Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
जीवनी
सम्मानको क्रममा राष्ट्रकविको पदवी (अमरकुमार प्रधान) - [2005-10-30]

गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली

जय, जय, जय हे नेपाल, सुन्दर शान्त विशाल



सुन्दा बालगीत हो, बुझदा राष्ट्रगीत हो । यसका रचयिता माधवप्रसाद घिमिरे, अझ छोटो मी ो नाउँ हो माधव घिमिरे । यो गीत मैले ०१८ सालदेखि नै गुनगुनाउन थालेको हुँ जब प्रभात मिडिल स्कूल नघलमा पाँच कक्षामा पढ्थेँ । यहीं एउटा गीतमा नेपालका गण्डकी, कोशी, कर्ण्ााली, मेची र महाकाली, हिमालचुलीदेखि तर्राईको फाँट, सगरमाथा चुम्ने तेञ्जिङ नोर्गेदेखि सीता र भृकुटी जस्ता विभूतिको जय गान, स्वतन्त्र स्वाभिमान राष्ट्र, आर्य सभ्यताको बास, चन्द्र-र्सर्ूयाङ्कति राष्ट्रिय झण्डाको सान र मान सबै पोखिएको छ ।



'राष्ट्रनिर्माता' खण्डकाव्य नै लेखिदिए घिमिरेले श्रद्धास्वरूप ः छरिएका फूलहरू टिपेर माला उनेभै+m पश्चिममा बाइसी, चौबीसी राज्य, पर्ूवमा चौखण्डी, बनेपा, दोलखा, मकवानपुर, चैनपुर, उदयपुर गढी राज्यहरू का माडौं उपत्यकामा नै तीन राज्यमा विभक्त टुक्रिएका, असंयुक्त सानातिना राज्यहरू मिलाएर विशाल नेपालको एकीकरण गर्ने श्री ५ बडामहाराज पृथ्वीनारायण शाहप्रति श्रद्धा गरेर मात्र होइन, जितेर एक बनाइएको राज्यलाई टुक्रिन नदिई भाइभाइमा बिलो बाँडेभै+m नबाँडी सुसञ्चालन गर्ने र 'जनतालाई सर्वोपरि' ान्ने श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको दूरदर्शी नीतिसमेत बोध गराएर घिमिरे लेख्छन्

पारिन्छ सत्ता जब खण्डखण्ड

रहन्छ के राष्ट्र त्यहाँ अखण्ड

थुतिन्छ पत्ता जब खातखात

सिद्धिन्छ शोभा अनि फूलबाट



कविवर माधव घिमिरेलाई ८५ वर्षपुगेको अवसरमा २०६० सालमा राष्ट्रले अभिनन्दन गर्दै उपाधि दिएको 'राष्ट्रकवि' को पदवी दिइएको थियो । 'माधव घिमिरे' लाई 'राष्ट्रकवि' को दर्जा -यदि हो भने) तत्कालीन सत्ताले पहिले दिएको होइन । भानुभक्तलाई आदिकविको पगरी जसरी सत्ताले गुथाइदिएको होइन । भानुलाई टल्काउने मोतीरामले नै 'आदिकवि' भनी चिनाएको वर्षौंपछि नेपाली साहित्य सम्मेलनले दार्जीलिङ्मा भानुभक्तको सालिक अनावरण गर्दा नेपालका तत्कालीन शासक श्री ३ जुद्धशमशेरले यस्ता प्रतिभासम्पन्न कविलाई 'आदिकवि' मानिदिए हुन्छ भनी राजकीय मोहर लगाइदिएका हुन् । अल्पायुमा बित्ने मोतीराम भट्टलाई युवक कवि भन्दै राष्ट्रिय विभूतिमा गणना गरिएका लेखनाथ पौड्याललाई र्सार्वजनिक रथयात्रा २०११ मा प्रधानमन्त्रीले तान्नु तीन वर्षघि श्री ५ त्रिभुवनले नै कविशिरोमणि उपाधिले सम्मान गरेका हुन । लक्ष्मीप्रसाद देवकोटाको 'महाकवि' पदवी जनस्वीकृत नै हो जसलाई राजकीय सत्ताले अस्वीकार गरेन, जसरी युगकवि भए सिद्धिचरण श्रेष् । धर्मराज थापालाई चाहिं उनको लोकगीत सङ्कलन र लोकलय गायन प्रतिभावाट प्रभावित भएर कवि राजा महेन्द्रवीरविक्रम शाहबाट जनकविकेशरी र नेपाल भाषाका अग्रज कवि चित्तधर 'हृदय' लाई कविकेशरी पदवी बक्सेको हो जसरी श्री ३ चन्द्रशमशेरले 'सिंहदरवार' को वर्ण्र्ाातत्कालै कवितामा बयान गर्दा प्रभावित भई शम्भुप्रसाद ढुङ्गेललाई 'आशुकवि' को पगरी गुथाए । अब कुरा गरौं 'माधव घिमिरे' कै राष्ट्रकवित्वको । आफ्ना अनेक सिर्जना रचनाका कारणले नै २०१४ सालदेखि नेपाल राजकीय प्रज्ञा प्रतिष् ानमा २०४७ सालसम्म आबद्ध भएका नेपाली साहित्यको स्रष्टा माधव घिमिरेले साहित्य -बाल साहित्य, कविताकाव्य, गीतिनाटक, गीत, लेख निबन्ध, कथासङ्ग्रह, अनुवाद आदि) सेवाकै लागि २०२२ मा विशिष्ट प्रज्ञाप्रतिष् ान पदक, त्रिभुवन प्रज्ञा पुरस्कार, सुप्रसिद्ध प्रबल गो.द.बा., राष्ट्रिय प्रतिभा पुरस्कार पाएका हुन् । यस्तै जनस्तरबाट स्थापित भूपालमानसिंह कार्की प्रज्ञा पुरस्कार, आदिकवि भानुभक्त पुरस्कार, बसुन्धराश्री पुरस्कारका हकदार पनि उनी बनेका छन् । ८५ वर्षपुगेको अवसरमा घिमिरेको राष्ट्रिय अभिनन्दन समारोह मूल समितिको अध्यक्ष नेपाल राजकीय प्रज्ञाप्रतिष् ानका कुलपति प्रधानमन्त्री पदेन हुनाले बनेको मात्र हो । त्यसको कार्यसमितिमा सक्रिय व्यक्तित्व अर्का साहित्यमनीषिहरू मदनमणि दीक्षित, कमल दीक्षित, मोदनाथ प्रश्रति आदि छन् । अभिनन्दन ग्रन्थमा वर्तमानका कविहरूमध्येका 'शिखरकवि' भनिएकै छ । र्सार्वजनिक अभिनन्दन र ग्रन्थको लोकार्पण २०६० भदौमा नेपाल राजकीय प्रज्ञा प्रतिष् ानकै पश्चिमी कक्षमा 'तन्नेरी' पत्रिकाले 'माधव घिमिरे' लाई सम्मान गर्दै सो पत्रिकाको वर्ष२५ अङ्क १ असार-साउन-भदौ २०६० 'राष्ट्रकवि माधव घिमिरे विशेषाङ्क' लोकार्पण गरेको कुरा विर्सन सकिँदैन । विषयसूचीमा पनि 'राष्ट्रकवि विशेषाङ्क' भनी लेख रचना मागिएको देखिन्छ भने १ हप्ता अघि बाँडिएको निम्तोपत्रमा पनि 'राष्ट्रकवि माधव घिमिरे सम्मान तथा विशेषाङ्क लोकार्पण समारोह' भनिएको छ ।



घिमिरेको र्सवाधिक चर्चित नाटक 'मालती मङ्गले' मा राजा रानी कै चर्चा छ तर रानीबाट दास मङ्गले र मालतीले मुक्ति पाएको प्रसङ्गलाई मोदनाथ प्रश्रतिले नयाँ परिवेशमा हर्ेर्नुपर्ने पुरानो सन्देश भन्नुभएको छ ।



'कविवर माधव घिमिरे अभिनन्दन ग्रन्थ' २०६० मा पनि जनकविकेशरी धर्मराज थापाले 'लमजुङ घिमिरे भन्ज्याङ्ग चौतारीका राष्ट्रकवि माधव घिमिरे' भनी सम्बोधन गर्दै सहकर्मी 'साहित्यस्रष्टा' को व्यक्तित्व पर्गेल्नुभएको छ । राष्ट्रकवित्वकोर् इष्र्या घिमिरेका समकक्ष कवि कसैले गरेको थाहा पाइएन जसरी पौडेल-देवकोटा-सम त्रिमर्ूर्ति त्रितारा थिए लेखनमा प्रतिस्पर्धाभाव --) राख्थे तर एकले अर्काको प्रसिद्धि र ख्यातिमार् इष्र्या होइन अभिवृद्धिमा नै सहायक बनेका थिए ।

यसरी जनस्वीकृत 'राष्ट्रकवि' पदवीलाई नै राज्यले स्वीकृति दिएको हो- कविराजा -जी.शाह) श्री ५ ज्ञानेन्द्रबाट पनि सोही समारोहपछि -२०६० असोज ११) । त्यसपछिका विगत दर्ुइ वर्षरूमा कवि घिमिरेको नागरिक अभिनन्दन स्वदेश विदेशमा भएको छ 'राष्ट्रकवि' कै रूप र नाममा । राष्ट्रमा शान्ति छाएको देखेर मर्न पाए पुग्थ्यो भन्ने कविलाई धेरैले सम्मा गरेका छन् । कालिदासदेखि शक्ति वल्लभसम्म सबै कविहरूको संरक्षण र सर्ंवर्द्धन अनुकूल वातावरण तत्कालीन शासकहरूले नै गरिदिएको हो ।



साहित्य शाश्वत हुन्छ । राजनीतिको सानो घेराले साहित्यलाई बाँध्ने आँखा झन् साँघुरो हुन्छ । अमेरिकाका एण्ज्रा पाउण्ड विचारले नाजीवादका र्समर्थक थिए । दोस्रो विश्वयुद्धपछि हिटलरको पराजयपछि युद्ध अपराधीमाथि मुद्दा चल्दा स्वभावतः पाउण्ड पनि अभियुक्त हरिए । तर कुनै वकिलले थाहा पायो उनी त प्रतिभाशाली कवि पनि हुन् । वकिलले अदालतमा सिद्ध गरिदियो ः पाउण्ड विक्षिप्त मनस्थितिका 'पागल' हुन् उनीउपर मुद्दा चल्न सक्दैन । पाउण्ड बचे, बचाइयो यसकारण कि उनी कवि थिए । विख्यात अमेरिकी कवि भएरै बाँचिरहे ।



र् र्सवसत्य हो नेपालबाट साहित्यमा नोबेल पुरस्कारको लागि मनोनयन गरिएको कृति आजसम्म एक मात्र माधव घिमिरेकै 'अश्वत्थामा हतोहतः' हो । धेरै के लेखँू, ।

पुछारमा राष्ट्रकवि माधव घिमिरेका भाका सारुँ ः गाली गर्दैन सारङ्गी, झूटो बोल्दैन बाँसुरी

छ सङ्गीत तिमीभित्र मी ो बोल सधँैभरि ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम