Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कृती समिक्षा
मध्यरातमा गुञ्जेका जनयुद्धका आवाजहरु (नन्दलाल आचार्य) - [2008-07-09]

आमा! विश्वविद्यालयमा नै छु। जनताको माझ रहनु, जनताको माझबाटै धेरै धेरै कुरा सिक्नु अनि जनताकै माझमा नै सिकेका कुरा अरुलाई बुझाउनुजस्तो महान् कुरा अरु विश्वविद्यालयमा सायदै होला। मलाई क्याम्पस विश्वविद्यालयमा पढ्न नपाएकोमा कुनै पछुतो छैन। मनको एक कुनामा पनि त्यसको दुःख छैन। मैले जुन कुरो रोजेँ, अत्यन्तै ठीक रोजेँ आमा। हामी दाजुभाइ नै यस मानेमा प्रफुल्ल छौँ, गौरवान्वित छौँ। क्रान्तिको महाअभियानमा पस्नु, यस्तो विश्वविद्यालयको विद्यार्थी हुनु मेरो अहो भाग्य हो। यहाँ जो पनि आजीवन विद्यार्थी नै रहिरहने रहेछ। सिकेर सिकी नसकिने अथाह कुराहरु रहेछन् यहाँ। जानेर जानी नसकिने अनन्त कुरा रहेछन् यहाँ। यहाँ यस्तो पनि देखियो आमा युगौयुगदेखि उत्पीडनमा परेर लाटिएका जीब्राहरु छुराजस्तो धारिलो भएको पनि देखियो। सन्दुक खोल्न नजान्ने हातहरु बन्दुक चलाउन जान्ने भएको पनि देखियो। टोपीमा, तन्नामा दिनभरि कार्चोपी बुट्टा भर्ने बहिनीहरु कम्मरभरि कार्तुसको माला भिरेर युद्धको गीत गाउँदै रनबन चाहरेको पनि देखियो। कपुरी क नजान्ने हातहरु –हामी निरंकुशताका कैदी हैनौँ स्वतन्त्रता, समानता र न्यायका सेनानी हौँ भनेर भित्ता भित्तामा गर्जना कोर्ने भएको पनि देखियो। यस विश्वविद्यालयको प्राङ्गनमा त यस्तो लाग्छ ― हावाको सुसाइभित्र जुलुसको तुमुल ध्वनी मिसिएर आएजस्तो , गृहिणीले घुमाएको जाँतोमा जनता खाने घुन कीराहरु, मकैकोदोसँगै पिसिएर आएजस्तो। चराहरुको चिरविराहट भित्र नयाँ दिनको स्वागत गान भेटिन्छ यहाँ। नदीहरुको कुलकुलाहटभित्र धर्तीकै उमङ्ग छचल्किएको आभाष मिल्दछ यहाँ। यहाँ हरेक चीज नौलो छ, नयाँ छ। युद्ध भन्ने कुरा सिकेर जान्ने कुरा होइन रहेछ। हामी व्यवहारबाट धेरै कुराहरु सिक्दै जादैछौँ। ...क्रान्ति सरल हुँदैन आमा! यो जटिल हुन्छ, बाङ्गोटिङ्गो हुन्छ , अनगिन्ती मोड कुइनेटाबाट अगाडि बढेको हुन्छ। (मध्यरातमा (कथा संग्रह २०६२) को स्वलाप कथाबाट)



विश्व मानव सभ्यताका निम्ति स्रष्टा अमृ्ल्य नीधि हो। स्रष्टाले नयाँ सृष्टि गर्छ। त्यसैले पनि ऊ अति नै महत्वपर्ृ्ण व्यक्ति हो। संसारलाई हेर्न त सबैसँग यी छालाका दुई चछु छन्। संसारको वास्तविकता र मान्छेको मनलाई हेर्न सक्ने हुनु नै स्रष्टा हुनु हो। यसो गर्न मनको आँखाबाट मात्र सम्भव छ। यस्तै मनका आँखाका धनी साहित्यकारको नाम हो–पुन्य कार्की। वि. सं.२०२७ साल भाद्र १८ गते उदयपुर जिल्लाको दुर्गम ठाउँ ताम्लिछा गाविस वडा न―२ मा जन्मेका र हाल त्रियुगा नगरपालिका वडा न.ं ७, मोतिगडा, उदयपुरमा स्थायी बसोबास गर्दै आएका साहित्यकार कार्की कलिलै उमेरमा साहित्यको महासागरमा पौडी खेल्न थालेका हुन्। अहिले उनी लेखन र शिक्षण कार्यमा संलग्न छन्। एम.ए., बी.एड., बी.एल.को औपचारिक शैक्षिक ज्ञान हासिल गरेका कार्कीको स्वाध्यायनको दायरा निकै फराकिलो रहेको उनका बौद्धिक रचनाहरुले पुष्टि गर्दछन्। (१) बाघले घाँस खायो (कविता संग्रह २०५४), (२) मखमली (कथा संग्रह २०५७), (३) जीवनयात्रा (लघुउपन्यास २०५७), (४) गम्भीरबहादुर थापाको कृतित्व र व्यक्तित्व (समालोचना २०५९), (५) कविको छैटौं इन्द्रिय (निबन्ध संग्रह २०६०), (६) मध्यरातमा (कथा संग्रह २०६२), (७) असल बन्छु (बालकविता संग्रह २०६३), (८) बलभन्दा बुद्धि ठृ्लो (बाललोककथा संग्रह २०६३), (९) एउटा हर्कुलसको खोजी ( निबन्ध संग्रह २०६३) र (१०) बलिदानीका गाथाहरु ( सहिद जीवनी संग्रह २०६४) गरेर १० ओटा विविध विधाका स्रष्टा पुन्य कार्की बलियो कलम भएका जनपक्षीय साहित्यकार हुन्। पुन्य कार्कीका कविता र दुःख काव्य गरेर अरु दुई कृतिहरु प्रकाशोन्मुख छन्। मोफसलमा बसेर कलम चलाए पनि नेपाली साहित्यको ढुकुटीमा १० वटा कृति दिनु आफैंमा एक अनुपम उदाहरण हो। हृदय कल्पाउने तागत भएका स्रष्टा कार्कीको कलम प्राचीन संस्कृत, पौराणिक, राष्ट्रिय र अन्तर्राष्ट्रि्रय इतिहास, कला, साहित्य एवं राजनीतिप्रति मुखरित भएको छ। व्यापार, राजनीतिभन्दा शिक्षण पेशामा संलग्न भएकाहरुले साहित्यमा कलम चलाएको पाइन्छ। स्रष्टा कार्की शिक्षण पेशामा आवद्ध भएका कारणले गर्दा पनि कलमकै भरमा बाँचेका छन्। जागिरे जीवनले भौतिक सुख र शान्ति दिए पनि उनी त्यत्तिमै सीमित रहन सकेका छैनन्। समाजमा व्याप्त थिचोमिचो, शोषण–दमनलाई टुलुटुलु हेरेर चित्त बुझाउन नसक्दा नै उनको कलम चलेको हो भन्ने स्पष्ट देखिन्छ। उनी आफ्नो अभीष्टका वारेमा भन्छन्ः–...उज्यालोको जयगान र अँध्यारोलाई मर्दनवाण ताकेर कालो रातको मुटु क्षतविक्षत पार्नु यस स्रष्टाको ल73य हो। मध्यरातमा कथा संग्रहका कथाकारको बोलीमा उनी भन्छन् : –...प्रकृतिमा उज्यालो दिन त चिरस्थायी थिएन, त्यसलाई कालो रातले लखेट्यो। झन् रात त अजम्बरी छदै छैन, यो पनि उज्यालोको उषाको आगमनपछि विदा हुन्छ, धर्तीबाट।...साँझबाट शुरु भएको कलिलो रात अहिले खिँइदै खिँइदै आधा रात भएको छ , अब खिइन आधी मात्र बाँकी छ।.....यी कथाहरु रात रेट्ने पात्रका कथा हुन्।....कथामा प्रतिविम्वित यथार्थ समग्रमा यथार्थको एउटा पाटो हो। अहिलेको समकालीन यथार्थका बहुल पाटालाई रचनाकर्ममा स्रष्टाहरुले आफ्नो ठाउँबाट सार्थक र उद्देश्यमुलक ढ्रगले गर्नुपर्छ।



रात रेटिएपछि अर्थात् रात सकिएपछि अवश्य उज्यालोको उषाकाल आउँछ। हरतरहले पीडित जनताको चर्याइरहेको घाउमा मलहमपट्टी लगाए पछि अवश्य पीडा कम हँुदै जान्छ र घाउमा खाटा बस्छ। त्यहीँ उज्यालो भविष्य देखापर्दछ। मध्यरातमा (कथा संग्रह २०६२) को भृ्मिकामा साहित्यकार रामप्रसाद ज्ञवालीको कलम बोलेको छ– मध्यरातमा (कथा संग्रह २०६२) का आधारमा बहुसंख्यक शोषितपीडितप्रतिको गम्भिर चासो, राष्ट्र र राष्ट्रियताप्रतिको गम्भीर संवेदनशीलता, समाजप्रतिको दायित्व बोध र प्रगतिशील राजनैतिक सचेतना कथाकार कार्कीका प्रमुख विशेषता हुन्।....यी कथाहरुले सामन्तीसंस्कार, दासमनोवृत्ति र सामाजिक शोषणले लाटो पारिएका मनहरुमा विद्रोह सञ्चार गर्छन्, अज्ञानता र अशिक्षाले सुषुप्त मनहरुमा जागृति भर्छन् र मानवद्धेषीहरुद्धारा गरिएको असह्य अत्याचारले पलायन भएका मनहरुमा आँट र उत्साह छर्छन्।



मध्यरातमा (कथा संग्रह २०६२) का स्रष्टा पुन्य कार्की फुलटाइमर जागिरे भएका कारणले फुलटाइमर लेखक बन्न सकेका छैनन्। हर्दम व्यस्त जीवनमा रमाउन पाए सन्तोष ठान्ने स्वभावका कार्कीले आफ्नो कलमलाई संख्यात्मकतातर्फ भन्दा गुणात्मकतर्फ झुकाएको उनका कृति पढ्दा स्पष्ट हुन्छ। मध्यरातमा (कथा संग्रह २०६२) का आधारमा स्रष्टा पुन्य कार्कीका कृतिगत विशेषताहरुलाई निम्न बमोजिम केलाउन सकिन्छ।

(१) जनयुद्धको विषयवस्तुमा केन्द्रीत : ― मध्यरातमा (कथा संग्रह २०६२) मा रहेका डेढ दर्जन कथाहरुमा अधिकांस कथाहरु जनयुद्धसँग सम्बन्धित छन्। तपस्वी बधशालामा कथामा जनयुद्धका एक होनाहार सपुतलाई कायरतापर्ृ्वक अवसान गरिएको छ। जोर अर्थी कथा अर्को जनयुद्धसँग सम्बन्धित सशक्त कथा हो। यस कथामा जनयुद्धमा लागेकै ठानेर हीरा सर मारिएका छन्। अर्को जनयुद्धसँग सम्बन्धित सशक्त कथा हो– मछलीवाला। यसमा एक मैथिली भाषी जनयुद्धका सहयोद्धाको जीवनचर्यालाई सशक्त ढंगले प्रस्तुत गरिएको छ। जनयुद्धका योद्धा– सहयोद्धाहरुका टाउकाहरु बेचेर धन थुपार्ने जल्लादहरुको हविगत अत्यन्त प्रभावकारी ढंगले उद्घाटन गर्ने काम सौदागर कथाले गरेको छ। प्रेशरकुकर कथा अर्को जनयुद्धसँग सम्बन्धित सशक्त र कारुणीक कथा हो। यस कथामा जाबुके जस्तो अबुझ ठिटोलाई जनयुद्धलाई सहयोग गरेको नाममा जेलमा जाकेको घटना वर्णित छ। यानीमाया कथामा जनयुद्धको एक सिपाहीको कारुणिक अवसानको चर्चा छ। यानीमायाका श्रीमान् अभागी मानिएका हरेक मुक्तिकामीहरुको मुक्तिकार्यमा अहोरात्र खटिएका एक निडर जनयुद्धका सिपाही हुन्। श्रीमान्ले जनयुद्धका क्रममा पहाडभन्दा गह्रौँ मृत्यु वरण गरे। त्यसपछि यानीमायाको जीवन पनि उनकै अधुरा सपनाहरु पुरा गर्न केन्द्रित भएर जनयुद्धलाई मलजल दिन समर्थवान् भएको छ। सरकारी सुरक्षाकर्मीको कलुषित नजरबाट बच्दै युद्धका लडाकुहरुलाई सामलखाजा पुर्याउने काममा यानीमायाले खेलेको भृ्मिका कथाको अर्को बलियो पाटो हो। सुरक्षाकर्मीको अपराधिक सोचलाई छक्याएर उनी ज्यान बचाउन सफल हुन्छिन्। यिनै कुराहरुका आधारमा यानीमाया कथालाई हेरिनुपर्छ। जनयुद्धको क्रममा पति मारिएकी एक विधुवाको स्वलापलाई कथ्यवस्तु बनाएर जन्मेको अर्को उत्तम कथा हो–स्वलाप।



(२) युगिन यथार्थको प्रतिविम्वन : ― मध्यरातमा (कथा संग्रह २०६२) मा रहेका डेढ दर्जन कथाहरुमा अधिकांस कथाहरु जनयुद्धसँग सम्बन्धित छन्। २०५२ फागुन १ गतेदेखि थालिएको जनयुद्धभरि जनताले भोगेका दुःख, पीर र वेदनाहरुको यथार्थ चित्र मध्यरातमा (कथा संग्रह २०६२) मा उतारिएको छ। त्यस बेला जनताले तौली तौलीकन शब्दहरु बोल्नुपर्थ्यो। आफ्ना मनका करुण भावहरु पनि त्यसै गुम्स्याएर फुस्रा शब्दहरु मात्र प्रयोग गर्नुपर्थ्यो। आँसु चुहाउन पनि मनग्यै आँट गर्दा मात्र संभव थियो। हरेक सर्वसाधरण जनताका आँखाका सपनाहरु चारैतिर च्यातिएका थिए। अमानवीय घटनाहरुको लेखाजोखा पटकै थिएन। भ्रष्टचारी घटनाहरुको हिसाबकिताव र नालीबेली बन्दै छँदै थिएन। यो कथा संग्रह त्यो युगलाई जोख्ने असली इतिहास हो भन्दा अतिशयोक्ति गरेको नठहर्ला।



(३) अग्रगामी पात्रमा केन्द्रीत : ― मध्यरातमा (कथा संग्रह २०६२) मा रहेका डेढ दर्जन कथाहरुमा अधिकांस कथाहरु प्रत्यक्ष जनयुद्धसँग सम्बन्धित रहेकाले पनि अधिकांस पात्रहरु अग्रगामी पहलकदमीमा संलग्न छन्। आइतेम्पा, लालमती, नरे, रत्ने, कत्ले, डल्ले, सविना, अनचितिया, तपस्वी, जाबुके, कपिलगुरु, मछलीवाला, यानीमाया, कबुधे दर्जी, दले, ड्राइभर, सहिदपुत्र, सहिदपत्नी, विद्यार्थीहरु, विद्रोहीहरु एवं अन्य आन्दोलनकारीहरु सबै पात्रहरु प्रत्यक्ष अग्रगामी पहलकदमीमा संलग्न छन्। नयाँ नेपालको निर्माणमा यी पात्रहरुले कतै न कतै पसिना बगाएका छन्। विद्रोहको आवाज दिएका छन्। रगत चढाएका छन्। प्राणको आहुति दिएका छन्।



(४) तीतो यथार्थको उद्धाटन : ― मध्यरातमा (कथा संग्रह २०६२) मा रहेका डेढ दर्जन कथाहरु सबैले जीवनको तीतो यथार्थलाई उद्घाटन गर्ने काम गरेका छन्। समाजमा व्याप्त विकृति विसंगतिको चिरफार गर्ने काम गरेका छन्। अन्याय–अत्याचार, भोकमरी, श्रमको मृ्ल्य विचलनप्रति आपत्ती जनाइएको छ। समाजले भोग्दै आएको कटु सत्यलाई बिना ढाकछोप कथामा खुल्लमखुल्ला आएका छन्। छोरीप्रति घृणा र छोराप्रति आशक्तिको चर्चा भएको काँचो वायु कथामा शिक्षित पिताकै कालो मनको मैलोलाई छर्लङ्ग देखाइएको छ। यस्तै हरेक कथाले कुनै न कुनै रुपले पाठकहरुलाई सचेत तुल्याएका छन्। भोकोले पेट भर्न र नाङ्गोले आङ्ग ढाक्न पाउँनुपर्छ भन्ने आवाज दिएका छन्।



(५) ठेट जनबोली र मातृभाषिक संवादको प्रयोग : ― मध्यरातमा (कथा संग्रह २०६२) मा रहेका केही कथाहरुमा ठेट जनबोली र मातृभाषिक संवादको प्रयोग भएका छन्। यसले गर्दा अधिकांस कथाहरु थप रोचक बनेका छन्।....कोई बात छैन हजुर। ज्यालामजुरी गर्न पाएकै छु। गाडी साहुहरु आफ्नो गाडीमा राख्न तँछाडमछाड गर्छन्, हजुर। यस गाडीले मैनाको दश हजार दिएको छ, हजुर। मैले नागरिकता नपाएर के भो त हजुर , सत्चालीस बरसके जीवन चालीस बरस त नेपालमै वितिगो, हजुर। मनको भित्ता भित्तामा नेपालकै चित्र कुँदिएको छ, हजुर।....नही हेते साहब। यी त काजी साहबके औडर मे लाबने छी।....टँइले भनेका मान्न हुँदैना हो कि जाबुक्या। ट्यो पान सय पैसाले टेरो बाबुले एक महिना बेसाहा खाँन्ट्यो। अब ट्यो क्या उसिन्छस्। मुखलाई मोही छैनाँ पिँढालाई घिउ भनेको यही हो।...किन मार्छा आफनो ठाङ्ग्र्रा झार्डा पनि मार्छा। सहनुको पनि एउटा हड हुन्छ, कट्टी सहनु।.....छोइर दै है चिन्ता नै करै। नौवोके भित्तर त लोक नटे रहैछै ने। आदमी त चिनल गेले। यहा सबसे बड्का चिज चियै। यस्ता ठेट जनबोली र मातृभाषिक संवादको प्रयोग भएका कारण पनि यी कथाहरु सामान्य जनताका घरदैलाका कथा हु्न् भन्न हिच्किचाउनु पर्दैन।

(६) प्रगतिशील संदेशका संवाहक : ― मध्यरातमा (कथा संग्रह २०६२) मा संकलित हरेक कथाहरुले प्रगतिशील संदेशका छाडेका छन्। अन्याय अत्याचारका विरुद्ध बमवर्षा गराएका छन्। थिचिएर बस्नुहुन्न। अति सहनुहुन्न भन्ने संदेश छाड्छन्।

अठार कथाहरुको संगालो मध्यरातमा (कथा संग्रह २०६२) का हरेक कथाहरुले ठोसरुपमा अघि सारेका कुराहरुलाई यहाँ समेट्ने प्रयास गरिएको छ।

(१) काँचो वायु : ―छोरीप्रति घृणा र छोराप्रति आशक्तिको एक अनुपम उदाहरण काँचो वायु हो। मानसिक दरिद्रका कारणले शिक्षितपठित व्यक्तिहरु नै छोरीको जीवनलाई अभिशाप ठान्दछन्। तर सबै छोराहरु असल हुँदैनन् भन्ने कुरा भुसुक्कै भुल्दछन्। संसारलाई नै चमत्कारिक योगदान दिने पारिजात, झमक घिमिरे, म्याडम क्युरी, फ्लोरेन्स नाइटिङ्गेल, तसलिमा नासरिनहरु पनि छोरीहरु नै थिए भन्ने कुराहरु पनि भुसुक्कै भुल्दछन्। यसरी यस कथामा छोरीहरुप्रति कलुषित भावना राख्ने हरेक बाबुहरु काँचो वायु सावित भएका छन्। पुरातनवादी कुसंस्कारी सोचका विरुद्ध काँचो वायु कथा खरो उत्रिएको छ।



(२) एक ड्राइभरको स्वीकारोक्ति : ―अनागरिकको ठाउँमा बसेर एक असल नागरिकको भृ्मिका निर्वाह गर्ने डाइभरको प्रगतिशिल सोचको सेरोफेरोमा एक ड्राइभरको स्वीकारोक्ति कथा रहेको छ। ज्ान्मले राष्ट्रवादी भइन्न कर्मले सच्चा राष्ट्रसेवक कहलाउन सकिन्छ। यस कथामा नेपालको तराईबासी एक युवकले गर्भवती बनाएर त्यागिदिएकी एक भारतीय चेलीको गर्भबाट जन्मेको ड्राइभरले ४४ वर्ष नेपालमा रहेर जीविकोपार्जन गर्दासम्म नेपाली नागरिकता प्राप्त गर्न नसकेको दुःखान्त प्रसङ्ग छ। नेपाल र नेपालीप्रतिको अटल आस्था र निस्वार्थी सेवाभाव भएको कारणले ऊ एक सच्चा नेपाली नागरिक भएको धोषणा गर्ने ठाउँ यत्रतत्र छ।



(३) तपस्वी बधशालामा : ―फित्ता, फुली, प्रमोशन र पैसाको लोभमा सामन्तवादी केन्द्रीकृत शासन प्रणाली टिकाइराख्न विचारको राजनीति गर्नेलाई दमन गर्ने त्यो युगलाई प्रतिनिधित्व गर्ने कथा हो–तपस्वी बधशालामा। हरेक अग्रगामी आन्दोलनका नाइकेहरुलाई पश्चगमनकारीहरु वा यथास्थितिवादीहरुले नामोनिसान मेट्न खोजेका घटनाहरु नयाँ होइनन्। कमजोर छातीभित्र शक्तिशाली विचार बोकेर हिड्ने एक राजनैतिक विचारकको दुःखद अन्त्य प्रहरी प्रशासनबाट भएको छ। सत्यलाई छोपेर असत्यको राज फैलाउन तत्कालिन सरकार न्वारानदेखिको बल झकेर लागिपरेको थियो। कालो मन भएकाहरु ऐयासी जीवन विताइरहेका थिए र अँध्यारो भविष्यको जग खडा गरिरहेका थिए। हो, त्यही परिवेशको एक कारुणिक कथा होे–तपस्वी बधशालामा। नेपाली साहित्यको प्रगतिशिल धारमा उभिएर कलम चलाउने महान् साहित्यकार एवं पत्रकार कृष्ण सेन इच्छुकलाई समेत पुलिसले यातना दिएर मारेको इतिहास हाम्रा सामु खडा छ। इतिहासको यस पाटोको सम्झना तपस्वी बधशालामा कथाले दिलाउँछ।



(४) म लालमती : ―यो एक अवाला नारीको उत्साहप्रद कथा हो। सदाचारको भाषण गरेर दुराचारी मच्चाउने सुनिलसिंह जस्ता जल्लादहरुको पुरुषत्व माथि प्रश्न चिन्ह खडा गर्ने काम यस कथाले गरेको छ। सदाचारको बर्कोले ढाकिएको व्यभिचारी पुरुषको न्यानो किरणलाई मात्र नियालेर धेरै शिक्षित युवतीहरुको जीवन कहालीलाग्दो भएको छ। अशिक्षितहरुसँग त जाग्रित आँखा नहुन सक्छन् तर शिक्षितहरुसँग त जाग्रित आँखा हुनुपर्ने हो। त्यो नभएका कारणले नै धेरैको आँखामा सुनिलसिंह साक्षात् ईश्वरको आसनमा बस्न सफल भएको थियो। आफृ्हरु थाङ्गनामा सुत्नुपरेको थाहा पाएपछि विद्रोही बन्नुपरेको अवस्था समेत कथामा चित्रित छ। यसरी न्यायका पक्षपातीहरु अन्यायको विरुद्धमा खनिन्छन् भन्ने शाश्वत पक्षलाई म लालमती कथाले अघि सारेको छ।



(५) गोन्दे : ―प्रतिगमनलाई निमन्त्रणा दिने गोन्दे, आन्ान्दे, कजय, धनजीवि, खुम्ले, दलभुँड,े मैनाली, चिमे रावल जस्ता व्यक्तिहरुको कालो कर्तृतविरुद्ध खनिएका युवा जोसको नालीबेली यस गोन्दे कथाले दिएको छ। प्रतिगमनको विरुद्धको आन्दोलनमा प्रतिगमनका दर्शनाभिलाषीहरु नै लाग्नु हिजो आफृ्ले गरेको पाप र भ्रष्टचारलाई चोख्याउने माध्यम आन्दोलनलाई बनाउनु हो। भ्रष्टचारको भेलले मुलुकलाई रसातलमा पुर्याएको जगजाहेर छ। अझै पनि तिनै भ्रष्टखोरहरुलाई सत्तामा पुर्याउन खोजियो भने मुलुकमाथि गद्दारी गरेको ठहर्दछ। यिनै मननीय कुराहरुलाई अघि सार्ने काम गोन्दे शीर्षकको यस कथाले गरेको छ।



(६) जोर अर्थी : ―जनतालाई राहत दिने नाममा जनतालाई नै दमन गर्दै कालरात्री निम्त्याउने सुरक्षा व्यवस्थाको कहालीलाग्दो कर्तृतलाई यस कथाले अघि सारेको छ। जनताको मन आतङ्क र त्रासदीले नराम्ररी फुलेको अवस्थामा जीवन्त गाउँ पनि जीवनहीन, निचेष्ट, निश्लोट बधशाला बन्न पुगेको कारुणिक घटनाक्रम कथामा आएका छन्। आतङ्ककारीका नाममा सामान्य मानिस, विद्यार्थी, शिक्षकहरुको प्राण लिने त्यो समयको ज्वलन्त इतिहासको रुपमा जोर अर्थी कथा रहेको छ। त्यस बेला जनताले तौली तौली शब्दहरु बोल्नुपर्थ्यो। आफ्ना मनका करुण भावहरु गुम्स्याएर फुस्रा शब्दहरु प्रयोग गर्नुपर्थ्यो। आँसु चुहाउन पनि मनग्यै आँट गर्नुपर्थ्यो। हरेक सर्वसाधरण जनताका आँखाका सपनाहरु च्यातिएका थिए। अमानवीय घटनाहरुको लेखाजोखा थिएन। भ्रष्टचारी घटनाहरुको हिसाबकिताव थिएन। हो, त्यही युगलाई सम्झाउने एक जीवन्त कथा हो– जोर अर्थी।



(७) मछलीवाला : ―जनक्रान्ति र परिवर्तनका लागि भनेर माछाको पेटमा ग्रिनेट र राइफलका गोलीहरु भरेर सुरक्षाकर्मीहरुको आँखा छल्दै गन्तव्यमा पुर्याउने एक क्रान्तिकारी सहयोद्धाको जीवनचर्या समेट्ने काम यस कथाले गरेको छ। बहुरुपी भेषमा सडकमा सुरक्षा जाँचका लागि बसेका सुरक्षाकर्मीहरुको आँखामा छारो हालेका घटनाहरु रोचक र घोचक छन्। नेपालमा भएको यो नयाँ परिवर्तनका लागि हरेक ठाउँका नेपालीहरुको बराबर योगदान रहेको कुरा समेत मैथिली भाषी मछलीवालाको प्रसङ्गले बताएको छ। अहाँ सबके चाहिँ हम कैल लेबदेवा। हम यी माछ वही जगह नै देवै त वह हमरा मैरे देतैै नै। मछलीवालाको यो कथन बडो चलाखीपर्ृ्ण छ। सुरक्षा जाँचका नाममा अरु सर्वसाधरणहरुले ज्याजती भोग्नुपरेको मन कुड्याउने अन्य प्रसङ्गहरु पनि कथामा मार्मिक ढङ्गले आएका छन्।



(८) मुड्कल र दलबहादुर : ― मुलुक लुटेर आफ्नो ढुकुटी भरी देश र जनतालाई कंगाल बनाउने पञ्चहरुको एक छत्र राज कहलिएको पञ्चायती व्यवस्थाको रजत जयन्तीको उपल73यमा मुड्कल ख्ाडा गर्ने काममा दलवहादुर खटिएको थियो। ज्यालादारी श्रमिकको हैसियतले उसले आफ्नो काम तमाम गर्यो। पछि उसलाई त्यो मुड्कल अन्याय, अत्याचार, दुराचार, पापाचार र कुप्रथाको प्रतीक भएको थाहा भयो। आफ्ना सपनाहरुलाई पनि त्यही मुड्कलले कर्क्याएर राखेको उसलाई ज्ञात भयो। आफृ्मा पनि स्वाभिमानी रगत बगिरहेको स्वयम्ले महसुस गर्यो र आफ्नो कर्मप्रति पछुतो भयो। त्यही मुड्कलको रंगरोगन गर्न पर्दा उसको मनमा मानसिक द्धन्द्ध चल्ोको छ र ऊ आखिरमा मुड्कलको रंगरोगन गर्ने हैन त्यसलाई ढालेर त्यहाँ एक सहिदको प्रतिमा खडा गर्ने काममा दिलोज्यान दिएर लागिपर्ने निष्कर्षमा पुगेको छ। समुन्नती र स्वतन्त्रताका पक्षधरहरु जस्तोसुकै कठिन घडीमा पनि समुन्नती र स्वतन्त्रताका पक्षमा लड्न छाड्दैनन्। यिनै कुराहरु कथामा यत्रतत्र आएका छन्।



(९) सौदागर : ―सरकारले जनताको टाउकाको मृ्ल्य तोकेर आतङ्क मच्चाएको कालो इतिहासलाई स्मरण गराउने काम सौदागर कथाले गरेको छ। प्रतिगमनको समयमा गृहमंत्री भएका देवेन्द्रराज कँडेलले धोषणा गरेका थिए ―जसले जति दामी टाउको ल्याउँछ उसले उति धेरै रुपियाँ पाउँछ। यही धोषणा अनुसार एक कुख्यात सौदागरले धनको लोभमा धेरै देशभक्तहरु, धेरै जनभक्तहरुका टाउकाहरु भेला पारेर मनग्यै रुपियाँ आर्जन गर्यो। आफना साखा सन्तानलाई पनि त्यही धन्दामा सामेल गरायो। सधैँ उसले उक्त कामलाई निरन्तरता दिन भने सकेन। एक दिन अज्ञात पक्षबाट उसको टाउको पनि गिँडिन्यो। जस्तो कर्म उस्तै फल भन्ने उक्ति त्यहाँ लागृ् हुन्छ। मान्छेका टाउकाको मृ्ल्य भुक्तानी गर्दै आएको सरकारलाई पनि यो गतिलो जवाफ सावित भयो। क्रमशः क्रमशः ती सौदागरहरुका टाउकाहरु पनि हराउँदै गए। यसरी मान्छेका टाउकाहरु बेचेर धन थुपार्ने जल्लादहरुको हविगत अत्यन्त नाजुक मात्र हैन पलायन भएको अवस्थाको उद्घाटन गर्ने काम यस कथाले गरेको छ। हरेक अपराधीहरुलाई अपराध गर्नुपर्ृ्व सोच्न विवश तुल्याएको छ।



(१०) प्रेशरकुकर : ―नेकपा माओवादीको जनयुद्धका क्रममा प्रेशरकुकर छापामारहरुलाई दिएको भन्दै प्रहरीबाट अन्यायपर्ृ्वक जेल चलान गरेका जाबुके राईको करुण कथा प्रेशरकुकर कथामा समेटिएको छ। सोझा जनताहरुले विनसित्तिमा हैरानी खेप्नुपरेका अनगिन्ति घटनाहरुमध्ये यो एउटा ज्वलन्त घटनाकै रुपमा कथामा चित्रित छ। हुन पनि हो, गरिबका घरमा अन्न सकिए पछि भोकले भुँडीहरु गाइनेका सारी बन्छन्। त्यस वेला दालभात पाक्ने प्रेशरकुकरहरु पनि बम बनेर पड्कन्छन्। फागुन माहिनामा नै जाबुकेका घरमा पनि अनिकालले शरण लिन आएको र सहकालले पाइला सारेको अवस्था छ। त्यही अवस्थामा दुःखले किनेको प्रेशरकुकरका कारणले उसले कहिल्यै चिताउदै नचिताएको दुःख झेल्नु परेको छ। विल्कुलै अनविज्ञ एक गाउँले ठिटोले अनाहकमा जेलको सजाय भोग्नुपरेको छ। त्यस दुःखलाई सुखमा परिणत गर्दिने पात्रका रुपमा कपिलगुरुको योगदान स्मरणीय छ। उनले नै अनपढ जाबुकेलाई जेलमै शिक्षादीक्षा दिएर पारंगत बनाउने काम गरेका छन्। यहाँ आएर धेरै दुःख थोरै सुखमा परिणत भएको छ। ऊ पानीबाट फलाममा परिणत भएको छ।



(११) आइतेम्पा : ―प्रजातन्त्रको खिल्ली उडाएर गरिव–निमुखाहरुको पसिनामा स्वर्गीय आनन्द मनाउने सम्पतशम्सेरप्रति रोष र आइतेम्पा जस्ता श्रमजीवि जनताप्रति सहानुभुति जनाइएको आइतेम्पा कथाले आर्थिक असमानताको अन्त्य हुनुपर्ने कुरा वकालत गरेको छ। श्रमको फल श्रमजीविले नै उपभोग गर्न पाउनुपर्छ। काम नगरी दाम पाउने अपेक्षा गर्नेहरुलाई नाङ्गेझार पार्नुपर्छ। यसका लागि सम्पर्ृ्ण श्रमजीविहरुमा विद्रोही भ्ाावना जाग्नुपर्छ। सम्पर्ृ्ण श्रमजीविहरु एक भएर एक मतमा अडिग रहन सके सम्पतशम्सेर जस्ता दलालहरु आ–आफै पाखा लाग्छन् भन्ने स्वर गुञ्जाएको कथा हो– आइतेम्पा।



(१२) जृ्नकीरीको सृ्73मशिखा : ―बैदारे र मृ्लघरे जस्ता समाजका गोमन साँपहरु पापकर्म पखाल्नका लागि कम्युनिष्टको झ48डामुनि आउँदा र पार्टीले स–सम्मान स्थान दिँदा बुधे जस्ता इमान र जमानमा विश्वास गर्ने असली कार्यकर्ताको मुटु पोलेको छ। हिजोका खंुखार अपराधीहरुलाई आज सुनपानी छर्केर चोख्याउँनुपर्ृ्व नेतृत्ववर्गले ध्यान पुर्याउनुपर्ने हो। तर त्यो हुन नसक्नु नै बुधे जस्ता असली कार्यकर्ताको मन कुडिनुको कारण हो। आफृ्ले बडो सम्मान र आस्थाका साथ सिलाएको हँसिया र हतौडा अंकित प्यारो ध्वजा बैदारे र मृ्लघरे जस्ता मिचाहाहरुको घरमा फरफरिएपछि बुधेलाई सहिनसक्नुहुन्छ। ऊ क्रोधले युक्त हुन्छ। ऊ ती झ48डा आफ्नो कब्जामा लिन खोज्छ। उसको मनोकांक्षा कसैले बुझदिदैनन् र उल्टै पागलको संज्ञा दिएर धुलिखेलको पागलखानामा थुन्दछन्। यसरी जताततै मुर्दाशान्ति छाउँछ। एक कर्मठ, योग्य र सक्षम कम्युनिष्ट कार्यकर्ताको पलाएन हुन्छ। अन्यायीहरुका विरुद्धमा आवाज उठाउँदा उल्टै सास्ती खेप्नुपरेको कारुणिक दृष्य कथामा कैद गरिएको छ। जनतालाई शक्तिहीन निरीह प्राणीको झु48ड सम्झनेहरुलाई खबरदारी गर्न भने कथा पछि सरेको छैन।



(१३) यानीमाया : ― यस कथामा जनयुद्धको एक सिपाहीको कारुणिक अवसानलाई मृ्ल आधार मानिएको छ। यानीमाया अभागी मानिएका हरेक मुक्तिकामीहरुको मुक्तिकार्यमा अहारात्र खटिरहेकी एक निडर पात्र हुन्। श्रीमान्ले जनयुद्धका क्रममा पहाडभन्दा गह्रौँ मृत्यु वरण गरेपछि यानीमायाको जीवन उनकै अधुरा सपनाहरु पुरा गर्नमा केन्द्रित भएको छ। उनी सरकारी सुरक्षाकर्मीको कलुषित नजरबाट बच्दै युद्धका लडाकुहरुलाई सामलखाजा पुर्याउने काम गर्छिन्। सुरक्षाकर्मीको अपराधिक सोचलाई छक्याएर उनी ज्यान बचाउन सफल पनि हुन्छिन्। यिनै कुराहरुमा केन्द्रीत छ कथा – यानीमाया।



(१४) आत्मप्रवञ्चना : ― विद्यार्थी, गाईगोठाले जस्ता सामान्य जनजीवनका सामान्य मानिसहरु पनि असामान्य तवरले अग्रगामी पाइलाहरु पछ्याइरहेको अवस्थामा पनि आफ्नातर्फबाट उचित कार्य हुन नसकेको स्वीकारोक्ति म पात्रले गरेको कुरा कथामा वर्णित छ। उज्यालोको यशोगान गाउने मन उनमा पनि छ तर अझसम्म पृ्रा भएको छैन। उज्यालो भविष्य बनाउने काममा अहोरात्र खटेर बलिदानी दिएकाहरुप्रति अघोरै प्रभावित म पात्र आफृ्लाई अग्रगतिको उपासक बनाउने अठोटमा कटिबद्ध छन्। यिनै कुराहरुको सेरोफेरोमा फनफनी घुमेको कथा हो – आत्मप्रवञ्चना।



(१५) निसान्तघडी : ―भ्रष्टचार गरी अकुत सम्पत्ति कमाएको आधारमा अख्तियारको कष्टडीमा परेको बावु, प्रेमिकाले त्यागिदिएको प्रेमि (छोरो) र कमजोर आमा जस्ता पात्रहरुको सेरोफेरोमा निसान्तघडी कथा घुमेको छ। निसान्तघडी कथाले प्रेमको सच्चा परिभाषालाई पनि अघि सार्ने काम गरेको छ। –सच्चा प्रेमले त त्यागको कामना गर्छ। बलिदानीको माँग गर्छ र संकटका बखतमा सहयोगका पाखुरी फिँजाउँछ। यहाँ भनेजस्तो पे्रम कथामा छैन। त्यहाँ त पैसामा र देहमा आधारित कमजोर प्रेमको बखान छ। पैसा र देह मध्ये कुनै एक कमजोर भयो कि तुरुन्त को तु तुहिहाल्ने प्रेम कथामा चर्चा गरिएको छ। मुलुकसँग गद्दारी गर्ने एक भ्रष्टखोर परिवारको अवसानको कथा हो – निसान्तघडी।

(१६) अनचितियाको लगौंटी : ―कसैलाई लाज छोप्ने लगौंटीको अभाव कसैलाई भने पार्टीको प्रचार प्रसारका निम्ति हजारौँ गज कपडाको थुप्रो। यस्तो विषमताजन्य परिस्थितीलाई कथावस्तु बनाएर लेखिएको अनचितियाको लगौंटी कथाले मान्छेको मन हुनेहरुको हृदय पगाल्दछ। यस कथाका केन्द्रीय पात्र अनचितियाले गरिवीको रेखामुनि धसिएका नेपालीहरुको प्रतिनिधित्व गरेका छन्। उनीसँग लाज छोप्ने लगौँटीका लागि कपडाको धरो छैन तर रतिलालसँग कपडाको थुप्रो छ। लोकलाई लाज देखाउँनुभन्दा चोरेर भए पनि लाज ढाक्नु वेस हो भनेर रतिलालले टाँगेको पार्टीको तुल चोर्दछन् अनचितिया। राजनैतिक पार्टी भनेका जनताका निम्ति हुन्। जनता नै जीवन ज्यृ्न नसक्ने गरी कहालिएको अवस्थामा पार्टीको प्रचार प्रसार गरिरहनु आवश्यक पर्दैन। यस कथाले राजनैतिक पार्टीहरुले कहालीलाग्दो अवस्थाबाट जनतालाई मुक्त पार्दिए त्यो नै प्रचार प्रसार हो भन्ने कुरालाई औधी मार्मिक ढंगले अघि सारेको छ।



(१७) स्वलाप : ―जनयुद्धको क्रममा पति मारिएकी एक विधुवाको स्वलापलाई कथ्यवस्तु बनाएर जन्मेको कथा हो–स्वलाप। जीवन भनेको दुःख, वेदना, आँसु, हाँसो, यन्त्रणा, दमन, प्रतिरोध, घात, प्रतिघातहरुकै चेप हुँदै बग्ने गर्छ। यहाँ पनि विधुवा नारी आफृ्ले पति गुमाए पनि आफ्ना दुई छोराहरु बाबुको बाटोमा हिँडेकोमा सन्तोष मान्दछिन्। उनका छोराहरु क्रान्तिको मैदानबाट उनलाई चिठीमा लेख्छन्― क्रान्तिको महाअभियानमा पस्नु, यस्तो विश्वविद्यालयको विद्यार्थी हुनु मेरो अहो भाग्य हो। यहाँ जो पनि आजीवन विद्यार्थी नै रहिरहने रहेछ। सिकेर सिकी नसकिने अथाह कुराहरु रहेछन् यहाँ। जानेर जानी नसकिने अनन्त कुरा रहेछन् यहाँ। यहाँ यस्तो पनि देखियो आमा! युगौयुगदेखि उत्पीडनमा परेर लाटिएका जीब्राहरु छुराजस्तो धारिलो भएको पनि देखियो। सन्दुक खोल्न नजान्ने हातहरु बन्दुक चलाउन जान्ने भएको पनि देखियो। टोपीमा, तन्नामा दिनभरि कार्चोपी बुट्टा भर्ने बहिनीहरु कम्मरभरी कार्तुसको माला भिरेर युद्धको गीत गाउँदै रनबन चाहरेको पनि देखियो। कपुरी क नजान्ने हातहरु –हामी निरंकुशताका कैदी हैनौँ स्वतन्त्रता, समानता र न्यायका सेनानी हौँ भनेर भित्ता भित्तामा गर्जना कोर्ने भएको पनि देखियो। यस विश्वविद्यालयको प्राङ्गनामा त यस्तो लाग्छ ― हावाको सुसाइभित्र जुलुसको तुमुल ध्वनी मिसिएर आएजस्तो , गृहिणीले घुमाएको जाँतोमा जनता खाने घुन कीराहरु, मकैकोदोसँगै पिसिएर आएजस्तो चराहरुको चिरविराहट भित्र नयाँ दिनको स्वागत गान भेटिन्छ यहाँ। नदीहरुको कुलकुलाहटभित्र धर्तीकै उमङ्ग छचल्किएको आभाष मिल्दछ यहाँ। यहाँ हरेक चीज नौलो छ, नयाँ छ। युद्ध भन्ने कुरा सिकेर जान्ने कुरा होइन रहेछ। हामी व्यवहारबाट धेरै कुराहरु सिक्दै जादैछौँ।

(१८) विभ्रम र यथार्थ : ―टंकनाथ जस्ता जनतामा भ्रमको वीउ छरेर झुटको खेती गरेर मोटाएका राजनीतिज्ञहरुको नालीबेलीलाई यस कथाले अघि सारेको छ।। जनताको श्रमबाट महल बनाएर ऐयासी जीवन भोग्ने नेताहरुको कल्याण कहिल्यै हुन्न। यस कुराको धोषणा विभ्रम र यथार्थ कथाले गरेको छ।



एक शिक्षकका आँखाले यी जनताका हरेक किसिमका समस्याहरु बुझ्न सकिदैन। एक स्रष्टाका आँखाले भने जगत्लाई नै नियाल्न सक्छ। साहित्यकार पुन्य कार्की जनताका सच्चा स्रष्टा हुन्। जनयुद्धका कथा लेखनमा नाम कहलिएका वरिष्ठ साहित्यकार ऋषिराज बरालका हाराहारीमा साहित्यकार पुन्य कार्की पुगेका छन्। उनको कलम साह्रै ती73ण छ। बिझ्ने काम गर्नेहरुको झाँको झार्नु र अन्यायमा परेकाहरुको उद्धारमा आफ्नो श्रद्धा झल्काउनु कार्कीको लेखनीको अभीष्ट हो। अढाई करोड नेपालीको मुक्तिको लागि योगदान दिएकोमा साहित्यकार पुन्य कार्कीको कलमलाई साधुवाद नभन्दा अन्याय गरेको ठहर्दछ।







नन्दलाल आचार्य

तपेश्वरी : १, उदयपुर







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम