Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कृती समिक्षा
कवितामा नौलो स्वाद (रमण घिमिरे) - [2008-07-08]

फूल रोएपछि

स्रष्टाः रीता खत्री

प्रकाशकः भानु प्रकाशन

पृष्ठः ७४

मूल्यः २०० र १०० रुपियाँ



"कविता मेरो जीवन हो । कविताबेगर म आफूलाई कल्पना गर्न पनि सक्तिनँ ।" यी स्वीकारोक्तिका साथ नेपाली काव्य फाँटमा प्रवेश गरेकी छन् रीता खत्री । लेख्छिन्ः

अचेल बाँच्ने सिलसिलामा

म आरोप बाँचेकी छु

प्रत्यारोप बाँचेकी छु

दुखाएर पलपल आफ्नालाई

जीवन-सङ्र्घष बाँचेकी छु ।

(जीवन, सपना र आफन्त)

रीताको हालै प्रकाशित कवितासङ्ग्रह फूल रोएपछिमा ७३ वटा कविता छन् । हरेक कविता समसामयिक छन् । उनी कतैकतै पीडामा छटपटाएकी छन् । केही ठाउँमा आफ्नो फूलजस्तै रोएकी पनि छन् । तर, पनि गुनासो होइन, व्रि्रोहको हुँकार गरेकी छन् ।

आमनियति र भोगाइ छ । पुस्तौँपुस्तादेखि मानिसले अझ नारीले खेप्दै आएको प्रतिकूलता र विवशताका विरुद्ध आगो ओकलेकी छन् । नढाँटी भन्छिन्, "मेरो सिर्जनायात्राको सान्निध्यमा फूल हुने र परोक्षमा काँडा भएर बिझाउनेहरूको नाम पनि स्मरण गर्न चाहन्छु, तिनै स्नेह र इष्र्याको प्रतिफल हो- यो सङ्ग्रह ।" तर, उनले काँडाहरूको स्मरण मनमनै गरेकी छन्, फूलहरूको मात्र नाम उच्चारण गरेकी छन् । यद्यपि, उनका कविताले प्रवृत्तिलाई भने स्पष्टसँग औँलो नै ठड्याएका छन् ।

साहित्यमा सबैभन्दा बढी कविता लेखिए र कवितामा पनि सबैभन्दा बढी प्रेम लेखिए । रीताका कवितामा पनि प्रेम त्यत्तिकै झरझराउँदो र आशक्तिपूर्ण रूपमा आएको छ । तर, उनको प्रस्तुतिमा प्रेमको नयाँ स्वाद छ । प्रेमयुद्धमा हार, जून प्रसवको सपना, तिम्रो सम्झनाले, सम्बन्धजस्ता कविताले यस कुरालाई अभिव्यक्त गरेका छन् ।

समष्टिमा रीता खत्रीको कवितासङ्ग्रहको शीर्षक फूल रोएपछि भए पनि कविताले चाहिँ नेपाली काव्यधारालाई हँसाएको छ, सुखानुभूति दिएको छ ।





from: नेपाल







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम