Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
विविध (पाठक पृष्ठ)
नेताहरुलाई जुत्ताको माला र कालोमोसो तयार - [2008-08-09]

हामी नेपाली जनताले काग्रेंस र एमालेको राजनितिक देखेर धेरै पहिला देखि थाकेका हौं । अहिले पनि उनिहरुको व्यवहारमा कुनै रुप/सार फेरिएको छैन । यिनीहरुवाट फेरि पनि कुनै आशा हामीलाई लागेको छैन् । फेरी यिनीहरुको खेल संसदमा सविंधान सभाका सांसदलाई खसि वोका विक्री गर्ने थलो वनाएका छन जुन केहिदिन अघि भएको राष्ट्रपति/उपराष्ट्रपति खेलमा पुन देखियो । प्रधानमन्त्रि पदवाट राजिनामा दिएर वसेका प्रधानमन्त्रि गिरिजा प्रसाद कोइरालाले र्सार्क जस्तो लाजै नमानि नैतिकता को ख्यालै नगरि श्रीलंकाको भ्रमण गरे । प्रधानमन्त्रिले त आफै नियम कानून र नैतिकता तोडछन भने हामीले किन कानून मान्नु पर्‍यो -सवै भन्दा ठूलो पार्ट्टिलाई सरकार वनाउन रोकेर आफै वनाउने प्रयास गर्छन भने अव हामीले किन चोर नेतालाई मान्नु पर्‍यो - देश किन गरिव भएको हो - गरिजालाई असफल सातौं प्रधानमन्त्रि किन वनाउनु पर्‍यो- यो देश विगारने सवै भन्दा ठूलो भूमिका खेल्ने दल काग्रेस निर्विवाद छ काग्रेंसलाई राष्ट्रपति वनाउने फोरमलाई उपराष्ट्रपति वनाउने एमाले, माले, मजदुर किसान पार्ट्टि, अमिकशेरचन, नेकपा मसाल, वाममोर्चा कस्ता कम्यूनिष्ट नेता हुन - कसका लागि राजनीति गरेका हुन राष्ट्रपति/उपराष्ट्रपति चुनाववाटै थाहा भयो । अव यिनीहरुको जनताको माझमा जाने कुनै अधिकार छैन । यि दलहरुलाई र फेरी पनि राष्ट्रलाई पछाडि धकेल्न चाहने कुनै पनि दललाई जुत्ताको माला र कालेामोसो तयार



गरिएको छ । कुनै पनि वेला यो जुत्ताको माला र कालेामोसो दल्न जनता तम्तयार भएर बसेका छन । जुन दल र नेताले राष्ट्र र जनताको विरुद्धमा संविधान सभामा हलो अडकाउने, सत्ताको लुछाचुडि गर्छन तिनीहरुलाई वानेश्वर संविधान सभाको गेट अगाडिवाटै शुरु गर्न जनता तयार भएर वसेका छन् । छिटै समिति तयार हुने भएको छ भने र्सवप्रथम अमिक शेरचनलाईनै कालोमोसो र जुत्ताको माला लगाउने कार्यक्रम शूरु हुने संम्भावना वढि छ । त्यसपछि कांग्रेस र एमालेका राष्ट्र र जनताको विरुद्धमा लागेका नेताहरुमा पनि टार्गेट हुने सम्भावना छ । यो कार्य शुरु नगरेसम्म देश अगाडि नबढने भयो । जिम्मेवार नेताहरुले सधै भरी कानून मिचिरहने भए । जो चोर उसैको ठूलो स्वर हुने भयो । यो प्रकृयालाई अगाडि नबढाउदा सासंदहरु करोड करोडमा विक्ने भए । देश खरानी वनाउने भए त्यसैले सम्पूण्ा नेपाली जनताहरुले जुत्ताको माला र कालेामोसो जम्मा गरेर राख्नु पर्ने वाध्यता आइपरेको छ भने राष्ट्रको लागि केही गर्ने राष्ट्रनेतालाई फुलमाला पनि हामीसंग छ । नेता कता जान्छन त्यसैमा उनिहरुलाई उपहार दिदैछौं । उपहार घरघरमा पनि ल्याईने छ भने सूचना वोर्डहरुमा पनि जानकारी गर्राई जनताहरुलाई आवहान गरिनेछ ।





नेपाली जनता

successroads@gmail.com







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम