Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
गजल
नचाहेर पनि पाइला (इखालु रमेश गेलाल) - [2008-08-07]
 Authorइखालु रमेश गेलाल

नचाहेर पनि पाइला प्रवास तिर मोड्नु पर् यो ।

टिपेको त्यो सुन्दर फूल शिरमै नलाई छोड्नु पर् यो ।



पिरतीको बगैचामा आत्मियताको फूल गोड्थ्यौ

तर आज वालुवामा एक्लो मुटु गोड्नु पर् यो



साथमा छँदा खुसी अनि आँतभरि माया पिउथ्यौ

विवस बनी तड्पीएर नसा बोतल फोड्नु पर् यो



समयले चड्कन हान्यो हामी दुईको साथ छुट्यो

उनी पारी म वारी कल्पनाले जोड्नु पर् यो



जीवनको कुनै मोडमा नछुटीने हाम्रो कसम

हुर्कन नपाउँदै आफनै हातले तोड्नु पर् यो ॥





- इखालु रमेश गेलाल

खोटाङ बजार-१,खोटाङ ।

हालः दोहा कतार ।

E-mail: ikhaluramesh@yahoo.com





तपाईंको प्रतिकृया

khushi bhaye ramesh sir salamalikum
badai diyee ramesh sir salamalikum

Thank you very much smmar sir for your wishing comment.I will try to do best in coming days too.Just expecting coments from readers.

thanks ramesh sir for your touching gajal.Go for the best af the best in the days to come.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम