Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कृती समिक्षा
लिम्बूवानको राजनीति (यशोदा तिम्सिना) - [2008-07-29]

लिम्बूवानको राजनीति

स्रष्टा: भवानी बराल, कमल तिगेला लिम्बू

प्रकाशक: बुक क्लब प्रकाशन

पृष्ठ: २५०,

मूल्य: २०० रुपिया“



नया“ नेपाल निर्माणको कुरा भइरहेको र सङ्घीय लोकतान्त्रिक प्रणालीमा देश प्रवेश गररिहदा लिम्बूवानको नालीबेली लिएर दुइ युवा पाठकसामु प्रस्तुत भएका छन् । मुख्यतः लिम्बू या किरा“तहरूको इतिहासमा केन्द्रित छ, लिम्बूवानको राजनीति । सङ्घीयताका आधारमध्ये जातीयता एक हो भने लिम्बूवान त्यसबाट विमुख हु“दैन भन्ने सन्देश छ । इतिहासलाई केलाएर वर्तमानस“ग जोड्ने कडीका रूपमा विगतमा भएका सङ्र्घष्ा, लिम्बूहरूको माग, भविष्यमा हुनसक्ने रेखाङ्कनको सेरोफेरोमा लेखकको कलम बाधिएको छ ।



इसाको ११औ“ शताब्दीदेखि विक्रम सम्वत् ०६४ साउन २८ गते राज्यसग लिम्बूवान क्षेत्रका प्रतिनिधिले गरेको वार्तासम्मका क्रियाकलापलाई पुस्तकमा समेटिएको छ ।



पुस्तकले समेटेको अर्को पक्ष हो, जनआन्दोलनपछि लिम्बूवान राज्यले गररिहेको गतिविधिको सङ्कलन । लिम्बूवान राज्यको परकिल्पना, इतिहासको पुनःखोजी र विधिवत् रूपमा राज्यस“ग माग गरएिका कुरालाई लिपिबद्ध गरएिको छ । लिम्बूवान प्रदेश हुनका निम्ति चाहिने भाषा, लिपि, जनता, भूमि, संस्कृति आदिको कुनै कमी नभएकाले पनि यसलाई स्वायत्तता दिइनुपर्छ भन्ने जिकिर गरएिको छ ।



देश सङ्घीयतामा जाने निर्णय गरिसिकेको र संविधान लेखनीको कार्य हुन लागेको यस अवसरमा पुस्तकले राज्यले लिने निर्णय बारेमा बहस प्रारम्भ गर्नेछ । रमाइलो त के छ भने पुस्तकका एक जना लेखक गैरलिम्बू हुन् । दुवैको पृष्ठभूमि पत्रकारतिा हो ।







from: Nepal weekly






तपाईंको प्रतिकृया

I am mr. limbu kumar thankyou so much yasoda for your help.no comment.

No comment, im so happy.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम