Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कविता
शहर र सपनाहरु (राजेश राई) - [2008-06-28]

चोमोलुङ्गमा भन्दा अग्लो रहर

तम्बुरहरु भन्दा लामो उत्साह बोकेर

सुदुर उज्यालो भष्विय खोज्दै खोज्दै

गाउँबाट शहर झरेका तरुनो मेरो सपनाहरुको

यो शहरले बलत्कार गरेकाे



मेरो सपनाहरु यो शहरमा बलात्कृत भएका छन्

यो शहरमा मेरो तन्नेरी सपनाहरुको हत्या भएको छ ।

बलात्कृत मेरो सपनाहरुल अपमान र पिडाको आगोमा जलेर

आफैल आत्महत्या गर्न थालेको छ ।



किन यो शहरले

सधै सधै सुदुर भष्वियको खोजी गदै

गाउँहरुबाट झरेको सपनाहरुको हत्या गरिरहेका छन् ।

यो शहर गाउँबाट झरेको सपनाहरु माथि बलत्कार गदै

किन यो शहरहरु संवेदनाको उपहासमा रमाउँछन् ।



के यो शहरहरु सधै संवेदना भन्दा माथि हुन्छन्

यो शहरमा

मेरो सपना जस्तै

गाउँबाट शहर झरेको एक हुल सपनाहरुको पिन

यो बलत्कृत भएको खबर छ सगँ ।



गाउँबाट झरेको सपनाहरुको हत्याको खबर छ ।

शहरमा बलात्कृत ती एक हुल सपनाहरु

अर्को नयाँ भष्वियको खोजीमा

फेरी गाउँ फर्किन थालेको पनि खबर छ ।



सायद अब यो शहरहरुमा

फेरी पनि भष्विय खोज्दै खोज्दै झर्दैनन् ……॥

त्यो बेला यो शहर प्यासले मदै बाच्दै

हजार चोटी आत्मभत्स्रना गर्नछन् ।

त्यो बेला गाउँले सपनाहरु

भष्विय खोज्न शहर झर्नर्छैन

बरु शहरहरु गाउँ तिर भविष्य खोज्दै जाने छ



तर त्यो बेला यो शहरले जस्तै

गाउँहरुले शहर सपनाहरुको हत्या गर्न छैनन् ।







राजेश राई





तपाईंको प्रतिकृया

wah.... rajesh dai kya kabita chh hajur.je hos "SAPANA" haru saharle balatkrit gareko bhay pani kabita ma dherai dam chh.kripaya nirantarta dinu bhay dherai darilo dhakka chalaun saknu hunechh. best of luck



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम