Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कृती समिक्षा
लिम्बुवानको राजनीति नसेलाउने विषय (उप प्रा. हरिप्रसाद दाहाल) - [2008-07-30]

नेपालका किरातहरुको इतिहास उज्यालो छ । निरन्तर राजवंशहरुले शासन गरी आएको ऐतिहासिक सृङ्खलामा किरात दोश्रो राजवंश हो । किरात वंशले ३२ पुस्तासम्म शासन गरेको इतिहासले पुष्टी गरेको छ । स्वदेशी विदेशी सबै इतिहासकाररुले पद्धतिसंगत शासन गर्ने यो पहिलो राजवंश भएको स्वीकार गरेका छन् । लेखकहरुले यो कृतिमा धेरै पूर्व प्रकाशित सामाग्रीहरुको प्रयोग तथा दस्तावेजहरु उल्लेख गरेका छन् । प्रयुक्त सामाग्रीको सन्दर्भ दिएर लेखकीय धर्म निर्वाह गरेकाले किरातहरुको नालीबेली बुझ्न सरल भएको छ । जिज्ञासुहरुलाई किरात के हो र लिम्बुवानले चाहेको के हो यो कुरा थाहा पाउन पनि सजिलो भएको छ ।



रोचक र सुचनाप्रदायी यो कृति सबै स्तरका पाठकले पढ्न सक्ने भएकाले यो पक्ष पनि प्रसंशनीय छ । समग्रमा किरातको गौरबशाली इतिहासले निकै आनन्दित तुल्याउने र इतिहासको निर्माणका सन्दर्भमा पनि यसले सहायक सामग्रीको काम गर्ने विश्वास गर्न सकिन्छ । पुस्तकमा प्रयोग भएका एकलब्य हाङ र किरात राजाहरुको क्रम उल्लेख गर्दा यलम्वरलाई २७ औं नम्बरमा राखिनु चाँही उचित देखिदैन । अहिले सम्म्ाको स्थापित मान्यता किरात राजवंशका संस्थापक यलम्वर हुन् र कर्कपेटि्रक लगायतले उनलाई प्रथम स्थानमै राखेका छन् । यी वोद्धिक बहस ल्याउने कुरा हुन् । यतिमात्र होइन यति धेरै ऐतिहासिक सामाग्रीहरु एकै ठाउँमा संकलित पुस्तक अरु छैनन् । पुराना र वर्तमानका राजनीतिक संगठनका सबै सामाग्री यहाँ प्रयोग भएकाले यो गौरवपूर्ण छ । जस्ताको तस्तै दस्तावेज प्रयोग हुनु ठूलो सहयोग हो । राष्ट्र निर्माणका लागि राष्ट्र निर्माणका सन्दर्भमा साना तिना त्रुटीहरु क्रमशः सच्चिने छन् । संसारमा त्रुटिरहित इतिहासको कल्पना गर्न लेख्न सहज छैन ।



चर्चित पुस्तकले नेपाली समाजलाई मानव विश्वविद्यालय स्वीकार गरेको छ । नेपालको विविधता भित्र वैभवशाली इतिहास बोकेको लिम्बू जातिलाई सगौरब राष्ट्र का रुपमा उपस्थित गराइएको छ । जाति र राज्य इतिहासमा फैलने र खुम्चने प्रकि्रया त प्रकृतिसम्मत सत्य हो । पछिल्लो कालमा छरपष्ट भएको यो लिम्बुवानलाई पुनः जागृत गराउने यसको मुख्य अभिप्रायः हो । भारत र सिक्किमसम्म फैलेका लिम्बुवानका श्रोत वैभव र जातिलाई पुनर्जिवित गरेर अब राष्ट्र बन्न सक्ने अवस्था तयार भइसकेकाले त्यसमा तयार रहन र बिलम्व नगर्न आव्हान गरिएको सन्दर्भ इतिहास सम्मत छ । सुगौली सन्धी नेपालका लागि आपमानजनक थियो छ पनि । नेपालको राष्ट्रियताको क्षयीकरण त्यसैवाट प्रारम्भ भयो । लिम्बुवानलाई पनि त्यसवाट क्षति पुगेको कुरा विस्रनु हुँदैन । तर समय निकै अगाडि बढिसकेको छ । यही भूखण्डमा रहेका लिम्बूहरु र लिम्बुवानवासीहरुको आधारभूत संरचना हेर्दा केन्द्रीय राज्यसँग आफ्नो चिनारीसहितको अधिकार माग्न संकोच मान्नु पर्ने अवस्था छैन ।



पुस्तकले आधुनिक राजनीतिशास्त्रका स्थापित मान्यतालाई पनि समेटेको छ । राष्ट्र राज्य बन्ने परिभाषा तत्व र आधारहरु मिहिन ढंगले उल्लेख गरिदिएकाले पाठकहरु यसवाट प्रष्ट हुन सक्छन् । राष्ट्रिय राजनीतिक आधारमा राष्ट्रियता राष्ट्रिय स्वाधिनता र राष्ट्रिय मुक्तिका कार्यदिशाहरु प्रस्टयाइएको हुँदा खुलेर आएको छ ।



प्रस्तावित लिम्बुवान आर्थिक दृष्टिले सम्पन्न्ा हुने स्पष्ट छ । जलश्रोत कृषि प्राकृतिक श्रोत साधनले यस क्षेत्रवाट बाँकी क्षेत्रलाई अहिले भइरहेको आपूर्ति यदि यही क्षेत्रमा मात्र सिमित भएमा आर्थिक असन्तुलन उत्पन्न हुने हो कि भन्ने तर्फ अर्थविज्ञहरु अलि चनाखो भएको पाइएको छ । लेखकहरुले अर्थ राजनीतिको त्यो पाटोको छुट्टै अध्ययन नगरी लिम्बुवानको मात्र अध्ययन प्रस्तुत गर्नु भएकोले त्यो पाटो अध्ययन हुने नै छ ।



२००४ सालदेखि २०४७ साल सम्मका कुनै पनि संविधानले नेपालका राष्ट्रियता वारे चर्चा गर्ने साहस नगरेको राष्ट्रियता सम्वन्धी एकाङ्गी चर्चाले लिम्बुवानको प्रसंग पनि ओझेल परी आएको हो । राष्ट्र निर्माणका खेलाडीको नियत नै प्रस्ट नभएकाले समस्या कहिल्यै समाधान भएन । राष्ट्र निर्माणको विधिनै गतिलो हुनुपर्दछ । अहिले विधि निर्माणको समय हो नेपालको । यही समयमा समयोचित आएको यो पुस्तक त्यतै तिर परिलक्षित छ । नेपाली जनताको छ दशक पुरानो संविधानसभाको चाहना अहिले पुरा भएको छ । अव सभाले बनाउने संविधानमा संघीय राज्यबारे सवैले प्रस्ट हुनु जरुरी छ । समय गुमेमा यो अधिकारबाट जनता सदाकालागि विाचत हुनेछन् ।



आशा लाग्दा भनिएका कम्यूनिष्ट पार्टीहरु पनि स्थापनाको प्रस्थान बिन्दुमा पुष्पलाले प्रस्तुत गरेको विचारवाट अगाडि वढन नसक्नु अहिले राजनीतिक दलहरु मात्र सार्वभौम हुन जनता अद्र्धसार्वभौम हुनु जस्ता विसंगत परिस्थिति विद्यमान छदै छ । किनभने जनवीरोधी काम गर्नेलाई प्रत्याव्हान गर्ने र समानुपातिकवाट चुनिएका संविधानसभा सदस्यलाई पार्टी छाप मान्न वाध्य हुनु पर्ने जस्ता कुराले अब वन्ने संविधान कस्तो होला र राष्ट्रिय राज्यहरुको हक कसरी स्थापित होला भन्ने तर्फ यसले जनतालाई निकै सचेत रहन आँखा खुलै राख्नु पर्ने संकेत गरेको छ । यो समय पनि सोम शर्माको सातुको घैटो जस्तो स्वप्न भंगमा अन्त्य हुने खतरा टरीसकेको छैन । राष्ट्रिय राजनीतिक दलहरु कसैले पनि लिम्बुवानको कुरा प्रवलरुपमा उठाएका छैनन् । यसबाट पनि यो शंका गर्न सकिन्छ कि दलहरु घोषणापत्रमा केन्द्रीत हुनु पर्दा अगाडि वढ्न सहज हुने देखिदैन । त्यसेले जनदवावको खाँचो अझै पनि उत्तिकै रहेको तर्फपनि चनाखो हुनु जरुरी छ ।



अहिलेको राजनीतिक जागरणको समयमा जरुरी लिम्बुवानको स्वायत्तताको कुरा अगाडि वढेको छ त्यति घनिभूत अन्य कुनै क्षेत्रको छैन । यस विषयमा विद्धतमण्डलीका खोटा विचारहरु पनि यहाँ समेटिएका छन् । भूमी जाति भाषा संस्कार इतिहास र परम्परा हेर्दा सो क्षेत्रमा बसोबास गर्ने अन्य जातिको पनि सहयोगी भूमिका यहाँ प्रष्ट हुँदा केवल नामको पछाडि लाग्ने खोटा विचारको कुरा हो यो । अल्पसङ्ख्यकहरुको वहुलता भएको हाम्रो देशमा मेलमिलापवाट नै पुनः संरचित हुनु पर्छ भन्ने कुरामा समेत काजुस्याई गर्नु साह्रै संकुचित विचार हो । यसलाई खोटा तर्क नभनेर के भन्ने यसतर्फको संकेत हो लेखकद्वयको ।



समय सान्दर्भिक र गहकिलो पुस्तक तयार गर्नु भएकोमा देखकद्वय वधाईका पात्र हुनु हुन्छ । एउटा महत्वपुर्ण मिशनमा पुस्तक अगाडि वढेको छ । आन्दोलन अगाडि वढीसकेको अवस्थामा ढिलो छिटो यसले आकार ग्रहण गर्ने कुरामा विश्वास गर्न सकिन्छ । सामन्ती राज्यसत्ताको अन्त्य हुने कुरा त ऐतिहासिक सत्य हो यसवाट हामी अपवाद हुन सक्तैनौं । राजनैतिक सिक्वेन्समा लगाउने जोकर जस्तै तुरुपहरु बनाउन कुनै पार्टी वा शासकले सक्दैनन् । लेखकद्वय स्वयम् आन्दोलनको अग्रदस्तामा हुनु भएकोले लेखाइमा विश्वास पनि झल्किन्छ । सवैको साथ सहयोग अपेक्षित छ ।

२०६४ फगुनमा प्रकाशित ुलिम्बुवानको राजनीतिु पुस्तक ज्यादै महत्वपूर्ण समयमा प्रकाशित भएको छ । यसले गम्भीर विषयलाई उठान गरेको छ । इतिहास वर्तमान दस्तावेज र परिशिष्ट गरेर ४ भागमा ५७ अध्याय भएको यो पुस्तक लेखक द्वयको राम्रो मेहनतको सुन्दर उत्पादन हुन पुगेको छ ।

पुस्तकमा भएका भाषा तथ्यमा केही तलमाथि अप्ठ्यारा कुराहरु तथा यसको आग्रह पक्षबारे यहाँ चर्चा गरिएको छैन । क्रमशः चर्चा भइरहनेछन् । पुस्तकको अध्ययनका लागि जिज्ञासुवर्गलाइ यसले उर्जा दिनेनै छ ।






तपाईंको प्रतिकृया

Dear Hari prasad dahal, Bhawani baral and Kamal tigela limbu I am mr.limbu from hong kong very very happy for your support about LINBUWAN.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम