Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
जीवनी
चौरासी वर्षमा समेत उत्साहका साथ साहित्यसिर्जनामा लागिपरेका छन्, फणीन्द्रराज (सिद्ध तिमिल्सिना) - [2005-10-28]
 Authorनेपाल साप्ताहिकबाट

मानिसले थुप्रै क्ष्ाेत्रमा संलग्न भएर सफलता प्राप्त गर्न गाह्रो हुन्छ । त्यसमा पनि सन्तुलित रूपले ती क्ष्ाेत्रहरूमा लागिपरेर निरन्तरता दिनुचाहिँ झनै चुनौतीपूर्ण हुन्छ । तर, साहित्यकार फणीन्द्रराज खेताला, ८४, का लागि भने अन्य क्ष्ाेत्रहरूको क्रियाशीलतापछि साहित्य अनवरत र जीवनपर्यन्तको साधना भएको छ । त्यसैले त, उनी जीवनको उत्तरार्धतिर पनि साहित्यसिर्जनामा लागिपरेकै छन् ।



खेताला का माडौँको मेलमा जन्मे । उनको बाल्यकाल सर्लाहीको भेलहीमा बित्यो । त्यहीँबाट प्रारम्भिक शिक्षा सुरु गरेका खेतालाले कहिले बनारस, कहिले का माडौँ गर्दै शिक्षा आर्जन गरे । "गाउँले पा शालाबाट शिक्षा आर्जन प्रारम्भ गरेँ । पछि राजनीतिक र आर्थिक कारणले कहिले बनारस त कहिले का माडौँ आउने-जाने भइरह्यो," खेताला विगत सम्भ“mदै भन्छन्, "पछि का माडौँबाट बीए -प्राइभेट) र इलाहावादबाट कृषिमा विशारद् गरेँ ।"



विभिन्न प्रतिकूलताबीच आफ्नो पढाइलाई त उनले अगाडि बढाए नै, का माडौँमा बस्न थालेपछि पढाउने अभियानको नेतृत्वसमेत गरे । शैक्षिक रूपले समाज पछाडि परिरहेको तत्कालीन पृष् भूमिमा शैक्षिक जागरण र चेतना विस्तार गर्ने कार्यमा उनी सक्रियतापूर्वक लागिपरे ।



त्यसैले त, २००४ सालमा चाबहिल क्ष्ाेत्रमा विनायक मिडिल स्कुलको स्थापना खेतालाकै अग्रसरतामा भयो । "०१० सालमा त्यो स्कुल सरकारीकरण भएपछि ०१४ सालमा साथीहरूको सहयोगमा मित्र रात्रि शिक्षालयको स्थापना गर्न पुग्यौँ," चार दशक शिक्षा क्ष्ाेत्रमा सक्रिय खेताला यसमा लाग्नुको उद्देश्यबारे प्रस्ट्याउँछन्, "ममा जानेको कुरा साथीभाइलाई सिकाउनुपर्छ भन्ने आदत थियो ।"



पछि उनी विभिन्न विद्यालयहरूमा अध्यापन गर्दै ०३२ सालमा पशुपति मित्र मावि चाबहिल फर्के, जुन विनायक मिडिल स्कुलकै विकसित रूप हो । "०४६ सालमा त्यहीँबाट उमेरका कारणले अवकाश लिएँ," शिक्षामा व्यवस्थापकीय र कार्यकारी नेतृत्वसमेत गरेर प्रधानाध्यापकबाट अवकाश लिएका खेताला भन्छन् ।



यता सामाजिक कामको अगुवाइ गर्ने क्रममा ००७ सालमा उनी चाबहिलमा मित्रमण्डल नामक संस्थाको संस्थापक भए भने मित्र वाचनालयको स्थापनामा पनि अग्रणी भूमिका खेले । यसैगरी फर्पिङ पुस्तकालयको अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गर्न भ्याए ।



खेतालाको जीवनको अर्को महत्त्वपूर्ण पाटो साहित्यिक क्षेत्रको क्रियाशीलता हो, जुन अहिलेसम्म जारी छ । विसं १९९४ बाट कविता लेखनमार्फत साहित्यिक क्ष्ाेत्रमा प्रवेश गरेका खेतालाले कविता र नाटकलाई आफ्नो सिर्जनाको मूल विधाका रूपमा अँगालेका छन् । साहित्यतर्फ कसरी उनी आकषिर्त भए त ? "बाल्यकाल र किशोरावस्था तराई, बनारस र का माडौँमा बितेकाले नेपाली भाषा शुद्ध थिएन । पछि भाषा सुधार्न नेपाली भाषाका थुप्रै किताबहरू पढेँ," खेताला भन्छन्, "किताबहरू पढ्दापढ्दै लेख्नुपर्छ भन्ने आत्मविश्वास बढ्यो । अनि लेखनतर्फ लागेँ ।" १९९८ मा आदर्श जीवन र १९९९ सालमा अपूरो जीवन नाटक लेखेर नेपाली भाषा प्रकाशिनी समितिलाई छाप्न दिँदा पनि नछापिएको तीतो अनुभव उनी सुनाउँछन् ।



"०२८ सालमा आफ्नै प्रयासबाट छाँगो र छायाँ कवितासङ्ग्रह छपाएँ," उनी भन्छन्, "एक सय आ वटा कविता समावेश गरेर नेपाल राजकीय प्रज्ञा-प्रतिष् ानले निकट भविष्यमा एउटा कवितासङ्ग्रह प्रकाशित गर्दैछ ।"



उनले सीता स्वयम्भर, विजय जस्ता नाटकहरू मात्र लेखेनन्, एकाङ्कीतर्फ पनि प्रशस्त कलम चलाए । नागफणी र स्वास्नी मान्छे, मूर्ति बोल्छ एकाङ्कीले खेतालालाई नाटककारका रूपमा उभ्याएका छन् । उनले संस्मरणात्मक कृतिहरू पनि लेख्न भ्याएका छन् । आफैँलाई टेकेर हिँड्दा संस्मरण छापिएर निकट भविष्यमा विमोचन गराउने तयारीमा छन् उनी । "संस्मरण र एकाङ्की नाटकको क्षेत्रमा खेतालाको निकै ूलो योगदान छ," साहित्यिक अन्वेषणमा सक्रिय साहित्यकार शिव रेग्मी भन्छन् ।



यसरी शिक्षा, समाजसेवा र साहित्यमा अविरल सेवा गरेबापत उनी स्थानीय सामाजिक सङ्घसंस्था र प्रतिष् ित पुरस्कारहरूबाट सम्मानित/पुरस्कृत भइसकेका छन् । ०५२ सालमा दीपस्मृति पुरस्कार, ०५६ सालमा वेदनिधि पुरस्कार, ०६१ सालमा रुद्रराज पाण्डे पुरस्कार र भवदेव पाण्डे पुरस्कार उनले प्राप्त गरिसकेका छन् । साहित्य सेवाको लामो योगदानको कदर गर्दै ०६१ सालको जगदम्बाश्री पुरस्कारबाट सम्मानित उनलाई गत असोज १९ गते सो पुरस्कार प्रदान गरियो । दुई लाख रुपियाँ राशिको सो पुरस्कार पाएपछि उनको साधनाको कदर त भएको छ नै, साथै आफूमा झन् जिम्मेवारी थपिएको महसुस गरेको उनी बताउँछन् । "मैले सपनामा पनि चिताएको थिइनँ । मजस्तो 'लुकुवा व्यक्ति' लाई पुरस्कार दिँदा आश्चर्य लाग्यो," खेताला अगाडि थप्छन्, "किनभने, म त्यति प्रचारमा आउन चाहँदिनँ । यस उमेरमा पनि केही गर भनेर जगदम्बाश्रीले मलाई प्रेरणा र ऊर्जा थपेको छ ।"



"सामाजिक काम सेवाभावले गरेँ । अध्यापनलाई पेसाको रूपमा लिएँ । र, साहित्यिक सेवाचाहिँ 'स्वान्त सुखायः' का निम्ति हो," जिम्मेवारीबोधलाई शालीनतापूर्वक स्वीकार्दै भन्छन्, "लेखकले नलेखुन्जेल त्यो आफ्नो विचार/सम्पत्ति हुँदोरहेछ । जब लेखिन्छ, त्यो समाज र राष्ट्रको सम्पत्ति बन्न पुग्छ ।" यही मूल आदर्श र भावनाले उनलाई साहित्यिक यात्रामा डोर्‍याइरहेको छ, उत्प्रेरित गरिरहेको छ, अहिले पनि एउटा अविश्रान्त स्रष्टाका रूपमा ।



जीवनको उत्तरार्धतिर पाइला टेकेका उनी अहिले पनि युवा उत्साहका साथ साहित्यसिर्जनामा निर्लिप्त छन् । "लेख्नचाहिँ छाडेको छैन," दिनमा करिब तीन-चार घण्टा अध्ययन-लेखनमा बिताउने गरेको बताउने खेताला भन्छन्, "तर, लेख्ने गतिचाहिँ कम भएको छ, उमेरका कारण हात काँप्छ ।"



चाबहिलका रैथाने फणीन्द्रराजको पछाडि जोडिएको 'खेताला' चाहिँ उपनाम हो । उनको थरचाहिँ भट्टराई हो । "सम र देवकोटादेखि नै यो अहिलेसम्म जिज्ञासाको विषय हुँदै आएको छ," 'खेताला' को रहस्य खोल्दै बताउँछन्, "यो कुनैबेला गुल्मीको रिडी जाँदा त्यहाँका राणाजीको प्रेरणाले प्राप्त गरेको हुँ । जो स्थानीयस्तरका राजा भएर पनि खेत जोत्थे ।" त्यस घटनादेखि आफ्नो विचार तथा सोचाइमा परिवर्तन ल्याएको उनी मान्छन् । "मानिस भनेको वास्तवमा खेताला हो, जसले परिश्रम गर्छ, त्यो खेताला हो ।"







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम