Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कृती समिक्षा
९६ वटा कार्टुनहरूलाई समेटेर निस्किएको छ व्यङ्ग्य अनुभूति - [2008-07-22]

अनुभूति सर्जकः राजवंशी पवन

प्रकाशकः जनकवि गोकुल जोशी अध्ययन अनुसन्धान प्रतिष्ठान

पृष्ठः ९६+१८,

मूल्यः रु.२००



झापाबाट समसामयिक घटनाक्रमप्रति तीखो नजर राख्दै आएका पवनका ९६ वटा कार्टुनहरूलाई समेटेर निस्किएको छ, अनुभूति। वरिष्ठ कार्टुनिष्ट वात्स्यायनको विचारमा कार्टुनमा प्रायः अत्यन्त कम शब्दहरूको प्रयोग गर्नु पवनको विशेषता हो। त्यही कारण वात्स्यायन उनमा चर्चित एवं ख्यातिप्राप्त कार्टुनिष्ट बन्न सक्ने खुबी देख्छन्। पुस्तकमा समसामयिक राजनीतिसँग सम्बन्धित मात्र होइन सामाजिक कार्टुनहरू पनि समेटिएका छन्।



पवनका कार्टुनका विषयवस्तुले स्थानीय बिर्तामोडदेखि राजधानीसम्म विचरण गरेका छन्। संविधानसभाका सम्बन्धमा उनले सचेतन अभियान नै सञ्चालन गरेजस्तो गरी अनेक कार्टुन बनाएका छन्। उनको रेखाचित्रमा धेरै कुरा समेटेर पाठकलाई अल्मल्याउन खोजिएको छैन। तर सोचमा उनले अझ् बढी परिमार्जन र परिपक्वता देखाउने

ठाउँ छ।





from: himal







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम