Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
विविध (पाठक पृष्ठ)
पुस्तक प्रकाशनको परम्परा र आईएसबीएन (कल्पना खनाल/भटराई) - [2008-08-14]

केही समययता नेपाली लेखकहरूका दैनिक सरदर १५ वटाको हाराहारीमा नयाा पुस्तक सार्वजनिक भइरहेका छन! । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय, कीर्तिपुरबाट प्राप्त तथ्याङ्क हो यो । शिक्षाको प्रचार, चेतनाको विकास र स्रोत साधनमा पहुाच आदिका कारण नेपालको पुस्तक प्रकाशन इतिहासले छोटो अवधिमै निकै लामो फड!को मारेको छ ।



पुस्तक लेखनको प्रचलन वैदिककालदेखि नै सुरु भएको भए पनि नेपाली पुस्तक प्रकाशनको इतिहास वि.सं. १९४० बाट सुरु भएको मानिन्छ । भुवनप्रसाद ढुङ्गेल लेखक रहनुभएको 'उपवन विनोद' नामक बागवानी विषयक पुस्तक मनोरञ्जन यन्त्रालय, ठाहिटीमा छापिएको थियो । त्यसपूर्व सैनिकहरूलाई परेड सिकाउने केही पुस्तक पनि प्रकाशित भएका थिए तर मदन पुरस्कार पुस्तकालयले ढुङ्गेलको 'उपवन विनोद'लाई नै नेपालको पहिलो प्रकाशित साहित्यिक कृति मानेको छ । यद्यपि शिव रेग्मीलगायतका कतिपय साहित्यिक अध्येताहरूले 'उपवन विनोद'लाई साहित्यिक कृति मान्नुभएको छैन । यसरी नेपाली पुस्तक प्रकाशनको इतिहास एक सय २५ वर्ष जति पुरानो मान्न सकिन्छ ।



राणाकालमा पुस्तक प्रकाशित गर्नु ज्यान जोखिममा हाल्नुसरह थियो । वि.सं. १९९२ मा सुब्बा कृष्णलाल राणा शासकहरूलाई प्रतिकात्मक व्यङ!ग्य गरेर 'मकैको खेती' लेखेकै आधारमा जेलमा सड!नुपरेको थियो । कयौा लेखक स्रष्टाहरू राणा शासकहरूको वक्रदृष्टिको शिकार भएर देश छाड!न बाध्य हुनुभएको थियो । त्यसबेला राणा शासकहरूले जनताको चेतना स्तर नबढोस! भन्नका लागि गोरखा भाषा प्रकाशिनी समितिबाट पूर्वस्वीकृति लिएर मात्रै पुस्तक प्रकाशन गर्न पाउने व्यवस्था गरेका थिए । त्यस्तो स्वीकृति पाए पनि पुस्तक प्रकाशनका लागि महिनौ लगाएर भारत जानुपर्ने कष्ट नेपाली स्रष्टाहरूले भोग्नुपर्दथ्यो ।



नेपालमा आईएसबीएन वितरण गर्ने अख्तियारी प्राप्त त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय पुस्तकालयले अहिले दैनिक सरदर १५ वटा आईएसबीएन -इन्टरनेशनल स्ट!याण्डर्ड बुक नम्बर) अर्थात! 'अन्तर्राष्ट्रियस्तर पुस्तक क्रमाङ्क' वितरण गर्दै आएको छ । आईएसबीएन शाखाकी प्रमुख सहायक सुशीला प्रधान भन्नुहुन्छ, "नम्बर लैजानेहरू सबैले ननिकाले पनि मासिक औसत चार सय पुस्तक निस्कने गरेका छन! । " आईएसबीएन नराखी निकालिने पुस्तकको समेत अनुमानित तथ्याङ्क जोड!ने हो भने मासिक पााच सयको हाराहारीमा नयाा पुस्तक निस्कने अनुमान गर्न सकिन्छ ।



के हो आईएसबीएन ?



कुनै पनि पुस्तकको पछाडिको आवरण पृष्ठमा धर्सैधर्साको सानो बक्सामा राखिएका १० वा १३ वटा अङ्क नै आईएसबीएन हो । संसारमा मानिसका नामहरू बेग्लाबेग्लै हुन्छन!, दुनियाामा कसैको टेलिफोन नम्बर कसैसाग मिल्दैन, त्यसैगरी किताबैपिच्छे आईएसबीएन नम्बर पनि फरक फरक हुन्छन! । विकशित देशहरूमा यही नम्बरका आधारमा इन्टरनेटबाट पुस्तकसम्बन्धी जानकारी प्राप्त गरिन्छ ।



संसारमा पहिलो पटक यस्तो नम्बर राख्ने चलन सन! १९६६ मा बेलायतबाट सुरु भएको हो । त्यहााका ठूला पुस्तक प्रकाशकमध्येमा गनिने आरआर बुकरका प्रमुख विलियम हेनरी स्मिथले देशभित्रका प्रकाशकहरूको एउटा सम्मेलन आयोजना गरेर पुस्तकैपिच्छे बेग्लाबेग्लै नम्बर राख्ने चलन सुरुवात गर्नुभएको थियो । सन! १९७२ देखि जर्मनीको राजधानी बर्लिनमा रहेको राष्ट्रिय पुस्तकालयलाई आईएसबीएनको मुख्य कार्यालय बनाइयो । संसारका विभिन्न देशका पुस्तकालयहरूलाई आईएसबीएन वितरणका लागि अधिकार दिन थालियो । युनेस्कोलगायतका अन्तर्राष्ट्रियस्तरका शैक्षिक संस्थाहरू आईएसबीएनको सल्लाहकार समितिमा सदस्य छन! ।



नेपालमा यसको सुरुवात सन! २००० को जनवरी २६ तारिखदेखि मात्र भएको हो । आईएसबीएन लिने नेपाल १५७औा राष्ट्र हो । अहिले यो सङ!ख्या १६३ पुगिसकेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको आईएसबीएन शाखामा रु. २५ तिरेर एउटा फारम भरेपछि तुरुन्तै नम्बर पाइन्छ । आईएसबीएन शाखाकी सुशीला प्रधानका अनुसार गत वैशाख १८ गतेसम्ममा १३ हजार ८३० वटा नम्बर वितरण भइसकेका छन! ।



सन! २००० मा आईएसबीएन मुख्यालयले त्रिवि पुस्तकालयलाई नम्बर वितरणको अनुमति दिादा सन! २००५ सम्ममा १० हजार वटा पुस्तक प्रकाशित हुने अनुमान गरेर सबैभन्दा सानो कोटा दिएको थियो । त्यतिखेर हाम्रो देशको नम्बर ९९९३३ थियो । चार वर्ष नबित्दै पााच हजारभन्दा बढी पुस्तक दर्ता भए । त्यसपछि सन! २००४ मा एक लाख पुस्तकलाई नम्बर वितरण गर्ने गरी पााचवटा अङ्क भएको 'कन्ट्री नं.' ९९९४६ दियो । त्यसबेलासम्म आईएसबीएनको अङ्क १० वटा हुन्थ्यो । सन! २००७ मा अन्तर्राष्ट्रिय स्तरका अन्य वस्तुहरूको नम्बर १३ वटा हुने भएकोले एउटै स्तरको बनाउनका लागि १३ वटा अङ्क कायम गरियो । त्यसपछि भने हाम्रो नं. ९९३७ भयो । सुरुको ९९३७ पछि आउने अङ्क प्रकाशकको नम्बर हो र त्यसपछिको अङ्क पुस्तकको क्रमाङ्क हो ।



पुस्तकालय प्रमुख भण्डारीका अनुसार आईएसबीएन नियमित रूपमा निस्कने पत्रिकाबाहेक पुस्तक, सिडी, प्रतिवेदन, इलेक्ट्रोनिक पब्लिकेशन आदिलाई दिने गरिएको छ । एउटै नाममा नियमित रूपमा प्रकाशित भइरहने पत्रिका, जर्नलहरूले आईएसएस नम्बर लिनुपर्दछ । नेपालमा भने अहिलेसम्म त्यसको शाखा स्थापना भएको छैन । यद्यपि करिब २५ वटा पत्रिका-जर्नलहरूले प|mान्स स्थित आईएसएसएनको मुख्य कार्यालयमा इमेल पत्राचार गरी यस्तो नम्बर भने लिएका छन! ।





from: Yubamunch








तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम