Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कृती समिक्षा
लीला धारणा र कथाहरू (कृष्ण धराबासी) - [2008-07-22]

पछिल्लो समय मैले पढेको किताब हो, लीला धारणा र कथाहरू । रत्नमणि नेपालले यसमा लीला व्याख्याका साथमा नौ थान कथा समेटेका छन् । ३० वर्षेखि लीला चेतनाबारे ढिलो या छिटो, धेरै या थोरै, चुपचाप या हल्ला नभएका होइनन् । तर, एक दशकयता अलमलमा परेका पाठकहरू केही न केही स्पष्ट भएका छन् । कतिपये लीलालाई भ्रमको लेखन पनि भनेका छन् । मेरो विचारमा बरु यो भ्रमलाई चिनाउने लेखन हो ।

त्यसो त लीला लेखनलाई उत्तरआधुनिकताको नक्कल र प्रगतिवादको विरोधमा आएको भ्रमपूर्ण लेखन नभनिएको होइन । उत्तरआधुनिकतामा पूर्वीय जीवन पद्धतिको अंश पनि छैन । त्यसलाई हुबहु पश्चिमी रूपमा स्वीकार गर्ने हो भने हाम्रो मौलिकता रहँदैन । वास्तवमा लीला पूर्वीय अध्यात्म, जीवन पद्धति, संस्कृति अनि साहित्यमा आधारति छ । तर, यसले देवत्व वा चमत्कारलाई स्वीकार गरेको छैन । अहिले त मार्क्सवादी लेखकले समेत लीलामा आधारति भएर लेख्ने अघोषित इच्छा गरेको अवस्था छ ।

बुझेर लेख्यो भने लीला लेखन हो, लेखन भने विशुद्ध दार्शनिक बोध हो । सधैँ अर्काले दिएको हातहतियारबाट मात्र चल्दैन । कहिलेकाहीँ घरेलु लाठी, भाला र मुङ्ग्रोको पनि काम आउँछ । हाम्रा मन्दिरका टुँडालमा यौन चित्र छन् । हामीले उन्मत्त भैरवको निर्वस्त्र सालिक या शिवलिङ्गलाई पुजेका छौँ । यसलाई पश्चिमा फ्रायडवाद वा अस्तित्ववादी आँखाले पोर्नोग्राफी कलाका रूपमा हेरियो भने भ्रम सिर्जना हुन्छ । पूर्वीय संस्कृतिमा सन्तानोत्पादनका दृष्टिले यौनको सम्मानित स्थान छ । लीला आफ्‍नै धरातलको चिन्तनको विकास भएको हेर्न चाहन्छ ।

किताबमा रत्नमणिका नौ थान कथाले नेपाली आख्यानमा नै नयाँ बाटो दिएको छ । कथाको विशेषता के छ भने, अन्तिम अध्यायमा नपुगुञ्जेल केही पनि थाहा हुँदैन । जस्तो- सोध्न बाँकी छ । केटी कहाँकी हो भन्ने पनि चाल पाइन्न । उनले पूर्वीय जीवन पद्धतिलाई नजिकबाट नियालेका छन् । लीलाबोध प्रविधि मात्र नभएर साहित्यिक-सामाजिक मान्यता हो । तर, नयाँ कमिजको बाहुलामा हात हाल्न अप्ठ्यारो त हुन्छ नै ।





from: nepal weekly







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम