Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
गजल
नभनेरै घात भयो (शुकदेव चापागाईं) - [2008-08-17]

बिना मौसम बिना बादल अचानक बर्षात् भयो

भन्ने कुरा धेरै थिए, नभनेरै घात भयो



नभनेको होइन कुरा दोबाटोमा भेटि उनलाई

कुर्दा कुर्दै दिनहरु छिप्पिएर रात भयो



नसालु ति नजर तिम्रा नहेरी भो म सकिन

थोरै थोरै साथ तिम्रो भरिएर मात भयो



दोबाटोमा भेट हुदा तर्की तर्की हिंडे पनि

मेरो चोखो प्रेम आज दिन बिताउन बात भयो



सोचेको थिए जिन्दगी नै तिमी संगै जिउला भनि

यति धेरै विश्वास पनि अंजानमै घात भयो





शुकदेव चापागाईं

काठमाडौं,पुतलीसडक





तपाईंको प्रतिकृया

very nice gajal,malei sarei ramro lagauuu tapei ko gajal maa rearlity chha and words pani ramro chhaa can you mail me if possible please or can you give me your teliphone please.

nabhne kho hoina kura dobato ma bheti unlai
kurda kurdai din haru chippiyar raat bhayo...

Wah wah Wah..

sukdev ji hajur le lekhnu bhay ko gajal ati ramro lagyo.pun aru gajal lekhdai janu hola.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम