Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
विविध (पाठक पृष्ठ)
उमेर ८४ वर्ष श्रीमति ८६ वटा - [2008-08-12]

बीबीसी

विदा, नाइजेरिया,

नाइजेरियाका मोहम्मद बेल्लो अबुबकर उमेरले ८४ वर्षका भए । र, उनका ८६ वटा श्रीमति छन् । तर, उनी अन्य पुरुषलाई यसलाई उदाहरण मानेर नअपनाउन सल्लाह दिन्छन् ।



आफ्ना ८६ श्रीमति र कमसेकम १७० बलबच्चाका साथ नाइजेरियामा बसोबास गरिरहेका अबुबकर भन्छन्, भगवानकै इच्छा हो कि यति धेरै श्रीमतिसँग सहजतापूर्वक रहन सकेको छु ।



उनले बीबीसीसँगको कुराकानीमा भने, एक पुरुषको यदि १० श्रीमति छ भने उसलाई बाँच्न कठिन हुनेछ, भगवानले मलाई शक्ति दिएका छन् जसका कारण म ८६ श्रीमतिलाई सम्हालिरहेको छु ।



पूर्व शिक्षक तथा इस्लाम प्रचार रहिसकेका अबुबकरकाअनुसार उनका श्रीमतिहरुले रोगहरुबाट मुक्त रहेकाले नै उनलाई रोजेका हुन् । उनी भन्छन्, म श्रीमतिको खोजीमा जाँदिन बरु उनीहरु नै मेरो खोजीमा आउछन् ।

तर, नाइजेरियाका इस्लामिक अधिकारीहरुले अबुबकरको यो दावी अस्वीकार गर्दै उनको परिवारलाई एक 'पन्थ' को संज्ञा दिएका छन् ।



इस्लामका अधिकांश विद्वानहरुकाअनुसार यदि एक व्यक्ति आफ्नी एक श्रीमतिलाई समान रुपमा आदर र सम्मान दिन योग्य छ भने उ चार महिलासँग विवाह गर्न सक्दछ । तर, अबुबकर भन्छन् कि चारभन्दा बढी विवाह गर्नेमाथि कुरानमा कुनै प्रकारको दण्डको व्यवस्था उल्लेख छैन ।

जस्तै अबुबकर बीबीसीसँग कुराकानी गरिरहेका बेला बाहिर आएका उनका श्रीमतिहरु र बच्चाहरु उनको गुनगान गरिरहेका थिए ।



उनका अधिकांश श्रीमतिको उमेर २५ वर्षभन्दा कम छ । उनका श्रीमतिहरुले बीबीसीलाई बताएअनुसार विभिन्न रोगबाट छुटकारा पाउनका लागि उनीहरुले अबुबकरसँग सहयोग माग्न गए र विमारी पनि ठिक भयो, सोही दौरान उनीहरुको विवाह भएको हो ।



शरिफत बेल्लो अबुबकरले भने, जब मैले उहाँलाई भेटेँ मेरो टाउको दुख्ने रोग हराउन थाल्यो, मलाई भगवानले भने कि अब उनैसँग विवाह गर्ने समय आयो, भगवान धन्य छन् कि म अहिले उनको श्रीमति हुँ । उनमा दैवी शक्ति रहको अनुमान गर्न सकिन्छ । अबुबकर ७४ वर्षको हुँदा आफूले बिहे गरेको सम्झँदै २५ वर्षिया सरिफतले भनिन्, मेरो टाउको नराम्ररी दुख्दा अबुबकरले उपचार गर्दथे, अनि म पूर्ण स्वस्थ हुन्थेँ, त्यस्तो मान्छेको पत्नी हुन मलाई संकोच लागेन ।



परिवारको भरणपोषणका लाग दिगो आयस्रोतसमेत नभएका अबुबकरसँग घरव्यवपहार कसरी संचालन गर्नु हुन्छ भन्ने जिज्ञासा राख्दा सबै इश्वरको कृपाबाट हुने गरेको जवाफ दिए । उनको दैनिक खर्च ९ सय १५ अमेरिका डिलर छ । अबुबकर कुनै पनि रोगका लागि औषधि सेवनको अनुमति दिदैनन् । कुनै विरामी मेरो छेउमा आएर बस्यो भने म उसको रोग पत्ता लगाइहल्छु । मन्द मुस्कानका साथ उनले आफ्नो क्षमताबारे भने ।



अबुबकरको यस्तो भनाइप्रति नजिकै बसेकी एक पत्नीले भने असहमति जनाइन् । त्यत्रो सामर्थ्य भएको भए हाम्र दुई वटा नानीको ज्यान जाने थिएन सन्तान वियोगको पीडा पोख्दै उनले भनिन् ।



पत्नीको यस्तो भनाइ भूइँमा खस्न नपाउँदै अबुबकरले इश्वरको चाहनालाई कसैले टार्न नसक्ने बताए । उनले आफ्ना मृत सन्तानलाई सम्झेर शोक गर्नु व्यर्थ रहेको बताए ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम