Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
ब्यक्तिब्यक्तित्व
शान्त विद्रोही (राजकुमार बानिया) - [2008-08-03]

ओछ्यानमा एक जना तालुचिन्डे बूढा बसेका छन् । धर्के लुङ्गीभन्दा माथि उनले केही लगाएका छैनन् । बगलमा किताब र पत्रपत्रिका छरपस्ट छन् । सेतो झूल एक छेउमा थन्किएको छ । घर फोन त घर हातेफोनले बोलाइरहेको छ । फोनमा होस् वा वरपिर धुइरिएका धुस्रेफुस्रे अनुहारहरूको समस्या पालैपालो ध्यानपूवक सुनिरहेका छन् ।



खासमा भूपू मन्त्री मात्र हुन्, भीमबहादुर तामाङ । काठमाडौ“, सीडीओ टोलको एउटा घर -कोठा भने पनि हुन्छ) मा छन् । आजीवन दीनदुःखीहरूका माझ रहन रुचाउने तामाङका बारेमा अहिले पनि सहरमा थुप्रै 'गसिप' चलिरहेका छन्- पहिलो राष्ट्रपतिमा उठाउन खोजिएका भीमबहादुर नआएपछि रामवरण यादवलाई चिट्ठा पर्‍यो

नेपाली काङ्ग्रेसले जनजाति नेता भएर होला, भीमबहादुरलाई त्यस्तो प्रस्ताव गरेको रहेछ । तर, उनले राष्ट्रपतिको ऐतिहासिक जिम्मेवारी सम्हाल्ने त के, सोच्नसमेत सकेनन् । भन्छन्, "मैले कहिल्यै पदको रहर गरिन । पदबाहिर रहदा नै म स्वतन्त्रता अनुभव गर्छु" 'प्रोटोकल' झेल्न सकस हुन्छ रे उनलाई टेम्पो, माइक्रोबस अनि पैदल हि“ड्दा र्सवसाधारणसित हाई-हेलो गर्नुमा जति मज्जा अरूमा उनले देखेका छैनन् । कतिसम्म भने, कार चढ्दासमेत जनताको धरातल बिर्सिइने त्रास हुन्छ रे हो, कुनै बन्धन स्वीकार गर्दैनन् भीमबहादुर । सबैभन्दा प्यारो छ, स्वतन्त्रता । थप्छन्, "मलाई डेकोरेटिभ लाइफ स्टाइल बडो झन्झटिलो लाग्छ । प्रताडना लिएर बाच्नुभन्दा बिखर्ची भएर हिड्नु नै जाती ।" आजीवन निष्ठाको राजनीति गररिहेका भीमबहादुरले लोक-वितृष्णा राम्ररी बुझेका छन् । भन्छन्, "राजनीतिमा मूल्य-मान्यता र लोकलाजको ख्याल गरिए जस्तो लाग्दैन ।"



काङ्ग्रेसका पुराना र समर्पित नेता भीमबहादुर मुलुकमा गणतन्त्रले बाटो समाए पनि धेरै विश्वस्त हुन सकेका छैनन् । नया“ पुस्तासमेत सहरवादी हु“दै गएकाले उनलाई खिन्न बनाएको छ । भन्छन्, "हाम्रा विद्यार्थी सङ्गठन सहरमा केन्द्रित छन् । सहरको सानो कोटरीमा दाउ लगाउने, अमूक छोटे सम्राटलाई रिझाउने र त्यसबाटै नेतृत्वको पहिचान हुने स्थिति छ । यो पुस्तकालयको सट्टा मुकाम-मुकाममा

मन्दिर बनाउने पञ्चायत प्रवृत्तिकै निरन्तरता हो ।"



सबैभन्दा ठूलो हैसियत राख्ने काङ्ग्रेस दोस्रो स्थानमा थन्केको छ अहिले । तर, काङ्ग्रेस सुकिलामुकिला र भुइ फुट्टा वर्गको पोल्टामा गएको भन्नु भीमबहादुर तामाङलाई स्याल हुइया मात्र लाग्छ । उनको भनाइमा काङ्ग्रेसको आफ्नै संस्कृति छ ।



भन्छन्, "काङ्ग्रेसमा बहुमतलाई ओझेल पारिएको होला । काङ्ग्रेस आध्यात्मिक चिन्तनमा आधारति छ । तर, त्यो अध्यात्म धर्मकर्म वा भजन कीतन होइन । शान्त भएर बाच्ने अनि अर्काको मनचिन्ते झोली पनि भरििदने ।"



सात साले जनक्रान्तिको प्रभावमा काङ्ग्रेसको चारतारे झन्डामुनि गोलबद्ध भएका हुन् भीमबहादुर । त्यतिबेला काङ्ग्रेसको मुखपत्रमा लेखिएको हुन्थ्यो रे, भात र चिउरामा के फरक छ - चिउरा किन नछोइने र भात किन छोइने - थाक्सेको पानी पिउन हुने र दलितको पानी किन पिउन नहुने - भन्छन्, "धनमान परियारलाई महामन्त्री बनाउने पार्टीलाई राम्रो नलागोस् -"



त्यागी नेता भीमबहादुर तामाङ आफूलाई ७३ वर्षो ठान्छन् । तर, त्यसमा अलिकति बढाइदिए पनि हुन्छ । आफ्नै जन्ममितिबारे यकिन छैनन् । कसैले बूढो भनिदिदा पनि पटक्कै सङ्कोच लाग्दैन । भन्छन्, "चिनाटिपन हराएकाले कुन साल हो थाहा छैन ।" उनले जन्ममिति बरु थाहा पाएका छैनन् तर २०१४ फागुन २९ गते बिर्सर्ेे छैनन् । किनभने, त्यसै दिन उनले नेपाली काङ्ग्रेसको 'चौवन्नी सदस्यता' लिएका हुन् । भन्छन्, "१५ वर्षभत्र सबै नेपालीलाई आफूजस्तै मध्यमवर्गीय तहमा पुर्‍याउने, सबैले दूध खान पाउने, केटाकेटीले पढ्न र औषधोपचार गर्न पाउने सपना थियो बीपी कोइरालाको । हामी युवा-गुरिल्ला भएर त्यही सपनाको पुलिन्दासहित गाउ“घर पुगेका थियौ“ ।"



०१५ सालको आमचुनावका बेला पूव २ नं -रामेछाप, सिन्धुली र दोलखा)मा नारा भट्याउने काम उनकै थियो । काङ्ग्रेसको प्रतिद्वन्द्वी कम्युनिस्ट नभएर दरबारको इसारामा खुलेको गोर्खा परष्िाद् थियो । त्यस्ता पार्टी परविर्तनको भेलमा कता बिलाए कता । लगत्तै राजा महेन्द्रले पञ्चायती कुशासन लादे । जनतामा त्यसको के सन्देश गयो भने, देश राजाको मुट्ठीमा छ । राजाले चाहे जे पनि हुन्छ । विमति राख्ने कि जेल जान्छन् कि त निर्वासन । त्यसरी सुरु भयो भीमबहादुरको भूमिगत राजनीति । भन्छन्, "भूमिगत काम गर्नु रमाइलो त हो । बस् कानेखुसी गर्‍यो पुगिहाल्यो । तर, कमसल वा असलको छलफल नै नहुने ।"



आठ वर्षभारतमा निर्वासन र साढे चार वर्षलगातार जेलमा बिताए उनले । भन्छन्, "जेलमा मानसिक ह्याङ्ओभर के हुन्थ्यो भने, म थुनिएको छु । धर्ैय, अडान र अगम साहस राख्न नसक्ने हो भने जेलमा टुट्ने प्रक्रियालाई रोक्न सकि“दैन ।" जेलमा राजनीतिक चिन्तन मात्र गरेनन्, रक्सी पिउन सिकेछन् उनले । रक्सी गुरुचाहि“ रहेछन् कृष्णप्रसाद भट्टर्राई । भन्छन्, "त्यसबेला जेलमा समेत रक्सी पुगेको हुन्थ्यो ।"



बीपी कोइरालाको सरल जीवनदर्शनबाट प्रभावित छन् भीमबहादुर । भन्छन्, "राजनीतिक दिशाबोध मैले बीपीबाट पाएको हु“ । निर्वासनमा रह“दा बीपीले गरेका कुरा मैले बुभmन थालेको छु । लाग्दैछ, बीपीको मानसिक उमेरमा बल्ल पुगेको छु ।" बीपीले उनको यसरी मूल्याङ्कन गरेका छन्, "क्रिस्चियन मिसनरीहरूजस्तै हो भीमबहादुर, केही इच्छा नराख्ने, सेवा मात्रै गररिहने ।"

बीपीले बेलायत जानुअघि दर्ुइ सय रुपिया“ दिएछन् उनलाई । फर्किएपछि सोधेछन्, "मैले दिएको पैसा के गर्‍यौ त -" जवाफ दिए, "खर्च गरेर सकियो ।" फेर िसोधेछन्, "त्यति धेरै पैसा केमा खर्च गर्‍यौ -" अनि, नाजवाफ भीमबहादुरलाई भनेछन्, "तिमीले पैसाको सदुपयोग गर्न जानेनौ ।" उनी त्यही वाक्यलाई आदर्श बनाएर बा“चेका छन् । घर-गाडीजस्ता सुविधाबाट टाढा रहेर इमानदारीलाई नै आपmनो चेकबुक बनाएका छन् । बीपीको प्रसङ्ग उनलाई सबैभन्दा रुचिकर छ । भन्छन्, "बीपी कनिकुथी लेख्ने मान्छे थिएनन् । तर, घोडादौडमा लेखे पनि साह्रै बान्की परेको हुन्थ्यो ।"

जहिल्यै गाउ“लाई नै राजनीतिको आधार बनाए भीमबहादुरले । कहिले स्वयम्सेवी शिक्षक भएर त कहिले विद्यालय खोलेर सेवा गरे । यति हु“दाहु“दै पनि गत वैशाखमा सम्पन्न चुनावमा संविधानसभासद्को प्रमाणपत्र पाएनन् । चिनी रोगले सताएर इन्जेक्सन लिइरह“दा पनि पार्टर्ीीा ६०-४० को अंशबन्डा र चलखेल भएकाले उनले समानुपातिकतिर पर्खिनु ठीक ठानेनन् । भन्छन्, "मेरो हारजितको अभियान थिएन । मैले जनतालाई संविधानसभाबारे भन्नु थियो, ५०-६० वर्षम्म राजाहरूले हामीलाई सञ्चो भएर बस्न दिएनन् । अहिले आपmनो संविधान आपै“m लेख्ने महान् अवसर आएको छ ।" आपmनो राजनीतिक र्समर्पणका कारण चुनावमा विपक्षीहरूले माटोको डल्लासमेत पmया“क्न नसकेको उनको बुझाइ छ ।

त्यसो त पञ्चायतकालमा राजा महेन्द्रले उनलाई 'निर्देशन अफिसर' नदिएका होइनन् । तर, उनले अराष्ट्रिय तत्त्व (त) बनेर व्यवस्थाविरोधी कठोर सङ्र्घष्ाको मैदान रोजे । राजनीतिमा चर्ुलुम्म डुबेर उनले घरबार सम्हाल्न सकेनन् । भन्ने हो भने, अहिले उनको काठमाडौ“ बसाइ शरणार्थीजस्तै छ । वरष्िठ अधिवक्ता एवम् सभासद् राधेश्याम अधिकारीको घरको एक कोठामा उनको गुजारा चलेको छ ।



भीमबहादुर तामाङ नितान्त एक्ला छन् । एक्लै बस्ने बानी परसिकेको छ । तर, एक्लोपनभित्रै स्वतन्त्र अनुभव गरेका छन् । सुनाउ“छन्, "एक्लो मान्छेका चाहना धेरै हु“दैनन्, कसैलाई रभिmाउनु पनि पर्दैन ।" त्यसो त भीमबहादुर कुनै कुमार पुरुष होइनन् । कृषि गृहस्थी मान्यता अनुसार ५१ वर्षघि एक वर्षकान्छी मोतीमायासित मागी विवाह भएको थियो उनको । तर, अहिले उनीस“ग मोती पनि छैन, माया पनि छैन ।

त्यसो त तामाङ दम्पतीका छोराछोरी नभएका होइनन् । छोरी बिहेवारी गरेर आपmनै घरसंसारमा रमाएकी छन् भने छोरा देशबाहिर घरज्वाइ“ बसिरहेका छन् । अहिले त सर्म्पर्कसमेत छैन रे † जेल परेका बेला मोतीमायालाई बिदा गरेका भीमबहादुरले दोस्रो विवाहबारे सोच्दा पनि सोचेनन् । दँम्पत्य जीवनको कचिङ्गल नजिकबाट देखेकाले फेर िअर्को कष्ट उठाएनन् । भन्छन्, "जीवनको बटमलाइनलाई नजिकबाट नियाले“ मैले । जेलभित्र र बाहिरको मेरो दिनचर्या मिल्दाजुल्दा छन् ।" कहिलेकाही“ नेता-कार्यकर्ताको भीडबाट सताइएजस्ता पनि लाग्छन् । सुनाउ“छन्, "कहिलेकाही“ त हल्लाखल्लाले मानसिक बिरामीजस्तो लाग्छ ।"

जन्मेको छ महिनामा मातृक्षति बेहारेका र दार्जीलिङमा हजुरबाको आश्रयमा हर्ुर्किएका भीमबहादुर धर्मभीरु होइनन् । तर, अरूलाई राम्रो चिताउनु नै धर्म सम्झन्छन् । किताबी संसार, बाल संसार र हरति संसार उनका रमाइला भूगोल हुन् । बोटबिरुवाको हेरचाहमा लाग्न पाउ“दा उनलाई स्वर्गीय अनुभव हुन्छ । नेपाल कङ्गाल त हु“दै हो । भीमबहादुर आफूचाहि“ कङ्गाली नेता कसरी हुन पुगे - गरबिी उनको नियति हो कि रोजाइ -

बीपीले भनेका रहेछन्, दर्ुइ जोर लुगा भए पुग्छ । उनको विचारमा युवाहरू विलासी हु“दै गएका छन्, विलासीपनले भ्रष्टाचारलाई आड पुर्‍याउ“छ अनि त्यसले मान्छेलाई अर्कै बनाउ“छ । संस्थागत मान्यतामा आ“धीबेहरी ल्याउने राजनीतिक नेतृत्वको उदय नभएको उनको निष्कर्षछ । अहिलेका माओवादी नेता पुष्पकमल दाहाल र बाबुराम भट्टर्राईको रुसी स्टालिन र ट्राटस्कीसित तुलना गरेका छन् उनले । भन्छन्, "ट्राटस्की नमरेसम्म स्टालिन सन्चोले सुतेनन् ।"

गैरसरकारी संस्थाहरूको भूमिका कति छ त देश निर्माणमा - उनको भनाइमा एनजीओहरू चेतना जगाउनभन्दा उत्तेजना फैलाउन सक्रिय छन् । अनि, नया“ नेपाल बन्छ कसरी - गरबिी, अशिक्षा हटाउने सामाजिक-सांस्कृतिक आन्दोलनको खा“चो देखेका छन् उनले । भन्छन्, "जस्तो विनोवा भावेको भूदान यज्ञ ।"



ढल्क“दै गएको उमेरको उनलाई पर्वाह छैन । छ भने, सफेद व्यक्तित्वमा दाग लाग्ला भन्ने मात्र हो । भीमबहादुरलाई आपmनाबारेमा लेख्न र बोल्न लाज लाग्छ । तर, उनलाई जीवनी लेखाउनुभन्दा आत्मकथामा मनको बह पोख्नु ठीक लाग्छ । बर्टन्ड रसेलको आत्मकथाको एक प्रसङ्ग सुनाउ“छन्, "यहुदी र अङ्ग्रेजहरू जर्मन स्वास्नी पाउनुमा नै गौरव गर्छन् । मार्क्स र डीएच लरेन्स यसका उत्तम नमुना हुन् ।" नेपालमा पनि ००७ सालपछि ब्रि्रेका राणाहरूका बूढीकन्याहरूलाई तर्राईका जमिनदार र पहाडका सामन्तहरूले भित्र्याएको उनको भनँइ छ ।



यी भीमबहादुर तामाङ हाम्रानिम्ति बुद्ध, गान्धी या मण्डेला केही पनि होइनन् । तर, तिनको केही अंश अवश्य छ । खासमा उनी शान्त विद्रोही हुन् । उनमा सत्याग्रह छ । भन्छन्, "म स्वर्गीय कल्पनाको पछि कहिल्यै लागिन“ । देश एक्लै बनाउने पनि होइन । मैले आफूलाई मानसिक सान्त्वना दिनसकेको छु । आपmनो राजनीतिक यात्रालाई असफल ठान्दिन“ ।"





राजकुमार बानिया

from: Nepal







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम