Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
जीवनी
गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जिबनी - [2008-08-16]

वि. स. २०११ साल मंसीर २६ गत कास्कीको ढिकुरपोखरीमा जन्मिनु भएका नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले २०२८ सालमा नेपाल कम्यूनिष्ट पार्टी पुष्पलाल समूहबाट पार्टी सदस्यता लिएपछि राजनीतिक जिवन शुरु गर्नु भएको थियो ।



१० कक्षामा पढ्दा छविलाल दाहालवाट नाम परिवर्तन गरी उहां पुष्पकमल दाहालका नामबाट चिनिन थाल्नु भएको हो । भूमिगत अवस्थामा प्रचण्डका नामबाट चर्चित दाहाल आफ्नो दलभित्र कल्याण, विश्वास, र निर्माणका नामबाट पनि चिनिने गर्नुहुन्थ्यो । बुवा मुक्तिराम दाहाल र आमा भवानी दाहालका ६ छोरी र २ छोरा मध्ये दाहाल जेठो सन्तान हुनुहुन्छ।



२०१९ सालमा उहांको परिवार कास्कीको ढिकुरपोखरीवाट चितवनमा बसाई सरेको थियो । कृषि विज्ञानमा स्नातक, जन प्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका नवनियुक्त प्रधानमन्त्री दाहालले २०२९ साल देखि ३५ सालसम्म ६ वर्षसम्म नारायणी विद्या मन्दिर, शिवनगर, चितवन, डण्डा मा.वी नवलपरासी, भीमोदय मा.वी. आरुघाट गोरखामा शिक्षकको रुपमा काम गर्नुभएको थियो। माओवादीले वितरण गरेको परिचय विवरणमा प्रचण्डले अमेरिकी सहयोग निकाय यू एस एडमा पनि काम गरेको उल्लेख छ, तर कहिले देखि कहिलेसम्म भन्ने उल्लेख छैन।



२०२६ सालमा उहांको विवाह सिता पौडेलसंग भएको थियो । उहाका ३ छोरी र एक छोरा छन् । श्रीमती पौडेल माओवादीको सल्लाहकार हुनुहुन्छ भने छोरा प्रकाश, बाबुको सवारी चालक हुनुहुन्छ । छोरीहरु मध्ये माहिली सभाषद नै हुनुहुन्छ ।



२०३८ सालदेखि २०६३ सालसम्म २५ वर्षभूमिगत जिवन विताउनु भएका उहां २०४१ सालमा नेकपा मशालको केन्द्रीय सदस्य, पोलिटव्युरो सदस्य, महामन्त्री हुंदै माओवादी दल गठन पछि पनि महामन्त्री कै रुपमा रहनु भएको थियो । उहां २०५७ सालमा माओवादीको अध्यक्ष वन्नु भएको हो।



२०५२ सालमा संसदीय राजनीति छोडि भूमिगत भए पछि उहां माओवादीको महामन्त्री, अध्यक्ष र माओवादी सेनाको सर्वोच्च कमाण्डर भई पार्टीलाई नेतृत्व गर्नुभएको थियो। जनआन्दोलनको सफलतापछि २०६३ असार २ गते बालुवाटारमा सार्वजनिक हुनुभएका प्रचण्ड गत संविधानसभाको चुनावमा काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १० र रोल्पाको क्षेत्र नं २ वाट निर्वाचित हुनुभएको थियो ।

------------------------------





बुदांगत जीवनी



नामः पुष्पकमल दाहाल 'प्रचण्ड'

(कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहालबाट नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरिएको,

भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण, प्रचण्ड नाम रहेका)

-जन्मस्थानः ढिकुर पोखरी गाविस वार्ड नं. २ लेवाडे, कास्की, गण्डकी अन्‍चल

-जन्म मिति: २०११ साल मंसिर २६ गते

-६ बहिनी, २ भाईमध्ये पहिलो सन्तान

-बसाँइ सराई: २०१९ सालमा ढिकुर पोखरी -२ बाट चितवन, भरतपुर, शिवनगर गाविसमा भएको ।



-पारिवारिक विवरणः

बाबुः मुक्तिराम दाहाल

आमाः स्‍व. भवानी दाहाल

श्रीमतीः सिता पौडेल

छोरीहरुः ज्ञानु दाहाल, रेणु दाहाल, गंगा दाहाल

छोराः प्रकाश दाहाल

बुहारीः श्रृजना त्रिपाठी

भाईः गंगाराम दाहाल

बहिनीहरुः अप्सरा भण्डारी, सिता अधिकारी, कमला पौडेल, विष्णु भण्डारी, सरस्वती पाठक



विवाहः २०२६ साल बैशाख सिता पौडेलसंग भएको ।



शिक्षाः

प्राथमिक शिक्षा: ०१७ देखि ०१९ सम्म, महेन्द्र प्राथमिक विद्यालय, ढिकुर पोखरी

माध्यामिक शिक्षा: नारायणी विद्या मन्दिर मा. वि. शिवनगर

उच्च शिक्षा:

-आई. एस्सी. ०२७ देखि ०२९ सम्म, पाटन संयुक्त क्याम्पस

- वि. एस्सी. एजी. रामपुर कृषि क्याम्पस

- एम. पी. ए. अध्ययन

अनुभवः

२०२९: नारायणी विद्या मन्दिर मा. वि. शिवनगर,

डण्डा मा. वि. नवलपरासी

०३३-०३५: भीमोदय मा. वि. आरुघाट गोरखा

सेवा:

२०३२, यू. एस. एड.



राजनैतिक जीवनः

- २०२८ सालमा पुष्पलाल समूहमा पार्टी सदस्यता

- २०३१ सालमा माक्स्रवादी अध्ययन समूहको गठन (क. प्रचण्ड, क. वादल, मित्र दवाडी, खेम भण्डारी, पुष्प भु्रर्तेल)



- २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश / २०३५ सालमा पूर्णकालीन

- २०३६ सालमा चितवन जिल्ला समिति सदस्य निर्वाचित

- २०३८ सालमा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव

- भूमिगत जीवन २०३८ सालदेखि २०६३ सालसम्म

-२०४० सालमा अखिल नेपाल युवक संघको केन्द्रीय समितिको अध्यक्ष

- २०४१ सालमा ने.क.पा. मशाल को केन्द्रीय समिति सदस्यमा निर्वाचित - पाँचौ महाधिवेशनबाट

- २०४२ सालमा 'मशाल' को केन्द्रीय समितिको पोलिटव्युरो सदस्य

- २०४६ सालमा ने.क.पा. मशालको महामन्त्री

- २०४८ सालमा ने.क.पा. एकता केन्द्र को महामन्त्री

- २०५१ सालमा ने.क.पा. माओवादी को महामन्त्री

- २०५७ सालमा दोश्रो राष्ट्रिय सम्मेलनबाट ने.क.पा. माओवादीको अध्यक्ष

- २०५८ सालमा जनमुक्ति सेना नेपालको सर्वोच्च कमाण्डर

- २०६३ साल असार २ गते काठमाण्डौंमा भूमिगत जीवनबाट सार्वजनिक






तपाईंको प्रतिकृया

Prahanda is a successful leader in Nepal . What a greatful voice and forwardness physical. prachana take care your chair nowdays. then u lost in nepal with your life. all time serious ok. you are mostly popularite famous in our country but feel with people hard work and development in Nepal. Cheak the nepales hands u therewere success your aim and life.

Jiundo manchhele mala aphai adkalera matra galama rakhchha, yo ta las lai mala laideko jasto po chha ta .

haina Prachanda dai ko bio data copy garau vaneko ta hudainat akina yeti saro ni Biswas ji ?

dai kedar
hal vumigat



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम