Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
गजल
सुनको गजुर (ध्रुब कुमार थापा) - [2008-09-03]

कल कलाउने नारायणी बाढ़ी आउने कोशी रेछ

कति बगे गरीब जनता बाठालाइ सुनको गजुर



घरबारी बगर भयो सन्तानको खबर छैन

काठमांडौमाँ अंश बण्डा कसले पाउने सुनको गजुर



अन्न पात सखाप भय लाज छोप्ने के ले आज

हड्डी माथी कुकुर जुदने कस्तो होला सुनको गजुर



बिबस नजर चारै तीर भोक मारिले घुमाउदा

राहत पाउने आसा मरे कसले भिरे सुनको गजुर



मेची बग़्यो कोशी फुट्यो कालिको नि बिश्वाश छैन

राहतको ढुकुटीले कसले हाल्ने सुनको गजुर



छाती पिटी शोक गर्छन आफन्तलाई बगाउदा

निहू पाय ठालूहरुले बनाउनलाई सुनको गजुर



दैबिक प्रकोप आँधी हूरी चट्याङको चाल जस्तै

थोरै बाँढे सहयोग तर धेरै बने सुनको गजुर







ध्रुब कुमार थापा

सिन्धुपाल्चोक

हाल - काबुल

dhurbatara@yahoo.com







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम