Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
निबन्ध, संस्मरण
मेरो ज्ञान नचल्ने सिक्का जस्तै भइसके (गोपाल पौडेल 'वसन्त') - [2008-06-29]

चाल चलन नयाँ मूल्य र मान्यता नयाँ स्वाद नयाँ फेसन नयाँ ज्ञानको क्षेत्र नयाँ विश्वास नयाँ इच्छा आकांक्षा नयाँ सीप नयाँ जीवन जिउने शैली नयाँ, खानपान नयाँ, व्यापार नयाँ, संचार नयाँ समग्रमा संस्कृति नयाँ, युग नयाँ भएपछि जवाना नै नयाँ हुनेभयो । तर आफुले अहिले सम्म सिकेको ज्ञानसीप विचार साहित्य प्रणाली सवै परम्परावादी भइसकेको छ । आफ्नो ज्ञान डेटेट भएछ । आफ्नो ज्ञानले आफैलाई काम नदिने भएछ । आफ्ना गफहरु पनि अप्रासंगिक भएछन् । आफुले पढेको इतिहास सडेको अण्डा जस्तै भएछ । आफ्नो परिकल्पना सपनामा सिमित भएछ । म जवानाबाट अलगिसकेछु । आफुले जानेको अंग्रेजी भाषा कम्प्यूटरको भाषाले वेग्लै बनाइ दिएछ । आफ्नो अक्षरहरु जो हस्तलिपिमा हुन्छन् ती लोप भइसकेछन् । अब कम्प्यूटर लिपिले मान्यता पाइसकेछ । आफुले जानेको जोकले जब मान्छे हेसाउन नसकिदोरहेछ । आफ्नो विचारले अब बजारमा भाउ नपाउदो रहेछ । मान्छेको मनोविज्ञान नै नयाँ भएछ । आफ्नो ज्ञान त अब उहिलेको भइसकेछ । आफुले पाएको प्रेरणाले यो जवानालाई नछुने भएछ । अध्ययन र अध्यापनको पेशा काम नलाग्ने भएछ । आफुले जानेको अन्वेषण विधि पनि अब परिवर्तन भइसकेछ । आफुले जे जति सिकेको थियो परम्परावादी रहेछ । त्यो पुरानो भएछ । त्यसले नयाँ युगको लक्ष्यमा नपुर्‍याउने रहेछ ।



आफुले जस्ताजस्ता गुन वा सहयोगलाई अत्यन्त महत्वपूण मानेको हुन्थे त्यस्तालाई नयाँ युगले केही पनि होइन अथवा असहयोग मात्र हो जस्तो ठान्दो रहेछ । मैले हलो जोत्न जानेको थिए । त्यो काम नलाग्ने भएछ । मैले घाँस काट्न जानेको थिए त्यो सीपले अब काम दिएन । मैले इमानदारीता सफलताको मूल मन्त्र ठानेको थिए तर त्यो ठाउँ वैज्ञानिकले ओगटी सकेको छ । मैले हलो बनाउन फाली बनाउन कोदालोको पातो बनाउन जानेको थिए दौरा सुरुवाल सिलाउन जानेको थिए त्यसले मलाई अब बचाएन । मलाई डोको बोक्न र ढाकर वोक्न वनाउन, खकन तक्मा भिर्न आउथ्योत्यो अब चाहिएन । मलाई धान नाच्न पनि आउँथ्यो त्यो अब पुरानो संस्कृति मात्र भयो । मैले धेरै ओटा जडीबुटी विभिन्न घातक रोगका लागि जानेको थिए त्यसको ठाउँ अब एन्टीभाइटिकले लिएछ । म धेरै अथवा अधिकांश मानिस भएर निरिक्षण गर्छु । जीन्दगी भरि लगाएर आर्जन गरेका ज्ञानसिपहरु नचल्ने भए ।



आज जानेको ज्ञान भोली पुरानो भइसक्दो रहेछ । जवाना जेट विमान भन्दा तिव्र गतिमा छ । म गोरुगाडी पनि हुन सकिन । वास्तवमा जवानासँग कुदौं भनेर लागेको थियो तर जवानाले मलाई यस्तो लछारी दियो कि म चल्ने नसक्ने भए । म ज्ञानी हुन खोज्दा खोज्दै यहाँ आएर अज्ञानी भएछु । मेरो आत्मविश्वास अव खुम्चिन लगीसकेछ । मैले इश्वरमाझ विश्वास गरेर हिड्दै थिए तर त्यो मरिसक्यो अरे । मैले अिहंसा नै धर्म हो भन्दै गरेकेा सुनेको थिए तर त्यो त भनेको मात्रैरहेछ । यहाँ शारीरिक तागत जसले देखाउदछ त्यसको मात्र जवान रहेछ । बलियालाई कुनै कानून चाहिदो रहेनछ अनि निर्धालाई मात्र विधिको शासन हुन्छभनिएको रहेछ । साना मान्छेको साना कुराको काम रहेनछ I बाख्रीको छोरा दशै सम्म मात्रै जुनसुकै क्षेत्रमा पालिएका हुदारहेछन् । भाषण क्रान्तिकारी गर्दा काम नगरे पनि हुँदो रहेछ । एक थोक वोल्न अर्को थोक गर्ने चलन रहेछ । जनतालाई ठूला भनिदोरहेछ तर ठूला आफै हुनुपर्दोरहेछ । सिधा कुरा भन्दा बाङ्गा कुरा धेरै चल्द रहेछन् । आफुले भोगेका कथाहरु अपत्यारिला भइसकेछन् । मलाई राम्रो 'म' भनेर साउ अक्षर चिनाएको थियो । ए. वि. सि. डी. पढ्दा अंग्रेजीको आई ठूलो अक्षरमा लेखिएको हुन्थ्यो तर त्यस्ता मान्यताहरु गलत रहेछन् । अब हामीहरु ठूलो भन्ने जवाना आएछ । तर उनीहरुको कुरा यो जवानाले केहि सुन्दो रहनेछ । उनीहरु भनेका को हुन् थाहै छैन । उनीहरुको विषय उठाउनु आवश्यक छैन मात्रै हामीहरु र तिमीहरुको जवाना हो ।



सर्वे भवन्तुः सुखीनः भनेको मात्र रहेछ । जसले विरोधाभासको नीतिलाई अबलम्विन गर् यो त्यो सफल मानिदो रहेछ । नयाँ के हो त भनेर परिभाषा गरेको पाए वास्तवमा नयाँ भनेको

विरोधाभाष हो । नयाँ मानिस को हो त भन्दा जसले यो पनि हो त्यो पनि हो त्यहि नयाँ मानिस हो । नयाँ मानिसमा स्पष्ट कुनै विचार हुदैन सबै ठिक छ सबै वेठीक छ ।



आफ्नो ज्ञान सिपकला विचार बजारमा विकि्र नभएपछि वेरोजगारीको कारखाना धेरै भएछ । विकि्र हुने ज्ञानशिपकला विज्ञान तथा प्रविधि सिक्न जवाना आएको थिएन I आएको भए पनि अवसर मिलेको थिएन । अब जीउन गाह्रो भयो । परिवर्तन आत्मासाथ गर्न अप्ठ्यारो भयो । तर

परिवर्तनलाई मानेको छु । भाषा नभएपनि भावात्मक समर्थन गरेको छु । मलाई जवानाले चाँही घ्वाई घुमाई रहेको छ । तर मेरो ज्ञान नचल्ने सिक्का जस्तै भइसकेको छ । किन कि मैले जे जति सिकेको छु त्यो केवल कन्भेन्सनल विज्डमबाट मात्रै सिकेको हुन्छु तर जवानाले कन्भेन्सनल विज्डमलाई भत्काउँदै छ । त्यसैले मेरो ज्ञान सिप मरिसकेको छ । त्यसैले आमूल परिवर्तनको युगमा कुनै क्रान्तिकारी परिवर्तनको युगमा प्रेरणा नदिदो रहेछ । मैले माने हामी धेरै तिनीहरु धेरैको सिप अव नचल्ने भएछ यो जवानामा । नयाँ ज्ञानका स्रोतहरु अब धेरै पलाई सकेछन् । चल्ने सिक्का चलाउने हो भने हामीहरु सबैले परिवर्तनलाई आत्मासात गर्न सिक्नुपर्दछ । गणितको जोड घटाउ भागा अब कम्प्यूटरले नै गरिदिन थालेको छ । कसैलाई पनि त्यसको तनाव नपर्ने भएछ ।



मानिस मसिनको दास भएछ । विना मसिन मानिसको हात नचल्ने भएछ । अब संम्झि रहनु दिमागल पर्दैन कम्प्यूटरले सबै सम्झाई दिदो रहेछ । तर तिनीहरुलाई अनि मलाइ जवानाको प्रविधि नआएपछि उनीहरु धेरै अनि म पनि डेटेड भएछु । हाम्रो ज्ञानले नयाँ युग छोडिसकेछ । मासिनहरु अब चम्चाले खाने भइसकेछन् । विद्यार्थीहरु पुस्तक पढ्न छोडीसकेछन् । गाईड अथवा नोटबुक भए जाँच पास भइदो रहेछ ।



अबको ज्ञान जटिलताबाट सरलता तिर नदीको पानी वगेजस्तै वग्न थालीसकेछ । विना ट्यूसन कक्षा एकदेखि एम. ए. सम्म पढ्नैपर्दोरहॆछ । वास्तवमा अब जवानाले कोल्टो फेरी सकेछ । मेरो सीप अहिलेसम्मको आर्जन र मेरो अनुमान पुरानो भएछ । त्यसैले आम मानिसको अहिले सम्मको सिकाईले कुनै नजर नलिदो रहेछ । म साउ अक्षर नचिन्ने धेरै छ । त्यसैले आधुनिक शहरमा एउटा नेपाली अमेरिकामा गएर ट्वाल्ल परे जस्तो आफ्नै शहरमा हुदोरहेछ । पुरानो मानिस भीड भाडमा त्यसै हराउदो रहेछ । धेरै मासिनहरु जवानाको कारणले गर्दा उनीहरुका मूल्य र मान्यताहरु सबै अप्रासंगिक भएछन् । धेरै मानिसहरु यो जवानामा लाटा भईसकेछन् । उनीहरुका अभिव्यक्तिहरु अब आफैमा समिति भएछन् र त्यसैले बाठो जवानाले धेरै मानिसहरुलाई नचल्ने बनाई दिएछन् ।





स्रोतः जनविश्वास







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम