Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
विचार, लेख
मारमा कलाकार (शान्तिराम राइ) - [2008-08-16]

कलाकारको कला, सीप र सिर्जनाका माध्यमबाट जनता राष्ट्रिय, जातीय र सा“स्कृतिक हिसाबले एक बनेका छन् । जनताको मौलिक अधिकारप्रति सचेत रहने सन्देश प्रवाह गर्दै राष्ट्र निर्माणमा सबैलाई एकजुट हुन योगदान पुर्‍याइरहेका छन् ।



समाज सेवामा पनि हाम्रो योगदान छ । गरिब बिरामीको सहयोगार्थ निःशुल्क गीत गाइदिएर, संगीत भरिदिएर, बाजा बजाएर, नृत्य गरेर, अभिनय गरेर मृत्युको मुखबाट बचाइदिएका छौं । साथै बाढी, पहिरो, भूकम्प पीडितजस्ता प्राकृतिक प्रकोप पीडितको राहतका लागि हामीले लत्ता कपडा, पैसा उठाएर सहयोग गर्दै आइरहेका छौं ।



राजनीतिक परिवर्तनका लागि पनि कलाकारले महत्त्वपर्ूण्ा योगदान पुर्‍याएका छन् । कलाकार कुनै न कुनै दलस“ग आस्थावान छन् । कोही स्वतन्त्र छन् । दलहरूको महाधिवेशन, सभा, समारोह, देशको प्रतिनिधित्व गर्दै कलाकार संसारका कुना-कुनासम्म पुगेका छन् । देशको मौलिक कला, संस्कृति र गरिमालाई अन्तर्रर्ााट्रय स्तरसम्म प्रचार गर्न कलाकार खटिरहेका छन् ।



हाम्रो अवस्था



ठूलो समूहमा राज्यको सुविधाबाट कलाकार वञ्चित छन् । सीमित अवसरवादीबाहेक अधिकांश कलाकार आफ्नै श्रम, सीप र सिर्जनाको भरमा बा“चेका छन् । दैनिक रोजीरोटीका लागि कडा परिश्रम गर्नुपर्छ । कलाकारको मृत्युमा राज्य बेखबर बन्छ । कयौं कलाकार वृद्ध, अशक्त र कमजोर अवस्थामा छन् । आजीवन राज्यका लागि खटिने कलाकारको न राज्यस“ग लिखत छ, न भत्ताको व्यवस्था । न प्रोत्साहन छ न सुरक्षा ।





जताततैबाट ठगी



क्यासेट कम्पनीबाट- कलाकारको कला, सीप र प्रतिभा बेचेर क्यासेट कम्पनीले रातारात पैसा कमाएका छन् । कलाकारले दुःख गरेर जोरजाम गरेको पैसा खर्च गरेर क्यासेट निकाल्छन् । त्यसबाट कम्पनीहरू पैसा कमाउ“छन्, कलाकार भने हेरेको हेर्‍यै हुन्छन् । क्यासेट बिक्री भएको आधिकारिक रर्ेकर्ड देखाइ“दैन र रोयल्टी हिनामिना पारिन्छ । कलाकारले सरदर १५ हजार रुपैया“मा एउटा गीत रर्ेकर्ड गर्छन् । एउटा क्यासेटमा ८ वटा गीत रहन्छन् । यसरी एउटा क्यासेटका लागि एक लाख बीस हजार रुपैया“ खर्च हुन्छ । क्यासेट बजार पर््रबर्द्धनका लागि क्यासेट कम्पनीमा लानुपर्ने हुन्छ । त्यहा“ लैजा“दा कम्पनीले क्यासेटको मास्टर कपीको कपीराइट लिने गर्छन् । साथै अन्य शर्ीष्ाक देखाएर रकम असुल्छन् । कमजोर कानुनको फाइदा उठाउ“दै क्यासेट कम्पनीले कलाकारलाई शोषण गर्दै आएका छन् ।



रेडियो तथा टीभीबाट- नेपालमा थुप्रै एफएम र केही टेलिभिजन च्यानल छन् । तिनीहरू कलाकारको सिर्जनाबिना चल्न सक्ने अवस्थामा हु“दैनन् । एफएम रेडियोमा निजी लगानीबाट रेकर्डिङ कलाकारका लगभग १० हजारभन्दा बढी गीत, संगीत संग्रहित छन् । कलाकारले प्रतिगीत सरदर १५ हजार रुपैया“मा रेकर्डिङ गराएका हुन्छन् । यसरी हर्ेदा रेडियोमा १५ करोड रुपैया“ बराबरको सांगीतिक अचल सम्पत्ति छ । गीत बजाएर रेडियोहरू कमाउ“छन् तर कलाकर्मीलाई रोयल्टी दि“दैनन् । कान्तिपुर एफएमबाहेक अन्यले रोयल्टी दिएका छैनन् । टेलिभिजनबाट पनि शोषित हुनु परिरहेको छ । कलाकार आफ्नो परिश्रम र सिर्जनामा अरूले कमाएको टुलुटुलु हेरिरहन विवश छन् ।



कला उद्योग नेपालमा ७० वटा र्रर्ेकडिङ स्टुडियो छन् । तिनमा दैनिक औसत एक गीत रर्ेकर्ड हुन्छ । स्टुडियोमा करिब ५ सय कर्मचारीले रोजगारी पाएका छन् ।



नेपालमा करिब सयवटा क्यासेट कम्पनी छन् । तिनमा करिब ६ सय कर्मचारीले रोजगारी पाएका छन् ।



एउटा गीत १५ हजारले रेकर्डिङ गर्दा ७० वटा स्टुडियोबाट दैनिक १० लाख ५० हजार रुपैया“ बराबरको गीत रेकर्डिङ हुने गर्छ । यसरी वर्षदिनमा २५ हजार ५ सय ५० वटा गीत बराबर ३८ करोड ३२ लाख ५० हजार रुपैया“ गीत रेकर्डिङ खर्च हुन्छ । राज्यको अस्पष्ट नीतिका कारण बहुचर्चित कलाकार सुरक्षित भविष्यको खोजीमा विदेसिइरहेका छन् ।



सरकारले गर्नुपर्ने कामअधिकार सम्पन्न 'संगीत विकास एवं पर््रबर्द्धन बोर्ड' गठन गर्ने ।



संविधानसभामा कलाकारको अनिवार्य प्रतिनिधित्व गराउने ।



सरकारको रोहबरमा कलाकार प्रतिनिधि, संगीत उद्योग संघका प्रतिनिधि, रेडियो, एफएम र टेलिभिजनका प्रतिनिधि एवं सरोकारवालाबीच वार्ता गरी न्यूनतम कलाकारको अधिकार एवं रोयल्टी तोकिनुपर्ने ।



प्रतिलिपि अधिकार कानुनलाई कडाइसाथ लागू गर्ने ।



कलाकारलाई पार्टर्ीीण नगरी राष्ट्रको सदभावना दूतका रूपमा राज्यले स्थान दिने ।



कलाक्षेत्रलाई व्यावसायिक, मर्यादित र उद्योगका रूपमा विकसित गर्न सरकारले पहल गर्नुपर्छ । त्यसबाट सरकारलाई करोडौंको राजस्व प्राप्त हुनेछ ।



संगीत विकास एवं पर््रबर्द्धन बोर्डमा न्यूनतम वाषिर्क ५ करोड रुपैया“ सरकारले अनुदान दिने । जसबाट वृद्ध, अशक्त र आर्थिक अभावबाट गुज्रिरहेका कलाकारको सहायता गर्न सकियोस् ।



राज्यबाट विशिष्ठ कलाकारको उचित सम्मान एवं सुरक्षा हुनुपर्ने ।



राष्ट्रिय सञ्चारमाध्यममा कलाक्षेत्रका गतिविधिलाई समाचारका रूपमा प्रसारण गर्ने ।



अहिले सडकमा केही सानो झुण्डमा कलाकारको नाममा देखिएको जुलुसले माथिका विषय बोलेको छैन । त्यसैले त्यसमा सबै कलाकारको उत्साहजनक सहभागिता देखिएको छैन । कलाकार आफैंले क्यासेट कम्पनी खोलेका छन् । यो आन्दोलनले कम्पनीको मात्र हितमा सम्बोधन गरेको हु“दा फेरि कलाकारले छुट्टै आन्दोलन गर्नुपर्ने देखिएको छ ।







लेखक संगीतकर्मी हुन् ।

from: Kantipur







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम