Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
गजल
सुलीचौरको हुरी (विशद) - [2008-09-06]

सुलीचौरको हुरी मिली कान्तिपुरी ढाक्दैछ

बग्छ उँभो कर्णाली अब यस्तो लाग्दैछ



रित्याइएथे सयौं घर गोर्खाली खुकुरीले

लिम्बू, अवध, थारुहट त्यही आज जाग्दैछ



आधी आकाश भनेपनि बादलले छेकिन्थे नि

उही परी चरी बनी सिँगो आकाश ताक्दैछ



नक्साभरि प्वालैप्वाल पार्ने हाम्रो महाशय

ज्वालामुखी फुट्दा आज परदेशमा भाग्दैछ



इलामदेखी डोटीसम्म, लत्तादेखी रोटीसम्म

ठीकै त हो पसिनाको किमत आफ्नो माग्दैछ



खुट्टा दह्रो बनाइराखौँ, मुटुको ठाउँ बढाइराखौँ

उलटपुलट गरौँ अब, नयाँ युगले डाक्दैछ



रातलाई छोपी हेर रङ्गिदैछ क्षितिज पर

आगो निलेकाले आखिर नयाँ शासन हाँक्दैछ





तपाईंको प्रतिकृया

really good



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम