Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कविता
भाब-रस (अनन्त यात्री) - [2008-08-25]
 Authorअनन्त यात्री

बैरागिएको मन अनी

तद्पीरन्छ पलपल

कतै केही छ कि भनी खोज्छु

निरशाको दियो नै सही बालि-बाली ।



भक्कानो उठ्छ भकभकी भित्र

गर्न सकिदैन केही,टोलाउनु बाहेक

सोचेजस्तो हुन्न रै'छ जिबन

कहाँ मोडिने हो,था'छैन ।



कहिलेकही,आफ्नै मन भित्र नै दौदन्छु

कसैको प्रेम भेट्दिन अनी गर्दिन पनि

बस पस्चतापका भेल पाउछु

थमिन्छ या बद्छ था'छैन ।



केही लक्ष्य छ जिबनको??

छैन,बस सुन्य सुन्य नै पाउछु

के का लागि बचेँ त ??

सोच्नु नै पर्छ ,था'छैन ।



केहीको तुलना गर्न मन लाग्दैन

अरु जस्तो तेही ठीक , म जस्तो एही ठीक

तरङ्ग बग्छ कस्तो- कस्तो मनमा

पोल्छ भित्र,सहन गाह्रो-गाह्रो हुन्छ ।



सार्थक जिउने सोच राखे

बस् सोच मै रहीरयो,केही भएन

मेरो भुल पनि हुनसक्छ यो

बस् दोबटो मै अल्झिरहे ।







अनन्त यात्री







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम