Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
विचार, लेख
अर्द्धबेलायती सहरमा भयवाद (डा.गोविन्दराज भट्टराइ) - [2008-08-16]

पहाड र मधेसलाई जोडेर बसेको धरानले आधुनिक सभ्यता निर्माणमा ठूलो योगदान पुर्‍याएको छ । पूवमा अर्को यस्तो योजक सहर छैन । राजनीतिका रा“का बाल्न परे पनि, कलासाहित्य-निर्माणमा लाग्नु परे पनि, विज्ञानलाई बोक्न होस् या आध्यात्मिक चिन्तन जगाउन- पूवमा यस्तो अर्को भूमि छैन । किरात र आर्य सभ्यता जोडिएको प्राचीनकालदेखि अन्तर्सााकृतिक सम्बन्धहरू गोडमेल गर्दै बसेको धरान जनआन्दोलनपछि सुस्ताएको निकै भएको थियो । यसपालि धरान जाग्यो, अभूतपूव शक्ति लिएर उठयो र एउटा ऐतिहासिक कार्यक्रममा जुटयो । हामी त्यहा“ पुग्दा भानुचोकदेखि स्वागतका तोरण फिलफिलाइरहेका थिए । त्यहा“बाट घोपा क्याम्पको होटल डि्रमल्यान्ड ताकेर हि“ड्यौ“ । सफा बाटो, सन्ध्याकालमा पहे“ला कट्टु लगाएका युवाको ठूलो समूह कवाज खेल्दै उता लाग्यो । त्यो देखाउ“दै एक जना बोले- हाम्रो लुङ्गा पनि कवि उत्रिनै लागेका थिए, भर्तीमा पो नाम लेखाएछ यार † धरानको एउटा यथार्थता ।



गोर्खा भर्तीस“ग इतिहास जोडिएको धरान कति सुकिलो र सफा । आकर्ष घरहरू, पङ्िक्तबद्ध- लहरै दुइतिर । तिनको बनावट र सजावट बेग्लै छ, फूलबारी सुनसान सफा बाटा वारिपारि । ती भित्री सडकमा घुम्दा लाहुरेका आवासक्षेत्रमा पस्दा अन्यत्र कुनै देश पुगेजस्तो लाग्छ । विश्वमै परिचित छ यो अर्द्धबेलायती सहर । अ“ध्याराहरू पनि थुप्रै छन्, तर उज्यालाले जितेको ठाउ“, मलाई आज उज्यालाकै कुरा गर्न मन लागेको छ ।



धरानको विजयपुर मिडिया प्रालिले देश सुब्बाद्वारा प्रस्तावित दर्शन 'भयवाद' र त्यसैमा आधारित उनको उपन्यास 'आदिवासी' को विषयमा 'राष्ट्रिय' बहस आयोजना गरेको थियो । त्यसैमा भाग लिन हामी अघिल्लै दिन त्यहा“ पुगेका थियौ“- अनमोलमणि, शरद चिराग, धर्मेन्द्र... अरू धेरै । भोलिपल्ट साउन १८ को दिन स्वागतमा उभिएका अवोध पञ्चकन्याहरू, ती स-साना हातले उठाएका मालाहरू. पुष्पगुच्छा लिएर उभिएका आदिम बस्त्र र आभूषणमा उभिएका लिम्बू युवतीहरू, युवाहरू- च्याब्रुङको आदिम वाद्यधुन, मोहक, आकर्ष, टिपिकल । हृदय खोलेर बोलेको धरान, हा“सेको धरान । बिस्तारै आदिमस्वरमा च्याबु्रङ बजाउ“दै आ“गनमा घुमिरहेका लिम्बू पदचाप, त्यो स्वर, त्यो ध्वनि. अरू आवाजबेगरको तर मौनतामा एउटा आदिम संस्कृति उत्तरआधुनिक आ“गनमा अनुगुञ्जित । बिस्तारै मलाई पनि एउटा च्याब्रुङ भिराए । एकछिन सुने“ अनि लय टिपेर अरूको तालमा बजाउ“दै घुम्न थाले“ । बीच आ“गनमा एउटा नाङ्लामाथि फूलपातीस“ग उभिएको लाम्चो आकारको काठको बर्तन थियो कठुवा । होसियारले उचालेर मदिरायुक्त त्यो बर्तन सभास्थलमा पुर्‍याए“, मञ्चमा राखे“ । प्रमुख अतिथिले गर्नुपर्ने यो एउटा अनुस्ठान सिद्धियो, एउटा पूजा विधि थियो । कठुवाभरिको पवित्र रक्सी अग्रासनमा राखियो । त्यही नै कार्यक्रमको उद्घाटन थियो । लिम्बू विधान, परम्परा र मुन्धुम । म अन्य संस्कृतिको एउटा पुजारी जस्तै भएको थिए“ । त्यसबेला ठाने“- मैले पञ्चामृत उचालेजस्तै, पञ्चगव्य ओसारेजस्तै, आज पहिलोपल्ट अन्य संस्कृतिमा रहेको पवित्रताको चेतनालाई हृदयले सम्झे“, छामे“ र ढोगे“ । दिनभर चलेको त्यो कार्यक्रममा कठुवा त्यही“ बसिरह्यो, त्यो हजार पानसको बत्ती थियो, मन्त्रोच्चारण र विधिविधान थियो, रिबिन कटाइ र झन्डोत्तोलन अथवा यज्ञकुण्डमा हवन सबैथोक थियो । यो लिम्बूको पूजा मुन्धममात्र थिएन, यो ता नेपाली साहित्यको इतिहासमा एक अभूतपर्ूव क्षण थियो । आज एक लिम्बू र्सजकले जन्माएको वैचारिक आन्दोलनमाथिको विमर्श चर्चा थियो । ती चिन्तक थिए- देश सुब्बा । यद्यपि यतिबेला उनी हङकङमै थिए ।



यो भेलाले धेरै कुरा बोलिरहेको थियो- नेपाली साहित्य त्यहा“ बसेर लेखे पनि यहा“ चर्चा हुन्छ, यहा“को उता । विविधताले युक्त यो देशका र्सजकको मातृभाषा र संस्कृति जुनसुकै भए पनि उनीहरू नेपालीको निमित्त नै योगदान गरिरहेका छन् । यसको विमर्शमा सबै जात र वर्गका, उमेर राजनीति र धर्मका मर्मज्ञहरू भेला भएका थिए । त्यहा“ पर्ूवाञ्चल थियो, काठमान्डू थियो, हङकङ थियो- ती सबैभन्दा माथि प्रा बालकृष्ण पोखरेल हुनुहुन्थ्यो । त्यो उच्चकोटीको बौद्धिक कार्यक्रम थियो- यसअघि यत्रो गम्भीरताले धरानलाई हल्लाएको मलाई सम्झना छैन । त्यो कार्यक्रममा 'भयवाद' र 'आदिवासी' को विषयमा बोल्नेहरू- धरानका टंक न्यौपाने र खेम दाहाल, उतादेखि कृष्णभूषण बल, मनु मञ्जिल, ज्योति जङ्गल, मुनराज सर्ेमा, शिवप्रणत, अर्जुनबाबु माबोहाङ, कृष्ण बराल लहरै बसे । यसपालि पर्ूवाञ्चलले उत्पन्न गरेका विशिष्ट प्रतिभाहरू- चिन्तक, समालोचकहरूको उपस्थिति देख्ता लाग्यो धरान एक शक्तिशाली केन्द्र भएर उठेको थियो ।



अन्त्यमा मैले एउटा घोषणा गरे“- 'भयवाद' नेपाली साहित्यमा उठेको अन्तिम विचार हो, वैचारिक आन्दोलन हो । यसअघिसम्म रङ्गवादलाई अन्तिम हुने सौभाग्य मिलेको थियो । एउटा संयोग भनौ“- आयामेली आन्दोलन, सिर्जनशील अराजकता, रङ्गवाद र भयवाद- चारैवटा आन्दोलन पर्ूर्वैबाट उठे । यी चारैवटामा लिम्बू र्सजक-चिन्तकको अग्रणी भूमिका छ । त्यसो त नेपाली वाङ्मयका सबै आन्दोलन जोड्दा पर्ूवको योगदान उच्च छ- झर्र्रोवाददेखि भोक-कविता, सडक-कविता, लीला, मुक्त अभियान, ट्रक-साहित्य, उत्तरवर्ती सोच सबैमा जोडिएका स्रष्टा चिन्तक पर्ूवकै छन्, तिनमा आज लिम्बू र्सजकको विशेष योगदान धरानमा बसेर सम्झिरहेको छु ।



'भयवाद' मनोविज्ञान, नृतत्वशास्त्र, इतिहास, दर्शनशास्त्र, धर्मशास्त्रजस्ता अनेक विधाबाट आंशिक तत्त्व लिएर उठाइएको एक अन्तरविषयक चेतना हो । देश सुब्बाले लामो प्रस्तावनामा यसको प्रकृति र विशेषताबारे व्याख्या गरेका छन् । उनले त्यहा“ भयको अपरिहार्यता देख्छन्, जगत् भयसञ्चालित, भयप्रताडित, भयपर्ूण्ा देख्छन्, यद्यपि यसको बोध चेतनाको स्थिति हो । चराचर जगत्लाई भयवादले हर्ेदा अर्कै देखिन्छ । देशले भनेका छन््- जन्म र मृत्युबीचको समय भयको खेल मैदान हो र प्रत्येक अज्ञात अवस्थाबाट अर्कोमा जानु बोधको, चेतनाको वा प्रकट अवस्था हो । मृत्युभयको स्वरूप भयङ्कर छ । त्यसो त भय स“गै विश्वले यात्रा गरिरहेछ तर देशले डेरिडाको ग्यापहरू फुकालेर आज एक सत्यांश पाखा ल्याए । तर पनि यस्तो लाग्छ- यस सिद्धान्तको परिमार्जन हुन र प्रामाणिक पुष्टि उत्पन्न गर्न धेरै बा“की छ । अहिले धेरै बोल्नुहु“दैन । यिनै सिद्धान्तमा आधारित भई उनले रचेको उपन्यास 'आदिवासी/भयवाद । ती सिद्धान्तको प्रयोगभूमि 'आदिवासी' एउटा कृति- उपन्यास जस्तो लाग्ने । त्यसैले यो अत्यन्तै नौलो र पठनीय छ । यो लिम्बू र्सजकले आङ्खनै जातिको आदिमताभित्र पसेर हेरेको अध्यात्मचेतना हो । तर भिन्न खालको- आर्यहरूले नदेखेको, एउटा ग्यापबाट खोजेर निकालेको सत्य । यसमा लिम्बू चेतनाको आद्यस्वरूप छ, वन्यता, प्रकृति, आखेट युग, पशुपालन र कृषियुगपर्ूवको आदिम र निर्मल समाज । उनले त्यहा“ लिम्बूको मानसिक-सांस्कृतिक भूगोलको रेखाङ्कन गरेका छन्, कति अनुश्रुति, किम्बदन्ती र मिथक पुराणको सहायताले अतीतको पुनर्निर्माण गरेका छन् । यो सारा व्रि्रान्त अवस्थाको, अल्मलिएको निसाम -पात्र) को कथा हो, उसको मनोलोकको पर्रि्रमण, ङ्खयान्टयासी र एक निर्मल अतीतको खोजी । अर्को सत्यको खोजी र आर्यचेतनाले नदेखेको एक वैकल्पिक सृष्टिचक्र जुन एउटा लिम्बू र्सजकभित्र उठेको थियो । यो आदिमताको चेतना र आध्यात्मिक उज्यालो सधै“ पछि लागिरहौ“ जस्तो छ, यद्यपि ग्लोबलताले गर्दा यथार्थता आज भिन्न छ ।



देश सुब्बा चिन्तक र र्सजक दुवै छन् । उनी एक नवीन आन्दोलनका स्रष्टा पनि भएका छन् । नेपाली साहित्यमा एक लामो फड्को हानेर आएका देशलाई सम्झियो कि यो मन उनीप्रतिको प्रेमले बलेर उचालिन्छ । टाढा, परदेशमा एक डायास्पोरिक समुदायमा बसेर पनि नेपाली साहित्यलाई उनले लगाएको गुन इतिहासले कहिल्यै भुल्ने छैन । यसैले त धरानेलीहरूले यिनको योगदानलाई राष्ट्रिय महत्त्व दिए । यत्रो सांस्कृतिक-साहित्यिक महोत्सव जुटाउन टङ्क न्यौपाने, दोर्पध्वज र्राई, प्रदीप मेन्याङ्बो, देवान किरा“ती र अनेकौ“ धरानेलीहरू दर्ुइ महिनादेखि कति खटे होलान् भनी साध्य छैन । सा“च्चै यतिखेर यो देशले अनेक जातजातिबीचमा सद्भाव बढाउन अन्तरसांस्कृतिक चेतनाकाको विकास गर्नुपर्ने दिन आएका छन् । धरानले एउटा ठूलो पाठ सिकाएको छ, हामीले त्यसमा खेल्यौं र देशलाई धन्यवाद दियौ“ । उनले 'आदिवासी' को सारांशमा लिम्बू जातिलाई आफ्नो धर्म, भाषा, लिपि, संस्कृतिको उत्थान गरौ“ भनी बारम्बार आह्वान गरेका छन् तर यो देशमा अन्तर्सर्ााकृतिक प्रेम बढाउन उनले बोलेका अन्तिम वाक्यहरू यो देशका सबै समुदायमा लागू हुन्छन् । धरानको त्यो महोत्सवमा भाग लिएर फर्केपछि एउटा कुराले बारम्बार छोइरहेछ- यो देशलाई जोड्ने एउटा शक्ति अन्तर्सर्ााकृतिक चेतना रहेछ, अन्तर्सर्ााकृतिक प्रेम र सहअस्तित्वबोध रहेछ । अरू कुनै कुराले हामीलाई जोड्ने छैन । त्यो स्वयं देशलाई उद्धृत गर्दा हुन्छ- जति नै सुन्दर फूल फुले पनि एकै जात र रङ्गको फूलले फूलबारी सुहाउ“दैन । सबै जात र रङ्गको फूलले मात्र फूलबारी सुहाउ“छ ।



धेरै दिन बिते, सपनामा पनि म एक कठुवा मदिरा उचालेर हि“डिरहेकै ठान्छु । जबजब किरा“ती प्रेमले म वशिभूत हुन्छु त्यतिबेला धरानमा बिताएको त्यो उज्यालो दिन सम्झन पुग्छु । कठुवामा भयवाद बोकेर म लाहुरेकै सहरमै घुमिरहेको हुन्छु ।







from: Kantipur






तपाईंको प्रतिकृया

As usual, you are to the point and lucid. I regret that I couldnot attend Dharan Programme on your invitation. But the writeup is so vivid that I could visualise the day. Thanks sir. Bichalan always stands by new literary trends that addresses the call of time. Best of luck to 'bhayabad'

sir namaskar very good lines sir... university of north bengal darjeeling.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम