Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
विचार, लेख
बहुरङ्गवाद र नेपाली उत्तरआधुनिकतावादको कुरा (धर्मेन्द्रविक्रम नेम्बाङ्) - [2008-08-18]

कान्तिपुर दैनिकले आधुनिकता, उत्तरआधुनिकता सम्बन्धको लामो बहस तन्काएर स्थगन गरेको छ । डा. सञ्जिव उप्रेतीज्यूले यस सम्बन्धमा निकै मेहेनतका साथ अगाडि पसार्नु भयो, सिद्धान्तलाई समानीकरण गर्दै नेपाली घटना र जनजीवनमा पुर्‍याउनु भयो, उहाँले विशेषत सिद्धान्तमा र यसको साँस्कृतिक, सामाजिक, आर्थिक, राजनैतिक पाटामा व्याख्या विश्लेषण गर्नुभयो, जुन जरुरी थियो लाग्छ । उत्तर आधुनिकताको सम्बन्धमा उहिलेदेखि काम गर्दै नै आउनुभएका डा. गोविन्दराज भट्टराईज्यू, कृष्ण गौतमज्यूलाई यो विषयगत मामलामा सम्भि्कनुपर्ने त छँदैछ। सिद्धान्त, व्यवहार र सौन्दर्यको पक्षबाट उहाँहरूको योगदान कम्ती छैन। यसैबेला उत्तरआधुनिकताका विपक्षमा उभिने विद्वानहरूमा पनि आभार उत्तिकै हुनुपर्छ जसको पनि यस क्रममा समाजमा उत्तिकै आवश्यकता छ। युवा शर्मा अलि आक्रोशित देखियो, युग पाठकको सैद्धान्तिक तर्क अनुचित होइन। पक्ष अपक्षमा अन्य पाठकहरूको आफ्नो मौलिक स्थान छ। थपथाप यसैमा अगाडि वढने भएको छ अच्युत वाग्ले, बारम्बार प्रतिक्रिया छाइरहेको छ, किरण भण्डारी र देवेन्द्र नेपाल। अरूलाई पनि मेरो सम्मान उत्तिकै छ।



अहिले नेपाली समाजमा मुख्यगरी दुईवटा धार अगाडि बढेको पाइन्छ। एउटा पश्चिमी बन्दै उच्चारण नगरौं भन्ने, यसको पनि विभिन्न तहहरू छ। अर्को पश्चिमी हेर्दै विकसित गर्दै जाउँ भन्ने। यो विरोधाभाष अगाडि बढ्नुको रमाइलो पनि उत्तिकै छ, उनीहरू विभिन्न इच्छामा टेकेर यो बोलिराखेको पाइन्छ। हामी दुवैतिरको सम्बादलाई नजिकैबाट नियालीरहेका छौं । हाम्रो मुलुकमा प्रथम भाषा खस नेपाली नभई दोस्रो भाषामात्र खस नेपाली हुने (सरकारी तथ्यांकमा सुचिकृत आदिवासी जनजाति, लगायत मधेशीयन) हरू तेस्रो भाषा अंग्रेजी विषयमा त उदार पाइन्छ। उनीहरू खस नेपाली र अंग्रेजीलाई समदुरीमा राख्छन्। खस नेपाली भाषाको शासन, एकभाषा एक भेषको पुरानू शासनको चोटले पीडित पनि उत्तिकै छ, अंग्रेजी भाषालाई नेपाली भाषीले किलर ल्यांग्वेज माने झै मातृभाषीले नेपाली अंग्रेजी दुवैलाई किलर ल्यांग्वेज मान्छ। त्यसलाई भत्काउने पहलमा छ। यो लगभग भत्किसकेकोले खस नेपालीलाई सम्पर्क भाषाको रुपमा, अंग्रजीलाई अन्तराष्टि्य सम्पर्क भाषाको रुपमा मातृभाषालाई क्षेत्रीय सम्पर्क भाषाको रुपमा यसरी त्रैभाषिक भाषाको रुपमा स्वीकारेको पाइन्छ । खस नेपाली भाषा प्रथम भाषाको रुपमा उपयोग गरेका (व्राम्हण, क्षेत्री, दलित आदि) हरूमध्ये अंग्रेजी माध्यममा शिक्षा लिनेहरू पश्चिम र अपश्चिमको कुरामा तुलनात्मक रुपमा उदार मत पाइन्छ। अंग्रेजी शिक्षा लिँदैमा उदार भइहाल्ने, खस नेपालीमा शिक्षा लिँदैमा कठोर भइहाल्ने पक्षमा छैन पनि। तर प्रायशः लाइन यस्तो देखिन्छ। भाषाको, विज्ञानको, कोर्शको फरकताले फरक–फरक राज्यमा डुबेको छ। संसार निर्धारण गरेको छ। यसमा अन्य पक्ष र क्षेत्रले पनि उत्तिकै काम गरेको छ। राजनीति दिक्षण, समाजशास्त्र, मनोविज्ञान, अर्थनीति, व्यक्तिवाद आदि समाजका पाटाहरूले काम गरेको छ। राजनीतिक चिन्तनमा बोक्नेहरू लिवरल डेमोत्रे्कट्सहरू आफ्नो र पराईभन्दा पनि दुवैमा सहमत गरेर अटाएर जानु खोज्छ, प्रतिपक्षलाई पनि स्थान दिएजस्तै हो यो बहुलताको अभ्यास गरेजस्तै। मार्क्सवादीय लोकतन्त्रवादीहरू यो मामलामा अलि जटिल देखिन्छ, मार्क्सवादी सौन्दर्यशास्त्रको निर्माणमा भर्सेज लेखन, चिन्तन अगाडि बढाउँछ, आफ्नूमा बेसी आग्रह राख्छ। उसो त सप्पै लोकतन्त्रवादीहरू सप्पै मार्क्सवादीहरूको मत एउटै हुन्छ भन्ने चाहिँ छैन, कारण यही राजनीतिक मतबाट पक्रेर सम्पूर्ण समाज विज्ञानको ठोकुवा, व्यक्ति विज्ञानको हिसाप निकाल्नु सकिन्न, निकाल्यो भने त्यो पनि फेल खान्छ, यो धारलाई लिनु अन्य क्षेत्र र पक्षहरुको सर्जिमिन गर्नु पनि उत्तिकै आवश्यक देख्छु। 'ओहोर दोहोर मापददण्डवाद' त चलाउनैपर्छ।



सत्य यसरी बहुल, मिश्रण, असमान, विपरीत भएर उभिएको छ। यसलाई विभिन्न बिसौनीमा राखेर हेर्नुपर्ने हुन्छ। एकठाउँबाट हेर्दा अर्को ठाउँमा चिप्लिन्छ। यो एउटामात्र छैन हजारौंहजार भन्दा धेरै भएकोले एउटा देखाउँदा अरू कैयौं साइडमा पर्छ। त्यसकारण सापेक्षिक छ सत्य पनि, बन्दैजाने कुरो। यसर्थ पश्चिमेली, अपश्चिमेली दुवै सत्य छन्, यसका मतहरू सामाजिक हुन्। यति चाही भन्नु सकिन्छ पूर्विय दर्शन अध्यात्मवादको नजिक वेशी र पश्चिमी दर्शन विज्ञानवाद सँग नजिक वेशी पाइन्छ।



विवाद योहरू सवल भइरहनु स्वभाविक देखिए पनि क्रियाकारणमा हामी देख्छौं हाम्रो देशमा नेपाली मौलिकताको 'सिद्धान्त' या 'वाद' स्थापना तर्फ सकारात्मक पहल हुनु नसक्नु। हुनु त मानव विकासक्रम, चेतना विकासक्रम, विज्ञानको विकासक्रम राजनीतिक विकासमा पश्चिमी छिटो नै देखियो। कथा, कविता, नाटक, उपन्यास आदिहरू विधा भनौं या साहीत्य उनीहरूकै वोलवाला भयो। यसको विश्वव्यापी रुप पनि लगभग उस्तै छ। यो सम्म त सही छ। तर यो बीचबाट हामीले नेपाली मौलकता, विशेषता, सापेक्षता, निजित्व झल्किने सिद्धान्त या वाद अभावमा लगातार हामी छरिइरहेका छौं, छचल्कीरहेका छौं, हल्लिरहेका छौं, यसको विकास हुनसकेको देखिएन। त्यो गर्ववोधले आत्मविश्वासले हामीलाई छुनुसकेको छैन। त्यही क्रियाको मनोविज्ञानले क्रियाकारणले देशमा सप्पैप्रकारको आन्दोलन चलिरहेको अवस्थामा, भनेको माओवादीको सशस्त्र जनयुद्ध वि. सं. २०५२, संसदिय दलहरुको अहिंसात्मक सडक आन्दोलन, सामाजिक न्यायको आन्दोलनमा महिला, दलित, मधेशीयन, कर्णाली, आदिवासी जनजातिहरुको आन्दोलन चल्दैगरेको सन्दर्भमा वि.सं. २०६० सालसम्मको अवधिलाई 'प्रस्थान विन्दू' मान्दै रङ्गको विज्ञान, चरित्र, विशेषता पत्रे्कर जगत र जिवनलाई विश्लेषण गर्दै रङ्गवाद नेपाली साहित्य मार्फत अगाडि बडेको आन्दोलनको रुपमा हो भन्छु। किरण भण्डारीलाई पनि म धन्यवाद दिन्छु। केही समय अघि कान्तिपुरको पाठकप्रतिक्रिया 'हाम्रो रङ्गवाद'को शीर्षकमा, “नेपाली साहित्यमा झन्डै ६ वर्षअघि विकसित 'रङ्गवाद' यहाँको माटो सुहाउँदो नेपाली उत्तर–आधुनिकताको मौलिक दृष्टान्त हो। जसका वैचारिक र सैद्धान्तिक आधार हाम्रै (नेपाली) लाग्छन्।”भनेर उनले बोलेको छ। उसो त वर्तमानको अरु आन्दोलनहरु पनि उत्तिक्कै सचेतताका साथ नेपाली उत्तरआधुनिकता क्षेत्रमा क्रियाशील रहेको पाउछु जस्तै सम्रक्षण कविता आन्दोलन, चौथो आयाम, लीलावाद, श्रृजनशील अराजकता, विलयनवाद, मुक्त अभियान, भयवाद, चक्रव्युह संचेतना, श्रृजनशील उत्तरवर्ती, सौहार्द्र साहित्य अभियान आदिहरु।



माथिको मध्ये अब म अति छोटोमा रङ्गवाद सम्बन्धको कुरो गर्छु । छोटोमा कुरो सिध्याउनु पनि कतिपय अवस्थामा निरंकुश हुँदोरहेछ, भएपनि यहाँ कोशिस गर्छु। समान्य रङ्गवादलाई खासगरी तीन विशौनीबाट

१. सिद्धान्त,

२. समालोचना,

३. सिर्जनाबाट हेर्नुपर्ने हुन्छ।

अरू वर्तमानमा चलिआएको सामाजिक, राजनैतिक, आर्थिक घटनाहरूको प्रभाव त छँदैछ।



१. सिद्धान्तमा - (क) बहुलतावाद, (ख) मिश्रणतावाद, (ग) असमानतावाद, (घ) विपरीततावादमा रङ्गको गुण चरित्र विशेषता हुन्, यसैमा राखेर वस्तु, सत्य, जगत, जिवनले क्रिया गर्छ। यो नीति निर्देशन सिद्धान्त हो। त्यसकारण (ङ) सपअस्तित्ववाद, (च) ओहोरदोहोर मापदण्डवाद यसको सम्पर्क समन्वय सिद्धान्त हो। यसले व्यवस्थापन गर्छ। (छ) गतिशीलतावाद, (ज) संशोधनवाद यसको मर्म हो।



२. समालोचनामा - समालोचनामा प्रतिसमालोचनाको सिद्धान्तबाट यसले हेर्छ। पाठमा फ्यूजन गरेकोलाई फिसन (खण्डरकण) गरेर हेर्छ।

क) विधामाथिको प्रश्नचिन्हबाट यो अगाडि बढ्छ। घोषित विधा त अरूले देखाएकै छ लगायत लेखकले पनि। त्योभन्दा अरू विधाको भागले उक्त कृति हेर्छ। विधाहिन कृतिमा यो झन सजिलो पर्छ।

ख) पुस्तकमा सदस्य संयोजक लेखकसँगै आएको भूमिका, व्लर्ब, प्रकाशनिय, लेखनिय, कम्प्यूटर आवरणलाई सदस्य मान्दै प्रतिलेखन, प्रतिकृतिको मान्यता अगाडि सार्छ।

ग) मिश्रित रङ्गको पत्र, बहुलताको उपस्थिति, असमानता, विपरीतताको सहभागिता खोज्छ। सपअस्तित्व, दोहोरो मापखण्डको स्थिति केलाउँछ।

घ) सामाजिक न्यायको मुद्दामा प्रुफ मिस्टेक चेतना हेर्छ।

ङ) विचार पक्षलाई अल्ट्रामोरल तरिकाले लिन्छ।

च) सौन्दर्यशास्त्रमा कला पक्षको सघनता यसले हेर्छ। असम्बन्धि सम्बन्धलाई स्वीकृत गर्छ।

छ) आदिवासी, जनजाति, महिला, दलित, अपसंख्यक सबाल्टर्नको स्थान हेर्छ।

ज) पाठको खेलमा क्रियाशील पाठकीय अन्वेषणको धार हो।

झ) प्रयोगवाद भन्नु, अभाङगार्ड भन्नु, बहुरङ्गवाद भन्नु या नेपाली उत्तर आधुनिकता भन्नुसँग सम्बन्ध यसले राख्छ।



३. सिर्जनामा - माथिको सिद्धान्त र समालोचनाको मान्यताहरूलाई छर्दै नेपाली साहीत्यको पुनरावलोकन साथ क) प्रयोगवाद, ख) विघटनवाद अगाडि बडाउनु यसको सिर्जनात्मक मूल्य हो। त्यो वर्तमानको विघटनसम्म जहाँ हामी सप्पै भेटाउँदछौं। स्थानियता भेटाउँछ, वहुलता भेटाउछ ।



अमेरिकी विद्धानहरू राष्ट्र अगाडि बढ्नुको लागि एउटा साझा आन्दोलन चाहिन्छ भन्ने कुरो मान्छ। फिला डेल्पि्कया सम्मेलनलाई उनीहरू त्यसको आधार स्तम्भ मानेझैँ राजनीतिक रुपमा हामीले राष्ट्र अगाडि बढाउने ०६२/६३ दह्रो साझा या बहुरङ्गिन आन्दोलन सम्पन्न गरिसकेर अगाढि बढेको रुपमा लिँदा हुन्छ। अब कला साहित्यमा पनि त्यो साझा र बहुरङ्गिन आन्दोलन अगाडि बढाउनुछ ले नेपाली समाजको बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति, बहुराजनीतिबीचको अन्तरमिश्रणको हिसावकिताव हेर्दै, वहुअन्तरसम्बन्धको सम्बाद गर्दै निजित्व र मौलिकताको साथ व्यक्तिगत स्वायत्तता पक्रेर क्रियाशील छ रङ्गवाद। नयाँ वैकल्पिक सौन्दर्यशास्त्र निर्माणको यो पाटो नेपाली साहीत्यको साझा या बहुरङ्गिन आन्दोलन हो। सप्पैजनाले भाग लिनु, सहभागी हुने। वहुजाति, बहुभाषा, बहुधर्म, बहुराजनीति, बहुआस्था आदिहरु। नरोक्ने, नबाँध्ने, नछेक्ने मेची–महाकालीले समावेश हुनुपाउने मुलुकलाई बाँध्नु, जोड्नु सक्ने साझा या बहुरङ्गिन व्यानर। वास्तवमा यो बहुमुखि कलेज जस्तै हो, यो नेपाली उत्तरआधुनिकतावाद हो। सामान्य रङ्गवादमा पनि बहुथपेर अब हामी सामान्य बहुरङ्गवादको यो अभ्यासमा छौं । बहुरङ्गवाद भन्नु पुनर्संरचनाको कुरो पनि हो। साहित्य पुनर्संरचनामा गुण र मात्रा दुवै आवश्यक देखिएको छ लाग्छ । यो राष्ट् निर्माणसँग सम्वन्धित कृयाकलाप पनि हो ।







(लेखक रङ्गवादी लेखक हुन)





तपाईंको प्रतिकृया

'Rangbad' is contemporary, postmodern and fundamental. The new trends of literature repeatedly ask for relevance to time but not reference to time. I request you to read about the new literary movement 'bichalan', started from Kalimpong. One article about it is in 'uttaradhunik bimarsha' of Dr. Govindraj Bhattarai. Good wishes



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम