Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
निबन्ध, संस्मरण
बेलिज कतै घाम कतै छाँया (केदार “संङ्केत” ) - [2008-07-28]

मन्द गतीको चिसो हावाको बेग सँङ्गै दिनले कोल्टे फेरिसकेको थियो। नौजवानहरु आवस्यक सामानहरु लिएर अगाडी लागिसकेका थिए। केही क्षण पश्चात सबै सामानहरु चेक गर्छन र आ–आफ्ना समुहका कमन्डरहरुले। घामको आधा भाग ब्यारेककै अवस्थित पश्चिम तिरको चर्चको चुच्चोले छेक्ने जमर्काे गरिरहेको थियो। शिशिर यामको जाडोले गर्दा रुखका पातहरुले बिभिन्न रंङ्गमा बिभाजित भएर हरियो चउरमा बुट्टा भरेका थिए, मानौ एउटा महङ्गो गलैचा धनाढ्यको घरमा बिच्छाए झैं।





तीन महिने ट्रेनिङको लागि यूके छाडेर बेलिज तर्फ लाग्नुपरेकोले होला ब्यारेकका छेउछाउ राखेका टेलिफोनका बूथहरु खालिथिएनन्। कसैले कतै न कतै फोनमा नम्बरहरु घोचिरहेकाथिए। केहिक्षणमै हामीहरु बसमा कोचिन पुग्छौ। बसको चक्का साउथसर्नि तिर गुड्न थाल्छ। किनकी यूकेको कुनैपनि आर्मी बटालियन र फौजीहरु ब्ााहिर प्रस्थान हुनभन्दा अगाडी त्यहां चेकिङ गरिन्छ। केहि घ48टामानै हामी त्यहांंं पुग्छौ। त्यहांको हाकिमहरुद्वारा सामान चेक गरिसकेपछि हामीहरु ब्राइजनर्टन सैनिक हवाई अड्डातिर लाग्छौ। त्यहांं पुग्दा परेलाको घुम्टोले आराम गर्न खोजिसकेको हुन्छ तर पनि चिया र कफीको चुस्कीले निन्द्रानै फटाइदिन्छ। आधाघ48टा पश्चात हामी सबै बेलिज तिर प्रस्तान गछर्ेैा।





बेलिजमा प्रस्थान गर्नुको मुख्य कारण जंगली सैनिक यूद्धकलाको अभ्यास गर्नु थियो। त्यस्ता खालका सैनिक अभ्यास गर्नुको मुख्यकारण भविस्यमा आइपर्ने खतखराको सामना वा प्रतिकार गर्न सक्नु हो। तिनै अभ्यासहरु सिक्नका लागी टू पारा बटालियन अन्तरगत पर्ने सी गोर्खा कम्पनी बेलिज तर्फ प्रस्थान गरेको थियौ।





हवाई उडान लामो भएको कारणले गर्दा जहाजमा पट््यार लाग्नु सोभाविकै थियो। तर पनि म यी चन्चले नयनहरुलाइ हवाइजहाजको 137यालबाट अलिक पर सम्म दृष्टिको लागि यी आँखाका ढकनीहरु उघारी राख्ने जमर्काे गर्दै थिए। हुनत खुल्ला आकाशमा मैले देख्ननै के सक्थेर? केवल बादलका काउली आकारका गुच्छाहरु ब्ााहेक। बादलका बिभाजित सेता गुच्छाहरु बेलाबेला टुक्रिन्थे अनि पुन जोडिन्थे मेरामनहरुझंै। हर्कुलेस आकाशमा स्वतन्त्रसंड्ड उडिरहेको थियो। उडानचालकद्वारा केहिबेरमै क्यानडाको बोर्डाेक्स बिमानस्थलमा अबतरण गर्ने संङ्केत पायौं। जहाज बिस्तारै पृथ्बीको सतहतिर झर्न थाल्यो। क्यानडाको हरियो जङ्गल र उच्च पहाडहरु हिंउका ढिस्काहरु टल्किन थाले। समुन्द्रकेा सतहभने मलाइ बरफ जमेको जस्तो भान भयो न छालनै देखिन्थ्यो न पानीका जहाजहरुनै। किनभने त्यहाँको तापक्रम माइनस आठ डिग्री सेल्सिएस थियो। केहिक्षणमा हामी क्यानडाको बोर्डाेक्स बिमानस्थलमा उत्रियौ। चिसो हावाको सिरेटोसँङ्गै आ–आफ्नो सामान बोकेर खाना खाने कक्षतिर लाग्यौ। खाना पछि त्यो रात त्यहीनै बस्ने भएकाले हामी सबै १०५ जनाको जमात एयरपोर्टभित्रनै होटेलमा गएर बस्यौ। बिमानस्थल भित्रै होटेललगाएत अरु बिभिन्न सुबिधाहरु अडरग्राउडमा बनेका थिए।





भोलिपल्ट बिहानको खाजाखाएपछि हाम्रो जहाजले दक्षिणी मार्ग लियो। क्यानडाबाट करिव सात घण्टा पश्चात बेलिजको अन्तराष्टि्र्रय बिमान स्थलमा स्थानिय समयअनुसार अपरान्हको चार बजे पुग्यौ। गमर्ीेत छदैथियो, तर त्यहांको धुलो र भौगोलिक बनावटले मलाई यूरोप संम्झन बाध्य तुल्यायो। मनमनै सांेचे यूरोप भनेको यूरोपनै रहेछ। यी खैराजातीहरु हामी लाल बर्णका मान्छेहरुभन्दा धेरैनै पहिल्यैनै विकशित र विवेकशील भएका रहेछन्।





बेलिजको टेर्निङ क्यम्पबाट हामीलाइलिनआएको बसमा चड्यौ। बाहिरबाट हेर्दा बस नभएर इण्डियाको टाटा कम्पनिको ट्रक जस्तै थियो। अगाडी ट्रकको भागत छदैथियो तर पछाडी भने जबरजस्ती सिटहरु राखेर बसको आकारमा परिणत गरिएको थियो। जे जस्तो बसको आकार भएपनि बसभित्र एयरकन्डिसन लगाएको कारण लेगर्दा केहिहदसम्म चिसोको राहत भने मिल्यो।





सुरुका केही दिनहरुमा त्यहां लाग्न सक्ने रोगहरु, स्थानिय बासिन्दाको आचरण, ट्राफिकका नियम, र जंड्गमा जांदा ख्याल राख्नुपर्ने कुराहरु आदी ईत्यादीका बारेमा प्रशिक्षण गरियो। कम्तिमा हामीहरुले एक महिनामा तीन हप्ताभन्दा बढी जंङ्गली वातावरणमा रमिनु थियो। त्यहांको उष्ण सदाबहार जंङ्गगलको परिशमावेश शितलको शहारा त मिल्थोनै तर त्यो भन्दापनि बढी भने पिउने पानीको आवस्यकता बढि पर्नजान्थ्यो। प्रतेक तीन वटा गु्रपमा छुट्टाइएका जवानहरुले आ– आंफ्नो कामको निपूर्णताको लागि बढि ध्यान दिनुपर्ने आबवस्यक थियो। बेस क्यम्पबाट झण्डै छ घण्टाको लामो यात्रा पछि मात्र हामीहरु ग्वाटेमाला नामक तेर्साे खोलाको दोभानमा रासन पानीका साथ हाम्रो कम्पनीको जत्था त्यहाँ पूग्यौ। पुग्नुभन्दा अगावै बाटामा बिभिन्न खालका दृश्यअबलोकन गर्ने मौका मिल्यो। धुलेबाटाहरु, कफी र चियाका बगानहरु, नरिवल र केरा घारी, जुनारका बगैचा, कागती खेती, सडकका दांया र बांया थापिएका टुक्रेपसलहरु र नेपाली पनको काठलेबनेका धरानका जस्ता घरहरुले मलाईत त्यो छ घण्टाको बाटोमा अल्छी र आलस्य को अनुभब बिनानै गन्तब्य स्थानमा पुगियो। बेलिजको बासिन्दाहरुको रुप रंङ्ग झ48डै नेपालीहरुसँङ्ग मिल्दो जुल्दो कारणलेहोला त्यहां सामान बेच्न बसेका कालाजातिका नतमस्क बैसालु यूबतीहरु बढिआकर्सित देखिन्थे हाम्रा अल्लरे जवानहरुसंङ्ग।





त्यहांको भौगोलिक बनावट नेपालको जस्तै भएको कारणले गर्दा धेेरैजसो पहाडनै पहाडले ढाकेता पनि समथल भू– भागहरु नभएको भने होइन। जंगलमा बढि बिसालू सर्प र जीब जन्तु पाउने कारणले गर्दा केही घटना घटेमा रेडियो मार्फत हेलिकप्टर मगाएर समस्यमको समाधान गर्न सकिन्थ्यो।





दायाँ बायाँ जंङ्गल र खोलाको छेवैमा हाम्रो ट्रेर्निङक्यम्प भएको कारणले गर्दा दिनभरी जस्तोसुकै ट्याक्टिसका किर्याकलापहरु गरेतापनि प्रायः रातको समयमा भने ती कुराहरु हुदैन थिए। त्यसैले साँझपख खोलाको किनारमा गएर माछा मार्दा निक्कै रमाइलो हुन्थ्यो। बल्छिको टुप्पामा फौजी रासनमा पाउने बिस्कुट पानीमा मुछेर चारोको रुपमा राख्दा भुरा माछाहरुको भुटुवा बेलुकुको तरकारीको लागि मनग्य हुन्थ्यौ। ग्वाकेमालाको खोलालाइ बाधबांधेर पौडी खेल्नको लागी एउटापोखरी पनि बनाएका थियौं। दिनभरीको गर्मी र थकाइलाइ मेट्न हामीहरु बेलुकुपख प्ाौडी खेल्ने गर्दथ्यौ। साँझपख कराउने झ्याउकिरि र बिभिन्न खालका चराहरुको कर्कसस्वरको चिरबिरी आवाजले मनमा एकप्रकारको आनन्दको अनुभूती गराउथ्यो। हामो्र दैनीक किर्याकलापहरु यसरीनै बित्दै थियो।





प्रत्येक हप्तामा ब्मखभलतगचभ तचबष्लष्लन को लागि जंङ्गलबाट जर्जके टापूमा बिभिन्न खालका पनीमा खेलिने जस्तै : धष्लम कगचाष्लन , धबतभच कपष्, मष्खष्लन र कअगदब मष्खष्लन हरुजस्ता खेलहरु प्ाालै पालो खेल्न पठाइन्थ्यो। दोस्रो हप्ता हाम्रो ग्रुपले पनि उक्त टापूमा जाने मौका पायौ। वरिपरि समुन्द्र, बिचमा सानो टापू र राम्रा– राम्रा घरहरु, मिलाएर रोपिएका नरिवल र सुपारीका बोटहरु र तिनका लटरम्म फलेका दानाहरु, चिसो समुन्द्री तटको हावा, हरियो नरिवलका पातले छापेर बनाइएका टहरोमा बिभिन्न चिसो पेय पदार्थ बेच्ने पातला लुगालगाका बियराहरुले मनै नलोभ्याएको भने होइन।





दुइ दिनत wind surfing सिक्दानै बितिहाल्यो। एकतर्फी गएपछि हावाको गतीलाई काटेर फर्किनै नसकिने। तर मित्र काजीमान लिम्बु : MC



(Military Cross ले बिभुषित हुनुहुन्छ उहां) लाइ भने राम्रो सँङ्ग आउदथ्यो र अलि अलि सिकियो पनि उहां बाट। तर जति गर्दा पनि पारा नआए पछि साथी पुष्प जी लाइ सबै सुम्पेर भलिबल खेल्न तर्फ लागे। दिनको तेस्तै दुइबजेको हुनुपर्छ। हावा तिब्र थियो। प्रचण्ड गर्मीलाइ पनि हामी बेवास्ता गरेर उत्साहपूर्बक खेल्दै थियांै। अचानक तारा भाइ “मेघ भाइको खुट्टा बोटले” भन्दै अतालिएर आउनुभयो। हामी सबै दौंडेर समुन्द्रको किनारमा पूग्यौ जहां हाम्रो एउटा टीम पानीबोट खेल्न गएका गिए। मेघको सरिरबाट रगतका धाराहरु बगिरहेका थिए। पानी बोटबाट अचानक उनि समुन्द्रमा खस्न पुगेछन् र पानीबोटको इन्जिन घुमाउने पंङ्खाले बायां खुट्टा, बांया करड्, बाँयानै पाखुरामा गम्भीर चोट लाग्न पुगेछ। साथी बिनोद र डाक जी भएर रगतको रोकथामको प्रयास गरिरहेका थिए तर पनि रगत बगिनै रहेको थियो। टिमका कमाण्डर क्यप्टेन टिका लिम्बुज्यूले बोटबाट निकालेर कोठातर्फे लाने सल्लाह दिएपछि कोठातिर लग्यांै। टेलिफोनबाट हेलिकप्टर बोलाउल खोज्यांै तर सम्पर्क हुननसकेको कारणले गर्दा मैले ३२० भन्ने एच एफ रेडियो मार्फत हेलिकप्टर मगाए। केहि क्षणमै अबतरण भयो। हेलिले ट्रेनिङ क्याम्पको अस्पताल सम्म पुर्याए पनि त्यहाँ उपचार गर्न नसक्ने भएको कारणले गर्दा अमेरिकाको मायमी अस्पतालमा लगियो। त्यहांका चिकित्सका हरुको अथक प्रयासले गर्दा आज मेघ राई पहिलेको जस्तो नभएतापनि साधारण हिडडुल गर्न भने सक्नु हुन्छ। उहाँ हाल गोर्खा संग्राहलय कोलचेस्टमा कार्यरत हुनुहुन्छ। आउदा दिनहरुमा उहांको स्वास्थ्यमा अझ सुधार आवस भन्ने हाम्रो कामना छ। उक्त घटना बाहेक बेलिज गएका हाम्रो जत्था सकुसल छमहिने ट्रेनिङ सकेर यूके फर्कियौ।







केदार “संङ्केत”

इराक, बाज्रा








तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम