Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
तांका/ हाइकु
केही हाइकु - [2008-07-07]



कहाँ पो छ र

दुःखको किनारामा

मन हाँसेको ।





न्यानो भएन

हिमपातको रात

तिमी नहुँदा ।





पिरको खोला

गहको बाटोभरी

सुक्दै सुकेन ।





माया गर्नेले

दुःख देख्दै देख्दैन

काँढाको मुटु ।





लाहुरबाट

किनी ल्याए सपना

तरुनी खेती ।





प्रेमको घाउ

पीडाको अवतार

दुबो भै बाँच्छ ।





तिम्रो भनेर

माया गरे मलाई

काँचको भाडा ।





गोवर्द्धन पूजा





तपाईंको प्रतिकृया

Gobardan dai, Very new taste to read your hikus. COOL........

The hikus are good. But would like swim in more deeper!



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम