Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
गजल
मनका कूरा (अनिल आचार्य) - [2008-08-08]
 Authorअनिल आचार्य

आफ्ना मनका कूरा सबै लुकाई रुन्छु नभन्दीनु,

तिमीबाट टाढा भई जिउछु भनि नभन्दीनु



हज्जारौंमा शुख्ख हुन्न खुशी दिने एउटै हुन्छ,

हज्जारोंको जमात विच हराउन नभन्दीनु



मनमा राखी पुजे पछि टाढा हुने कुरै छैन,

हृदयमा तिम्रो लागी ठाउँ छैन नभन्दीनु



घृणा गरी हृदयमा मलाई ठाउँ नदिए पनि,

कठोर भई पाउमा समेत ठाउँ दिन्न नभन्दीनु

----------------------------







संसारका सारा खुशी दिन्छु भन्दीन म,

तिमी विना एक्लो जिवन जिउँछु भन्दीन म



मुटु भरी तिमी नै छौ धड्कन भरी तिमी,

एक्लो मलाई छाड्ने छैनौ वचन देउ तिमी



लाग्छ अब तिमी विना जीउन मुस्कील हुन्छ,

टाढा हुने कल्पना नै गर्न मुस्कील हुन्छ



किन यती धेरै छायौ मुटु भरी मेरो,

तिमी नै पो हौ की अब सारा संसार मेरो



विन्ती गर्छु अब मलाई एक्लो नछोड है,

रुदै बाँच्ने विवशतामा पारी नछोड है



पिर लाग्छ छोडि मलाई कतै जान्छौ भन्ने,

एक्लै तड्पी जीउँन विवश पारी जान्छौ भन्ने

-----------------------------------------------







वीष देउ पिई दिन्छु तिम्रो प्रेमले भरीएको,

मृत्यु पनि स्वीकार्य छ तिम्रो मायाँले सझीएको ।



मायाँ गरें तिमीलाई तन मन सबै दिएर,

सक्दीन म जीउन अब तिम्रो यादमा तड्पीएर ।



कसरी भुलौं तिमीलाई म हर धड्कनमा प्रवाहित छौ,

कसरी भुलौं तिमीलाई म मन मष्तिष्कमा छाएकी छौ ।



रौं रौं मा तिमी समाहित छौ अन्तर हृदयमा लीन छौ,

मुटुका हरेक कणमा तिमी अनी रगत सँगै प्रवाहित छौ ।



वयान गर्दीन तिम्रो रुपको हृदय कोमल पाएँ तिम्रो,

विगतमा फर्कीन चाहन्न म वर्तमान कुशल पाएँ तिम्रो ।



मुटु त सबैको उस्तै हुन्छ धड्कन्छ सायद तिम्रो पनि,

आँखा त पढ्न सक्दीन म भन्छ यो हृदय तिम्रै हुँ भनि ।







अनिल





तपाईंको प्रतिकृया

Anil ji mind na garnu hola ma Ganesh Khadka ji sanga ek damai sahamat chu. Kripaya aafu lai purna rupma confidence vayeko bidha ma matra kalam chalaunu hola . Aru, hajurle aune dinma gajal ko samrachana ko barema gahiro adyan garnu hunecha bhanne biswas liyeko chu.

Anil g, tapaiko creation GAJAL bhanie pani GAJAL ko samrachana bhitra naparne jasto laagyo. tyasaile yaslai Gajal bhanera gajal ko samrachana mathi prashna chinha na lagauda alik ramro hune thiyo. ra sampadan mandal le pani sahityako kun bidha kasari samrachit chha tyo bujhera matrai published garidie ramro hune thiyo.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम