Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
इतिहास/संस्कृति
बिहे गर्नुअघि केटाको परीक्षण - [2008-06-28]

बिहे गर्ने केटाको परीक्षण । सुन्दा अचम्म लाग्न सक्छ तर लोपोन्मुखमध्ये आदिवासी लाप्चा जातिमा केटी दिनुपर्ूव केटाको परीक्षण हुन्छ । केटाले काम गरेर केटी र आफ्नो जीविकोपार्जन गर्न सक्छ/सक्दैन भनी केटी पक्षबाट 'कामै जिम्मा दिएर' परीक्षण गरिन्छ । केटी पक्षले योग्य ठानेपछि मात्र बिहेको कुरा छिनिन्छ ।

'केटी हेरेपछि केटाको परीक्षण गर्ने हाम्रो परम्परादेखिको चलन हो,' लाप्चा उत्थान मञ्चका अध्यक्ष प्रेमबहादुर लाप्चाले भने । यो परम्परामा केही कमी आएको बताउने मञ्चका सल्लाहकार तथा युवा वीरबहादुर लाप्चाले केटाको परीक्षण गर्ने भएका कारण अहिले पनि लाप्चा जातिमा केटाको बिहे ढिलो हुने गरेको अनुभव सुनाए ।



'बिहे गर्न सहमत भए पनि थाहा पाइनपाई केटी पाल्न सक्ने छ/छैन भन्दै विभिन्न खालको काम गर्न दिने गरिन्छ,' उनले आफ्नो अनुभव सुनाए, 'म पढेलेखेको केटा हो तर यस्तै भएर मैले पनि निकै ढिलो बिहे गरें ।'



इलाम फिक्कलका वृद्ध भुवन लाप्चाका अनुसार बाहिरीदेखि घरेलु सबै काम जान्नुपर्छ । जागिरे होस् वा कृषक हलो जोत्नेदेखि डोको, नाम्लो बन्नसमेत दिने गरेको अनुभव सुनाउ“दै उनले भने, 'केटाले पाल्न सक्छ कि सक्दैन भनेर मलाई तीन वर्षम्म काम दिए ।' केटी पक्षले दिएका सबै काम गर्न सफल भएपछि बिहे भएको उनले बताए । पहिलाको जस्तो अहिले लामो समयसम्म परीक्षण गर्ने चलन नभएको बताए ।



परिवारले केटाले केटी पाल्न सक्छ कि सक्दैन भन्दै केटाको घरमै गएर कामको जिम्मा दिएको स्मरण गर्दै प्रेमकुमारी लाप्चाले केटा सक्षम भएको



ठहर भएको दुइ वर्षछि विवाह भएको बताइन् । इलाममा सबैभन्दा बढी बसोवास रहेको लाप्चाको संख्या ३ हजार ६ सय ६० भएको मञ्चले जनाएको छ ।







From: (कास) Kantipur







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम