Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कविता
अस्पष्ट सत्य (दृश्य) - [2008-09-06]

रातको निष्पट्ट अन्धकार

अन्धकार भित्रको प्रतिध्वनी

नजिकै बल्दै गरेको दियो

स्वार्थी देख्दैछु

'रातमा बल्न पाउनुपर्छ'

ऊ कराउँदैछ

तर धिप-धिप, धिप-धिप गर्दै

लाग्छ आफैलाई जिस्क्याउदैछ ऊ ।



एकोहोरो शंखको सँगीतमा

झुमिरहनुको स्पष्ट सङ्केत

आफ्नो विचारको टुहुरोपन

म कल्पना गर्न सक्दिन

यस्ता दुष्प्रयास होलान् भनेर

तर त्यो साँचो हो

मध्य रातको साक्षी

त्यो जलिरहेको अग्निशिखा छ मेरो ।



काला-सेता मुकुटहरु

अस्पष्ट देखिएतापनि

एक हुल मुकुटधारीहरु

रातभर सक्रिय थिए

अनिँद थिए

मेरै घरको बाटो हुँदै

बासीतन्त्रहरु फ्याँक्दै हिँडेकै हुन्

तर तिनीहरु को हुन् ?

दृश्य अलि अस्पष्ट नै थियो ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम