Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
तांका/ हाइकु
पाँच हाइकु (क्षेत्रप्रताप अधिकारी) - [2008-08-06]





सुतेकी सेती

उठेको माछापुच्छ्रे

पोख्रेली र्स्पर्श ।







फेवाको पानी

पानीमा द्यौलागिरी

जलसम्भोग ।







टुसुक्क सानी

मुसुक्क मुस्कुरायो

पुतली फूल ।







किशोरीबोट

छातीमा मीठो चोट

काचो बेलौती ।



चेतनाथ धमला का चौध हाइकु





वसन्त फक्र्यो

भुइ चिरेर उड्यो

त्यो छिचिमिरो





मकैको ढोड

तम्तमाउँदो मन

भदौको लेऊ





तिहार खोज्ने

यो मखमली कता

यता न उता





घामको र्स्पर्श

शिर निहुरयाउँछे

त्यो लज्जावती





मनको तुष

बादलको त्यो वर्षा

भ्रष्ट मौसम





जमरा वैंश

उम्रिन्छ टपरीमा

र, चढ्छ शिर





वर्षो भ्यागुतो

सधैं छ जलक्रिडा

मनको तृष्णा





दिउँसो शून्य

रातभरि संगीत

वर्षो भ्यागुतो





शून्य वासना

पैयूँ फुल्यो सेताम्मे

निरश रुख



१०

जिउको लुग्-लुग्

बिहानै निस्केको त

बुढो हिउँद



११

सेतो तुसारो

बारीभरि बुंरुरु

बिरुवा दागी



१२

कक्रक्क मुटु

नानीको सुँक्क-सुँक्क

चिसो सिरेटो



१३

रातो अक्षता

शिरभरि जमरा

अग्लो पहाड



१४

वर्षोको हिऊँ

सेताम्मे बस्त्रमाथि

दामन रुँदा ।



हेमनाथ घिमिरे

बाहुन डाँडा, लमजुङ ।

-हालः होक्काइडो विश्वविद्यालय, जापान



आरुनै हातले

आरुनै अंग काटेर

रक्त पिपासु ।



बन्दुक राखेर

परेवाको गुँडमा

शान्तिको खोज -



कापी कलम

खोसेर जबर्जस्ति

बन्दुक दियौ ।



देशको नाममा

रगत बगाउँछौ

देश रेटेर ।



बुद्धको देश

काटमार चल्दैछ

भाइ भाइमा ।



परेवा उड्ने

मेरो प्यारो धर्तीमा

गिद्ध र चिल ।



पाँच हाइकु

- धिरज गिरी कल्पित







१।



चिसो बिहान

मेरो सिरकभित्र

रैछ बिरालो ।







२।



हुस्सु र माघ

लमतन्न सडक

बाटो देख्दिनँ ।







३।



वर-पीपल

माया साट्दै होलान्

गाउँको साँध ।







४।



डाँडाको फेदी

मेरी प्रियसी र म

आत्मीय रात ।







५।



मोती झैं आँसु

नझारन मायालू

साँझको बेला ।







from: nepalface







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम