Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
निबन्ध, संस्मरण
खोक्रो सम्पन्नता (विश्रुत) - [2008-09-01]
 Authorविश्रुत

"नाइँ हँदैन, हँदैन, म कुनै हालतमा पनि विवाह गर्दिन " । ऊ चिच्याउँदै भन्दै थिई । ऊ अर्थात सन्ध्या यसरी बिन्तीभाउ गर्दै थिई आफ्नो परिवारको अगाडि । सन्ध्याको जीवन पनि अचम्म लाग्दो थियो । भर्खर सोह्र पुगेर सत्रमा मात्र लागेकी थिई तर पनि अनुभव भन्ने हो भने धेरै आरोह अवरोहको सामना गरिसकेकी थिई आफ्नो जिन्दगीमा । हुन त ऊ सम्पन्न परिवारकी सदस्य थिई तर पनि उसलाई आफ्नो परिवार अभिशाप नै लाग्दथ्यो । कडा मिजासका तीथ शाह अर्थात उसका बाबु अनि तुलसी अर्थात उसकी निरीह आमा । सायद उसको जिन्दगीमा यति नै थियो । अँ उसको एउटा दाजु पनि थियो जो बीसको उन्नाईस थिएन् । यदि उसको भावना बुझने प्राणी कोही थियो त्यस परिवारमा भने, त्यो मात्र उसकी बहिनी थिई । हुन त उसको बाबु ठकुरी खानदानको, तर्राईको ठूलो जमिन्दार, पढे-लेखेको तर पनि ऊ खान्दानी खाक्रो बडप्पनबाट मुक्त हुन सकेको थिएन । संकीण्ा विचारको रोगी ऊ अझ पनि आफ्नो छारीहरुलाई स्वतन्त्रता दिंदैनथ्यो । ऊ ठान्दथ्यो, उसले भनेका सारा कुराहरु उसका छोरीहरुले मान्नुपर्छ, चाहे त्यो कदम जति सुकै आत्माघाती न्ौ किन नहोस् ।



आज पनि यस्तै हुँदैछ यस घरमा । आज पनि फेरि अर्को हिजो थोपरिँदैछ । आज तीथ शाहको साथीको छोरो रोहन अझ भनौँ डा.रोहन त्यस घरमा आएको थियो, आफ्नो आमा-बाबुको साथमा । उसको मनमा लोभ थियो आफू भन्दा बाह्र, तेह्र वर्षा कलिला हात थाम्ने । स्ान्ध्या आफ्नो कोठामा थिई, उसको आमाले उसलाई सिँगार्दै थिइन्, मूर्तिलाई सिँगारे जसरी । मूर्तिवत सन्ध्याको मनमा धेरै कुराहरु खेलिरहेका थिए । विगतका घटनाहरु उसको मानसपटलमा चलचित्र समान नाचिरहेका थिए । अस्पतालको दृश्य, डाक्टर नर्सको अनुहार यस्तै-यस्तै कुराहरु सम्झदैं थिई । त्यतिखेर उसले यस्तै बलजफ्ती निर्णयको परिणाम स्वरुप आफ्नो जिन्दगी नै त्याग्ने निर्णयगरी आफ्नो नश्ाा नै काटेकी थिई । तर त्यहाँ पनि उसको र् इच्छाको जोर चलेन र ऊ बाँची । फेरि यस्तै अर्को निर्रथक प्रयास उसको जिन्दगीमा लेखियो । आज धिक्कार्दै छे ऊ आफूले आफैलाई-मैले किन आफ्नो त्यो मृत्युको अधिकार पनि प्रयोग गर्न पाईन । बाँच्ने अधिकार नभए कमसेकम मृत्युको अधिकार त मेरो हुनुपर्दथ्यो । हिजो मैलै त्यो अधिकारको उपयोग गर्न पाएको भए आज यो अर्को गुलामीको जिन्दगीको त सुरुवात गर्नु पर्थेन । मलाई बचाउनुमा पनि यिनीहरुको स्वार्थ रहेछ । यस्तै-यस्तै कुराहरु सोच्दा सोच्दै कतिखेर उसको मासुको डल्लो प्ा्रदर्शित हुनपुगेछ उसले पत्तै पाइन । हो यहाँ अब मासुको डल्लो बिक्ने पक्का पक्की भयो । ऊ बेहुला पक्षद्वारा मन पराइइ । धिक्कार छ यस्तो जिन्दगी, आजसम्म मलाई सुखसैल दिएर पालेको छु भनेको त खसी बोका पाले जस्तो पो रैछ । समाज नियाल्छे । सामाजिक हैसियतले त उसको बाबु समाजको अगुवा मध्य एक थियो, तर .................। हाँस्छे ऊ गन्यमान्यको तराजु देखेर । अचानक उसका आँखा आफ्नो बहिनी माथि पर्छ । ती निर्दोष अनुहार, उसको सहारा भन्ने प्राणी ऊसँग प्रश्न गरिरहेका छन्-'दिदी, मलाई यो नरकमा एक्लै छाडेर जादैंछेस्, आडम्बरी इज्जतसँग एक्लै छाडेर । प्लिज दिदी मलाई पनि लैजा.........................................।'







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम