Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
गजल
मुटु घोच्ने बात किन (भागवत भण्डारी) - [2008-08-15]
 Authorभागवत भण्डारी

नजरकै घ्रिणा बिझ्यो मुटु घोच्ने बात किन

डोर्याउन नसक्नेले समाएकै हात किन



कुरै मात्रै गर्या रैछौ पञ्चे बाजा घन्काउने

लगाउन खुट्टा काप्यो अग्नी फेरा सात किन



डोर्याउन नसक्नेले समाएकै हात किन

उज्यालोको धुलो मैलो नुहाएर पखालौंला



हृदयमै दाग लाग्यो जुठो पार्यो रात किन

डोर्याउन नसक्नेले समाएकै हात किन



मान्छे मान्छे सबै एकै भन्या सुन्थे हिजो सम्म

आज हाम्रो सम्बन्धमा तेर्स्याएको जात किन



डोर्याउन नसक्नेले समाएकै हात किन

आत्मा जोड्याएर छाती भित्र राख्छु भन्थेउ



साथ मात्र मागेकिथे तर हानेउ लात किन

डोर्याउन नसक्नेले समाएकै हात किन





भागवत भण्डारी





तपाईंको प्रतिकृया

कल्पना जी, धेरै धेरै धन्यवाद। म प्रयास गर्ने छु।

अनी नेपाली बन्धु लौन मलाई हजुर जस्तै पथ प्रदर्सक चहिएको। म यस्तै मान्छे को खोजी मा थिए धेरै लामो समय देखि। कस्तो लेख्नु पर्ने हो यसो २-४ वटा नमुना देखाइदिनु भए कती राम्रो हुन्थ्यो। म धेरै आभारी हुने थिए। म जस्तै अल्प बुध्धि भएका तथाकथित गजलकार हरुले केही सिक्ने मौका नि पाइन्थ्यो।

ekdam ramro chha.keep it up!

yesto pani gajal huncha bhanne malai thaa thiyen. khai kafina nai milay chaina jasto lagyo malai ta.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम