Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
विचार, लेख
उत्तर-आधुनिक साहित्य स्वरुप (देवी पन्थी) - [2008-08-17]

उत्तर आधुनिकता? साहित्यको विश्वव्यापी बहसको विषय बनेको छ । आज हामी साहित्य, कला, दर्शन, अर्थव्यवस्था एवं प्रविधिमा जुन द्रुत परिवर्तन देखिरहेका छौँ त्यसलाई नयाँ कोणबाट हेर्ने र विश्लेषण गर्ने प्रयास गरिएको छ । यसलाई नजिकबाट हेर्नेहरू यी परिवर्तनलाई 'आधुनिकता' भित्र समेट्न कठिन भएको बताउँछन् । तर्सथ वर्तमान समय आधुनिकतापछिको समय हो जसलाई उत्तर-आधुनिकता भनेर परिभाषित गरिँदैछ ।



'उत्तर-आधुनिक' को बारेमा पर्ूव र पश्चिमका साहित्यकार एवं चिन्तकले आफ्ना विचार र अभिमत लिखित रूपमा अगाडि सारेका छन् । गियन्ती वातीमोले आफ्नो पुस्तक 'द इन्ड अफ मोर्डर्ााटी' मा उल्लेख गरेअनुसार 'औद्योगिक एवं प्रौद्योगिक क्षेत्रमा जुन परिवर्तन आएको छ त्यसलाई हाम्रो वर्तमान सोच, दर्शन र कला चित्रण गर्न अर्समर्थ प्रायः छ । यी परिवर्तनले विचारलाई मरुभूमि बनाएर राखिदिएको छ । यसबाट पार पाउन हामीले सम्भावनाको खोज गर्नुपर्छ । यहाँ नयाँ सम्भावनाको निम्ति उत्तर-आधुनिकतालाई स्वीकारिएको छ । साहित्यको काम नयाँ सम्भावनाको खोज गर्नु मात्र नभएर र्सवमान्य सम्भावनाको खोज गर्नु पनि हो । यसमा नयाँ वा पुराना दुवै तर जनहितकारी भावना समाविष्ट रहन्छ । आज हामीले उत्तर-आधुनिकतामा जनहितकारी भावनाको मर्म कति हदसम्म सुरक्षित छ भन्ने कुराको खोजी गर्नु परेको छ । उत्तर-आधुनिकताका मूल चिन्तकहरूमा-



-१) पाल द मान -२) मिसेल फूको -३) जाक देरिदा र -४) रोलां बार्थ-प्रमुख रहेका छन् । रोलां वार्थले आफ्नो पुस्तक 'द डेथ अफ द अथर'मा उल्लेख गरेका छन् - "स्वीकार गरौं कि आलोचना वा दर्शन लेखक वा साहित्यकारको मृत्यु भइसकेको छ । यथार्थमा एक संस्थाको रूपमा लेखकको मृत्यु भइसकेको छ ।" लेखकको मृत्यु र पाठकको अस्तित्वसम्बन्धी विवादको विजारोपण सन् १९५० को आसपासदेखि बहसको विषय बन्दै आइराखेको छ । यस अवधिका लेखक लायनल टि्रलिंगले 'लेखकको अन्त्य' शर्ीष्ाकको आफ्नो लेखमा भनेका छन् - "यो युग पाठकको युग हो ।"



पश्चिमी देशमा ज्ञान र कला एवं दर्शनको मृत्युको घोषणा गर्नु एक फेसन बनेको छ । यस सम्बन्धमा प्रकाशित केही पुस्तकको ज्ञान राख्नु आवश्यक छ - -१) द रेडिकल थियोरी एन्ड डेथ अफ गड -१९६६) ले टाँमस एजि र विलियम हेमिल्टन ।



-२) द डेथ अफ् द अथर -१९६८) ले. रोला बार्थ ।

-३) द डेथ अफ् म्यान -१९८२)- ले. जाक देरिदा ।

-४) द इन्ड अफ् हिस्ट्री -१९८१)- ले. प|mांसिस फुकुयामा ।

-५) द इन्ड अफ् थट -१९६०) - ले. डेनियल बेल ।

-६) द इन्ड अफ् मोर्डर्ााटी -१९९१)- ले. गियन्नी बातोमो ।

-७) द इन्ड अफ् आर्ट -१९८६)- ले. विक्टर बर्गिन ।

-८) द डेथ अफ् लिट्रेचर -१९९०)- ले. एल्विन कर्नान ।

-९) द डेथ अफ् क्रिटिक -१९९१) - ले. मिसेल फूको ।

सन् १९५० पछि पश्चिमी देशमा यस्ता परिवर्तन देखा परे जो आधुनिकताको परिभाषा बाहिर थिए । आर्थिक, सामाजिक एवं राजनीतिक क्षेत्रमा आएका द्रुत परिवर्तनले यस्तो छलाङ्ग लगाए कि त्यसलाई साहित्यले विश्लेषण गर्न र रोक्न सकेन । तर्सथ साहित्यको मृत्युको घोषणा गरियो ।



उद्योग क्षेत्रमा प्रवेश गरेको आधुनिक प्रविधिले रोजगारीका अवसर कम गर्नुका साथै शिक्षित बेरोजगार समूहमा क्षोभ र घृणा उत्पन्न गरायो । यसबाट युवा पुस्ता सबैभन्दा बढी आहत भयो । उद्योग, कारखाना र कार्यालयमा जनशक्तिको कटौती आधुनिक तकनिकीले प्रदान गरेको श्रेष्ठतम् पीडा हो । यसको प्रयोग र्सवप्रथम अमेरिका एवं युरोपीय मुलुकमा हुन पुग्यो । यसको प्रभाव व्यक्ति-व्यक्तिको जीवनमा यसरी पर्यो कि उनीहरूको आशा-भरोसा र भविष्यका लागि कोरिएका योजना बालुवाको भित्तोजस्तै गर्लाम्गर्ुर्लुम् लड्न थाल्यो । वर्तमान जति भयावह थियो भविष्य त्यो भन्दा बढी डरलाग्दो र अनिश्चित थियो । यस्तो स्थितिमा कुनै पनि पक्षले वा विधाले समाधानको बाटो देखाउन नसकेको हुँदा भगवान्को मृत्यु, लेखकको मृत्यु, मान्छेको मृत्यु, इतिहासको मृत्यु, चिन्तनको मृत्यु, आधुनिकताको मृत्यु, कलाको मृत्यु, साहित्यको मृत्यु र समालोचकको मृत्यु जस्ता पुस्तक लेखिए । यस्तो अवस्थामा साहित्यको कर्तव्य के हुने - आफ्नो परम्परालाई कायम राख्दै जीवन र मृत्युको पुनर्स्थापनाको प्रयास गर्ने कि उत्तर आधुनिकताको प्रवाहमा सामिल भएर बग्ने - यी दर्ुइ प्रश्नको सेरोफेरोमा आफ्ना विचार र बहसलाई केन्द्रित गर्नु अहिलेको आवश्यकता हो ।



यहाँ पेरेस्त्रोइका- का जन्मदाता मिखाइल गोर्वाच्येवको स्मरण आवश्यक छ । उनले भनेका थिए- "अब आउने दिनमा कुनै देशको मह즣2357; सामाजिक सम्बन्धको सट्टा बजार व्यवस्थापनले मापन गर्ने छ ।" त्यस्तै अमेरिकी राष्ट्रपति जर्ज बुसले भनेका छन् - "अब राजनीति वा सैनिकको सट्टा सूचनाको सहयोगबाट शासन गर्नुपर्ने भएको छ ।" गोर्वाच्येव र बुसका यी भनाइमा सत्यता छ । आज सूचना र विज्ञापनको बर्चश्व यति बढ्दो छ कि त्यसले बजार व्यवस्था र संस्कृतिलाई पर्ूण्ातया प्रभावित गरेर लगेको छ । यसबाट अलग रहेर कोही पनि प्रतिस्पर्धामा आउन सक्दैन । यसबाट यो पनि स्पष्ट छ कि विज्ञापनबाट सबभन्दा बढी अमेरिका, जापान, रुस र चीनजस्ता पूँजीपरस्त देश लाभान्वित हुनेछन् । तीव्र गतिमा रहेको सूचना एवं विज्ञापनको प्रभाव प्रत्यक्षरूपमा मानवजाति उसको संवेदना र साहित्यमा परेको छ । साहित्य र संस्कृतिमा चौतर्फी आक्रमण भइराखेको छ । बजारवादी संस्कृतिले उपभोक्तावादी संस्कृतिलाई सहयोग पुर्याइराखेको छ । यसबाट साहित्यलाई कसरी जोगाउने -



उत्तर-आधुनिकताका पक्षधरहरूको धारणा साहित्यप्रति निराशाजनक, हास्यास्पद एवं नकारात्मक छ । आर्श्चर्यको कुरा के छ भने साहित्यको मृत्युको घोषणा गर्नेहरू स्वयं साहित्यकार हुन् । उपन्यासको मृत्यु लेख्ने एलियट, काव्य एउटा मर्दै गरेको विधा हो भनेर लेख्ने एडमन्ड विलसन र मानव सम्बन्धको साहित्य मरिसक्यो भनेर लेख्ने डी.एच.लरेन्स यी सबै उच्चकोटीका साहित्यकार हुन् । एल्विन कर्नानले साहित्यको मृत्युको कारकत즣2357; उत्तर-आधुनिकता भएको स्पष्ट उल्लेख गरेका छन् । उनी भन्छन्- "विगत तीस वर्षो अवधिमा अमेरिकाको साहित्य मरिसकेको छ । यो मृत्यु अलिकति आफ्नै कारणले, अलिकति बाहृय आक्रमणका कारणले र बाँकी सबै सामाजिक तथा तकनिकी वा प्रविधि विकासले गरेको छ । यसलाई हामी उत्तर-आधुनिकताको संज्ञा दिन्छाँैं ।"



अमेरिकामा साहित्यको मृत्युको घोषणा विकृत मार्क्सवाद एवं विरचनाका प|mान्सिसी गुरु जाक देरिदाको प्रभावमा परेर गरिएको थियो । यहाँ के कुरा उल्लेख गर्नु आवश्यक छ भने कुनै पनि दर्शन, चिन्तनधारा वा सिद्धान्त कुनै एक व्यक्तिको परिश्रमको फल हुन सक्दैन । युग-युगसम्म व्यक्तिको शृङ्खलाबाट तयार भएको ठोस संरचना र्-दर्शन, सिद्धान्त) सबैको साझा सम्पत्ति बन्दछ । त्यसमा कुनै एक व्यक्ति विशेषको अधिकार हुँदैन । कसैलाई पनि दर्शन वा सिद्धान्तको मृत्युको घोषणा गर्ने अधिकार हुँदैन । यस्तो चमत्कारपर्ूण्ा घोषणाले व्यक्ति वा समूह विशेषलाई क्षणिक सन्तुष्टि त प्राप्त होला तर त्यो दिगो बन्न सक्दैन । त्यो पानी पोखरीमा ढुङ्गा फ्याँक्दा उत्पन्न हुने तरङ्ग मात्र हुन सक्दछ । एल्विन कर्नान -साहित्यको मृत्युको घोषणा गर्ने साहित्यकार) को विरोध गर्दै प्रतिकार स्वरूप एडविन एम. जोर्ड जुनियरले उद्घोष गरे "साहित्य मर्न सक्दैन । यो विरचना एवं विकृत मार्क्सवादका गुरु प|mान्सिसी जाक देरिदाको फेसनवेल वकवास मात्र हो । साहित्य तथाकथित अवसानको पश्चात् पनि जीवित छ ।" यसरी पश्चिमी मुलुकबाटै उत्तर-आधुनिकताको विरोध प्रारम्भ भइसकेको छ । उत्तर-आधुनिकतावादीहरूले घोषणा गरेअनुसार साहित्य र साहित्यकारको नाता विच्छेद भइसकेको छ । उनीहरू साहित्यलाई मात्र लेखन कार्य मान्दै जनहित, लोक मङ्गल र शब्द रचनाको कुनै मह즣2357; नभएको बताउँछन् । उनीहरूका अनुसार लेख तयार भएपछि लेखकको मृत्यु हुन्छ । उनीहरू दर्शन, इतिहास र विज्ञानलाई साहित्यको अङ्ग अस्वीकार गर्दै उल्टै साहित्यलाई अङ्ग मान्न थालेका छन् । यो विडम्बना होइन र - उत्तर-आधुनिकताका विचारकहरू पाठका अतिरिक्त अरू कुनै अस्तित्व स्वीकार्न चाहँदैनन् । उनीहरू भन्छन्- "साहित्य छँदै छैन । जसलाई साहित्य भनिन्छ त्यो यथार्थमा गल्प या पाठ -गफ/मिथ्या प्रलाप) हो । साहित्यले मङ्गल कामना गर्नु वा मानव कल्याणको प्रलाप गर्नु र्व्यर्थ छ । राजनीति, इतिहास वा अर्थशास्त्र जेसुकैको पुस्तक गफ वा मिथ्या प्रलाप हो ।" उत्तर-आधुनिकतावादीहरूले साहित्यसम्बन्धी गरेको यस्तो तिखो र तीतो प्रहारले साहित्यको अस्तित्व र अस्मितामाथि ठूलो प्रश्नचिन्ह खडा गरेको छ ।



उत्तर-आधुनिकतावादीहरू पारम्परिक भाषाचिन्तनको विषयमा पनि भिन्नमत राख्दछन् । भाषाशास्त्रीले शब्दका अर्थका बीचमा अकाट्य सम्बन्ध बताएका छन् । पर्ूर्वीय विचारमा 'शब्दार्थो सहितो काव्यम्' भनिएको छ । अर्थबिनाको शब्द बर्ेअर्थको ठूलो आवाज मात्र हो । उत्तर-आधुनिकतावादीहरू शब्द र अर्थमा कुनै अर्थ वा सम्बन्ध भएको कुरालाई मान्दैनन् । उनीहरूका अनुसार आफ्नो कल्पनाअनुसार शब्दको जे अर्थ लगाए पनि शुद्ध हुन्छ । उनीहरू शब्द प्रयोगमा 'प्रजातन्त्र' भन्छन् । यदि प्रत्येक व्यक्ति या पाठकले आ-आफ्नै तरिकाले शब्दको अर्थ लगाउने हो भने सम्प्रेषणको समस्या पर्दैन र - यसबाट भाषिक अराजकता फैलिँदैन र - उत्तर-आधुनिकताका पक्षधरहरूले ल्याएको यस्तो विचारले चिन्ता उत्पन्न गरेको छ । यस विषयमा जर्ज कोनार्ड भन्छन्- "यो खतरनाक समय हो । शब्दको गरिमा नष्ट भइराखेको छ । पात्र तितर-वितर भएका छन्, स्मृति छिन्नभिन्न भएको छ । साहित्यको यो स्थितिमा सुधार आउला भनेर कानमा तेल हालेर सुत्ने बेला होइन ।"र् जर्ज कोनार्डको चिन्ता समयसापेक्ष र स्वाभाविक छ । आधुनिकतावादीहरू भन्छन्- हिजो-आज रचना होइन विरचना भइराखेको छ । उनीहरूको यो मत व्यापक रूपमा स्वीकृत छैन । भाषा एवं साहित्यको अस्तित्व कुनै एक विचारधारामा अनुबन्धित हुन सक्दैन । यहाँ विरचना नै भइराखेको छ भने पनि सँगसँगै नवरचना पनि भइराखेको छ । विरचनाको घोषणा गर्दैमा नव-रचनाको अस्तित्व समाप्त भयो भन्ने ठान्नु अवैज्ञानिक र गैरप्रगतिशील कुरा हो । आफ्नो अस्तित्व कायम राख्न अरूको अस्तित्व स्वीकार्नु पर्ने हुन्छ ।



संरचनावादमा रचना र रचनाकारबीच जुन अलिकति सम्बन्ध थियो उत्तर-आधुनिकतावादीहरूले त्यसलाई समाप्त पार्ने प्रयास गरेका छन् । उनीहरूका अनुसार जसरी उत्पादन गरेपछि 'माल' श्रमिक वा मजदुरबाट अलगिन्छ ठीक त्यसरी नै व्यक्त भएपछि रचना र कला रचनाकार र कलाकारबाट अलग्गिन्छ । माल उपभोक्ताको हुन्छ रचना पाठकको । यहाँ मालको व्यवसायसँग रचना र कलाको व्यवसायलाई जोड्नु त्यति युक्तिसङ्गत देखिँदैन । यी दुवैका उपभोक्ता र मालको प्रकृति विलकुलै भिन्न छ । यस्तो अभिव्यक्ति मर्ूख अभिव्यक्ति नभएर अरू के हुन सक्छ र - उत्तर-आधुनिकताका प्रचारकहरू र्'दर्शन' र साहित्यबीच अनौठो सम्बन्ध बताउँछन् । उनीहरूका अनुसार र्'दर्शन'लाई साहित्यजस्तै र 'साहित्य'लाई दर्शनजस्तै पढ्नर्ुपर्छ । 'उनीहरू भन्छन्- "यी दर्ुइ विषयलाई गल्प वा पाठजस्तै पढेर उपनिवेशवादी मानसिकताबाट छुट्कारा पाउन सकिन्छ ।" उनीहरूका अनुसार रचनाकारले पाठकलाई आफ्नो -रचनाकारको) अर्थमा बुझन दबाब दिनु उपनिवेशवादी प्रवृत्ति हो । यहाँनिर उत्तर-आधुनिकतावादीहरू 'शासन' र 'अनुशासन' बीच पृथकता देख्न चुकेका छन् । साहित्य वा कलाको अनुशासनात्मक व्यवस्थालाई नकार्दा उत्पन्न हुने भयावह परिस्थित्रि्रति उत्तर-आधुनिकतावादीहरू अनभिज्ञ देखिन्छन् । लेखकले जुन अर्थमा रचना गर्छ पाठकले त्यस अर्थदेखि टाढा रहेर जुनसुकै वा मनमानी अर्थमा पढ्ने स्वतन्त्रता राख्दछ भन्नु पाठकलाई अराजक र अनुशासनहीन बनाउनु हो । यसलाई जाक देरिदाले स्पेसिंग भनेका छन् । कुनै-कुनै रचनालाई पाठकले लेखकको लेखकीय मर्मविपरीत बुझनु स्वाभाविक हो तर त्यस्तो गर्न छुट प्रदान गर्नाले अर्थगत अराजकता फैलिने डर रहन्छ । यसबाट अर्थ एकसूत्र र तर्क संयोजनको सम्भावना लोप भएर जान्छ । लेखकको मृत्युको घोषणा गरेर उत्तर-आधुनिकवादीहरूले आलोचक, समालोचक र समीक्षकको अस्तित्वमाथि पनि प्रश्नचिन्ह खडा गरिदिएका छन् । उनीहरूकाअनुसार आलोचकको अवशान भइसकेको छ । मिसेल फूकोको शब्दमा "अब समीक्षा र दर्शन लेख्नेहरूको अन्त्य र अवशानलाई हामी सबैले स्वीकारौंँ । पाठक अब मुक्त छन् ।" फूकोले पाठकलाई यसरी अराजक बनाएका छन् । समीक्षक, आलोचक र समालोचकको धर्म पाठकलाई सही गोरेटोमा ल्याउनु हो । लेखकको धर्म पनि पाठकको रुचिअनुसार खुराक पस्कनु हो । यस अर्थमा लेखक, समीक्षक, आलोचक र समालोचकको आवश्यकता झन् खट्किएको छ ।



अमेरिका जहाँबाट उत्तर-आधुकितावादको प्रचार-प्रसार भयो आज त्यहीँबाट यसको विरोध सुरु भएको छ । त्यहाँ मानव सम्बन्ध टाढिँदै गएकाले साहित्यप्रति चिन्ता व्यक्त गर्न थालिएको छ । अमेरिकामा 'एसोसिएसन अफ् लिटेरेरी स्कालर्स एन्ड क्रिटिक्स नामक संस्थाको जन्म सन् १९९४ मा भइसकेको छ । यस संस्थाले उत्तर-आधुनिक सिद्धान्तको घोर विरोध गरेको छ ।





साभार: मधुपर्क







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम