Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
तांका/ हाइकु
हाईकुको परीचय र केही हाइकुहरु - [2008-08-06]

हाइकु भन्ने वित्तिकै हामी तीन हरफे पाँच, सात, पाँच अक्षरका छोटा कविता भनेर चिन्छौँ । तिन हरफमै गहिरो भाव, गहिरो घोचपेच, गहिरो व्यङ्ग्य साथै नवै रसको प्रयोग गर्न सकिने र पाठकको मन मस्तिष्कमा तत्काल छुने हुनाले पनि यसको महत्व बढेको हुन सक्छ । विशेष गरी जापानमा प्रचलित साहित्यको यो विधा नेपालमा प्रवेश भएको यति नै भयो भनेर ठोकुवा गर्ने स्थिती नभएपनि नेपालमा यसको लोकप्रियता दिननुदिन चुलिँदै गएको पाइन्छ । हाल आएर नेपाली वरीष्ठ साहित्यकार देखी साहित्य क्षेत्रमा नवप्रवेशी लेखकहरुले पनि यो विधामा कलम चलाउन थालेका छन् ।







उद्धारणको लागि केही हाइकुहरु...







सुतेकी सेती

उठेको माछापुच्छ्रे

पोख्रेली र्स्पर्श ।







फेवाको पानी

पानीमा द्यौलागिरी

जलसम्भोग ।







टुसुक्क सानी

मुसुक्क मुस्कुरायो

पुतली फूल ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम