Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कविता
बन्दी ("अनंत यात्री") - [2008-09-02]

मलाई बन्दी बनाइयो तर किन ?

एकपटक त सोचे अडिएर पनि

कुनै कारण देखिन अनी अपराध भेटिन

तेस्को लागि के मात्र गरिन र मैले !





बेस्सरी च्याप्यो पिजडामा,भने तर सुनेन

एकमन त्यो पिजडा फोरीदिउ जस्तो पनि लाग्यो

तर त्यो अपराध हो,सहेर मौन बसे

के गर्ने स्वार्थी संसार एस्तै हुदो रहेछ ।





आन्द्रा बाटरिदा लाग्थ्यो चुडिन्छ कि जस्तो

भन्न नपाईने के गर्ने बस् कुर्नुपर्ने बिबसता

खाली भित्ता पढ्यो,गुन्यो तेती नै काम

जाडोको मौसम चिसो सिडी,तेही मेरो ओछ्यान बन्यो ।





मध्यरातमा खुल्यो पिजडा, सोचे मुक्त भएछु क्यार

के बोल्दै थिए बुझ्न सकिन यता र उता

घुमाए मलाई बिचमा राखी कता- कता

पुन: खुल्यो अर्को ढोका, पो थाहा पाए आएछु अर्को पिजडामा।





यहाँ शान्ति होइन कोलाहल मात्र सुनिन्छ

मेरो बोली कहाँ हराउछ,मलाई नै थाहा छैन

गाली-चडकनको उपहार मिल्छ, गनाउने छाक मिल्छ

एसो बाहिर चिहाउछु बस् निस्पत्त कालो पाउछु ।





भो अब कुनै रहर राख्दिन मनमा

केही हुन नै सक्दैन अब लाग्छ

अकारन बन्दी भैरहेकोछु पिजडामा

यो शरीर नै पुरै पाक्दैछ

पाकोस् जति पाक्नु पर्ने हो, पाकोस् ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम