी याद आँउछ । त्यहि याद ताजा गर्न म सधै नून भएको कफी खान्छु । त्यसपछि मलाई मेरो आमाबाबुको याद आँउछ जो अझै त्यहिँ समुद्रितटमा बस्छन । मलाई उहाँहरुको माया साह्रै खट्किन्छ ।" यति भन्दै उसको आँखा आँसुले भरिन्छ ।

उसको कुराले उनको पनि मन छुन्छ । उनले पनि आफ्नो बाल्यकालको कुराहरु सुनाउन थाल्छिन् । त्यहाँबाट उनीहरुको प्रेम कथाको राम्रो शुरुवात हुन्छ । उनीहरु सधैं भेट्न थाल्छन् र एक अर्कालाई मन पराउँछन् । उनीहरु बिहे गर्छन् र रमाईलो गरि जीवन बिताउन थाल्छ्न् ।

उनी हरेक दिन उसकोलागि कफी बनाउथिन् र त्यसमा नून हाल्थिन् किनभने उनी सोच्थिन् कि यसरी बनाएको कफी उसलाई मनपर्छ ।

उनीहरुको पहिलो भेट भएको पनि ४० वर्ष बितीसक्छ । उ मरिसकेको हुन्छ । उ मर्दा उसले एउटा चिठि उनको नाममा छोडेको हुन्छ जसमा उ लेख्छ, "प्रिय मलाई माफ गरिदेउ । मैले ४० वर्ष अगाडि तिमीसँग एउट झुठ बोलेको थिएँ । पहिलो पटक भेट्दा म साह्रै आत्तिएको थिएँ । त्यसैले मैले त्यो दिन चिनीको ठाउँमा नून माँगे । मलाई थाहा थिएन हाम्रो कथाको सुरुवात त्यहि नून भएको कफीबाट हुन्छ भनेर । मैल तिमीलाई धेरै पल्ट साँचो कुरा सुनाउन खोजे तर तिमीलाई गुमाउने डरले केहि पनि भन्न सकिन । तर म अहिले मर्न लागेको छु त्यसैले मलाई केहि पनि डर छैन । म तिमीलाई सबै कुरा भनेर मर्न चाहन्छु । मलाई नून भएको कफी पटक्कै मन पर्दैन । त्यसको सारै नमिठो स्वाद हुन्छ । तरपनि मैले जीन्दगीभर नूनिलो कफी खाँए । त्यहि कारणले मैले जीन्दगीभर तिम्रो साथ पाएँ । मलाई त्यहि कुराको खुसि लाग्छ । अर्को जन्ममा पनि म तिमीसँगै हुन चाहन्छु चाहे मलाई जिन्दगीभर फेरि नूनिलो कफी किन खान नपरोस् ।" यस्तो कुरा पढेर उनको आँसुले चिठी नै भिज्छ ।

कुनैदिन कसैले उनलाई सोध्छ , " नून भएको कफीको स्वाद कस्तो हुन्छ?" उनी जवाब दिन्छिन्, " साह्रै मिठो हुन्छ ।"








Refer This Page To Friends
Your Name :
Your Email :
Enter your friend's email addresses:

No. of Recipient's : 1 2 3 4 5 6 7 8 9 10
Recipient's Email :



Post Your Comment All Fields are Compulsory
Name :
Email :
Comments :
Security Check




Readers Comments


wow amazing n extra nice story i love to read read ,,,,,, well thankx so much whoever wrote it..

- pooja




My heart melted when I read this story."WONDERFUL"

- B.raj




very unique.i liked it.....thnks for whoever wrote it.........

- suresh


















© 2007 eMajja.com All Rights Reserved Disclaimer | ToU | Privacy Policy

सर मलाई कथा कबिता एक दम मन पर्छ। र हजुर जस्तो साहित्यकार जो सुख दु:ख का कुरा समिटी बहन गर्नु हुन्छ हुनात मेरो उमेर बल्लेकाल नहिन छ। तरपनी मेरो कथा कबिता गीत मनोरन्जन तिर मलाई अती नहिन प्रोशहित हुन्छु,हजुरको हरेक शब्द हरुको केइना केइ लुकेको हुन्छ।हरेक कुरा हरुमा मेअनिङ हुन्छ मैले हजुरको जिबनी पनि पढे मलाई अती नहिन खुशी उमङ भयो अनी म हजुरलाई
जाने नजानेको २,४ शब्द लेखी राखेको छु एस्मा केइ गल्ती भुल भयामा सछै पाउ.
आन्त मा जिन्दगी मा कैले दु:ख कैले सुख यस्तै रहेछ जिङदी भन्नु।।।।।। आतितका स्‍मृतिहरु सगै हिर्दयका पान भिर्त लहुका अछेरहरुले लेखेयका तिम्रो निस्थुरिताको कथा आज सम्झिरहेको छु मुटु भिर्तको ब्यथा आज फेरी तिम्रो नाम मा खसली रहेको छु आशु का साथै जादैइ छु मेरो प्यारो ओखल्ढुङ्गा। धन्न्यबद

फालिइरहेको छु सँधै

अव्यवस्थित, घृणित , तिरस्कृत

रद्दिको टोकरिमा

कतै कोठाको कुनाबाट

कतै झ्याल अनि छतबाट

वा अन्तै कतै कतैबाट, जताततैबाट

एक रद्दिको टोकरिमा

हर पल , अर क्षण, हर बखत

अव्यवस्थित, घृणित ,तिरस्कृत

रद्दिको टोकरिमा


फालिइएको छु सँधै

अब्यवस्थित,घृणित , तिरस्कृत

रद्दिको टोकरिमा

गुरुजिको हातबाट ,छिमेकिको वाणिबाट

भकुन्ड्याइएको छु म

रद्दिको टोकरिमा

बटुवाबाट, पसलेबाट , साथि भनिनेबाट

थुकिइएको छु आफन्तबाट

मिल्क्याइएको छु नेताबाट,…

उहि रद्दिको टोकरिमा


कतिपय अवस्थामा

जागिर दिनेहरुबाट , भिसा दिनेहरुबाट

पदक दिनेहरुबाट , सम्मान दिनेहरुबाट

फेरि फालिन्छु म

हुर्याइन्छु लापर्वाहिपर्ुवक

उहि तिरस्कृत , अपहेलि, घृणित

रद्दिको टोकरिमा

लाग्छ,

रद्दिको टोकरि मेरो नियति हो

मेरो सपना अनि आकांक्षाको

चरमचुलि हो

मेरा आशा , विश्वास, भरोसा अनि

सोँचाइको गन्तब्य हो

वा भर्नौँ म रद्दिको टोकरिमा पुग्नाकै लागि

संर्घष्ा गरिरहेछु

वा भर्नौँ म घृणित हुन , तिरस्कृत हुन

पन्छिन र घचेटिनाका लागि

यो पृथ्विमा झुण्डिरहेछु

तर जेहोस् ,

रद्दिको त्यस्तो तिरस्कृत टोकरि

मेरो बासस्थान बनेको छ

मेरो गन्तब्य बनेको छ

लाग्छ,

मेरो साथि भनेको, दुःख-सुखको

यहि रद्दिको टोकरि हो

जसले मेरा हरेक सपना अनि

सोँचाइहरुलाई धरातलिय यथार्थबाट

र्हृर्ेन सिकाइरहन्छ , धकेलिरहन्छ मलाई

अनि पे्ररित गरिरहन्छ ।



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम