Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
गजल
ननिको त पेटै तिम्रो (विपल अकेला) - [2008-08-25]
 Authorविपल अकेला

ननिको त पेटै तिम्रो जति खाए'नि भोको

अझ पुग्या छैन तिम्रो रजाइँ गर्ने धोको



बिचल्लीमा छौ कि कसो? छट्पटा'को देख्छु

चलाउँदैन तर पानी पनि मैले छो'को



भिजाउँछ त भन्थ्यो ब्यारे महलको सोफा

हो पो क्यारे जस्तो लाग्यो देख्दा तिमी रो'को



सेरोफेरो ठानीरह्यौ बाह्रैकाल मेरो

मर्यादालाई छोपी बेच्यौ इज्जतको पोको



बूँद-बूँद मिलेपछि सागर बन्दो रै'छ

देख्यौ होला ज्वाला बनी बिस्फोटिए को-को







विपल अकेला





तपाईंको प्रतिकृया

VERRY GOOD



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम