Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कृती समिक्षा
कविताहरूको रेखाचित्र (गणेश भण्डारी) - [2008-08-14]

नयाँ कवि खगेन्द्र राना जलानको कविता सङग्रहका हरफहरू पढ्दै गर्दा म परपर पुग्छु । जहाँ वषा र झरीको यो बेला जनमुक्ति सेनाहरू एकलास जङगलका बीचमा अलकत्राले बनेका कच्चा झुप्राहरूमा पानी-तपनी र अभावहरूसँग जुद्धैछन् । भर्खरै जस्तो लाग्छ जनमुक्ति सेनाले जित्दा-जित्दै यात्रा रोकेर ब्यारेक र अस्थाइ छाउनीहरूमा बस्न थालेको ।समयसारिणी गर्दैगर्दा २ वषा बित्दै नयाँ नेपाल निर्माणका निम्ति सामन्तवाद र सबैखाले शोषक, दमन र उत्पीडन विरुद्ध उत्सर्ग र बलिदानका कोटाहरू पूरागर्दै जनमुक्ति सेना यसको दिन-चर्या झन्झन् बेहाल बन्दै गएको स्थिति छ । हिजो १० वर्षे भिषण वर्ग-सङंघर्ष र जनयुद्धका सुखदुःख जनता बीचमा बाँढ्दै स्वतन्त्ररूपले जनताका बीचमा बाढ्दै जनतासँग रुँदै र जनतासँगै हाँस्दै आएको जनमुक्ति नयाँ अभियानको थालनीका निम्ति नयाँ नेपाल निमार्णको अभियानलाई शसक्त पार्नको लागि बडा धैर्यताका साथमा सर्वाधिक अभाव र सर्वाधिक यातना खपेर क्यान्टमेन्टमा बसिरहेको छ । कहिले सानो बतासको झोक्काले उडाउँछ ब्यारेकका पालहरू र छानाहरू भताभुङ्ग बनाउँछ । कहिले झरीले बेहालै बनाउँछ खोकिला, कहिले एकलास जङगलको बीचमा झाडीबाट निस्कन्छन् विषालु सर्पहरू र डस्छन् मुक्तियोद्धाहरूलाई । चटयाङ्-असिना र हुरी र वषर्ा, घाम र पानी, लामखुट्टे र भुसुनाहरूको टोकाई ,कहिले खानाको खोजीमा भौँतारिँदै, कहिले नानाको लागि सङघर्ष गर्दै, कहिले छानाको प्रबन्धका निम्ति ठूलो स्वरले बोल्दै बढो धैर्यतापूर्वक बसिरहेको छ जनमुक्ति सेना ।



हो जनमुक्ति सेनाले युद्धको सर्वाधिक पेचिला दिनहरूमा प्रतिक्रियावादी स्वेत सत्ताका आतङ्कहरूलाई निस्तेज पार्‍यो । हामी कल्पना गर्न सक्दैनौ जनमुक्ति सेना नभइदिएको भए आफ्नै कूल-विनाश र वंशहत्या गरेर सत्तासीन सामन्ती ज्ञानेन्द्र शाही माघ १९ पछि सर्वसाधारण जनतामाथि आतङक लादेर प्रजातन्त्रका नाममा बाँचिरहेका हुन्थे । हामी कल्पना गर्न सक्तैनाँै जनमुक्ति सेना र माओवादी जनयुद्ध नभइदिएको भए सामन्ती उत्पीडन र अत्यचारका विभीषिकाहरू पिएर नेपाली जनता कति वर्षसम्म अन्धकारमा पिल्सिएर बाँच्न पथ्र्यो ।



माओवादी जनयुद्ध, जनसेना र जनआन्दोलनको पराक्रमले अहिले समय बदलिएको छ, र सङघर्ष पनि बद्लिएका छन् । जनताको एकीकृत सङघर्षबाट सामन्तवाद र यसको राजनीतिक प्रतिनिधि राजतन्त्र ढलेको छ । देश एउटा युगीन फट्को मार्दै लोकतान्त्रिक सङघीय गणतन्त्र -मय भएको छ । जनताको त्यत्रो त्याग, समर्थक, बलिदान र उत्र्सग पछि प्राप्त गणतान्त्रीक आरचरण र आवेश हैन । संसदीय दलहरू हिजोकै दुरुह व्यक्ति केन्दि्रत, दल केन्दि्रत स्वार्थी मनोवृत्ति र आचरण, मनोवृद्धीबाट मुक्त भएका छैनन् । आवश्यकता छ युग र समाजलाई परिर्वतन गर्दै नयाँ नेपालका सुन्दर खाकाहरू कोर्ने संसदवादी संविधानसभाको चुनावपछि पनि जनताले दिएको नयाँ जनादेश, नयाँ म्यान्डेट र नयाँ निर्णयलाई स्वीकार गर्न सकेका छैनन् । स्वार्थलम्पट भएर उनीहरू पदको पछिपछि असिनपसिन भएर दौडिरहेका छन् । जनताका समस्याहरू राष्ट्रियताका समस्याहरू जस्ताकोतस्तै छन् । जनजीविका झनझन भयावह बन्दैछ ।



खगेन्द्र राना जो जनमुक्ति आन्दोलनका एक जनयोद्धा हुन । उनी जनमुक्ति सेनाको छैठौं डिभिजन मुख्यालय दशरथपुर सुर्खेतमा छन् । उनको कविता सङग्रहमा क्यान्टोमेन्टले यस्तै भाव ब्यक्त गरेको छ । उनको कविता सङग्रहभरि जनमुक्ति आन्दोलनको क्रममा देखेका भोगेका अनेकौँ ब्यक्तिहरूको कलात्मक अभिव्यजना र बान्कीहरूले कविताहरू सजिएका छन् । उनका कविताहरूमा अनुभूतिको तीव्रता छ, उनका कविताहरू अन्याय र अत्याचार, शोषण र दमनका विरुद्ध छन् । उनका कविताहरू यौद्धिक सम्वेदनाका विभिन्न पक्षहरूले गर्दा उनका कविता सङग्रह पहिलो सङग्रह भएर पनि त्यो विषेश गरु·ो कविता सङग्रह बन्न पुगेको छ ।



कवि भौतिक हिसाबले क्यान्टोनमेन्टमा थुनिएको महसुस गर्दछन् तर उनी विचार र दृष्टिका हिसाबले परपरसम्मको क्यानभास बडो सचेतपूर्ण ढङ्गले हेर्दछन् । भर्खरै सम्पन्न संविधान सभाको चुनावलाई पनि उनले बढो रुचिपूर्वक हेरेका छन् ।



उनी भन्छन्:



'अलि फरक भो यो चुनाव

चुनाव आफैँ नेता पिएर गयो

चुनाव आफैँ जनता भोगेर भयो

एउटा कुरा यसलेनि छाडेन

आफूसँगै नेता टिपेर सहर गयो

नेताले झँ मलाई यो चुनावले छक्यायो भने

म जीवन भर मेरो गाउँमा

फेरी चुनाव आउन दिन्न



(चुनाव पृ.६५)



हो जनमुक्ति समर यौद्धिक चालबाजीका हिसाबले असाध्यै महत्वपूर्ण हुन्छ । कहिले गोली दिएर केहीले बोली दिएर सर्वहारावर्गले पूर्ण मुक्ति नपाएसम्म लडिरहनुपर्ने कुरामा कवि योद्धा सचेत छन् । उनी बन्द छन अस्थायी ब्यारेकको लक्ष्मण रेखामा उनको बन्दुक विदेशीहरूको निगरानी ठूलठूला बाकसहरूमा कैद भएका छन् । उनले त्यसलाई विसर्जन गरेका छैनन् र जनतासँग, जनताको मुक्तिसँग कुनै पनि हालतमा कुनै सम्झौता गर्न तयार छैनन् । आवश्यकता परे छिन भरमै व्यारेक भत्काउने र बन्दुक सोझ्याउन आफूहरू तयार रहेको कुरा उनले कवितामा ब्यक्त गरेका छन् । उनी निरन्तर क्रान्ति र क्रान्तिको अमरत्व अपेक्षा गर्दछन् । एउटै लडाइ र सङ्घर्षबाट हैन सयौा र हजारौा लडाईंहरू जनताको तर्फबाट लड्नुपर्ने कुरा तर्फ उनी सचेत छन् । वास्तविक क्रान्ति र समाज रूपान्तरण गर्ने समाजवाद र साम्यवाद स्थापना नभए सम्म आफूहरू लडिरहने प्रतिबद्धता प्रकट गर्दछन । उनी कवितामा अन्तिम युद्ध लड्न चाहेको कुरा बताउँछन ।



सडक छेउ

निर्धक्क उभिएर

मलाई जिउँदै मार्ने

तानाशाहलाई हाँक दिन्छु

आइज गिँड मेरो गर्धन

आइज सकाइ दे मेरो जीवन

म फेरि एकपटक युद्ध लड्न चाहन्छु

(म सडक र गणतन्त्र पृष्ठ ६३)



यसरी जनमुक्ति सेनाका एक योद्धा बफादार सिपाही र कर्तव्यनिष्ठ सेनानी खगेन्द्र रानाले आफ्ना बन्दुक चलाउने हातहरूलाई शाब्दिक क्षेप्यास्त्र निमार्ण गरेर एक कुशल सर्जकको रूपमा समेत दर्ज गरेका छन् । बन्दुक चलाउन सिपालु हातहरू केबल बन्दुक चलाउन मात्र सिपालु होइनन् अपितु शब्दशिल्प, आदर्श र स्वप्न लेख्न पनि सिपालु हुन्छ भन्ने कुरा प्रमाणित गरेका छन् । भाषिक हिसाबले विशेष आञ्चलिक भाषिक विन्यास प्रतीक र विम्बहरूको प्रयोग मार्फत राम्रो काव्यिक व्यजना पस्केका छन् । उनका कविता साहित्यिक हिसाबले भिन्नै आस्वादका त छँदैछन् । वर्तमान खराब समयलाई खबरदारी गर्ने हिसाबले पनि अग्रपङक्तिमा उभिएका छन् ।





from: Gorkhapatra







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम