Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
गीत
जाने बेला तिमी संग (डिआर निश्छल) - [2008-08-17]

(१)



जाने बेला तिमी संग भेट गर्न सकिएन

गएँ भनी तिमीसम्म खबर छोड्न सकिएन ।।



बस्ने मन हुदा हुदै बाध्यताले जानु पर्यो

उतै जानपर्ने हुदाँ तिमीलाई यही छोड्नु पर्यो

यस्तै भयो हतारमा तिमीलाइ कुर्न सकिएन

गएँ भनी तिमीसम्म खबर छोड्न सकिएन ।।



केही बेर त टोलाई बंसे आइहाल्छौ तिमी भनी

धेरै हेरेँ पारीपट्टी तिम्रो घरको ढोका पनि

बिछोडको त्यो घडीमा एकै झल्को देखिएन

गएँ भनी तिमीसम्म खबर छोड्न सकिएन ।।



जाने बेला तिमी संग भेट गर्न सकिएन

गएँ भनी तिमीसम्म खबर छोड्न सकिएन ।।





(२)



सबै कुरा बिर्सिएर अब एउटा विन्ति मेरो

बसेँ पनि द्दुटिएर घुम्नु मेरो सेरोफेरो ।।



भेल आई बर्षातमा मनको बाध फुटेपनि

धोका पाई पिरतीमा भड्गालो भई द्दुटे पनि

सम्झिनु है कसम खाको बिर्सि दिनु दोष मेरो

बसेँ पनि द्दुटिएर घुम्नु मेरो सेरोफेरो ।।



रातभर अनिदोमा परेलीको झरी पर्दा

मनभरी चैत्रमासे अलच्द्दिने हुरी चल्दा

नभुल्नू है न्यानो साथ सम्झी दिनु माया मेरो

बसेँ पनि द्दुटिएर घुम्नु मेरो सेरोफेरो ।।



सबै कुरा बिर्सि अब एउटा विन्ति मेरो

बसेँ पनि द्दुटिएर घुम्नु मेरो सेरोफेरो ।।









डिआर निश्छल डण्डी राम राइ

महेश्वरी २, खोटाड.

हाल: भिक्टोरिया, फिर्गेट आइल्याण्र्ड





तपाईंको प्रतिकृया

hi Mr DR ! ....nice words .. i like yur second poem "sabai kura". touch in heart ,,, specailly for Pardeshi. hope we'll get meaningful poem from you. thanks

H r u dear? I am fine and my work is going on very well in Qatar.

Its a very nice song and I have received it. Thank you very much for such a nice song!

If you desire to contact with me, you can reach at tankakumar12@yahoo.com.

Tanka Kumar Shrestha.
Ram Chandra's friend.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम