Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
विविध (पाठक पृष्ठ)
सर्पसूक्तमन्त्र: (टिकाराम गौतम) - [2008-08-06]

नाग पञ्चमीको धार्मिक, सांस्कृतिक र वैज्ञानिक महत्वहरु त छँदैछन् , साथसाथै ज्योतिषिय हिसाबले पनि यो चाड महत्वपूर्ण मानिन्छ । विशेष गरी कसैको जन्मकुण्डलीमा काल र्सप योग परेको छ भने ती व्यक्तिहरुले नागस्त्रोत्र पाठ र नागपञ्चमीमा नाग पूजन गर्नु लाभदायक हुन्छ । राहु र केतु द्धारा सातै ग्रहहरु घेरीएर बसेको अबस्थालाई काल र्सप योग भनिन्छ । उदाहरणको लागी तलको जन्मकुण्डली हेर्नुहोस् । यो जन्मकुण्डलीमा जन्मकुण्डलीमा ५ देखी ११ अंकसम्म फैलीएर रहेका ग्रहहरुलाई राहू र केतुले घेरेर राखेका छन् । जुनसुकै जन्मकुण्डलीमा पनि राहु र केतु बीच ६ अंकको फरक रहन्छ, जस्तै, राहू १ अंकमा भए केतू सात अंकमा त्यस्तै केतु ५ अंकमा भए राहू ११ अंकमा । तर सबै कुण्डलीमा रहेका ग्रहहरु राहू र केतुको बीचमा नै पर्छन् भन्ने चाहिँ हूँदैन, यदि परेमा त्यसलाई कालर्सप योग परेको भन्निछ र जातकलाई विभिन्न दुःख कष्ट आइपर्ने, शत्रुपीडा, धननाश, स्त्री वा पुरुष पीडा सन्तानबाधा आदी जस्ता समस्याहरु आउने गर्दछन् । यसको न्युनिकरणका उपायहरु मध्ये नागपुजन तथा नागस्त्रोत्र पाठ पनि एक महत्वपूर्ण विधि हो भन्ने कुरा वृहज्योतिशागर नामक ज्योतिष शाश्त्रमा समेत उल्लेख छ ।





ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमा:।

नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सवर्दा।१।

इन्द्रलोकेषु ये सर्पा: वासुकी प्रमुखादय:।

नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।२।

कद्रबेयाश्च ये सर्पा: मातृभक्ति परामा।

नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।३।

इन्द्रलोकेषु ये सर्पा: तक्षका प्रमुखादय: ।

नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा ।५।

सत्यलोकेषु ये सर्पा: वासुकिन च रक्षता।

नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा ।६।

मलये चैव ये सर्पा: कर्कोतक प्रमुखादय:।

नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।७।

प्रार्थव्याचैव सर्पेभ्य: ये साकेत वासित।

नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।८।

सर्वग्रामेषु ये सर्पा वसंतिषु संच्छिता।

नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।९।

ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च।

नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१०।

समुन्द्रतीरे ये सर्पाये सर्पाजलवासिन:।

नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।११।

रसातंलेषु ये सर्पा: अनन्तादि महाबला:।

नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१२।









कालर्सपयोग जन्मकुण्डली: यो कुण्डली केवल उदाहरणको लागी काल्पनिक रुपमा प्रस्तुत गरीएको हो, यदि कसैको वास्तविकजन्मकुण्डलीसँग मिल्न गएमा संयोग मात्र हुनेछ ।








तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम