Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
विचार, लेख
उत्तरआधुनिकतावादका अवधारणा (अमर गिरी) - [2008-08-17]

उत्तरआधुनिकतावादी धारणाहरूलाई केलाउँदै यसलाई एक निश्चित परिभाषाद्घगर्न कठिन छ । यसका मुख्यतः दुईवटा कारणहरू छन्, पहिलो यो कुनै सुसङ्गत र क्रमवद्धद्घ चिन्तन होइन, दोश्रो यो विचारको बहुलता र अनेकौा विरोधाभाषहरूले ग्रस्त छ । उत्तर आधुनिकतावादी चिन्तकहरूका विचारहरू कयौा सन्दर्भमा परस्परमा टकराउँदैनन् मात्र ती अतिसय तर्कहीनताको शिकार भएका पनि पाइन्छन् । तैपनि सबै उत्तरआधुनिकतावादीहरूमा केही यस्ता समान विचार र दृष्टिकोणहरू छन् जसले उत्तरआधुनिकतावादको सारतत्वलाई स्पष्ट गर्न मद्दत गर्दछन् । उत्तरआधुनिकतावादलाई अथ्र्याउनै सकिादैन भन्ने तर्क स्वयम््मा उत्तरआधुनिकतावादी तर्क हो । यसलाई अथ्र्याउन र बुझ्न सकिन्छ तर एक हदसम्म यो 'जादुमय' पनि छ ।



उत्तरआधुनिक शब्दको प्रयोग सर्वप्रथम आर्नाेल्ड टोयनवीले आˆनो कृति 'अ स्टडी अफ हिस्ट्री'मा सन् १९२४मा गरेका थिए । उनले यस शब्दको प्रयोग एक खास ऐतिहासिक अवधिका निम्ति गरेका थिए । यो अवधि सन् १९१८ देखि सन् १९३९ बीचकेा थियो, जो दुई विश्वयुद्धद्घको अवधि थियो । टोयनवीका अनुसार उत्तरआधुनिकतावादका मूल प्रेरक चिन्तक नित्से हुन् । यस चिन्तनले नित्सेको मृत्युपछि आकार ग्रहण गर्दै जान थाल्यो र उत्तरआधुनिकतावादी चिन्तन अगाडि आयो । नित्सेले ग्रीस नाटकहरूको अध्ययन गर्ने सन्दर्भमा त्यसका दुई प्रवृत्तिहरू देखाएका थिए जो सामान्यतः सुखान्त र दुखान्त नाटकका अवधारणाहरू भ्ान्दा भिन्न थिए । अपोलो नियन र डायोनिसियन नित्सेले रेखाङ्कित गरेका दुई प्रवृत्तिहरू हुन् । नित्सेका अनुसार अपोलेानियनमा क्रम, आकार, नियन्त्रण, नियमितता, सङ्गति एवं सौन्दर्य जस्ता विशेषताहरू प्ााइन्छन् । डायोनिसियनमा अतार्किकताको साम्राज्य र भावनाको प्राधान्यता रहन्छ । स्पेङ्गलरले अपोलोनियन र डायोनिसियन सम्बन्धी नित्सेका विचारहरूलाई संस्कृतिको अध्ययनका निम्ति प्रयोग गरे । स्पेङ्गलरको विचार कुनै पनि सभ्यताको अन्तमा डायोनिसियन जस्तो अतार्किकता जिम्मेेवार रहन्छ भन्ने थियो ।



टोयनवीका अनुसार आधुनिकतापछि उत्तरआधुनिकता तब सुरू हुन्छ जब मानिसहरू आˆनो जीवन, विचार एवं भावनामा अपोलेानियन तार्किकता एवंं सङ्गतिलाई परित्याग गरेर डायोनिसियन प्रवृत्तिको शिकार हुन्छन् । उनका अनुसार उत्तरआधुनिकता विगत एवं विगतका प्रतिमानहरूलाई बिर्सिदिने सक्रिय उत्साहमा प्रतिविम्बित हुन्छ । यसले क्रमबद्धद्घ समाज र तार्किक प्राज्ञिक संस्थाका प्रतिमानहरूलाई परित्याग गर्दछ । वास्तवमा उत्तरआधुनिकतावादका प्रेरणाका स्रोत र दृष्टिनिर्माता नित्से नै हुन् । उनका विचारहरूले नै उत्तर आधुनिकतावादी चिन्तनको निर्माण र विकासमा कोशेढुङ्गाको भूमिका निर्वाह गरेका छन् । टोयनवी भन्दा धेरै विस्तृत र फरक ढङ्गले उत्तरआधुनिक युगको प्रारम्भको चर्चा सि. राइट मिल्सले सन् १९५९मा 'समाजशास्त्रीय कल्पना' नामक आˆनो पुस्तकमा गरेको पाइन्छ । मिल्सले ज्ञानोदय युगले जुन मूल्यमान्यता, धारणा र विचारको निर्माण गरेको थियो ती मध्ये आज अधिकांश सङ्कटमा छन् भन्ने दृष्टिकोण अघि सारेका थिए । उनको धारणा उदारवाद र समाजवाद अपर्याप्त अनुभव भइरहेछन्, मानवीय विवेक र स्वतन्त्रतामाथि अनेक प्रकारका सङ्कटहरू उत्पन्न भइरहेछन्, मानवीय क्रियाकलापमा विवेकको महत्व घटेको छ र व्यक्ति स्वतन्त्रतामा ह्रास आइहेको छ भन्ने थियो । उनले यस अवस्थालाई सामाजिक संरचनासाग गांसेका थिए र यसका निम्ति व्यक्तिको जीवन र इतिहासको विश्लेषणको आवश्यकतालाई औाल्याएका थिए । उनको चिन्ता र चिन्तनको मूल केन्द्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र समाजको इतिहास निर्माणको प्रक्रियासाग थियो ।



उत्तरआाधुनिकतावादले वैचारिक आकार ग्रहण सत्तरीको दशकपछि मात्रै गर्न थालेको हो । यसलाई वैचारिक आधार प्रदान गर्ने श्रेय ल्योतारलाई जान्छ । सन् १९७९ मा क्यानाडा सरकारले पश्चिमी समाजमा ज्ञानको स्थितिका बारेमा एउटा रिपोर्ट तयार गर्न ल्योतारलाई नियुक्त गर्‍यो । उनले ज्ञानको तत्कालीन स्थिति जनाउन उत्तर आधुनिक शब्दको प्रयोग गरे । उनले विकसित समाजमा विज्ञान र प्रविधिको भूमिका तथा भाषा र व्यवहारको बारेमा उक्त परियोजनामा विस्तृत अध्ययन गरी निश्चित निष्कर्षहरू निकाले । 'द पोष्ट मोर्डन कन्डिसनः अ रिपोर्ट अन नलेज' नाम दिइएको यस रिपोर्टको पुस्तकका रूपमा प्रकासन सन्१९७९ मै प|mान्सेली भाषामा भयो । सन्१९८४ मा यसलाई अङ्ग्रेजी भाषामा प्रकासित गरियो । यसरी दार्शनिक अवधारणा सहित उत्तर आधुनिकतावाद अगाडि आयो । यसले एक अधुनिकता विरोधी चिन्तनधारालाई व्यवस्थित त गर्‍यो नै एक उत्तर आधुनिकतावादी चिन्तकका रूपमा उनको प्रख्यातीलाई पनि बढायो । ल्योतारका विचारहरू पूर्ववर्ती ती चिन्तकहरू ज्ोा आधुनिकताका कटु आलोचक थिए तीसाग गएर जोडिन्छ । वास्तवमा ल्योतारले एडोर्नाे र होर्खिमारद्वारा देखिएको ज्ञानावस्थाको नयाा सिमान्तलाई आˆनो कृतिमा उधिन्ने काम गरेका छन् । एडोर्नाे र होर्खिमार दुवै प|mयाङप|mुट सम्प्रदायका दुई महत्वपूर्ण दिग्गजहरू थिए । उनीहरूले ज्ञानेादय युगका अन्तर विरेाधहरूलाई आˆनै जर्मन समाजमा अनुभव गरे र त्यसको कटु आलेाचकका रूपमा देखापरे । ल्योतारले आˆनो पुस्तकमा मुलतः महाआख्यानका विरुद्धद्घ आफूलाई केन्दि्रत गरेका छन् । उनको सहज निष्कर्ष समाज ज्ञानोदयकालीन मूल्यमान्यता, आदर्श, नैतिकता, नियम, तर्क सबैलाई तोड्दै अघि बढिरहेछ र एक भिन्न परिदृश्यको निर्माण भइरहेको छ जो स्वाभाविक पनि छ भन्ने रहेको छ । ल्योतारले माक्र्सवादलाई अन्तिम महाआख्यान मानेका छन् र यसका विरुद्धद्घ तिखो वैचारिक प्रहार पनि गरेका छन् । उनको विचारको प्रस्थानविन्दुु डेनियल वेल र टुराइन जस्ता चिन्तकहरूको उत्तर औद्योगिक समाजको धारणासाग जोडिएको छ । पुंजीवादको पछिल्लो



चरण, सूचनाप्रविधिको विकास र भूमण्डलीकरणले उत्पन्न गरेको समाजको दृष्टिकोण, दशा र मनोविज्ञानलाई सैद्धान्तिकीकारण गरेका छन् ल्योतारले । उनी भन्छन्,"आउनुहोस् हामी समग्रताका विरुद्धद्घ सङ्घर्ष गरौा, आउनुहोस् हामी त्यसको साक्षी बनौा जसको पुनः प्रस्तुति सम्भब छैन, आउनुहोस हामी अन्तरहरूलाई बढाऔा र नामको सम्मानको रक्षागरौा ।



उत्तरआधुनिकतावादी चिन्तकहरूको लामै लर्काेछ जसको यस लेखमा चर्चा सम्भव छैन । यति भन्न सकिन्छ नित्सेका विचारहरू यसका आरम्भिक जग हुन् र ल्योतारले यसलाई दार्शनिक रूपमा अघि बढाउने कार्य गरे । आधुुनिकताको विरोधमा देखिएका पूर्ववर्ति अनेकन विचारकका विचारहरूले प्रस्थान विन्दुको कार्य गरेका छन् ल्योतारको सैद्धान्तिकीमा । यसको विरोधको निशाना हो आधुनिकता । यसको निष्कर्ष आधुनिकताले आˆनो अर्थ गुमाई सकेको छ र यसको अन्त पनि भइसकेको छ भन्ने हो । समाज आधुनिकताबाट उत्तरआधुनिकतामा प्रवेश गरेको छ र आज सबै चिजहरू उल्टिएका छन् भन्ने दृष्टिकोण यसमा देखिन्छ । उत्तरसंरचनावाद उत्तरआधुनिकतावादको सैद्धान्तिक अस्त्रका रूपमा रहेको छ । फुकोको सत्ताको सङ्कथन, डेरिडाको विखण्डनको सिद्धान्त, ल्योतारको महाआख्यानको अन्त , बौदि्रलार्डको उपभोक्तावादी संस्कृति, फुकियामाको इतिहासको अन्तको धारणा , नयाा विश्व व्यवस्था सम्बन्धी चिन्तनहरूको सङ्गमबाट निर्मित एक परिदृश्य र व्यवहार हो उत्तरआधुनिकतावाद जसले बहुलता, स्थानिकता, लघुकेन्द्र, पाठको विखण्डन, भाषिक खेल आदिलाई महत्व दिन्छ र केन्द्रका विरुद्ध उभिन्छ । केन्द्रभन्जन यस वादको मूल पक्ष हो जो मानवमुक्ति र सुन्दरको विलोममा खडा हुन्छ ।





from: samakalinsahitya





तपाईंको प्रतिकृया

Amar ji kripaya saral sabdama ek palta pheri yaslai lekhi dinu hola jaslai saral tarikale bujhana sakos / Ke yaslai english ma k bhanincha ra yas ko imagination sanga kunai relation cha.

Amar ji kripaya saral sabdama ek palta pheri yaslai lekhi dinu hola jaslai saral tarikale bujhana sakos / Ke yaslai english ma k bhanincha ra yas ko imagination sanga kunai relation cha.

uttar aadhunikta ko sabda dherai sune pani kehi thaha thiyana . Samanya vashama aajhai lakhnu hola



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम