Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
हास्यव्यङ्ग्य
माप चिडियाखाना -(खगेन्द्र सङ्ग्रौला) - [2008-07-23]

सहिदलाई सम्झेर नयाँ नेपालको मधुर कल्पना बुनिरहँदा विचित्रको सपना देखेँ । सपनामा नयाँ नेपालको एउटा दृश्य मेरा आँखासामु आएर छम्छम् नाच्न थाल्यो । खिरलिो जीउ भएको अग्लो गोरा हातमा नोटबुक र सिसाकलम बोकेर काँधमा क्यामरा भिरेर अघि लागेको थियो । ऊ एक खप्पिस अनुसन्धानकर्मी पर्यटक थियो । उसका पछाडि थियो होचो कदको नेपाली गाइड । बौद्धिक गाइडकर्ममा ऊ पनि कम निपुण थिएन । ज्ञानपिपासु पर्यटक नयाँ नेपालको नवीन यथार्थको अवलोकन गर्न आतुर थियो । उता गाइडचाहिँ चतुर गोराका गहन प्रश्नहरूको सटीक उत्तर दिन सकुँला कि नसकुँला भनेर चिन्तातुर थियो ।



गोरा र गाइड अग्लो गोलाकार पर्खालबीचको वृत्ताकार द्वारबाहिर पुगे । द्वारमाथि मनै हर्ने कलात्मक अक्षरमा 'माप चिडियाखाना' लेखिएको थियो । गोराले आङ्ल भाषामा सोध्यो, "गाइड, यो मापको माने के हो ?"



"माप माने मानव-पशु हो, सर ।"



"असम्भव !" गोराले विस्मय प्रकट गर्‍यो ।



"नयाँ नेपालमा यो असम्भव सम्भव भयो, सर ।" सहज भाकामा गाइडले भन्यो ।



"मानव मानव हुन्छ, पशु पशु हुन्छ । इहलोकमा मानव र पशुको यो मिसावटी कसरी सम्भव छ, गाइड ?"



"यस चिडियाखानामा अनौठा जीव छन्, सर । ती दोपाया हुन् । ती बोल्छन् । त्यसैले बाहिरी रूपमा ती मानव हुन् । तर, पूरापूर नैतिकच्यूत हुनाका कारण सारमा ती पशुमा पतीत भएका छन् । त्यसैले सर, माप भनेको यो रूप र यो सारको अनौठो सङ्गम हो ।"



"अओ, नयाँ नेपाल !" गोरा चकित भयो ।



गोराले द्वारछेउको सानो झ्यालमा एक सय अमेरकिी डलरको प्रवेश-टिकट काट्यो । अनि, ती दुई भाइ भित्र पसे । भित्र प्रथम दृष्टिमै बडो मनोरम दृश्य देखियो । पाँच-सात मिटरको दूरीमा सफा बाटोको वारपिार िलहरै जेलको गोलघर टाइपका ससाना १० वटा घर छन् । बाटोको दुवैतिर ढकमक्क फुलेका छन् नाना रङका फूलहरू । भुइँमा जापानी दूबोको जीवनमय हरयिाली छ । र, ठाउँ-ठाउँमा छन् कञ्चन जलका ससाना कुण्डहरू । मानौँ त्यो सुन्दर कल्पनामा रचिएको परीलोकको अति आनन्ददायी दृश्य हो ।



सेरोफेरोको दृश्यबाट पुलकित हुँदै गोरा पहिलो गोलघरको आँखीझ्यालमा पुग्यो । भित्र वृद्ध मानव-पशु भित्तामा अडेस लागेर बसेको थियो । उसको मुख फस्नरजस्तो केही चीजले जाम गरएिको थियो । उसका अगाडि थालमा भात थियो र भातको छेवैमा थियो कलकलाउँदो घाँस ।



"ओ गाइड, यो भात र घाँस यहाँ किन एकसाथ ?"



"किनभने सर, उसमा मानव र पशु सँगसँगै छन् ।"



"मित्र, यो मानव-पशुसँग यसो केही बात मार्न पाइन्थ्यो कि ?"



"बात मार्न सख्त मनाही छ, सर ।"



"त्यसो किन ?"



"यसले बोल्दा यसभित्रका विषाक्त किटाणुहरू वायुमण्डलमा प्रसार हुन्छन् । त्यसैले गर्दा हुँदी...। "



"ती केका किटाणु हुन्, गाइड ?"



"भ्रष्टमतिका, सर ।"



"अओ ! मापभित्र भ्रष्टमतिका किटाणुहरू । कति चाखलाग्दो !"



गोराले उमङ्गसाथ टेप र नोटबुक दुवैमा वार्ताको बेहोरा टिप्यो । अनि, विभिन्न कोणबाट भ्रष्टमतिको फोटो खिच्यो । त्यसपछि ती दोस्रो गोलघरमा पुगे । त्यहाँ अधबैँसे मानव-पशु बाघ कराएझैँ घुर्दै लमतन्न सुतेको थियो । दृश्यमा अघिल्लो गोलघरको कार्बनकपी दृष्टिगोचर भयो । थालमा भात, भातको छेवैमा घाँस । दुई गोलघरका भित्ताको अर्को साझा दृश्यले प्राज्ञ पर्यटकको मनमा उत्कट खुल्दुली जगायो । भित्तामा एउटा अजीव आकृति अङ्कित थियो । अनुहारमा मोसो पोतिएको त्यस आकृतिका शिरमा श्रीपेच थियो ।



"गाइड, भित्ताको त्यो अनुहारबिनाको अनुहार कसको हो ?"



"यो भूपू राजा ज्ञानेन्द्र शाहको हो, सर ।"



"अहो, राजाको अनुहार किन मोसोभित्र भूमिगत भएको हो ?"



"मानवीय दृष्टिले देखाउन नमिल्ने भएर, सर ।"



"अओ, अघिल्लो गोलघरमा पनि...!"



"हो सर, यी सबै मानव-पशुगृहका भित्तामा उही तस्िबर छ ।"



"कारण ?"



"कारण के हो भने सर, अनुहारविहीन यो अनुहार यी सबै मानव-पशुको प्रेरक, मार्गदर्शक र संरक्षक हो ।"



"त्यो केमा नि, गाइड ?"



"अनेकथरी भ्रष्टाचार गर्नमा, सर ।"



"अओ, मैले बुझेँ ।"



"थ्याङ्क्यु, सर !"



अल्पविश्रामपछि वार्ताले पुनः गति लियो ।



"गाइड, श्रीपेचधारी यी जीव जीवितै छन् ?"



"छन्, सर ।"



"हँ ! कहाँ छन् यी ?"



"सर, नाटकीय पलायनपछि यी मोरक्कोमा शरण परेका छन् ।"



"अओ, नेपाली मोनार्क मोरक्कोमा !" गोरा मुसुमुस हाँस्यो ।



वाकवाकी लाग्ने गन्धको प्रहारले गोरा एकाएक अत्तालियो । गन्ध त त्यहाँ छँदै थियो तर मानव-पशु चिडियाखानाप्रतिको असीम चाख र दुर्दान्त जिज्ञासाले गर्दा उसले त्यसको उतिविधि चेत पाएको थिएन । अहिले भने राम्रैसँग चेत पायो ।



"अओ, क्या गन्ध ! यो बर्बादी के हो, गाइड ?" उसले नाक अँठ्याएर ओठ चलायो ।



गाइड मुसुमुसु हाँस्यो मात्र ।



गोराले बल्ल देख्यो, प्रत्येक गोलघरको छेउमा खोरभित्र एउटा हुँडार राखिएको रहेछ ।



"गाइड, मानव-पशु चिडियाखानामा यी कुरूप हुँडार किन छन् ?"



"पर्यटकहरूलाई मानव-पशुको चिनारी दिन सजिलो होस् भनेर, सर ।"



"कसरी, गाइड ?"



"सर, हुँडारले जसरी सुम्सुम्याउँदै हात घुसारेर सुधो सिकारको ज्यान लिन्छ, यी मानव-पशुहरूले त्यसरी नै भ्रष्टाचार गरेका थिए ।"



"अनि यो गन्ध ?"



"यो हुँडार र मानव-पशुको मिश्रति गन्ध हो, सर ।"



"अओ, कस्तो कुरा !"



"त्यै त, सर ।"



गोरा तेस्रो गोलघरको आँखीझ्यालबाट भित्र नियाल्न थाल्यो । त्यहाँको मानव-पशु सानो छिद्रबाट हुँडारलाई हेररिहेको थियो । उता हुँडारका आँखा पनि उसमाथि स्िथर भएका थिए । मानौँ, ती दुईमाझ मिहिन चारिित्रक सादृश्य छ ।



सबै गोलघरको अवलोकन गरसिकेर गोरा र गाइड एउटा रूखमुनिको काठे चौतारीमा बसे । अब लाग्यो गाइडका अगाडि जिज्ञासु गोराका बाँकी प्रश्नहरूको ताँती ।



"गाइड, यो मानव-पशु चिडियाखानामा जोजो छन्, यी को हुन् ?"



"यी राजनीति र कूटनीति, सेना र प्रहरी, निजामती सेवा र न्यायपालिकाका उच्चतम भ्रष्टहरू हुन्, सर ।"



"गाइड, यी सब निर्दलीय व्यवस्थाका उपज हुन् ?"



"होइन सर, यिनमा बहुदलीय व्यवस्थाका पनि छन् ।"



"अओ, मल्टी पार्टी डेमोक््रयासीका भ्रष्टहरू पनि !"



"ज्यू, ज्यू ।"



"गाइड, यिनमा शिक्षा र स्वास्थ्य क्षेत्रका सेवकहरू त नहोलान्, होइन ?"



"ती पनि छन्, सर ।"



"अओ, शिक्षा र स्वास्थ्यका पनि ? पत्याइनै नसकिने कुरा !"



"राज्यका सबै अङ्गलाई भ्रष्टाचारको सङ्  क्रामक रोगले आक्रान्त तुल्याउँदा शिक्षा र स्वास्थ्य क्षेत्र मात्रै कसरी पो अछूत रहून् र, सर ।"



"अओ, अन्बिलिभेवल !"



"कुरो साँचो हो, सर ।"



अलिबेर घोत्लिएर गोराले अलि पृथक् बान्कीको प्रश्न सोध्यो, "गाइड, विचारको रङ्का दृष्टिले नि ?"



"सर, यहाँ पीत, नील र लाल सबै रङ्का भ्रष्ट छन् ।"



"अओ, लाल भ्रष्ट धेरै नराम्रो !"



"नील र पीत भ्रष्टचाहिँ कम नराम्रा हुन् त, सर ?"



"तथापि...उम्, आ, अओ !"



गोराले पलभर गम खायो । अनि, प्रश्नको पन्तुरो पुनः फुकायो ।



"गाइड, माप चिडियाखानामा यिनै १० जना किन ?"



"सर, भ्रष्टहरूमध्ये यी टप टेन हुन् । कसैगरी सच्चिन नसक्ने टप टेन !"



"अओ, अओ ! इनकरििजबल टप टेन ! अँ, गाइड, यस चिडियाखानाका सुन्न लायकका अरू केही विशेषता छन् कि ?"



"सर, यो नयाँ नेपालको मूल आयस्रोत हो । "



"हो र, गाइड ?"



"हो, सर ।"



"उसो भए बन्धु, भ्रष्टहरूको यस पुस्ताको शेखपछि मुलुकको आयस्रोतको निरन्तरता कसरी होला ? नयाँ नेपालमा भ्रष्टहरूको अर्को पुस्ता हुर्काइँदैछ कि ?"



गाइड अलमल्ल पर्‍यो । भ्रष्ट कतै एकलासमा उत्पादन गरनिे दुष्ट होइन । ऊ जन्मिने र हुर्किने थलो राज्य र समाज हो, जहाँ नयाँ नेपालमा भ्रष्ट उन्मूलन अभियान गतिमान थियो । यी भ्रष्टहरूको भौतिक अवसानपछि राज्यको आयस्रोत के हुने हो त ? यो अनुत्तरति प्रश्नले गाइडलाई रन्थन्यायो ।



"माफ पाऊँ सर, यो प्रश्न मेरो जानकारीबाहिरको पर्‍यो ।"



"उसो भए वैकल्पिक आयस्रोतबारे नयाँ नेपालका शिल्पीहरूले केही सोचेका छैनन्, हैन्त गाइड ?"



"हाम्रो चिन्तन परम्परा अलि फरक छ, सर ।"



"मतलब ?"



"हाम्रोमा एक बाली भित्र्याएपछि त्यो खाई नसकुन्जेल अर्को बालीको चिन्ता गरँिदैन ।"



"अओ, ह्वाट् अ लुम्पेन थिङ्किङ् ?"



"चिन्तनमा यो नेपालको आपmनै मौलिकता हो, सर ।"



"उसो भए भ्रष्टहरूको यो लाभदायक पुस्ता मरेपछि नयाँ नेपाल भोकले मर्नेछ, कि कसो गाइड ?"



निपुण गाइड निरुत्तर भयो । पर्यटकले जिज्ञासाको दिशा परविर्तन गर्दै सोध्यो, "गाइड, यी भ्रष्टहरू आपmना आफन्तहरूसँग मनका कुरा कसरी लेनदेन गर्छन् ?"



"केवल इसाराले, सर ।"



"यिनलाई एसएमएस गर्न छूट छैन ?"



"छैन, सर । शब्दको साँघु तरेर किटाणुहरू बाहिर बस्तीमा पुग्लान् भन्ने डर छ ।"



"अओ, विचित्रको विचार !"



गोराले भ्रष्टहरूका नाम जान्न मन गर्‍यो । गाइडले तिनका आफन्तहरूका नाक नकाटिऊन् भनेर नामको सट्टा 'भ्रष्ट नम्बर' को चलन चलाइएको जानकारी गरायो । नाम टिप्न नपाउँदा बरा गोरा खिसि्रक्क पर्‍यो ।



"गाइड," गोराले अन्तिम जिज्ञासा प्रकट गर्‍यो, "यीमध्ये सर्वोच्च भ्रष्ट कुन हो ?"



"पहिलो गोलघरको भ्रष्ट नम्बर एक हो, सर ।"



"ऊ कताको को हो, गाइड ?"



"ऊ भूपू सैनिक जर्नेल हो, सर । अन्तिम राजा ज्ञानेन्द्रको नजिकको नातेदार ।"



"अओ, हिज मजेस्टी ज्ञानेन्द्र !" अहिले भने गोरा दङ्ग पर्‍यो । अनि, भ्रष्ट नम्बर एकलाई एउटा प्रश्न सोध्न गाइडछेउ उसले अनुमति माग्यो । "प्रश्न सोध्न एकदमै निषेध छ सर, कारण मैले अघि नै बताइसकेँ," कर्तव्यपरायण गाइडले नम्र निवेदन गर्‍यो । गोराले तैपनि जिद्दी गर्न छाडेन, "जो लाग्ने दस्तुर दाखिला गर्न म तयार छु । गाइड, मेरो एक मात्र इच्छाबारे सम्बन्धित अधिकारीछेउ निवेदन गरपिाऊँ ।"



गाइडले मोबाइलबाट 'माथि' निवेदन गर्‍यो । अनेक अनुनय-विनयपछि एक हजार अमेरकिी डलर दस्तुर बुझाउने सर्तमा माथिको आदेश प्राप्त भयो । बोलीबाट बस्तीतिर नैतिक प्रदूषणका किटाणुहरू प्रसार हुन नपाऊन् भन्ने हेतुले भ्रष्ट नम्बर एकको गोलघरवरपिर िविषाक्त ग्यास छरयिो । ग्यासबाट जोगिन गोरा र गाइडले नाकमा सुरक्षित नकौरा लगाए । अनि, पूर्वसैनिक जर्नेल एवम् पलायित राजा ज्ञानेन्द्रका निकट नातेदार भ्रष्ट नम्बर एकलाई गोराले सोध्यो, "ओ गुर्खा, जीवनमा तिम्रो अन्तिम इच्छा के छ ?"



भ्रष्टले मानौँ चेलाले कण्ठ गरेको उत्तर गुरुलाई बुझाएझैँ हत्तपत्त भन्यो, "सर, म अर्को जुनीमा पनि भ्रष्ट हुन पाऊँ !"



गोरा खित्का छाडेर हाँस्यो, "अओ, रोयल भ्रष्ट कति साह्रो प्रतिबद्ध !"









साभार: नेपाल साप्ताहिक





तपाईंको प्रतिकृया

Dherai ramro lagyo tapaiko yo byanga kina bhane ajako pura rajnaitik bhrasta haruko byanga.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम