Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
गजल
पिंडा (अनिल आचार्य) - [2008-08-08]
 Authorअनिल आचार्य

संसारका सारा खुशी दिन्छु भन्दीन म,

तिमी विना एक्लो जिवन जिउँछु भन्दीन म



मुटु भरी तिमी नै छौ धड्कन भरी तिमी,

एक्लो मलाई छाड्ने छैनौ वचन देउ तिमी



लाग्छ अब तिमी विना जीउन मुस्कील हुन्छ,

टाढा हुने कल्पना नै गर्न मुस्कील हुन्छ



किन यती धेरै छायौ मुटु भरी मेरो,

तिमी नै पो हौ की अब सारा संसार मेरो



विन्ती गर्छु अब मलाई एक्लो नछोड है,

रुदै बाँच्ने विवशतामा पारी नछोड है



पिर लाग्छ छोडि मलाई कतै जान्छौ भन्ने,

एक्लै तड्पी जीउँन विवश पारी जान्छौ भन्ने







अनिल आचार्य





तपाईंको प्रतिकृया

wow ! is this your true feelings? or u just wrote!
anyway its brilliant..



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम