Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
तांका/ हाइकु
नरिसाउनोस है नेताज्युहरु (टार्जन) - [2008-08-08]
 Authorटार्जन

ए मा ले



फकाए पछि

पोइल गइ हाल्ने

एमाले निती





कुरुक्षेत्रमा

कौरब सँग हारे

कठै माधव





जीवन भर

देशको लागि लड्या

झक्कु ले ढाल्यो





हिङ सुके नि

टालै काम लाग्याछ

वाह् माकुने







माओवादी



हिम्स्रक मन

चिथोर्ने हात हरु

पुष्प कमल



राम को नाम

रावन जस्तो मति

हिसिला पति



बन को मन्त्री

जंगल कै तरिका

भालु यदव



धेरै पढेर

काम पाए मुन्सिको

बिध्द्वान बाबु



गान्धी छाडेर

रोजेको मओत्से तुं

धोका हुने भो



कर्तब्य बोध

बिकास गर्ने सोच

कृष्ण महरा







नेपाली कांग्रेस





सुझ न बुझ

बुढो काधको बोझ

पुत्री सुजता



गाई पालेपो

दूध खान पाइन्थ्यो

बिना बिभाग



रुझ्या बिरालो

हाडी घोप्टे लठेब्रो

सेर बा'दुर



टेर पुच्छर

कसैले लाउदैन

पौडेल बाजे



गिरिजा साथ

प्रचन्ड आसिर्बाद

गृह मन्तरी



राजनीतीज्ञ

घास खाए सबैले

बैध्य साम्सद





तपाईंको प्रतिकृया

बिकल्प जी धन्यवाद प्रोत्साहनको लागि

अनु जि नमस्ते!!! मेरो जीवनमा हाइकु लेख्ने पहिलो प्रयास हो यो। मैले त यही साहित्यघर बाट नै सिखेको हाइकुको बारेमा। जे होस् पहिलो पटक कलम चालेको बिधामा पनि हजुर जस्ता स्थापित सर्जकको ध्यान खिच्न सकेकोले धेरै उत्साह बढेको छ।
शुभकामना
अनुजिको पाएर
टार्जन दंग

Ramailo! subhakaamanaa, tarzen ji!

wow Yasto po haaiku carry on Tarzen



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम