Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
विविध (पाठक पृष्ठ)
को को हुन् ऋण नतिर्ने काला व्यापारी ? - [2008-07-30]

विभिन्न बैङ्कबाट व्यवसाय सञ्चालन गर्न भनी ऋण लिएर नियतवश नतिर्ने ऋणीको नाम प्राप्त भएको छ ।



बैङ्क तथा वित्तीय संस्था ऐन, २०६३ बमोजिम कारवाही गर्ने मन्त्रिपरिषद्को गत मङ्सिर २९ गतेको निर्णयअनुसार उनीहरूलाई कालोसूचिमा समावेश गरिएको हो । सरकारले कालोसूचिका ऋणीहरूलाई सरकारी वा सङ्गठित सार्वजनिक निकायमा परामर्शदातामा नियुक्ति नगर्न तथा कुनै पदमा रहेको भए अविलम्व अवकाश दिन पनि मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो ।



बैठकले उनीहरूलाई मानपदवी वा सम्मान तथा कुनैकिसिमको सुविधा र सहुलियत प्रदान नगर्ने निर्णय गरेको र तदनुरुप गर्न सरकारका सबै मन्त्रालय, विभाग, निकाय र शाखा, महाशाखामा पत्राचार प भिइसकेको छ । नेपाल बैङ्क लिमिटेड र हिमालयन बैङ्कसमेतबाट ऋण लिई नियतवश नतिर्नेमा १) पियुषबहादुर अमात्य, २) श्रीमती गंगा अमात्य, ३) विनोदबहादुर अमात्य, ४) श्रीमती सञ्जु अमात्य, ५) दमनबहादुर अमात्य ६) हिरेन्द्रबहादुर अमात्य रहेका छन् ।



यसैगरी नेपाल बैङ्कबाट ऋण लिएर नतिर्नेमा ७) कृष्णबहादुर अमात्य, ८) रोहितप्रसाद श्रेष्ठ, ९) लालप्रसाद श्रेष्ठ, १०) रहिशप्रसाद श्रेष्ठ, ११) सोवितप्रसाद श्रेष्ठ, १२) मैत्रदेव पाठक, १३) प्रविणदेव पाठक, १४) शान्तादेव पाठक, १५) श्रीमती विमलादेवी पाठक, १६) लक्ष्मीप्रसाद आचार्य, १७) भरतराज कोइराला, १८) चिरञ्जीवी आचार्य, १९) कृष्णप्रसाद लुइँटेल, २०) मोतिप्रसाद उप्रेती, २१) रुद्रप्रसाद भट्टराई, २२) अच्युतप्रसाद रिजाल, २३) मोहन सहनी, २४) विनोद शाही -खड्गी), २५) मनोजकुमार पण्डित, २६) दुर्गादत्त पाण्डे, २७) हीम शाही जोशी, २८) प्रकाश राना, २९) पुरुषोत्तम भट्ट पाण्डे, ३०) विद्या परियार, ३१) प्रदिप रत्न तुलाधर, ३२) शान्ति श्रेष्ठ, ३३) कर्णवीरसिंह उपरकोटी, ३४) विष्णुप्रसाद थापा, ३५) गुणराज सुवेदी ३६) ऋषिराम घिमिरे रहेका छन् ।



यसैगरी नेपाल बैङ्क लिमिटेड र राष्ट्रिय वाणिज्य बैङ्कबाट ऋण लिई नतिर्नेमा ३७) मङ्तुराम अग्रवाल, ३८) कृष्णकुमार अग्रवाल, ३९) सुबोधकुमार अग्रवाल, ४०) सुरेशकुमार अग्रवाल, ४१) विजयप्रसाद लोहनी, ४२) महेन्द्रप्रसाद गौताला, ४३) केशवप्रसाद भट्टराई, ४४) लक्ष्मण केसी, ४५) श्रीमती कल्पना लोहोनी, ४६) राजकुमार अग्रवाल, ४७) राहुलकुमार अग्रवाल, ४८) सन्दीपकुमार अग्रवाल, ४९) निरञ्जनकुमार सर्राफ, ५०) सरिताकुमारी सर्राफ, ५१) शारदाकुमारी सर्राफ, ५२) अनिलकुमार जाटिया, ५३) पुष्पादेवी जाटिया, ५४) रमेशकुमार जाटिया र ५५) सुनिलकुमार जाटिया रहेका छन् । उनीहरूले नेपाल बैङ्क लिमिटेडबाट ऋण लिएका हुन् ।



यसैगरी राष्ट्रिय बाणिज्य बैङ्कबाट ऋण लिई नतिर्नेमा ५६) दामोदरप्रसाद अग्रवाल, ५७) नारायणप्रसाद अग्रवाल, ५८) वीरेन्द्रकुमार कनौडिया, ५९) ओमप्रकाश कनौडिया, ६०) विजयकुमार जुनेजा, ६१) दिवाकर चन्द, ६२) रजनी चन्द, ६३) कुशुम जुनेजा, ६४) विवेक चन्द, ६५) इन्द्रसेन अग्रवाल, ६६) विनोदकुमार अग्रवाल, ६७) श्रीमती शशी अग्रवाल, ६८) विपीन अग्रवाल, ६९) दीपमणिराज भण्डारी, ७०) रविन्द्र श्रेष्ठ रहेका छन् ।



यसैगरी हिमालयन बैङ्कबाट ऋण लिएर नतिर्नेमा ७१) जगन्नाथप्रसाद सोनार, ७२) जितेन्द्र डी भट्ट रहेका छन् भने नेपाली इण्डिष्ट्रिज एण्ड कमर्श तथा लुम्बिनी बैङ्कबाट ऋण लिनेमा ७३) महेशकुमार अग्रवाल, ७४) मोहनलाल अग्रवाल, ७५) सुरेशकुमार अग्रवाल, ७६) भीष्ममान श्रेष्ठ, ७७) संगीता त्रिपाठी रहेका छन् ।







-एफएन न्युज








तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम